च्याउ उत्पादनका विभिन्न प्रविधिले गर्दा च्याउ उत्पादनमा वृद्धि भएको देखिन्छ । तर उत्पादित च्याउलाई आवश्यक व्यवस्थापन गर्न नसक्दा च्याउ व्यवसायले राम्रो गति लिन सकिरहेको छैन । च्याउ टिपेपछि छिट्टै नाश भएर जाने र नरम प्रकृतिको भएको हुँदा टिप्ने अवस्थादेखि प्याकिङ्ग, डुवानी, भण्डारण र बजारमा बिक्री गर्ने अवस्थासम्म विभिन्न चरणमा नोक्सान भइरहेका हुन्छन् । विभिन्न अध्ययनबाट यी पोष्ट हार्भेष्ट क्षति २०–५० प्रतिशतसम्म हुने गरेको देखिन्छ ।
च्याउ परिपक्व अवस्थामा पुगेपछि बिग्रिने प्रक्रिया सुरू हुन्छ । रङ्ग, गन्ध, स्वाद आकृति आदि गुणस्तरमा ह्रास आउने हुन्छ । ती समस्या समाधान गर्न विशेषतः बढी उत्पादन हुने समयमा च्याउको बाच्ने जीवन जीवन बढाउन र बजार योग्य बढाउन उपयुक्त पोष्ट हार्भेष्ट व्यवस्थापन प्रविधि अपनाउनु पर्दछ ।
बाली टिपेपछि उपभोक्तासम्म नपुगुन्जेलसम्म नोक्सान हुनबाट बचाउन, किसान तथा व्यापारीलाई उचित मूल्य दिलाउन साथै उपभोक्तालाई राम्रो गुणस्तरको वस्तु उचित मूल्य दिलाउन पोष्ट हार्भेष्ट प्रविधिको ठुलो भूमिका हुन्छ । त्यसैले च्याउ व्यवसायबाट फाइदा लिन च्याउ उत्पादन प्रविधिमा मात्र होइन उत्पादनोपरान्तका बाली टिप्ने तरिका, ग्रेडिङ्ग र सरसफाई, उचित प्याकिङ, ढुवानी र भण्डारणका साथै प्रशोधन सम्बन्धि उचित प्रविधिको विकास तथा विस्तार एवम् बजार व्यवस्थापनमा पनि ध्यान पु-याउनु पर्दछ ।
गोब्रे च्याउ, कन्ये च्याउ र सिताके च्याउ च्याउको पोष्ट हार्भेष्ट प्रविधिको बारेमा प्रस्तुत गरिन्छ ।
१. च्याउ टिप्ने अवस्था र टिप्ने तरिका
च्याउको किसिम र बजारलाई ध्यानमा राखेर उचित अवस्थामा बाली लिनु पर्दछ । बजारको दुरी र च्याउ टिप्ने अवस्थालाई ध्यानमा राखि चोटपटक नलाग्ने गरी च्याउ टिपाई गर्नुपर्छ ।
क) गोब्रे च्याउ टिप्ने अवस्था र टिप्ने तरिका
माटोले छोपेको १५–२१ दिनसम्ममा च्याउको मसिनो सेता कोपिलाहरू उम्रन थाल्दछन् । त्यसको एक हप्ता सम्ममा हुँदा च्याउ टिप्दा राम्रो मानिन्छ । च्याउ टिप्नु अगाडि साबुनले हात धुनुपर्दछ । च्याउ टिप्दा तीनवटा औलाले डाँठमा समातेर एकपल्ट दाहिने अर्कोपल्ट देब्रेपट्टि हात बटारेर होसियारपूर्वक खलबल नपारी टिप्नुपर्दछ । यदि झुप्पा गरी उम्रेको कोपिलाहरूको बिचबाट च्याउ टिप्न परेमा च्याउको डाँठलाई चक्कुले काटेर टिप्नुपर्दछ । पछि अरु च्याउ टिप्ने बेलामा बाँकी रहेको डाँठहरूलाई निकाल्नु पर्दछ । च्याउ टिपी सकेपछि उपचार गरिएको माटोले खाल्टो भर्ने र पानी दिने गर्नुपर्दछ ।
