बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

गोलभेँडा खेती प्रविधि

शुक्रबार, माघ ५ २०८०
107 views
गोलभेँडा खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

अर्गानिक गोलभेँडा खेतीको महत्त्व विश्वव्यापी नै छ । यसको बजार नेपालमै पनि अत्यन्तै राम्रो छ । गोलभेडालाई गरिबको सुन्तला भनिए पनि यसले सबैको मन जितको छ । यो समग्रमा धनी गरिब सबैको सुन्तला भनिए पनि यसले सबैको मन जितेको छ । यो समग्रमा धनी गरिब सबैको सुन्तला भएको छ ।

गोलभेँडालाई गरिबको सुन्तला भनेर पनि चिनिन्छ । नेपालमा तराईदेखि उच्च पहाडसम्म यसको खेती हुन्छ । हाल भान्सामा गोलभेँडा अनिवार्य भइसकेको छ । यसलाई हिसाबले अत्यन्तै महत्वपूर्ण छ । गोलभेँडामा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । त्यसैगरी, यसमा भिटामिन ए वि, ई पनि पाइन्छ । क्यालसियम तथा फस्फोरस जस्ता मानवीय शरीरलाई आवश्यक पर्ने तत्व पनि यसमा पाइन्छ यसैले गोलभेँडाको महत्त्व अत्याधिक मात्रामा छ ।

अर्कोतर्फ आर्थिक रूपमा त यसले कयौँ गरिब जनताहरूको जीवनमा रातारात परिवर्तन गराएको छ नै भने करोडपति पनि बनाएको उदाहरण थुप्रै पेश गर्न सकिन्छ । गोलभेँडालाई सलादको रूपमा, तरकारीमा, मासुमा हालेर खाइन्छ । गोलभेँडाबिनाको भान्सा नमिठो हुन्छ भन्ने सबैको मस्तिष्कमा पर्न गएको छ । यसैले हरदृष्टिले गोलभेडा महत्वपूर्ण छ ।

आवश्यक हावापानी

नेपालमा गोलभेँडाको खेती तराईको समथर भू-भागदेखि हिमालको फेदसम्म गर्न सकिन्छ । यसको खेती गर्नको लागि २० डिग्री सेल्सियसको तापक्रम अत्यन्तै उपयुक्त हुन्छ । ३५ डिग्रीभन्दा बढी र १० डिग्रीभन्दा कम तापक्रममा गोलभेँडा खेती गर्न सकिदैन । अझ यसलाई सजिलो भाषामा भन्नुपर्दा तराई, खोँच तथा उपत्यकामा जहाँ बढी तापक्रम भएको बेलामा वर्षाद्को समयमा यसको खेती हुँदैन भने उच्च पहाडमा जाडो याममा यसको खेती गर्न सकिँदैन ।

लगाउन सकिने जातहरू

नेपालकै स्थानीय जातहरू लगाउन तर अर्गानिक प्रविधिबाट बीउ उत्पादन गरेर मात्र । सिर्जना, मसिना, रामपुर, मनप्रकस, रोमा, लप्सी गेडे, सिएल ११३१, पुसारुपी जुन जात चलाउँदा पनि हुन्छ । अर्गानिक प्रविधिबाट नै बीउ उत्पादन भएको हुनुपर्ने । मल, जग्गा, पानी लगायत अर्गानिक हुनुपने । रासायनिक मल र विषादी प्रयोग नगरी बीउ उत्पादन गर्ने ।

बीउको मात्रा : २५ ग्राम प्रतिरोपनी

नर्सरी व्यवस्थापन

नन् अर्गानिक खेतीकै प्रविधि तर यसमा रासायनिक मल विषादी, सुक्ष्म तत्व, भिटामिनलगायत कुनै पनि कृत्रिम तत्त्वको प्रयोग नगर्ने । पाकेको अर्गानिक प्रविधिबाट उत्पादित कम्पोष्ट मल मात्रै प्रयोग गर्ने एक मिटर चौडाई र पाँच मिटर लम्बाईको नर्सरी ब्याडमा कम्तिमा चार डोको मल प्रयोग गर्ने ।

