बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

गाईँभैँसीमा लाग्ने लम्पी स्किन रोगको लक्षण र रोकथामको

शुक्रबार, माघ ५ २०८०
27 views
गाईँभैँसीमा लाग्ने लम्पी स्किन रोगको लक्षण र रोकथामको

समाचार शेयर गर्नुहोस्

Share this news

गाई भैँसीमा लाग्ने रोगहरूले पशु स्वास्थ्यमा मात्रै नभई दूध उत्पादन र मासु उत्पादनमा पनि असर पु-याउँदछ । त्यसैले समयमा नै रोग पत्ता लगाई समाधान गर्न तथा रोग नै लाग्न नदिन सचेत हुन आवश्यक रहेको छ । त्यसैले यहाँ गाईँभैँसीमा लाग्ने विभिन्न रोगको कारण र रोकथाम तथा उपचारबारे चर्चा गरिएको छ  

लम्पी स्किन रोग एक गाइभैँसीमा देखिने खतरानाक रोग हो । यो रोग मानिसहरूमा सर्दैन । गर्मी मौसममा टोक्ने झिंगा (डाँस), लामखुट्टे, किर्नी जस्ता कीराहरूले सङ्ख्या बढी तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिन्छ ।

रोगले निम्ताउने समस्याहरूः

 दूध उत्पादनमा तीब्र गिरावट आउँछ ।

 प्रजनन्मा समस्या आउने तथा गर्भिनी पशुमा गर्भपतन समेत हुन जान्छ ।

 भैँसीको छालाको गुणस्तरमा ह्रास आउँछ ।

 वजन घट्ने र कहिलेकाहि मृत्युसमेत हुन सक्छ ।

 यी सबै कारणले गर्दा गाईभैँसीको ओसारपसार र व्यापारमा प्रतिबन्ध गर्नुपर्ने हुँदा थप आर्थिक नोक्सानी हुने गर्दछ ।

रोग सर्ने तरिकाः

 लामखुट्टे, टोक्ने भिंगा र किर्ना जस्ता किराहरूको टोकाइबाट,

 संक्रमित गाईवस्तुहरूको ओसारपसार,

 सामुदायिक चरन क्षेत्र तथा दाना पानी खाने ठाउँहरूबाट,

 प्राकृतिक वा कृतिम गर्भाधानबाट,

 पशु उपचार गर्ने क्रममा फरक गाईभैसीहरूमा एउटै सुईको प्रयोगबाट,

 संक्रमित पशुहरूको प्रत्यक्ष सम्पर्कबाट ।

लम्पी स्किन रोगका लक्षणहरूः

– ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा माथि), दानापानी कम खाने र दूध उत्पादन घट्दछ ।

– छालामा १–५ सेन्टिमिटरको साह्रो गोलो गिर्खाहरु (सामान्यतयाः सुरुमा टाउको र घाँटीमा) देखिन्छ ।

– लामो रौ भएको गाईभैँसीमा गिर्खाहरू सजिलै देखिदैनन् । जीउ छाम्दा तथा पानीले भिजेको अवस्थामा मात्र पत्ता लगाउन सकिन्छ ।

– सामान्य संक्रमणमा गिर्खाहरूको संख्या थोरै भए पनि गम्भिर सङ्क्रमणहरूमा पूरै शरीर ढाक्ने गरी हुन सक्छ ।

– गिर्खाहरू केही समयपछि हराउन सक्छन् । कहिलेकाही गिर्खाहरू फुटेर गहिरो घाउ भई कीरा तथा झिँगाहरूले (औँसा)ले घाउलाई थप जटिल बनाउन सकिन्छ ।

– थुतुुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छ । आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउछँ ।

– -याल काड्छ ।

– लिम्फ नोडहरू सुन्निने हुन्छ ।

– केही सङ्क्रमित गाईभैसीहरूले कुनै पनि किसिमको लक्षण नदेखाउन सक्छन् ।

उपचारः

 गाईभैँसीहरूको नियमित निरिक्षण गर्नुपर्दछ ।

 रोगको प्रकोपको समयमा वा जोखिममा रहेका क्षेत्रमा पर्ने गाईभैँसीहरूको दैनिक निरिक्षण गर्नुपर्दछ ।

 पशुहरूलाई रोग लागेको, शकां भएमा तुरुन्त प्रावधिक, स्थानीय तहको पशु सेवा शाखा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु सेवा विभाग र अन्र्तगतका निकायलाई जानकारी गर्नुहोस् ।

 लम्पी स्किन रोग भएको अवस्थामा पशुहरूको आवतजावत तुरुन्त रोक्नुपर्छ ।

थप समाचार