रोग लागेका नराम्रा च्याउहरू टिपी टाढा फाल्नु पर्दछ । यसरी सफाइमा ध्यान नदिएमा च्याउमा विभिन्न रोग र किराले आक्रमण गर्दछ र च्याउ उत्पादनमा कम हुन्छ । च्याउ नफक्रदै टिप्ने गरेमा बजार भाउ राम्रो पाइन्छ । टिपेको च्याउ १–२ दिनसम्म रेफ्रिजेरेटर (फ्रिज)मा राख्न सकिन्छ नत्र सोही दिन बजारमा बिक्री गर्ने व्यवस्था गर्नुपर्दछ । राम्रोसँग खेती गरेको भएमा २–३ महिनासम्म च्याउ फलिरहन्छ ।
ख) कन्ये च्याउ टिप्ने अवस्था र तरिका
बिउ रोपेको ३ हप्ताभित्र च्याउको ढुसी परालमा फैलिएर सेतो हुन्छ । यसबेला प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुँईमा वा ¥याकमा राख्नुपर्छ । भुईँमा राख्दा र्इँटा वा काठको फल्याक तलतिर राखी दिए राम्रो हुन्छ । यस दिनदेखि दिनको २–३ पटकसम्म मसिनो फोहरा जस्तै गरी सफा पानी छर्कनु पर्दछ ।
पानीको मात्रा परालको डल्लामा भन्दा भुईँमा वा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०–३० डिग्री सेल्सियस हुनुपर्छ । पानी दिएको ठीक ४ दिनपछि साना साना कनिका जस्ता च्याउ देखापर्छ । यसको ठीक ४ दिनमा च्याउ टिप्ने बेला हुन्छ । सो बेला कोठामा हावाको सञ्चालन राम्रो हुनुपर्छ । कन्य च्याउमा गील्स राम्ररी विकास भएपछि छेउतिर घुम्रेको अवस्थामा टिप्नु पर्दछ । एक पटक च्याउ टिपेपछि अर्को ७–१० दिनसम्म पानी हान्दै गर्नुपर्छ । त्यतिबेला अर्को च्याउ आउँछ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ ।
त्यस्तैगरी अर्को १० दिनपछि तेस्रो पटक च्याउ टिप्न हुन्छ । व्यापारिक दृष्टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्न फाइदाजनक हुन्छ । अन्यथा च्याउ आउने अवधि ६५ देखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा १ केजी परालबाट सालाखाला ३००–५०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसँग अपनाएको खण्डमा यो भन्दा बढी पनि उत्पादन हुन सक्छ ।
च्याउ खेती गर्दा तथा टिप्दा ध्यान दिनपर्ने कुराहरू
च्याउ टिप्दा चक्कुले च्याउको डाँठ र परालको जोर्नीमा काटनुपर्छ । तर हातले डाँठ समातेर तानु हुँदैन।
च्याउ टिपीसकेपछि मात्र पानी दिनुपर्छ । एकपटक च्याउ टिपेपछि दिनदिनै पानी छर्कदै गर्नुपर्छ । परालको गोलामा जङ्गली च्याउ आएको वा अरु कालो, हरियो, पहेँलो ढुसी याद गर्नुपर्छ ।
च्याउ खेती गर्दा आइपर्ने समस्या र त्यसको समाधान
