बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कन्ये च्याउ खेती गर्ने तरिका, प्रविधि र जानकारी

शनिबार, असार २ २०८१
13 views
कन्ये च्याउ खेती गर्ने तरिका, प्रविधि र जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
कन्ये च्याउ सामान्यतः छाता आकारका हुने र यी प्रजातिका च्याउहरु प्रजाति अनुसार फरक फरक रंग जस्तै सेतो, पहेंलो, गुलाबी र हल्का कालो/निलो आदि रंगमा पाइन्छन् । नेपालीमा कन्ये र अङ्ग्रेजीमा ओइष्टर च्याउ (Oyster Mushroom) नामले चिनिने यी प्रजातिका च्याउ खेती गर्न २०–२८ डि.से. तापक्रम उपयुक्त मानिन्छ ।

नेपालमा खेती हुँदै आएका प्रजातिहरूमा प्ल्युरोटस फ्लोरिडा (Pleurotus florida, प्ल्युरोटस फ्लाबे  लेटस् (P. flabellatus), प्ल्युरोटस कर्नीकपी (P.cornucopiae), प्ल्युरोटस इरिंगे (P.eryngii) र लेन्टिनस् साजरकाजु  (Lentinus sajor-caju) छन् ।

पछिल्लो समयमा लेन्टिनस् साजरकाजु (Lentinus sajor-caju) को खेती प्राय हुन छोडि सकेको अवस्था छ । हाल राजा च्याउ (King Oyster/Eryngii) को
व्यावसायिक खेतीको शुरुआत चन्द्रागिरी थानकोटमा गरिएको पाइन्छ । नेपालमा
च्याउबीउको स्रोत र गुणस्तरीयतामा एकरुपता नहुँदा यसको उत्पादन र उत्पादकत्वमा पनि विविधता रहेको पाइन्छ ।

व्यवसायीहरुले च्याउको मूलबीउ (Pure Culture) भारत, चीन, जापान, युरोपियन मुलुक, अमेरिकाबाट ल्याई बीउ उत्पादन गर्ने हुँदा बीउ र यसको उत्पादन क्षमतामा एकरुपता देखिदैन ।

यी प्रजातिका च्याउहरु धानको पराल  (Paddy Straw), गहुँ वा जौको छ्
बाली (Wheat or Barley Straw), तोरीको गट्टे  (Mustard Straw), मकै
को ढोड  (Maize Stalk), र खोसेल्टा  (Maize Husk), काठको धुलो  (Saw
Dust) आदिमा प्रयोग गरी खेती गर्न सकिन्छ ।

खेती प्रविधि
कन्ये च्याउखेती सञ्चालन गर्न अन्य च्याउको तुलनामा केही सजिलो भएको कारण यस व्यवसायमा लाग्ने कृषकहरुको संख्या ठूलो देखिन्छ । यो च्याउको खेती गर्न निम्न ४ चरणहरू अपनाउनु पर्ने हुन्छ :

  • च्याउ बीउ (Spawn) को तयारी
  • च्याउ फलाउने माध्यम/परालको तयारी
  • बीउ  (Spawn)रोपाई
  • च्याउ बालीको व्यवस्थापन र च्याउ टिपाइ

च्याउ बीउ (Mushroom Spore/Spawn) को तयारी

1.PNG

परालको तयारी
कन्ये च्याउखेती गर्नको लागि परालको तयारी तीन तरिकाबाट गर्न सकिन्छ ।

  • तातो पानीमा उपचार गरेर (Hot Water Treatment)
  • रासायनिक उपचार गरेर (Chemical Treatment)
  • तातो वाफमा उपचार गरेर (Steam Treatment)


- तातो पानीमा उमालेर(Hot Water Treatment)
- सफा, राम्रो सुकेको र ढुसी नआएको पराललाई आवश्यकता अनुसारको परिमाणमा जोखेर ३–४ अङ्गुल लामो टुक्रा पारेर काट्ने ।

- आजकल टुक्रा पारिएको पराल बजारमा किन्न पाइन्छ ।

- यस पराललाई ६०–८० डिग्री सेल्सियसमा उमालिएको पानीमा आधा घण्टासम्म भिजाउने ।

- रासायनिक उपचार गरेर (Chemical Treatment)
- सफा टुक्रा पारेको पराललाई ७५ पि.पि.एम. बेभिष्टिन र ५०० पि.पि.एम. फर्मालिन मिसाइएको पानीको घोलमा १६–१८ घण्टासम्म भिजाउने ।

- यो भिजाउने कार्यको लागि टिनको भाडो वा सिमेन्ट टैंकको प्रयोग गर्न सकिन्छ।

- यसरी भिजाएको परालको पानी तर्काउन पानीबाट झिकेर सफा ठाउँमा ३–४ घण्टासम्म त्यत्तिकै राख्ने ।

