परिचय
भिन्डी गर्मी याममा खेती गर्ने एउटा महत्वपूर्ण तरकारी बाली हो । यसलाई सलाद र सुप बनाउनमा पनि प्रयोग गरिन्छ । डाँठ र फलमा हुने रेसालाई कागज उधोगमा प्रयोग हुन्छ । यसमा प्रस्सत मात्रामा भिटामिन (ए,बि र सि) प्रोटिन र केही मात्रामा आयोडिन समेत पाइन्छ । यो ज्वरो, पिसाब पोल्ने तथा पेटको गडबडी सम्बन्धी समस्यामा समेत उपयोगी मानिन्छ । हालसालै यसको प्रयोग मधुमेह रोगको औषधी निर्माणमा समेत पाइन्छ ।
हावापानी
भिन्डीलाई न्यानो ओसिलो र लामो दिन चाहिने भएकाले मुख्यतया वर्षा याममा खेति गरिन्छ । गर्मी मौसममा यसको खेति राम्रो सप्रिन्छ। तर हाल तराइमा बसन्त याममा खेति गर्ने प्रचलन बढ्दै गएको छ । यसले तुसारो भने खप्न सक्दैन ।
बालीका उपयुक्त जातहरु
१ पार्वती
पाक्ने दिन- ५०—६०
उत्पादन क्षमता (मे.टन/हे)- १२—१६
सिफारिस क्षेत्र- तराई , मध्य र उच्च पहाड
२. अर्का अनामिका(पन्जीकरण मात्र)
पाक्ने दिन- ४०—४५
उत्पादन क्षमता (मे.टन/हे)- २४—३२
सिफारिस क्षेत्र- तराई, मध्य र उच्च पहाड
३. ज्या F₁,(पन्जीकरण मात्र)
उत्पादन क्षमता ४५—५०
उत्पादन क्षमता (मे.टन/हे)- १३—२०
सिफारिस क्षेत्र- तराई
बाली लगाउने र लिने समयः
उच्च पहाड
बीउ छर्ने समय- (वैशाख—जेठ)
बाली लिने समय- (असार–साउन)
मध्य पहाड
बीउ छर्ने समय- फागुन–असार
बाली लिने समय- जेठ–असोज
तराई
बीउ छर्ने समय- माघ–असार
बाली लिने समय- बैसाख-असोज
माटो
रामतोरियाको खेति धेरै किसिमका माटोमा गर्न सकिए पनि प्रशस्त प्राङ्गारिक पदार्थ भएको र पानी अड्याउन सक्ने बलौटे दोमट वा दोमट माटोमा यसको खेती राम्रो हुन्छ । माटोको पि. एच. मान ६.0 -७.0 उपयुक्त हुन्छ ।
जग्गाको तयारी
- २/३ पटक खनजोत गरेर माथिको माटो खुकुलो बनाउने ।
- बसन्ते बालीको लागि ड्याङ नबनाइकन सम्म जमिनमा पनि रोप्न सकिन्छ ।
- वर्षे बालिका लागि ७०-८० से.मी. चौडाईका ड्याङ बनाउने र दुई ड्याङको बिचमा २४-३० से.मी. चौडाई भएको १५ से.मी. गहिरो कुसेलो बनाउने ।
बीउ दर
उन्नत : वर्षामा १/२ के.जी. र वसन्तमा १ के.जी. प्रति रोपनी (वर्षामा ३३४ ग्राम र वसन्तमा ३३८ ग्राम प्रति कठ्ठा )
वर्णशंकर : वर्षामा २५० ग्राम र वसन्तमा १/२ के.जी. प्रति रोपनी (वर्षामा १६७ ग्राम र वसन्तमा ३३४ ग्राम प्रति कठ्ठा)
बीउ रोप्ने तरिका
- राम्तोरियालाई सोझै रोपिन्छ ।
- २-३ दाना एक ठाउँमा रोप्ने ।
- २४ घण्टा भिजाएर रोप्दा चाडै उम्रिन्छ ।
- वर्षायाममा ७५-८० से.मी. को ड्याङ बनाएको ठाउँमा ७५-८० से.मी. को दुरी रोप्ने ।
- हिउँदमा ४५८३० से.मी. को दुरीमा रोप्ने ।
गोडमेल
- १ वटा भन्दा बढी उम्रिएमा १ वटा स्वाथ बीरुवा राखेर अरुलाई उखेल्ने ।
- २-३ पटक गोडमेल गरि झारपात हटाउने ।
- गोडाई गर्दा हल्का उप्केरा दिने ।
- थप मल दिनुभन्दा अगाडि गोडमेल गर्ने ।
मलखाद
रासायनिक मलको परिमाण माटोको उर्वरा शक्ति, अघिल्लो बाली, कम्पोष्टमलको परिमाण र बालीको जातमा भरपर्छ।
कम्पोष्ट
प्रति रोपनी - १०००-१५०० के.जि.