च्याउ खेती गर्दा बेला बेलामा मसिनो झिङ्गा, सुलसुले, कालोकीरा आदि लाग्न सक्छ । ती किराहरू लागेमा नुभान औषधी एक लिटर पानीमा एकदेखि आधा मिलिलिटर राखेर छर्कनु पर्दछ । तर च्याउ आइरहेको बेलामा छर्केको खण्डमा च्याउ खुम्चेर गई उत्पादन कम हुनेछ ।
– च्याउको पोकामा कहिलेकाँही जङ्गली च्याउ (कालो खालको आउन सक्छ । जङ्गली च्याउ पहिचान गरी आउना साथै टिपेर फाल्नुपर्छ ।
– कुनै कुनै परालको पोकामा सेतो ढुसी नआइकन, कालो, नीलो, हरियो ढुसी प्याच प्याचमा आउन सक्छ । यस्तो आएको यो त्यहाँबाट हटाई माटोमा गाडि दिनुपर्छ ।
– कोठामा हावाको सञ्चालन राम्रो नभएमा च्याउको डाँठ मात्र लामो भएर आउन सक्छ ।
ग) सिताके च्याउ टिप्ने अवस्था र टिप्ने तरिका
सिताके च्याउ निस्कने बेला मुढाहरू एकले अर्कोमा नछुने गरी ठाडो राख्दा सिताके च्याउको आकार राम्रो हुन्छ । च्याउ पलाइरहेको बेलामा हावाको सञ्चार राम्रो हुनुपर्छ साथै उज्यालो पनि हुनुपर्छ । यसबेला प्लाष्टिकले छोप्नुहुँदैन । मुढामा मात्र पर्ने गरी पानी हाल्नुपर्छ ।
च्याउ ठुलो भएपछि नफक्रदै मा च्याउमा गिल्सको राम्रो विकास भएपछि टिप्नुपर्दछ । च्याउ टिप्दा औलाले डाँठमा समातेर एकपल्ट दाहिने अर्कोपल्ट देब्रेपट्टि हात बटारेर होसियारपूर्वक खलबल नपारी टिप्नुपर्दछ । च्याउ सुख्खा अवस्थामा टिप्नुपर्छ तसर्थ च्याउ टिप्ने अघिल्लो दिन पानी हाल्नु हुँदैन ।
सबै काठका मुढाहरूमा एकैपल्ट च्याउ आउँदैन । कुनै कुनै मुढामा महिनाको सुरुमा सिताके च्याउ फलेको छ भने अरु मुढाहरूमा २–३ हप्तापछि पनि फल्न सक्छ । यसरी काठका मुढाहरूमा पटक पटक गरी च्याउ फलाउन सकिन्छ । यसरी च्याउ रोपिएका मुढाहरूमा ३ वर्षसम्म पटक पटक गरी च्याउ टिपी रहन सकिन्छ । कडा खालका काठका मुढाहरू जस्तैः बाँझ, खरी जातको रूखका मुढाहरू भए ४–५ वर्षसम्म पनि च्याउ फलाउन सकिन्छ तर उत्तिस, सौर आदि नरम जातका काठ २–३ वर्षपछि काम लाग्दैनन् ।
सिताके च्याउ खेतीमा रोग र कीराको समस्या त्यति छैन । यो च्याउखेती गरेका मुढामा रङ्ग (कालो हरियो, पहेँलो, रातोका ढुसीहरूलाई खुर्केर पानीले पखाली सफा गर्नुपर्छ ।
स्तर छुटयाउने (ग्रेडिङ)
बाली टिपिसकेपछि घाउ चोटपटक लागेमा, दाग भएमा, साइज नमिलेका च्याउलाई अलग अलग गर्नुपर्दछ । च्याउलाई साइज, रङ्ग, आकारको आधारमा वर्गीकरण गर्नुपर्दछ । वर्गीकरण नगरेको च्याउले बजारमा कम मूल्य पाउनुका साथै तिनको गुणस्तर र भण्डारण क्षमता पनि कम हुन्छ ।
