बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

पशुमा थुनेरो रोग किन लाग्छ ? यसका रोकथामको उपाय के हो ?

शुक्रबार, माघ ५ २०८०
22 views
पशुमा थुनेरो रोग किन लाग्छ ? यसका रोकथामको उपाय के हो ?

समाचार शेयर गर्नुहोस्

Share this news

थुनेलो पोथी पशुहरूमा मात्र लाग्ने दूध उत्पादनसँग सम्बन्धित बहु–जीवाणु जनित रोग (Multibacterial diease) हो । यो रोग कम दूध दिने पशुहरूको तुलनामा धेरै दूध दिने र उन्नत नश्लका पशुहरूमा बढी देखिन्छ । यो रोग बर्षैभरि लाग्ने भए पनि भैँसीहरूमा प्रायः असारदेखि असोजसम्म बढी देखिन्छ । यसको मुख्य कारण नेपालमा भैँसी ब्याउने मौसम हो ।

गाईहरूमा भने भर्खर व्याएको लैनो अवस्थामा बढी देखिने भए पनि यो समस्या बेतभरि नै देखिन्छ । यो रोग कुनै एक बेतमा देखा परेपछि पूर्ण रूपमा निको नभएमा अर्को बेतमा पनि देखिन सक्छ । पशुको बेतको आधारमा नयाँ थुनिलो रोग पहिलो बेतमा बढी देखिन्छ । त्यस्तै, थुनेलो लाग्ने चरण हेर्ने हो भने पशु थाक्ने समयभन्दा व्याएको सुरुको अवस्थामा थुनिलो रोग बढी देखिन्छ ।

थुनेलो रोग लाग्ने प्रक्रिया

थुनेलो रोग लागेका पशुसँगै निरोगी पशुहरू राख्दैमा यो रोग सर्दैन । यो रोग सर्नका लागि रोगका कारक जीवाणुहरू निरोगी पशुको थुनबाट सहजै भित्र प्रवेश गर्न सक्दैनन् । तर थुन वा फाँचोको बाहिरी वा भित्री भागमा चोटपटक लाग्न गएमा उक्त स्थानमा जीवाणुको संक्रमण हुन पुगी थुनेलो लाग्दछ ।

पशुको दूधको दुहिरहेको समयमा र दूध दुहिसकेपछि पनि केही समयसम्म थुनको प्वाल रोग लाग्दछ । पशुको थुन तथा फाँचोभित्र प्रवेश गरेपछि जीवाणुुको सङ्ख्यामा तीब्र वृद्धि हुदै जान्छ । जीवाणुले पशुको फाँचोमा दूध बन्ने कोष, दूध प्रवाह हुने बाटो, दुध जम्मा हुने भाग र थुनको भित्री भागमा क्षति पु¥याई दूध उत्पादन र निष्कासन हुने प्रक्रियामा बाधा उत्पन्न हुन्छ ।

थुनेलो रोगका कारणहरू

थुनेलो रोग मुख्य विभिन्न प्रकारका जीवाणुहरूको सङक्रमणको कारण लाग्दछ । यसका अलवा कहिलेकाही अन्य संक्रमण रोगको कारण दुग्ध ग्रन्थि र थुनमा पार्ने असर (घाउ खटिरा आउने, सुनिने, चिलाउने) आदिको कारण तथा अन्य भौतिक र शारीरिक असामान्य अवस्थाको कारण पनि थुनेलो रोग लाग्दछ । थुनेलो रोगको कारणलाई सङ्क्रामक सूक्ष्म जीवहरूको कारण लाग्ने र असङ्क्रमक कारणहरूले न्यानो गरी मुख्यतः दुई भागमा बाँडन सकिन्छ ।

१. सूक्ष्म जीवहरूको कारण लाग्ने थुनेलो : थुनेलो हुने कारणहरूममा करिब ७० प्रतिशत भन्दा बढी जीवाणुहरू २ प्रतिशत ढुसी र २८ प्रतिशत अन्य कारणहरूले गर्दा थुनेलो रोग लागेको विभिन्न अध्ययनहरूले देखाउँछ । त्यसैले थुनेलो रोगलाई जीवाणुहरूबाट लाग्ने रोग भनिन्छ ।

– जीवाणुबाट लाग्ने थुनेलो रोगका कारक जीवाणुहरूमा Stretococcus, Staphylococcus, Corynebacterium, EScherichia coli, Mycoplasma, Leptospira, Klebsiella, Enterbacterium, Mycobacterium, Pastrurella, Pseudomonas, Brucella आदि पर्दछ ।