प्रति कठ्ठा - ६६०-१००० के.जि.
कहिले - जमिन तयारी गर्दा
डी.ए.पी
प्रति रोपनी - ६.० के.जि.
प्रति कठ्ठा - ४.० के.जि.
कहिले - जमिन तयारी गर्दा
पोटास
प्रति रोपनी - ३.० के.जि.
प्रति कठ्ठा - २.० के.जि.
कहिले - जमिनको तयारी गर्दा
यूरिया
प्रति रोपनी - ३.५ के.जि.
प्रति कठ्ठा - २.३ के.जि.
कहिले - जमिनको तयारी गर्दा
यूरिया
प्रति रोपनी - १.७५ के. जि.
प्रति कठ्ठा - १.२ के. जि.
कहिले - बीउ रोपेको ३० दिनमा
यूरिया
प्रति कठ्ठा - १.७५ के. जि.
प्रति रोपनी - १.२ के. जि.
कहिले - बीउ रोपेको ६० दिनमा
सिंचाई
- माटोमा चिस्यानको मात्र हेरेर कम भएमा बीउ रोप्नुभन्दा पहिला सिंचाई गर्ने ।
- आवश्यकता अनुसार सिंचाई दिने ।
- वसन्त याममा लगाएको बालीलाई करिव हफ्ता दिनको फरकमा सिंचाई दिने ।
- फूल फुल्न र कोसा लाग्न थाले पछि चिस्यानको अभाव भएमा उत्पादनमा ह्रास आउछ ।
छापो
सुख्खा गाम्री मौसममा काठको धुलो वा पराल वा रुखको सुकेका पात वा कालो पोलिथिन को छापो ३५ डिग्रि से. तापक्रम भन्दा माथि भए सेतो प्लास्टिकको छापो लगाउने र २५ डिग्रि से. भन्दा तल भए कालो प्लास्टिकको छापो लगाउने ।
रोगकिराको एकिकृत व्यबस्थापन
परिचय
- एकिकृत शत्रुजीव व्यबस्थापन भनेको विभिन्न तरिकाहरुको समुचित प्रयोगबाट बाली बिरुवाका रोग, किरा, झारपात, चार, मुसा, आदिका व्यवस्थापन गर्नु हो ।
- यो आर्थिक रुपले कम खर्चिलो, वातावरणीय दृष्टिकोणले दिगो र स्वाथ्यका दृष्टिकोणले कम हानिकारक विधि हो ।
- यसमा खेती प्रबिधि, भौतिक, यान्त्रिक, जैविक बिधि प्रयोग गरिसकेपक्षि आवश्यक परे मात्र रासायनिक विषादीको सकेसम्म कम प्रयोग गरिन्छ ।
मुख्य सिद्धान्तहरु
- स्वस्थ बाली उत्पादन
- खेतबारीको नियमित अवलोकन
- मित्र जीवको संरक्षण गर्ने
- कृषकलाई बढी दक्ष बनाउने
कीरा
रामतोरियाको मुना र फलको गवारो
लार्भाहरुले बिरुवाको मुना, कोपिला र फलमा छेडेर भित्र पसेर खाले हुनाले कलिला डाठहरु ओइलाएर मर्दछन र मुनाहरु भुईमा झर्दछन् । फलहरु बढ्न नसकेर कक्रक्क परेर नबढेको हुन्छन् ।
रोकथाम
- गवारो लागेका मुना र फल्हारुलाई जम्मा गरेर नष्ट गर्ने ।
- बिरुवाको बाहिरी भागमा प्यूपा अवस्थामा बस्ने भएकाले त्येसलाई हेरेर नष्ट गर्ने ।
- ब्यसिलस थुरेन्जेन्सिस (जस्तै: महाशक्ति विटी) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
कपासको फड्को
- यसका माउ र बच्चा दुवैले पातको तल्लो सतहमा बसेर रस चुस्दछन् ।
- रस चुस्ने क्रममा यिनीहरुले आफ्नो र्याल बिरुवाको रसमा छोड्दछन् र त्यो रसले एक प्रकारको विषको काम गर्दछ ।
- सुरुमा पातहरु पहेंलिन्छन् र पछि गएर राता हुनुकासाथै तलतिर फर्कन्छन् ।
रोकथाम
- कीरा कम लाग्ने जात लगाउने ।
- निममा आधारित बिषादी लगाउने ।
- प्रकोप बढी हुने ठाउमा ईमिडाक्लोप्रिड ९जस्तै स् मीडास २००० ० १ मी.लि. प्रतिलिटर पानीमा मिसाई छर्कनुपर्दछ ।