यदि कृषक तथा व्यवसायीहरूमा वर्गीकरण सम्बन्धी ज्ञान भएन भने राम्रो मूल्य पाउन सकिदैन । बजारको मागअनुसार च्याउको ग्रेडिङ्ग गर्नुपर्दछ । साइज, रङ्ग र आकार हेरेर मूल्य निर्धारण हुने भएकोले ग्रेड छुटाउनु पर्ने हुन्छ । साधारणतया गोब्रे च्याउमा ए, बि, सि ग्रेड छुट्याउने गरिन्छ । गोब्रे च्याउ सेतो रङ्गको, दाग नलागेको, चोटपटक नलागेको, साइज मिलेकोलाई राम्रोमा गनिन्छ ।
चिस्याउने तरिका
च्याउको बाँच्ने जीवन बढाउन र ताजा अवस्थामा राख्न चिस्याउने प्रविधि अपनाउनु पर्ने हुन्छ । च्याउ टिपेपछि सामान्य वातावरणमा राख्दा बढी श्वासप्रश्वास हुने र बाहिरी वातावरणमा पनि तापक्रम बढी हुनाले तापक्रम बढ्दै जाने हुन्छ । जसले गर्दा गुणस्तरमा ह्रास आउँछ । त्यसकारण टिपेपछि तुरुन्तै कम तापक्रम ४–५ डिग्री से. राख्नुपर्दछ । सानो उत्पादकले रेफ्रिजेरेटर र व्यावसायिक कृषक तथा व्यापारीले सुविधा भएको चिसो कोठामा राख्दा ताजापन रहन्छ ।
प्याकेजिङ र ढुवानी
च्याउलाई उत्पादन क्षेत्रबाट बजारसम्म पु-याउन ढुवानी गर्न र सञ्चित गर्न प्याकेजिङ्गको ठुलो भूमिका रहेको हुन्छ । च्याउलाई टिपेर बजारसम्म पु¥याउन प्रयोग गरिने सामाग्री तथा ढुवानीको तरिकाले पनि नोक्सानीको मात्रामा फरक पर्दछ । प्याकिङ्ग र ढुवानी गर्ने साधन राम्रो भएन भने रङ्ग बदलेर च्याउ कोतरिएर चोटपटक लागेर क्षति हुन पुग्दछ । कृषकको खेतबारीबाट बजारसम्म पु¥याउने क्रममा विभिन्न चरणमा क्षति भएको पाइन्छ ।
स्थानिय बजारको लागि ५००/५०० ग्रामको गोब्रे च्याउ १०० गेजभन्दा कम बाक्लो पोलिपाकमा राखी बजारमा पु¥याउने गरिन्छ । कन्ये च्याउ, सिताके च्याउ प्रायः गरी प्याकेटमा राखिदैन । नजिकको बजारको लागि ठुलो परिमाणमा च्याउ १०/१० किलो अट्ने साधारण पोलिथिन ब्यागमा राखी बजार लाने गरिन्छ । नजिक बजारको लागि चिस्याएको च्याउ काठको बाकसमा हाली बरफको पालिप्याक क्रश गरी प्याक गर्न सकिन्छ । लामो दूरीमा ढुवानी गर्न पि भि सि अथवा पोलिएसिटेड फिल्मले मोडेको एगउि दयबचम उगललभत मा च्याउ प्याक गर्न उपयुक्त छ । त्यसमा प्याक गर्दा च्याउ ३ दिनसम्म ताजा रहन्छ ।
पूर्व चिस्यान गरेको पोलिथिनमा प्याक गरेको च्याउ सि एफ वि कार्टुन बक्समा राखी रेफ्रिजेरेटेड ट्रकबाट डुवानी गर्नु उपयुक्त हुन्छ । तर यो प्रविधि हाम्रो कृषकहरूले अपनाउन सकेका छैनन् । कृषकहरूले स्थानीय तथा खुद्रा बजारको लागि च्याउ पोलिथिन ब्याग वा कार्टुन बक्समा प्याक गरी साइकल ÷ मोटरसाइकल/गाडीबाट दुवानी गर्ने गर्छन् ।
च्याउको भण्डारण तथा प्रशोधन
