बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

बन्दा खेती प्रविधि

शुक्रबार, माघ ५ २०८०
31 views
बन्दा खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

बन्दा तरकारी खानदेखि लिएर स्याण्डवीच, अचार, चाउमिन भेज मःम, पकौडा बनाउने सम्मको कार्यको लागि पनि प्रख्यात छ । यसैगरी बन्दाको सलाद पनि बनाइन्छ । बन्दालाई मासुहरूमा समेत मिसाएर खाने चलन छ । बन्दा काँचै पनि खान सकिने तरकारी हो ।

यसको सुप पनि बनाएर खान सकिन्छ । बन्दामा भिटामिन ए र सी पाइन्छ भने अन्य खनिज पर्दाथहरू पनि पाइन्छ । यसको खेती पहिला हिउँदमा मात्र हुन्थ्यो भने अब नेपालमा बाह्रै महिना गर्न सकिने भएको छ । बन्दा आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । खासगरी होटेल तथा रेष्टुरेन्टहरू बन्दाबिना सञ्चालन हुनै सक्दैनन् । यसैले बन्दा खेती गरेर प्रशस्त मात्रामा आर्थिक लाभ लिन सकिन्छ ।

हावापानी

नेपालमा बन्दाको खेती बाह्रै महिना गर्न सकिन्छ । तराईमा वर्षादमा पानी जम्ने समयभन्दा बाहेक अरुबेला र उच्च पहाडमा तुषारो र हिउँ पर्ने समय बाहेकमा यसको खेती गर्न सकिन्छ । सरदर २५–३० डिग्रीसम्म तापक्रम हुने ठाउँमा बाह्रै महिना यसको खेती गर्न सकिन्छ । प्रायः सबै खाले जातको लागि १५–३० डिग्रीसम्मको तापक्रम उपयुक्त मानिन्छ । काउलीको जस्तैः यसको पनि पि.ए.च मान ५.५ देखि ६.५ राम्रो हुन्छ । प्रायः जस्तोसुकै माटोमा पनि यसको खेती गर्न सकिन्छ । तर, दोमट, बलौटे र पाँगो माटोमा यो अत्यन्तै फस्टाउने र उत्पादन बढी दिने गरेको छ ।

लगाउन सकिने जातहरू

अर्गानिक तरिकाबाट उत्पादित जातहरू लगाउने सबभन्दा पहिला अर्गानिक बन्दाको बीउहरू उत्पादन गर्ने रासायनिक मल र विषादी प्रयोग नगरिकन उत्पादन गरेको स्थानीय जातहरूः गोल्डेन एकड, प्राइड अफ इन्डिया, कोपेन हेगेन मार्केट, ड्रमहेड आदि विदेशी विर्णशंंकर जातहरू अर्गानिक उत्पादनमा प्रयोग नगर्ने । किनकी यो बीउहरू हानिकारक विषादीद्वारा उपचार गरिएको हुन्छ ।

बीउको मात्रा : बीउको मात्रा २० ग्राम

नर्सरी व्यवस्थापन : नन् अर्गानिक पद्धतिकै नर्सरी व्यवस्थापन हो । तर यसमा रासायनिक मल र विषादी प्रयोग नगर्ने र माटो पनि अर्गानिक नै हुनुपर्ने ।

मलखाद तथा माटो व्यवस्थापन : अर्गानिक मलको प्रयोग गर्ने १ रोपनीमा ५०–६० डोकोसम्म पाकेको कम्पोष्ट मलको प्रयोग गर्ने । अर्गानिक जग्गाको आवश्यक हुन्छ । कम्तिमा २० वर्ष सम्म रासायनिक मल र रासायनिक विषादी प्रयोग नगरेको जग्गा आवश्यक पर्दछ । तीन पटक खनजोत गरी माटो र मल बुर्बुराउँदो हुने गरी बनाउने । वर्षादमा ड्याङ बनाउने र हिउँदमा ड्याङ नबनाई रोप्ने ।

बेर्ना सार्ने तरिका : ठूलो हुने बन्दाको लागि लाइनको दुरी ६० से.मि.र बोटको दुुरी ५० से.मि. सानो हुने बन्दाको लागि लाइनको दुरी ५० से.मी. र बोटको दुरी ४० से.मि.

सिँचाई : अर्गानिक पानीको सिँचाई गर्ने, बेर्ना रोपेपछि सुख्खा याम छ भने पानी दिने माटो चिसो र आकाशबाट आएको पानी छ भने दिनुपर्दैन । अन्य बेला पनि त्यही अनुरुप गर्ने ।

बाली संरक्षण : काउली बालीको रोग तथा किरा नियन्त्रण जस्तै यसलाई पनि गर्ने । किनभने काउली र बन्दा एउटै परिवारका बालीहरू हुन् ।

गोडमेल : बन्दालाई तीनपटक जति गोडमेल गर्नु पर्दछ । बेर्ना सारेको १६ दिनपछि एकपटक र त्यसपछि २० दिनको फरकमा दुई पटक गोडमेल गर्ने । बारीमा झारपात आउन नदिने ।

बाली कटाई : अर्गानिक बन्दा खेती भएकोले यसको बजार मूल्य प्रायः राम्रो नै हुन्छ । बन्दालाई बजार मूल्य र समय हेरेर पनि बारीमा केही समय नकाटी राख्न सकिन्छ । यसको बजार निश्चित गरिएको छ भने योजनाबद्ध ढङ्गले काट्नु पर्दछ । यो अर्गानिक उत्पादन भएकोले यसको पात गाईवस्तुलाई खुवाई त्यसबाट फेरि अर्गानिक मल पनि बनाउन सकिन्छ । यसको पातलाई नै कुहाएर पनि अर्गानिक मल बनाउन सकिन्छ ।

ठूलो खाले बन्दा बेर्ना रोपेको दिनदेखि ८५ दिनमा तयार हुन्छ भने १२० दिनसम्म पनि बारीमा राख्न सकिन्छ । यसलाई कुनै औजारको माध्यमबाट मात्र झिक्न सकिन्छ ।

बजार व्यवस्थापन : अर्गानिक पद्धतिबाट उत्पादन गरिएको बन्दा स्वादिष्ट हुन्छ । सलादको रूपमा काँचै खान, अचार बनाउन, तरकारी तथा सुप खानको लागि समेत व्यापक प्रयोग हुँदै आएकोले यसको बजार अत्यन्तै राम्रो छ । बन्दा नेपालको पूर्वी क्षेत्रमा बंगुरको मासुसँग मिसाएर खाने चलन पनि व्यापक छ ।

जनचेतनाको विकासले गर्दा अब उपभोक्ताले पाएसम्म अर्गानिक बन्दाले नै प्रयोग गर्दछन् । बढी मूल्य तिरेर भए पनि अर्गानिक उत्पादन नै खान्छन् । यसको राष्ट्रिय बजार नै ठूलो छ । विदेशतिरको बजार माग पूरा गर्न राष्ट्रिय नीति नै बनाउन आवश्यक छ । भारतको कुनै एउटा सहरलाई अर्गानिक बन्दाको मात्र माग पूरा गर्ने हो भने नेपालको थप वर्षेनी आम्दानी १० अर्बभन्दा बढी बढ्ने छ ।

लगानी तथा आम्दानी : अर्गानिक बन्दामा लगानी १०–१५ हजार अर्गानिक बन्दामा ४०–५० हजार प्रतिरोपनी । यसमा रासायनिक मल, विषादीको लगानी जोगिन्छ । तर अन्य जडीबुट्टीमा खर्च बढ्न सक्छ ।

थप समाचार