- ब्युभेरिया बेसियाना (जस्तै : एग्रिशक्ति) २ ग्राम प्रति लिटरमा मिसाई छर्ने ।
- मालाथियन (०.०५%), फेन्भेलेरेट (०.०२%) वा साइपरमेथ्रिन (०.०२%) ले बालीमा छर्कनुपर्दछ ।
रोग
खरानेरधुलो ढुसी रोग
सुरुको अवस्थामा पातको माथिल्लो सतहमा साना हल्का सेता र कैला थोप्लाहरु देखिन्छन् र प्रकोप बढी भएमा पातको तल्लो सतहमा र डाँठमा समेत सेतो पाउडर छरे जस्तो सेता ढुसीहरु देखिन्छन् ।
रोकथाम
- उपचार (बेभीष्टीन २ ग्राम प्रति के.जि. बीउ) गरेको बिउमात्र प्रयोग गर्ने ।
- रोगी पातहरु र पूराना बोटहरूलाई नष्ट गर्ने
- प्रत्येक बोटमा घाम लाग्ने गरेर रोप्ने ।
- Trichoderma viridea लाई मलमा मिसाएर संख्या बढाएर प्रयोग गर्ने ।
- सिस्नु कुहाएर बनाएको झोलको प्रयोग गर्ने ।
- एम्पेलोमाइसिस् क्युस्क्वालिस (जस्तै : तीर) २ ग्राम प्रति लिटर पानी मा मिसाई छर्ने ।
- सल्फर युक्त बिषादी (जस्तै: ईन्साफ ) ५-६ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
पातको नसा पहेंलिने रोग
यो बिषाणु जन्य (भाइरस ) रोग हो । पहिले पातमा पहेंलो नशाहरुको जालो देखिन्छ र पछि पात पुरै पहेंलिन्छ । फलहरु साना र विकृत हुन्छन ।
रोकथाम
- रोगि बोट उखेलेर जलाउने ।
- रोग निरोधक जातहरु जस्तै स् पार्वती, अर्का अनामिका लगाउने ।
- ब्युभेरिया बेसियाना (जस्तै: लास्ट्रा) ४ देखि ५ मि. लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
बाली लिने
- फलमा रेसा नपसीकन कलिलै फल टिप्ने ।
- फूल लागेको ५-७ दिनमा कोसा टिप्न उपयुक्त हुने ।
- हसिया वा सिकेचरको साहयताले काटेर टिप्ने ।
उत्पादन
६००-९०० के.जी. प्रति रोपनी वा ४००-६०० के.जी. प्रति कठ्ठा उत्पादन हुन सक्छ ।
पोष्टहार्भेष्ट प्रबिधि
परिचय
- रामतोरिया बालीमा पोष्टहार्भेष्ट क्रियाकलाप भन्नाले बाली उत्पादन पश्चात् उत्पादित वस्तुलाई बिक्री स्थलसम्म पुर्याउँदा थप नोक्सानी हुनबाट बचाई राख्ने तथा बजारयोग्य गुणस्तरीय उपजका लागि गरिने कार्यहरु (सफाई गर्ने, छान्ने, ग्रेडिङ्ग, प्रि-कुलिंग, प्याकिङ्ग, ढुवानी) लाई जनाउँछ ।
- पोष्टहार्भेष्ट नोक्सनिले समग्रमा उपभोक्ताको लागि उपभोग्य सामग्रीको कमि हुन्छ भने उत्पादक र व्य्पारिलाई ठुलो आर्थिक नोक्सानी हुन्छ । यसले गर्दा, उत्पादनमा लागेको श्रम लगानी र समय क्षति हुन्छ ।
- बाली टिपेपछी लगत्तै नोक्सानी शुरु हुन्छ ्रतसर्थ यस अन्तर्गत गरिने क्रियाकलापले वस्तुको ताजापन र गुणस्तर निर्धारण गर्छ ।
- पोष्टहार्भेष्ट प्रविधिको मुख्य उद्देश्य क्षति कम गर्ने र गुणस्तर कायम राख्दै उपभोक्ताको माग पुरा गर्नु र उत्पादकलाई राम्रो मूल्य दिलाउनु हो ।
- नेपालमा रामतोरियामा १५ देखि २० प्रतिशत सम्म पोष्टहार्भेष्ट क्षति भएको पाइन्छ ।
पोष्टहार्भेष्ट नोक्सानीका मुख्य कारणहरु
- रामतोरिया बालिका पोष्टहार्भेष्ट नोक्सानीका विभिन्न कारणहरु जस्तै: टुक्रिने, ओइलाउने, चाउरिने, छिप्पिने, पहेंलिने जस्ता समस्याहरु देखा पर्दछन ।