च्याउ छिटो नाशवान् भएकोले ताजा अवस्थामा धेरै समय सञ्चित गर्न गाह्रो हुन्छ । च्याउ नरम प्रकृति र त्यसमा धेरै मात्रामा पानी भएको, इन्जाइम र शुक्ष्म जीवाणु, बाहिरी चोट आदि कारणले खैरो कालो रङ्ग भएर बदल्ने, ओलाएर जाने, डाँठ लामो हुने, टोपी बुन्ने फुटने आदि समस्या हुने गर्दछ । त्यसैले कृषकहरू च्याउ टिपेपछि छिट्टै बजारमा लैजाने गर्छन् ।
कन्ये, सिताके भन्दा गोब्रे च्याउ छिटो रङ्ग बदल्ने भएकोले गोब्रे च्याउ टिपेर डाँठको छेउ काटेर पानीले सफा गरी पोटासियम मेटाबाइसल्फाइड (०.१ प्रतिशत) प्रतिलिटर घोलाएर डुबाउने गरिन्छ र प्लास्टिक ब्यागमा प्याकेट बनाई छिटो बजार पु-याउने गरिन्छ । च्याउलाई लामो समयसम्म गुणस्तरमा ह्रास नआउने गरी भण्डारण गर्ने प्रविधिको विकास भएको देखिँदैन ।
च्याउ मौसमअनुसार कहिले धेरै कहिले थोरै उत्पादन हुन्छ । धेरै उत्पादन हुने समयमा फालाफाल हुने र व्यवस्थापन हुन नसक्दा कुहिएर खेर गइरहेको हुन्छ भन्ने बेमौसममा ती वस्तुहरूको अभावमा भाउ बढेर आकासिने हुन्छ । च्याउलाई भण्डारण तथा प्रशोधन गरेर लामो समयसम्म सञ्चित गर्न सकियो भने मूल्य पनि राम्रो पाइने, उपभोक्तामा चाहेको समयमा उपलब्ध हुने तथा निर्यात समेत गर्नसक्ने हुन्छ ।
च्याउलाई लामो समयसम्म संरक्षण गर्न निम्न विधिहरू अपनाउन सकिन्छः
१) सुकाउने,
२) बोटलमा संरक्षण गर्ने
३) टिनको डिव्बामा क्यान गर्ने
च्याउलाई छोटो समयको लागि संरक्षण गर्ने विधिः
१) रेफ्रिजेरेटरमा चिसोमा राखी सञ्चय गर्ने
२) शून्यशक्ति भण्डारणमा सञ्चय विधि
३) सुकाउने
च्याउलाई घाममा सुकाएर वा सोलार ड्रायरमा सुकाएर लामो अवधिसम्म संरक्षण गर्न सकिन्छ । घाममा सुकाउने तरीका परम्परागतरूपमा अपनाई आएको पुरानो सजिलो प्रशोधन विधि हो । च्याउमा रहेको पानीको मात्रालाई १० प्रतिशत भन्दा कम हुनेगरी सुकाउनु पर्दछ । सुकाएको वस्तुमा पानीको मात्रा कम हुने हुनाले सूक्ष्म जिवाणुहरू वृद्धि र विकास हुन पाउँदैन । धेरैजसो कन्ये र सिताके च्याउ सुकाएर संरक्षण गर्न सकिन्छ भन्ने गोब्रे च्याउ बोटलमा संरक्षण र टिनमा क्यान गरिन्छ ।
कन्ये च्याउको आकार चेप्टो भएको हुँदा सुकाउनु भन्दा पहिला २ वा ३ टुक्रा हुने गरी ठाडो रेसातर्फ काट्न र चिर्न सकिन्छ । नचिरीकन पनि धागो माला बनाई हावा चलल्ने कोठामा सुकाउन सकिन्छ । जस्ताको छानामुनी तातो भएको कोठा भए ३–४ दिनमा सुकाउन सकिन्छ ।