मलखाद तथा माटो व्यवस्थापन

अर्गानिक गोलभेँडा खेतीको लागि जग्गा नै २० वर्षभन्दा बढी रासायनिक मल तथा विषादी नचलाएको हुनुपर्दछ । त्यस्तो जग्गामा अर्गानिक मल प्रयोग गरी मलखाद प्रयोग गरेर माटोको खनजोत गर्ने, वर्षादमा ड्याङ बनाउने र हिउँदमा ड्याङ नबनाई बिरुवा रोप्ने माटो दुई-तीन पटक खनजोत गरी बुर्बुराउँदो बनाउने । एक रोपनीमा अर्गानिक मल ४० डोको अर्थात २५०० के.जी. चलाउने कुनै पनि रासायनिक मल चलाउन बन्देज गरिएको छ ।

बेर्ना सार्ने तरिका

रोप्ने दुरी एक लाइनबाट अर्को लाइन ७० से .मी. एक बोटबाट अर्को बोट ५० से.मि.।

सिँचाई

आकाशबाट पानी आएको भन्दा अन्य समयमा बेर्ना रोपेपछि दिने पानी अर्गानिक पानी हुनुपर्छ ।

बाली संरक्षण

गोलभेडालाई थाँक्राको व्यवस्था गर्नुपर्दछ । तर, सावधान यसमा नन्अर्गानिक खेतीमा प्रयोग भएको थाक्रा प्रयोग गर्न बन्देज गरिएको छ । नयाँ थाँक्रा चाहिन्छ । झारपात उखेल्ने, हावा खेल्ने वातावरण बनाउने ।

रोग तथा किराहरू

नन्अर्गानिक खेतीमा दिइएका सबै रोग तथा कीराहरू नै अर्गानिक गोलभेडा खेतीमा पनि लाग्दछन् । ए तिमीले अर्गानिक खेती गरेका रहेछौँ, म खाँदिन भनेर किराले भन्दैनन् । अर्गानिक खेतीमा त झन् अझ बढी रोगकीराको आक्रमण हुने सम्भावना हुन्छ । रोग र कीरा नियन्त्रणका निम्न उपायहरू अपनाउने ।

– बाली सफा राख्ने हावा खेल्ने ठाउँको प्रबन्ध गर्ने ।

– सम्भव कीराहरूको संरक्षण गर्ने विस्तारै सम्भव किरा पाल्ने व्यवस्था मिलाउने । यो समयको माग हो । हुँदै जानेछ पनि ।

– रोग अवरोधक गोलभेँडाको जात लगाउने जस्तैः पछिल्लो समयमा विकास भएको जात सृजना ।

– कतिपय रोग तथा कीराहरू हातैले पनि नष्ट बनाउन सकिन्छ । जस्तैः पातमा लागेको फूलबाट लाभ्रे बन्छ भने पात नै टिपेर फूल नष्ट गर्ने, पातमा र कुनै बोटमा मात्र लागेको रोग छ भने त्यो पात र बोट मात्रै नष्ट गर्ने ।

–गोलभेँडाको भाइरसमा गाईको दुधले केही नियन्त्रण भएको तथ्य सार्वजनिक भएको छ ।

– अर्गानिक खेती गर्ने कृषक सिर्जनाशील, वैज्ञानिक र धैर्यशील हुनुपर्दछ । रोग र कीरा नियन्त्रणको लागि प्राकृतिक रूपमा पाइने जडीबुटीको निरन्तर अध्यन र खोज गर्नुपर्दछ ।

गोडमेल : बेर्ना रोपेको १६ दिनमा एकपटक र फूल फूल्नुभन्दा पहिले एक पटक गोड्नुपर्दछ ।

बाली कटाई : नन् अर्गानिक गोलभेँडा खेती जस्तै गर्ने ।

बजार व्यवस्थापन : अर्गानिक गोलभेँडाको बजरा ठूलो छ । नन् अर्गानिक र अर्गानिक बजरा अलग्गै बनाउनु पर्दछ । कतिपय पारखी उपभोक्ताहरुले अर्गानिक हो वा होइन भन्ने कुरना स्वादमा नै थाहा पाउने हुनाले खेँलाची सम्भव छैन । साथै विस्तारै यसको बजार बढ्दैछ ।

लगानी तथा आम्दानी : यसमा विषादी, रासायनिक मल प्रयोग हुँदैन । कीरा र रोगले नोक्सान नगरेमा ज्यादै फाइदा हुन्छ ।

थप समाचार