- नोक्सानीको कारणमा ठीकसंग नटिप्नु, ठीकसंग प्याक नगर्नु, ढुवानीको क्रममा टुक्रिनु, सतहमा कोरिनु, आदि पर्दछन ।
आन्तरिक कारण (फिजियोलोजिकल )
- सहजै थाहा नपाउने अन्य कारणहरु जसले रामतोरियाको गुणस्तरमा ९वासना वा गन्ध, सतहको कडापनरखस्रोपनरनरमपन० नोक्सानी गराएको हुन्छ । यसको साथै आन्तरिक कारणले गर्दा फल रेसादार हुने, कडा हुने गुणस्तर खस्कने हुन्छ ।
यान्त्रिक कारण (मेकानिकल)
- नोक्सानी हुनुका अन्य कारणमा लापरवाही पूर्वक टिप्नु, ठीकसंग प्याक नगर्नु, सामान चढाउँदा र ओराल्दा टुक्रिनु, चिरिनु, आकार प्रकार बिग्रिनु तथा बाहिरी सतहमा कोरिनु, आदि पर्दछन् ।
पोष्टहार्भेष्ट गुणस्तर कायम राख्ने तथानोक्सानी कम गर्ने उपायहरु
- उपयुक्त जातहरु छनौट गरि उचित भौगोलिक क्षेत्रमा खेति गर्ने ।
- भौतिक नोक्सानी बाट बचाउने ।
- पर्तिकुल मौसम बाट बचाउने ।
- घामबाट जोगाउने
- चिस्यान व्यस्थापन गर्न
- रोग कीराबाट जोगाउने ।
- कलिलो अवस्थामा टिप्ने ।
- उपयुक्त तरिकाले प्याकिंग गर्ने ।
- दुवानी गर्दा कागज वा कलिला पातले र्यापिङ्ग गरि क्रेट वा टोकरीमा राख्ने ।
- उचित समयमा विक्रीको व्यवस्था गर्ने ।
टिपाई
- रामतोरियाको कलिलो फल भाच्दा भाँचिने अवस्थामा सिकेचर वा चक्कुले काटेर टिप्ने ।
ग्रेडिङ्ग
- रामतोरिया टिपिसकेपछि रोग कीरा लागेका, धब्बा लागेकालाई अलग गर्ने ।
- साइजको आधारमा सानी, मध्यम र ठुलो गरि ३ भाफ्मा छुट्याउने ।
- रंगको आधारमा पनि रामतोरियाको ग्रेडिङ्ग गर्न सकिन्छ ।
प्याकिङ्ग
- हावा चिर्ने बाँसको टोकरी, डोको, प्लाष्टिकक्रेत्मा प्याकिङ्ग गर्ने ।
- प्याकिङ्ग गर्द फलमा चोट नलाग्ने गरि छेउ र बिचमा पराल वा पातहरु प्रयोग गरि प्याकिङ्ग गर्ने ।
- नजिकको भन्दा टाढाको बजारमा पठाउँदा प्याकिङ्ग राम्रोसंग गर्नुपर्ने हुन्छ ।
ढुवानी
- दुवानी गर्दा जुटको बोरा, डोको वा टोकरीमा गर्ने चलन छ ।
- सुरक्षित तरिकाले ढुवानी गर्नको लागि प्लाष्टिकक्रेट, काठको बाकस र कार्टुन प्रयोग गर्नुपर्ने हुन्छ ।
- ढुवानी गर्ने साधनमा खण्ड खण्ड छुट्याएको हुनुपर्दछ, जसले गर्दा प्याकिङ्ग गरिएका रामतोरिया सुरक्षित तवरले बजार सम्म पुर्याउन सकिन्छ ।
बजार व्यवस्थापन
- उत्पादन तथा खपतको दृष्टिकोणले रामतोरिया एक महत्वपूर्ण तरकारी बाली हो ।
- यसको खपत तराईका प्रमुख बजारहरुका साथै पहाडी बजारमा समेत विस्तार भएको छ ।
- गर्मि र वर्षात मौसममा पहाडमा उत्पादन भई तराईका बजारहरुमा खपत गरिन्छ ।
- हिउँद याममा तराईमा उत्पादन गरि पहाडी बजारमा पुर्याइन्छ ।
- उत्पादित रामतोरिया संकलन केन्द्र वा बजारमा पुर्याएर आफैले पनि विक्री गर्न सकिन्छ ।
- ठुलो परिमाणको रामतोरिया समुहमा मिलेर वा स्थानीय रुपमा संकलन गरेर थोक ब्यापारी सम्म पुर्याउँदा राम्रो मूल्य पाउनुका साथै ढुवानी खर्च र नोक्सानी समेत घटाउन सकिन्छ ।
स्रोत: कृषि तथा वन बिज्ञान विश्वविध्यालय, रामपुर