माला नबनाइकन गुन्द्रीमा/म्याटमा राखी सुकाएपनि हुन्छ । त्यस्तै सिताके च्याउलाई टुक्रा टुक्रा पारी वा सिँगै पनि सुकाउन सकिन्छ । च्याउलाई हातले पटपट भाँच्न सकिने नहुन्जेलसम्म सुकाउनु पर्दछ । सुकेको च्याउलाई पोलिप्राफाइलिन प्लाष्टिक ब्यागमा १००–२०० ग्राम च्याउ प्याक गरी सुख्खा ठाउँमा भण्डारण गर्ने । राम्रोसँग सुकाएको च्याउको मीठो बास्ना हुन्छ र लामो समयसम्म ताजा रहन्छ । तर घरैजसोले सिधा घाममै सुकाउने गरिन्छ ।
सोलार ड्रायरमा सुकाउने विधिः
च्याउलाई स्वच्छ तरीकाले सुकाउन सोलार ड्राइङ प्रविधिको ठूलो महत्त्व छ । घाममा सुकाउनु भन्दा यसमा सुकाउँदा गुणस्तर राम्रो हुनाले लामो समय संरक्षण गरी राम्रो मूल्यमा बिक्रि वितरण गरी उपलब्धी लिन सकिन्छ ।
सुकाउने तरीका
सुकाउनुभन्दा पहिला आवश्यक मात्रामा च्याउलाई सफा गरी टुका टुक्रा पार्ने र सोलार ड्रायरमा रहेको जाली ट्रेमा सिधा घाम पर्ने ठाउँमा फर्काइ फिजाएर राख्ने । कन्ये च्याउ, सिताके च्याउ प्रशोधन नगरीकन सुकाए हुन्छ । तर, गाब्रे च्याउ घाममा राख्दा कालो हुने हुँदा ब्लानचिङ्ग प्रक्रिया अपनाएर प्रशोधन गरेर सुकायो भने रङ्ग, वास्ना यथावत रहन मद्दत गर्दछ । ब्लानचिङ्ग प्रक्रिया अपनाउनु पर्ने गोब्रे च्याउलाई अनावश्यक भाग फालेर पानीले सफा गरी पातलो हुने गरी टुक्रा टुक्रा पारेपछि उम्लेको पानीमा १ मिनेट डुबाउने ।
त्यसपछि पोटासियम मेतावाइसल्फाइड ५ ग्राम प्रतिलिटर पानीमा घोलेर बनेको चिसो घोलमा २० मिनेट जति डुबाउने । त्यसपछि च्याउ निकाली पानी तर्काएपछि सोलार ड्रायरमा रहेको जालीको ट्रेमा फिजाएर राख्ने । सोलार ड्रायरमा च्याउ तात्दै जाँदा बाफ निस्कन्छ । त्यसलाई प्वालहरू खोलेर बाफ बाहिर पठाउनु पर्दछ । बाफ भएन भने प्वालहरू बन्द गर्नुपर्दछ । ड्रायरमा सुरुमा ४० डिग्री से. र पछि ५५–६० डिग्री से. तापक्रममा सुकाउनु पर्दछ । च्याउलाई हातले पटपट भाँच्न सकिने नहुन्जेलसम्म सुकाउनु पर्दछ ।
सुकेको च्याउलाई पोलिप्राफाइलिन प्लाष्टिक ब्यागमा १००÷२०० ग्राम च्याउ प्याक गरी सुख्खा ठाउँमा भण्डारण गर्ने । राम्रोसँग सुकाएको च्याउको मीठो बास्ना हुन्छ र लामो समयसम्म ताजा रहन्छ । सुकेको च्याउ विभिन्न खानामा स्वादको लागि प्रयोग गरिन्छ जस्तैः सुप, पास्ता, स्नाक्स, मासु, भातको परिकारमा प्रयोग गरिन्छ । सुकेको च्याउ धुलो बनाउन सकिन्छ र अरु मसलाहरू मिसाएर सुप पाउडर बनाउन सकिन्छ ।
२. बोतलमा संरक्षण गर्ने विधि
बोतलमा संरक्षण गर्न विभिन्न प्रिजरभेटिभ केमिकल राखेर पनि च्याउ संरक्षण गर्न सकिन्छ ।
क) नुनपानी (सोडियम क्लोराइड १० प्रतिशत) र साइट्रिक एसिड (१ प्रतिशत) मा संरक्षण गर्ने
विधि