यी जीवाणुहरू मध्ये Streptococcus agalactia, Streptococcus uberis, Staphylococcus aures, Mycoplasma bovis आदि जीवाणुहरूबाट लाग्ने थुनेलो दूध दुहुन प्रयोग गरिने सङक्रमित वा फोहोर सामाग्री, दुध दुहुने मानिस, दूध दुहुने मेसिन आदिबाट निरोगी पशुमा सर्न सक्ने हुनाले यी जीवाणुहरूबाट लाग्ने थुनेलोलाई सर्ने प्रकृतिको थुनिलो भनिन्छ । त्यस्तै : Coliform, Pseudomonas aerginosa, Actinomyces Pyogenes, Nocardia Speciesआदी जीवाणुहरू फोहोर सङक्रिमत वातारणबाट निरोगी पशुमा सङक्रमण गरी थुनेलो लगाउने हुनाले यी जीवाणुबाट लाग्ने थुनेलोलाई वातावरणीय थुनेलो भनिन्छ ।

– थुनेलो रोग लगाउने ढुसीहरूमा Trichosporium, Aspergillus, Candida, Csryptococcus, Fumigates आदि पर्दछन् ।

– विभिन्न भाइरसबाट लाग्ने पशुरोगहरू जस्तैः Lumpy skin dieases, Vescular stomatitis, Infection rhinotrachetits, खोरेत आदिको कारण पनि पशुको थुन तथा फाँचामा असर गरी थुनेलो रोग लाग्न सक्छ । यी रोगहरुले मुख्य रूपमा थुनिलो हुने तथा यी रोगहरू लाग्दा दुग्धग्रन्थीमा पर्ने असरको कारण समस्या बढ्दै गएमा थुनेलो रोग हुन सक्छ ।

– कहिलेकाहिँ लुतोले थुन फाँचोमा आक्रमण गरेको अवस्थामा पनि पशुलाई चिलाएको कारण पशुले चाट्दा र रगड्दा घाउले ठूलो रूप लिई त्यसबाट पछि थुनेलोमा परिणत हुन सक्छ ।

– असङ्क्रमण कारणले गर्दा थुनेलोः फाँचो तथा थुनमा चोटपट लाग्नु विभिन्न कारणहरूले गर्दा दुग्धग्रन्थिमा रक्तसञ्चार अवरुद्ध हुनु, स्नायुले राम्रोसँग काम नगर्नु पशुलाई लामो समय अवधिसम्म नदुहुनु,  Trauma आदि कारणहरूले पनि थुनेलो रोग लाग्न सक्छ ।

थुनेलो रोगका लक्षणहरूः

थुनेलो लाग्ने कारक, माध्यम र असरको प्रकृतिअनुसार थुनेलो रोगका लक्षणहरु फरकफरक किसिमका हुने गर्दछन् । सबै प्रकारका लक्षणहरूको कारणको साझा समस्या दूध उत्पादनसँग नै सम्बन्धित हुने गर्दछ । थुनेलो रोग लाग्दा देखिने लक्षण, चिन्ह र परिवर्तनको आधारमा थुनेलो रोेगलाई लक्षण देखिने र लक्षण नदेखिने गरी दुई भागमा बाँडन सकिन्छ ।

१. प्रत्यक्ष लक्षण देखिने थुनेलो

यो प्रकृतिको थुनेलो रोगमा प्रष्ट रूपमा थुनेलो रोग हो भन्न सकिने लक्षणहरू देखिन्छन् । पशुको थुन तथा फाँचो रातो, तातो, सुन्निएको र दुख्ने, थुन तथा फाँचो कडा हुने, दूधमा छाक्रो तथा रगत मिसिएको देखिने, थुनपूर्ण वा आंशिक रूपमा बन्द भई दूध नआउने, दूध तताउँदा फाट्ने, दूध पानीजस्तो पातलो, सङ्लो तथा हल्का निलो रङको देखिने, कहिलेकाँहि थुन र फाँचोमा रक्तसञ्चार अवरुद्ध भई चिसो हुने, फाँचो तथा थुन सुक्दै आकार घट्दै जाने, कालो रङको हुने र काम नगर्ने हुनसक्छ ।

सङ्क्रमण बढ्दै जाँदा एउटा थुनबाट सुरू भएको सङक्रमण अर्को थुन तथा फाँचोसम्म फैलिने, असर परेको फाँचोका भाग बढ्दै जाने र अन्त्यमा थुन तथा फाँचो र प्राविधिक ज्ञान, सिपको आवश्यता पर्ने हुनाले दूधको नमूना प्रयोगशाला पठाई जाँच गराउनुपर्दछ ।

