बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कसरी गर्ने केराउ अर्थात मटर कोसा खेती ?

बिहीबार , जेठ ३१ २०८१
8 views
कसरी गर्ने केराउ अर्थात मटर कोसा खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

केराउ कोसेबालीहरू मध्ये अति महत्वपूर्ण बाली हो । यसको खेती नेपाल अधिराज्यभर गर्न सकिन्छ । यो हिउँदे बाली भए पनि उच्च पहाडी क्षेत्रमा यसको खेती वर्षामा पनि गर्न सकिन्छ । यो बाली प्रोटिनको मुख्य स्रोत हो ।

प्रोटिनका साथै भिटामिन ए. सी. क्याल्सियम, फस्फोरस र कार्बोहाइडे«ट पनि प्रशस्त मात्रामा यसबाट प्राप्त हुने भएकाले यसलाई महत्वपूर्ण तरकारी मानिन्छ । यो काँचै खाँदा पनि मीठो हुन्छ ।

हावापानी तथा माटोः
केराउलाई चिसो हावापानीको आवश्यकता पर्दछ । यसले तुषारो खप्न सक्छ, तर फूल र कोसा लाग्ने समयमा तुषारोले नोक्सान पु¥याउँछ । १०-१८ डि.से. तापक्रम यसका लागि उपयुक्त हुन्छ । तर आर्केल जातको खेती केही गर्मी मौसममा गर्न सकिन्छ । सबै किसिमको माटो यसका लागि उपयुक्त मानिन्छ ।

जातहरू 
 केराउका धेरै जात नेपालमा खेती गरिन्छ तर पनि तीन जात प्रमुख छन्

  • आर्केल, यो अगौटे जातको बाली हो ।
  • न्यू लाइन पर्फेक्सन, यो पछौटे जातको बाली हो। यसमा ढुसी रोग कम लाग्छ ।
  • सिक्किम लोकल, यो पनि पछौटे जातको बाली हो र यो वर्षा मौसमका लागि प्रचलित छ ।

जग्गा तयारी तथा मलखादः
- दुई–तीन पटक राम्ररी खनजोत गरी डल्ला फोरेर सतह मिलाउनुपर्छ ।

- राम्ररी कुहिएको २०- २५ डोको गोठे मल अथवा कम्पोस्ट मल २ किलो पोटास प्रति रोपनीका दरले जग्गा खनजोत गर्ने समयमा प्रयोग गर्नुपर्छ ।

- यसलाई अरु बालीलाई जस्तै नाइट्रोजनयुक्त मलले टपड्रेस गर्न आवश्यक छैन किनभने यो बालीले आफ्नो जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताले गिर्खाभित्र जम्मा गर्छ ।

- यसरी जम्मा भएको नाइट्रोजन आफूले पनि प्रयोग गर्छ र त्यसपछिको अर्को
बालीलाई पनि उपलब्ध हुन्छ ।

- केराउ र केराउजस्तै कोसे बालीले जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताबाट जम्मा गर्ने भएकाले खेतबारीमा सालमा एकपटक कोसेबाली खेती गर्न सकेमा खेतबारीको मलिलोपन कायम रहन्छ । त्यसैले कोसेबाली हाम्रो लागि महत्वपूर्ण बाली हो ।

लगाउने समय र तरिकाः
 नेपालमा धेरै प्रचलित उन्नत जातहरूमा सिक्किम, न्यू लाइन पर्फेक्सन र अर्केल हुन् । यी दुवै जातको लगाउने समय अलि फरक पर्छ । जग्गा तयार गरेपछि लाइनमा सोझै बीउ रोप्नुपर्छ ।

विभिन्न जातका केराउ रोप्ने र बाली लिने समय

1.PNG


 बीउदर र बीउ रोप्ने दूरीः
- सिक्किम र न्यू लाइन पर्फेक्सनको ३ किलो र अर्केलको बीउ ४ किलो प्रति रोपनी चाहिन्छ ।

- बीउ रोप्ने दूरी पनि न्यू लाइन पर्फेक्सन र सिक्किमको हारको फरक ४५ से. मि. तथा बोटको फरक ५ से. मि. राख्नुपर्छ भने अर्केलकोः हारको फरक ३० से. मि. बोटको फरक ५ से. मि. कायम गर्न पर्छ ।

Green-Pea-1024x576.jpg

सिंचाइ र गोडमेलः
- बीउ छर्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान कायम भएको बेलामा बीउ छर्नुपर्छ ।

- उम्रेको २०–२५ दिनमा दोस्रो पल्ट पानी पटाउनुपर्छ । त्यसपछि आवश्यकतानुसार पानी लगाउनुपर्छ । अरु बालीको तुलनामा यो बालीलाई कम पानी चाहिन्छ । झारपात देखिनासाथ कुटो वा कोदालोले हल्का खन्नुपर्छ ।

बाली लिने र उत्पादनः
 - नरम, कलिला तर राम्रोसँग भरिएका कोसाहरू टिप्नुपर्छ ।

- हरियो कोसा ३००–५०० के.जी. प्रति रोपनी सरदर उत्पादन हुन्छ ।

बाली संरक्षणः
- यसलाई सेतो ढुसी रोग, सिन्दुरे रोग र बोट ओइलिने रोग आदि बढी लाग्छ ।

- सेतो ढुसी रोग रोकथाम गर्न सल्फेक्स नामक विषादी २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।

- सिन्दुरे रोग रोकथाम गर्न नीलोतुथो र चूनाको सम्मिश्रण पानीमा घोली छर्ने र बोट ओइलिने रोग रोकथाम गर्न यस्तो रोग नलागेको जग्गामा खेती गर्नुपर्छ ।

- केराउमा लाग्ने मुख्य कीराहरूमा लाही रकोसामा प्वाल पार्ने लाभ्रे हुन् ।

- लाहीलाई मेटासिस्टक्स् अथवा मेटासिड १ मिलिलिटर १ लिटर पानीमा मिसाइ छर्र्न  ुपर्छ ।

- यसैले कोसा प्वाल पार्ने लाभ्रे पनि नियन्त्रण गर्न सकिन्छ । 

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

 

थप समाचार