क) सफा पानीमा १० प्रतिशत नुन हालेर राम्रोसँग उमालेर ब्राइन सोलुसन बनाउने र त्यसमा १ प्रतिशत साइटिक एसिड हान्ने काँचको सिसी वा प्लाष्टिकको सिसी (२५०/४०० ग्राम च्याउ अट्ने) उम्लेको पानीमा दुबाइ राम्रोसँग स्टरिलाइज गर्ने अर्को ठुलो भाँडोमा पानी तताउने र सफा भएको च्याउ उम्लेको पानीमा १ मिनेट डुबाई ब्लाचिङ्ग गर्ने । अनि च्याउ तर्काएर सिसीहरूमा २५० ग्राम /४०० ग्राम च्याउ हान्ने । त्यसमा तयार गरिएको नुनपानी (ब्राइन सोलुसन)ले भर्ने र तुरुन्तै बिर्कों बन्द गर्ने । यी च्याउ राखेका सिसीहरू चिसो ठाउँमा भण्डारण गर्ने ।
ख) पोटासियम मेटाबाइ सल्फाइड (१ प्रतिशत) एसिलिक एसिड (२ प्रतिशत) सोडियम क्लोराइड ५ प्रतिशत पानीमा मिलाएर बनेको घोलमा र (ग) एस्कोर्बिक एसिड ९०.५०, सोडियम क्लोराइड (५ प्रतिशत), साइट्रिक एसिट (२ प्रतिशत), पोटासियम मेटाबाइसल्फाइड (०.१ प्रतिशत) र सुगर (१ प्रतिशत) मिलाएर बनेको घोलमा पनि संरक्षण गर्न सकिन्छ । माथि उल्लेख गरिए जस्तै च्याउ ब्लाचिङ्ग गरेपछि स्टेरिलाइज गरेको सिसीहरूमा राख्ने उल्लेखित विभिन्न प्रिजरभेटीभहरू छुट्टाछुट्टै सिसीमा च्याउ डुब्ने गरी भर्ने । यसरी राखेको च्याउ ३–४ महिनासम्म संरक्षण गर्न सकिन्छ ।
३. टिनको डिब्बामा क्यान गर्ने विधि
हाम्रो देशमा क्यानिङ्ग गरेर च्याउको टिनहरू निकाल्न सकेको छैन । यसको लागि क्यानिङ्ग मेसिन र टिनको क्यान तयार गर्नुपर्छ जुन यहाँ पाइँदैन । फेरि हामीकहाँ यसरी थोरै मात्रामा क्यानीङ्ग गर्दा विदेशबाट निर्यात भएकोमा भन्दा बढी मोल पर्ने हुन्छ । ती कारणले गर्दा अहिलसम्म क्यानिङ्ग गर्ने चलन प्रयोगमा आएको छैन । विदेशबाट हाम्रो देशमा थुप्रै च्याउको क्यानहरू आयात हुन्छन् । प्रायः गरी गोब्रे च्याउ क्यानीङ्ग गरिन्छ ।
क्यानिङ गरी संरक्षण गर्ने तरीका
गोब्रे च्याउ संरक्षण गर्न च्याउ टिप्न बित्तिकै छिटो समयमै प्रशोधन गर्नु पर्दछ ।
च्याउको डाठ छोटो, सेतो रङ्ग, दाग नभएको च्याउ राम्रो मानिन्छ । बजारको माग अनुसार च्याउ सिँगै वा टुक्रा पारेर क्यान गरिन्छ ।
च्याउलाई ग्रेडिङ्ग गर्ने, सफा पानीले राम्ररी धुने । आवश्यकतानुसार काट्ने । त्यसपछि उम्लेको पानीमा ० प्रतिशत साइट्रिक एसिड र ०.१ प्रतिशत नुन राखी ५–६ मिनेट ब्लान्चिङ्ग गर्ने ।
२५०, ४०० ग्राम अट्ने क्यान टिनको वटा स्टेरिलाइज गर्ने त्यसमा च्याउ भर्ने ।
०.१ प्रतिशत नुन, ०.१ साइट्रिक एसिड अथवा १०० पिपिएम आस्करविक एसिड पानीमा मिलाई ब्राइन सोलुसन बनाउने र ९० दिग्री तापक्रममा राखे ।