- पराललाई मुठीमा लिएर निचोरेर चिस्यान परिक्षण गर्ने । यसो गर्दा चिसो हातमा मात्र लाग्यो पानी भुइँमा चुहिएन भने चिस्यान ठीक छ भत्रे बुझ्नुपर्छ।

- तातो वाफमा उपचार गरेर (Steam Treatment)
- यसको लागि आगो बालेर पानी तताइन्छ र पानीको तातो बाफ पाइपको माध्यमबाट पराल उपचार गरिने ड्रमसम्म लगिएको हुन्छ ।

- यही बाफमा पराललाई बफाएर उपचार गरिन्छ ।

45197790_2360570077328497_8718790010381271040_n.jpg


च्याउको बीउ  (Spawn) रोपाई
- बीउको मात्राः ५०–६० के.जी. परालको लागि १.२५ के.जी. च्याउ बीउ आवश्यक पर्दछ ।

- च्याउको बीउ लिने र यसलाई रोप्न विभिन्न आकारका प्लास्टिकका थै ला वा झोला (१२ इन्च × १८ इन्च वा १६ इन्च × २६ इन्च वा अझ साना वा ठुलो) लिने ।

- बीउ रोप्ने ब्यक्तिले हातमा स्प्रिट दलेर च्याउको बीउको पोका खोल्ने र तयार भएका थैलामा पराल भर्दै बीउ रोप्दै जाने ।

-  बीउ रोप्दा थैलामा २–३ अङ्गुल बाक्लो वनाएर पराल भरेपछि छेउछे उमा पर्ने गरी प्रत्येक तहमा करिब १÷१ चम्चा च्याउको बीउ छर्ने ।

- साथै बीउ छर्दा जताततै पर्ने गरी पनि छर्न सकिन्छ ।

- परालको तहमा बीउ राख्दै थैलो भरिएपछि सुतरी (डोरी) ले टत्र कसिने गरी थैलाको मुख बाँध्ने र थैलालाई न्यानो र अँध्यारो कोठामा ३ हप्तासम्म राख्ने ।

- थैलाको प्रत्येक ४–५ अङ्गुलको फरकमा हावा छिर्ने स–साना प्वाल पार्ने अथवा पराल भरेर थैलाको मुख बाँधिसकेपछि थैलाको जताततै पर्ने गरी मसिनो सुइरोले प्वाल पार्ने ।

- च्याउ फल्ने बेला (२०–२२ दिन) मा मात्र प्लाष्टिक खोल्नु वा एक छेउमा काट्न वा २—४ ठाउँमा प्वाल पार्नु उपयुक्त हुन्छ ।

- बीउ रोपेको परालमा पानीको मात्रा बढी भएमा कपडा सिउने सियाले थैलाको माथिल्लो भागमा ३०–४० वटा प्वाल पारिदिने ।

- च्याउको डल्ला÷पोकोलाई बाँस वा फलामको र्याक अथवा अस्थायी टहरा बनाएर राख्न सकिन्छ । टहरा बनाउँदा यसको चौडाई १५ फिट लम्बाइ ३० फिट र उचाई ७.५ फिट कायम राख्नु उपयुक्त मानिन्छ ।

- टहरामा ४ लाइनमा ४÷४ वटा बाँसका खामो गाढी त्यसमाथि १/१ वटा गरी जम्मा ४ वटा बला राख्नाले च्याउ रोपिएका पोका/डल्लाहरु झुण्याउन सजिलो पर्दछ ।

- बलाको डोरीमा च्याउको बीउ रोपिएका परालका डल्लाहरू बाँधेर झुण्याउने ।

- यसो गर्नाले कम क्षेत्रफलमा धेरै च्याउ फलाएर उत्पादन खर्च घटाउन सकिन्छ ।

-  खाँवा गाडेर बलामा डल्ला झुण्ड्याउनका लागि कन्ये च्याउका लागिटहरो १–२ फिट अझ अग्लो बनाउन उपयुक्त हुन्छ ।

कन्ये च्याउ खेती गर्ने समयः
- तराई र बेसी: हिउँद
- पहाड र उच्च पहाड: गर्मी र वर्षा ऋतु

च्याउ बालीको व्यवस्थापन र च्याउ टिपाई
च्याउखेतीबाट बढी भन्दा बढी उत्पादन लिइ मुनाफा कमाउन च्याउ बालीको
व्यवस्थापनमा ध्यान पु¥याउनु जरुरी पर्दछ । यसको लागि निम्नानुसारको व्यवस्थापन कार्य गर्नुपर्दछ ।

कोठा÷टहरोको वातावरणीय व्यवस्थापन
च्याउको बीउ रोपेका थैलाहरू राख्ने टहरो/कोठाको तापक्रम र सापेक्षित आद्रता मिलाउनु पर्दछ । अतः च्याउको डल्लो राख्नेकोठाको वातावरण निम्नानुसार मिलाउनु आवश्यक हुन्छ :