थुनेलो रोगको उपचारः

– थुनेको रोग धेरै कारणहरूले लाग्ने भएको हुनाले प्रभावकारी उपचारका लागि पशुको दूधको नमुनालाई प्रयोगशालामा परीक्षण गरी सबैभन्दा प्रभावकारी औषधि छनोट गर्न र प्रयोग गर्न सबैभन्दा बढी उपयुक्त हुन्छ ।

– प्रयोगशालाको पहुँच सम्भव नभएका दुर्गम ग्रामीण क्षेत्रहरूमा पनि तुरुन्तै प्राविधिकहरूलाई देखाइहाल्नुपर्छ र प्रावधिक उपचार गर्दा सकेसम्म सुईबाट दिने एन्टिबायोटिक्स र थुनभित्र राखिदिने एन्टिबायोटिक्स फरकफरक भएमा थुनेलो उपचारमा प्र्रभावकारिता बढ्छ । थुनेलो रोग लागेको पशुलाई एन्टिबायोटिक्स औषधि दिएको अवस्था र उपचार समाप्त भएपछि ७ दिन पछि त्यस पशुको दूध खानु हुँदैन ।

– सामान्य अवस्थामा भर्खरै थुनेलो देखा परेको छ भने तताएको नुनपानी वा बोरिक एसिड पानीले बिहान– साँझ दूध दुहिसकेपछि नियमित रूपमा सेक्ने सकिन्छ ।

– यदि थुनेलाको कारण थुन बन्द भई दूध बाहिर नआउने अवस्था भएमा प्राविधिकले त्भबत अबलगबि को प्रयोग गरी भित्र रहेको दूध त्यहीँ रहन गएमा भित्रै फाटेर झन विकराल रूप लिन सक्छ ।

– यदि थुनबाट दूध नआई रगत मात्र आएको छ भने त्यस्तो अवस्थामा Epinephirine infusion थुनभित्र राखीदिनुपर्दछ । साथमा चिसो बरफले सेक्ने तथा क्याल्सियम, म्याग्नेसियम र भिटामिन डियुक्त सलाइन र भिटामिन के को सुई १ एम्पुल प्रति ७० किलो शारीरीक तौलको हिसाबले दिनुपर्दछ ।

थुनेलो रोगको रोकथामः

– पशुलाई दुहँदा सही तरिकाले पञ्जाको प्रयोग गर्ने । सकेसम्म थुनलाई तान्ने नभई निचोर्नुपर्छ ।

पशुलाई सफासुग्घर राख्नुपर्दछ र दूध दुहुनुपूर्व पशुको थुन तथा फाँचो राम्रोसँग सफा गरी सफा कपडाले पुछनुपर्दछ ।

– सन्तुलित आहारका साथै आहारामा पर्याप्त मात्रामा खनिज तथा भिटामिनहरू दिनुपर्छ ।

– दूध दुहुँदा पशुलाई पीडा दिने, हान्ने तथा तर्साउने गर्नु हुँदैन ।

– दूध दुहुनुपूर्व र दूध दुहिसकेपछि पशुको थुनलाई ५ प्रतिशत पोभिडिन आयोडन झोलमा डुबाउनुपर्दछ ।

– दूध दुहने व्यक्तिले सरसफाईमा उचित ध्यान दिनुपर्छ । नङ लामो हुन हुँदैन ।

– कुनै रोगको सङ्क्रमित व्यक्तिले पशु दुहुनु हुँदैन ।

– एक पटक थुनेलो रोग देखिने पशुलाई बथानबाट हटाउनुपर्दछ ।

– पशुलाई दुहुन छाडेपछि अथवा पशु थाकेपछि एन्टिबायोटिक औषधि राखिदिनु पर्दछ ।

– पहिलो बेतको पशुहरूमा बानी नपरेको कारण दुहुने बेलामा बढी चल्ने र उफ्रिने हुनाले त्यस्तो अवस्थामा दुध दुहुदा थुनभित्र चोटपटक लाग्न सक्ने भएकाले पशुलाई सानै उमेरदेखि फाँचो तथा थुनहरूमा छुने बानी पार्नुपर्छ ।

– हाल बजारमा थुनेलो रोग रोकथामको लागि विभिन्न खोपहरू पनि उपलब्ध छन् । बजारमा पाइने त्यस्ता नेपालमा उपलब्ध खोपहरूमा लगायत अन्य ।

– दूध दूहूदा फाँचोमा भएको पूरा दूध निर्खानुपर्दछ ।

– पशुलाई लामो समयसम्म दूध नदुही राख्न हुँदैन । निश्चित समयको अन्तरालमा नियमित रूपमा दूध दुहुनुपर्दछ ।

थप समाचार