च्याउ भएको क्यानमा ब्रायन सोलुसन भर्ने । अनि एक्जसन बक्समा १०, १५ मिनेट राखेर तापक्रम ८५ डिग्रीमा राख्ने र विर्को सिल्ड गर्ने त्यसपछि च्याउको क्यानलाई स्टेरिलाइजेसन गर्ने । क्यानलाइ चिसो पानीमा चिसाउने, त्यसपछी सुखा गर्ने र सेमल लगाउने । पछिच्याउको बट्टामा लेभलिङ्ग गरेर कार्टुन बक्समा प्याक गर्ने ।
५. रेफ्रिजेरेटरमा संरक्षण गर्ने विधि
ताजा च्याउ सफा गरी सिँधै टेमा वा बटर पेपरले मोडेर २००–४०० ग्रामका प्याकेटहरू बनाई फ्रिजमा राख्ने । फ्रिजमा ० देखि २ दिग्री से.मा ७–९ दिनसम्म सुरक्षित राख्न सकिन्छ ।
६. शून्यशक्ति भण्डारणमा सञ्चय गर्ने विधिः
ताजा च्याउ आवश्यक मात्रामा प्लाष्टिक ब्याग, वक्सिङ्ग पेपरमा मोडेर प्लाष्टिक क्रेटमा राखी शून्यशक्ति भण्डारमा राख्ने । कम तापक्रम र बढी सापेक्षिक आद्रता कायम गर्न व्यवस्था गर्ने । यसमा २–४ दिनसम्म सुरक्षित राख सकिन्छ । अन्य कृतिम विधिहरू विदेशमा अपनाइएको पाइन्छ ।
प्रशोधन तरिका
मुख्य मौसममा उत्पादन भएका च्याउ उचित बजार नपाएर नोक्सानी भएको हुन्छ । यदि धेरै उत्पादन भएको च्याउलाई प्रशोधन गरि विभिन्न परिकार जस्तैः सुकुटी, सूप पाउडर, अचार आदि बनाएर बजारमा पु-याउन सकिएन भने यस व्यवसायको राम्रो विकास हुन सक्दैन। साना तथा ठुला उद्योगको स्थापना गर्न सके रोजगारीको अवसर पनि बढ्न सक्छ । त्यसैले दिगो च्याउ व्यवसायको लागि प्रशोधन उद्योगको स्थापना र सञ्चालन हुनु अति आवश्यक हुन्छ ।
च्याउको अचार बनाउने तरिका
च्याउ उत्पादन बढी हुने समयमा बजार मूल्य पनि कम हुने हुन्छ । यसको भण्डारण क्षमता अत्यन्त कम भएको हुनाले अचार बनाएर राख्न सकेमा किसान तथा च्याउ उद्यमीका साथै उपभोक्ताहरूलाई ठुलो फाइदा पुग्न सक्दछ ।
च्याउको परिकारहरू
क) च्याउको पुलाउ
ख) च्याउको सुप
ग) च्याउको छोयला
घ) च्याउको पकौडा
व्यवसायिक रूपमा खेती गर्ने खाद्य वस्तुमध्ये च्याउ पनि एक पौष्टिक तत्त्वले युक्त वस्तु हो । यो छिटै नाश भएर जाने बाली भएकोले ताजा रूपमा धेरै दिनसम्म सञ्चित गर्न गाह्रो पर्दछ । च्याउको राम्रो बिउ तथा उत्पादन प्रविधिले गर्दा च्याउ उत्पादनमा राम्ररी वृद्धि भएको देखिन्छ भने उत्पादित च्याउलाई लामो समयसम्म गुणस्तरमा ह्रास नआउने गरी भण्डारण गर्ने प्रविधिको त्यति विकास भएको देखिदैन । च्याउलाई लामो समयसम्म सञ्चित गर्न सक्यो भने यसको मूल्य पनि राम्रो पाउने, भ्यालु बढ्ने उपभोक्तामा चाहेको समयमा उपलब्ध हुने तथा निर्यात समेत गर्न सकिन्छ ।