2.PNG

- बीउ रोपेको २०–२२ दिनमा च्याउको ढुसी फैलिएर परालभरि सेतो देखिन्छ । यस्तो सेतो नदेखिएमा अरू २–४ दिन ढुसी फैलिन दिनुपर्छ ।

- तापक्रम वा बीउको मात्रा अलि कम भएमा ढुसी फैलिन ढिलो हुन्छ ।

- ढुसी बाक्लै फैलिएको भए प्लाष्टिकलाई धारिलो चक्कु वा कैंचीको मद्दतले काटेर पूरै हटाउने वा केही भाग प्लाष्टिकलाई चिरेर च्याउ बाहिर निस्कने ठाउँ वनाउने ।

- डल्लाहरूमा दिनको १–२ पटक स्प्रेयर/हजारीको सहायताले हलुका पानी दिने । पानी दिने स्प्रेय र विषादीको लसपस नभएको हुनुपर्दछ ।

- कोठाको आर्द्रता कायम राख्न पुग्ने गरी डल्ला र यसको वरिपरिको खाली ठाउँमा समेत चिसो हुने गरी भिजाउनुपर्दछ ।

- प्लाष्टिक खोलेर पानी दिएको ४–५ दिनमा डल्लामा मसिना कनिका जस्तै च्याउका मसिना फल देखिन्छन् ।

-  करिब ४–५ दिनमा च्याउ ठुलो हुन्छ र यसलाई टिप्नुपर्छ । च्याउ फल्ने समयमा कोठामा हावाको सञ्चालन राम्रो हुनुपर्छ । अक्सिजनको मात्रा कम भएमा च्याउ फक्रन सक्दैन, डाँठ लामो हुन्छ अनि बिक्री मूल्य पनि कम हुन्छ ।

च्याउको टिपाई
- च्याउ टिप्दा च्याउका ठुटा नरहनेगरी टिप्नुपर्दछ । यसको लागि च्याउको फेदैमा समातेर दायाँबायाँ बटारेर हल्का तबरले टिप्नु पर्दछ ।

- च्याउ टिप्दा भाँचिएर परालका डल्लामा छोडिएका भाग पछि कुहिएर झिँगा वा भुसुना लाग्ने, अरू रोगका लागि आश्रयस्थल बन्न सक्छ ।

-  च्याउ टिप्दा डल्लालाई असर नपर्ने गरी हलुकासँग च्याउ टिप्नु पर्दछ । टिप्दा डल्लालाई असर पर्न गएमा च्याउ पलाउने प्रकृया कमजोर हुन जान्छ र उत्पादन घट्दछ ।

- च्याउ टिपेपछि डल्लाहरूमा दिनको १–२ पटक हलुका पानी दिनुपर्छ ।

-  प्रत्येक ७–१० दिनको अन्तरालमा, ३–५ पटकसम्म च्याउ टिप्न सकिन्छ । यो प्रविधिअनुसार च्याउ खेती गर्दा १ कि.ग्रा. परालबाट सरदरमा ५०० ग्राम च्याउ उत्पादन लिन सकिन्छ । अनुभवी दक्ष कृषकले १ किलो नै वा अझ बढी पनि उत्पादन गर्न सक्छन् ।

रोग र किराको व्यवस्थापन
च्याउ खेती भईरहेका परालका डल्लाहरूमा झिँगा, सुलसुले तथा अन्य रोगहरुले हानीनोक्सानी पु¥याउन सक्दछ । यसको व्यवस्थापनको लागि निम्नानुसारको कार्य गर्नु पर्दछ :

समस्याहरु समाधान÷व्यवस्थापनका उपायहरु
१. झिँगा: नुभान १–२ मि.लि १ लिटर पानीमा मिसाएर छर्ने ।

२. सुलसुले: डायजीनन् (२० इ.सी.) १.५–२ मि.लि. प्रति १० लिटर पानीमा घोलेर छर्ने ।

३.नीलो, हरियो, पहेँलो ढुसीजन्य रोग(Trichoderma spp.):  सफा कपासलाई स्पिरिट  (Spirit)  मा भिजाएर यस्तो रोगको लक्षण देखिएको
ठाउँलाई पुछेर सफा गर्ने ।

४. हरियो ढुसी: बेभिस्टिन/साफ नामक ढुसीनासक विषादी १–२ ग्राम १ लिटर पानीमा घोलेर लक्षण देखिएको ठाउँमा सुइ दिने ।

५. जङ्गली च्याउ(Coprinus spp.): उखेलेर नष्ट गरिदिने ।

स्रोत: व्यावसायिक कीट विकास केन्द, कृषि विभाग

थप समाचार