बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

धानको पहेंलो  तथा सेतो  गबारो

बिहीबार , असार ७ २०८१
12 views
धानको पहेंलो  तथा सेतो  गबारो

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
गबारो धानको महत्वपूर्ण पिराहा कीरा हो। गवारोहरुबाट  वर्षेनी करिब १५ प्रतिशतसम्म नोक्सानी हुने गर्दछ । यी दुवै गबारोहरु धानवालीमा नोक्सानी पुर्याउँदछन्। माउ गबारो १ देखि २ से.मी. सम्म लामो हुन्छ । यो पुतली वर्गको कीरा हो जस्को लार्भाले गुवो खाइ नोक्सान पुर्याउछ । लार्भा हलुका पहेंलो रंगको र २ से.मी.सम्म लामो हुन्छ । गबारोको माउले धानको पातको टुप्पोमा माथिल्लो पट्टि सतहमा १०० देखि २०० को संख्यामा फूलका थुप्राहरु पार्दछ । नरम रेशमी भुवाले ढाकिएका अण्डाका थुप्राहरु पहेंलो वा सेतो रङ्गका हुन्छन् । अण्डावाट करिब १ हप्तामा लाभाँ निस्की डाँठमा प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदि खाँदै बढ्‌छन् । तापक्रम अनुसार ३ देखि ६ हप्तामा पूर्ण विकसित भइ धानको डाँठ भित्र पातलो रेशमी कोया भित्र अचल अवस्थामा जान्छ। एक देखि दुई हप्तापछि वयस्क पुतली बनेर निस्किन्छ। 

क्षतिको लक्षण  :
डाँठमा गबारोले पारेको प्वाल स्पष्ट देखिन्छ । गाँजहाल्ने अवस्थामा गुबो मरेका हुन्छ र तान्दा सजिलै आउँछ । यो लक्षणलाई मृत गुबो भनिन्छ । बाला लाग्ने अवस्थामा गबारोले गुयो खाँदा सेतो बालो वा फुस्रो बाला भएको हुन्छ। यस किसिमको लखणलाई सेतो बाला भनिन्छ। गबारोले एउटा सरामा नोक्सान गरिसकेपछि संगैको अकों सरा वा गाँजमा पनि प्रवेश गरी नोक्सान पुर्याउदछ् । 

व्यवस्थापन :
१) धान काटी सकेपछि रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा तुटा डुब्ने गरी एक हप्ता सम्म पानी जमाउने वा धान काट्‌दा जमिनको सतह छुने गरी काट्‌ने । 
२) धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो (२.५ देखि ३ से मी.)  चुडेर नष्ट गर्ने।
३) माकुरा, लामसिगे फट्‌यांग्रा जस्ता मित्र जीवको संरक्षण गर्ने।
४) प्रकाश पासोको माध्यमवाट वयस्क पुतलीलाई आकर्षण गरी मानें।
५)  सकेसम्म पकेट क्षेत्रभरी एकैपटक धानको रोपाई गरिएमा गबारोवाट हुने नोक्सानी कम हुन्छ
६) हरेक बर्ष गबारोले नोक्सानी गर्ने ठाउँहरुमा बीउ दर बढाइ प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गबारोवाट हुने नोक्सानी घटाउन सकिन्छ । 
७) धान रोपाइ गरेको महिना दिनमा परजीवि कीरा (ट्राइकोग्रामा) को प्रयोग गर्न सकिन्छ । ५ से. मी. १० से. मी. साइजको कार्डमा करीव २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । एक हेक्टरको लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।
८) व्यासिलस थुरिनजीयन्सिस (बि. टी.) ३ ग्राम पानीका दरले छर्ने।
९) गबारोको धेरै प्रकोप (१० प्रतिशत  भन्दा बढी )  भएमा रासायनिक विषादी कार्टाप हाईड्रोक्लोराइड ४ प्रतिशत  वा क्लोरान्ट्रानिलीप्रोल ०.४ प्रतिशत  वा फिप्रोनिल ०.३ जी.आर. दानादार विषादी २५ केजी प्रति हेक्टर वा क्लोरोपाइरीफस २० प्रतिशत  ई सी २ मिलि प्रति लिटर पानी वा एसिफेट ७५ प्रतिशत  एस.पी. १ मिलि प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा खेतमा ५ देखि ८ से.मी.पानी पाँच दिनसम्म कायम रहनु पर्दछ।

स्रोत : महत्वपूर्ण बालीहरुमा लाग्ने प्रमुख कीरा, पहिचान तथा व्यवस्थापन
बाली संरक्षण प्रयोगशाला ,गण्डकी प्रदेश 

थप समाचार