यो कीराको अण्डा पार्ने क्षमता (Fecundity rate) बढी हुन्छ जहाँ एउटा वयस्क कीराले उसको जीवनकालमा १५०० देखि २००० वटा सम्म अण्डा पार्ने क्षमता हुन्छ ।
यो कीरा ३५३ प्रजातीका बालीहरुमा आश्रय लिने भएको हुँदा कुनै एक बालीको अभावमा जीवनचक्र अन्त्य हुँदैन ।
यो कीरा अण्डा पार्नु पूर्व उपर्युक्त स्थानको खोजीमा एक रातमा ५०० कि.मि सम्मको दुरी उड्न सक्दछ ।
यो कीराको क्षति गर्ने लार्भा अवस्था हो, सामान्यतया ४ वटा लार्भाको अवस्थाहरु पुतली वर्गको कीरामा पाइन्छ तर यो कीराको लार्भाको ६ वटा अवस्थाहरु हुन्छन जुन अत्यन्त खन्चुवा हुन्छन् ।
यो कीराले मकै वाली लाई ८०–१०० प्रतिशतसम्म पनि क्षति गर्न सक्ने क्षमता राख्दछ । यो कीराको जीवनचक्र वर्षमा २–६ पटक सम्म पनि निरन्तर हुने भएको हुदा क्षति धेरै हुन सक्दछ ।
हावा पानीमा विवधता भएको हुँदा मकै उत्पादन वर्ष भरिनै कुनै न कुनै स्थानमा लगाइने भएको हुदा कीराको अनुकुलता अनुसार स्थान परिवर्तन गरेर आश्रय लिन सक्दछ ।
मकैको माग बढे लगत्तै कृषकहरुले हाइब्रिड जातका मकै एकल बाली प्रणालीमा लगाउने प्रवृति बढ्नु जसले गर्दा कीराको वृद्धि हुनमा सहजता हुन्छ ।