बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कसरी गर्ने दूधे च्याउ खेती ?

शनिबार, असार २ २०८१
10 views
कसरी गर्ने दूधे च्याउ खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
दूधे च्याउको वैज्ञानिक नाम क्यालोसाइबे इन्डिका (Calocybe indica) हो । पहिलो पटक सन् १९७४ मा यो इन्डियामा पत्ता लागेको हो र यसको खेती प्रमुखरूपमा दक्षिण भारतमा निकै लोकप्रिय रहेको छ ।

पछिल्लो समयमा यसको खेती उत्तरी भारत हुँदै नेपाल भित्रिएको हो । खासगरी नेपालको तराई क्षेत्रमा यसकोखेती हुने गरेको छ । यो पराले च्याउ जस्तै उच्च तापक्रम (३०–३५˚ सेन्टिग्रेड) मा हुने एउटा च्याउ हो । यसको जैव क्षमता पराले च्याउ भन्दा बढी हुनुको साथै भण्डारण अवधि पनि लामो हुन्छ ।

यसको उच्च जैव क्षमता, सरल खेती प्रविधि, लामो भण्डारण अवधि र सेतो आकर्षक रङ्गको फ्रुटवडी लोकप्रिय हुनुका प्रमुख कारणहरू हुन् ।

सब्स्ट्रेट र यसको तयारी
यसको खेती विभित्र किसिमका सब्स्ट्रेट (पराल, उखुका खोष्टा, कपासको डाँठ र पात, कपास र जुटबाट खेर गएका वस्तुहरू आदि) मा गर्न सकिन्छ । सबैतिर सजिलै र प्रचुर मात्रामा उपलब्ध हुने भएकोले परालमा यसको खेती बढी प्रचलित छ ।

पराललाई सानो टुक्रामा (२–४ से.मी.) काटेर सफा  पानीमा ८–१६ घण्टा भिजाउनु पर्दछ । स्टिम प्रयोग गरेर पास्चरीकरण गर्दा भिजाउने अवधि घटाउन सकिन्छ । भिजाउनुको प्रमुख उद्देश्य पानीले पराललाई संतृप्त गर्नु हो । पराललाई पहिले जुटको बोरामा भरेर पानीमा डुब्बाउँदा सबभन्दा राम्रो हुन्छ ।

masrum.jpg

पास्चरीकरण/विसङ्क्रमण
सब्स्ट्रेटलाई विभित्र तरीकाबाट पास्चरीकरण र विसङ्क्रमण गर्न सकिन्छ ।

तातो पानीको उपचार
भिजेको परालको बढी भएको पानी तर्काएर बोरासहित उम्लिरहेको पानीमा ८०–९०˚ सेन्टिग्रेड तापक्रममा ४० मिनेटसम्म डुबाउनु पर्दछ । साना उत्पादकको लागि यो सबभन्दा लोकप्रिय विधि हो ।

स्टिम पास्चरीकरण
- भिजेको परालको बढी भएको पानी तर्काएर छिद्र भएको तसी वा ट्रेमा राखेर कोठामा स्टीमले उपचार गरिन्छ ।

- परालको भित्रको तापक्रम ६५˚ सेन्टिग्रेडसम्म बढाएर ५–६ घण्टासम्म उपचार गर्नु पर्दछ ।

- कोठाभित्र हावाको सञ्चारण एकनासले हुनु पर्दछ ।

रासायनिक विसङ्क्रमण
यो विधि कन्ये च्याउको जस्तै छ । ७५ पीपीएम ब्याभिस्टिन र ५०० पीपीएम फर्मालीनको घोलमा परालको उपचार गरिन्छ ।

स्पनिङ्ग र स्पन्रन
स्पनिङ्गको विधि कन्ये च्याउमा गरे जस्तै गर्न सकिन्छ । तै पनि तह–तह स्पनिङ्ग
दूधे च्याउको लागि निकै लोकप्रिय रहे को छ । ४–५ प्रतिशत (भिजेको तौलको आधारमा) को दरले स्पनिङ्ग गरिन्छ ।

स्पनिङ्ग गरिसकेपछि ब्यागलाई स्पन्रन गर्ने कोठामा राखिन्छ । कोठाको तापक्रम २५–३५˚ सेन्टिग्रेड र सापेक्षित आर्द्रता ८० प्रतिशत हुनु पर्दछ । लगभग २० दिनपछि सब्स्ट्रेट माईसेलियमले पूरै ढाकिसक्छ ।

केसिङ्ग (माटोले छोप्ने)
- सब्स्ट्रेट माईसेलियमले पूर्णरूपमा ढाकिसकेपछि ब्यागको माथिबाट ३–४ से.मि. बाक्लो केसिङ्ग पदार्थ (७५ प्रतिशत माटो २५ प्रतिशत बालुवा) ले छोप्नुपर्दछ ।

- चकको धूलो प्रयोग गरेर केसिङ्ग पदार्थको पी.एच. मान ७.८–७.९ केही प्रमुख च्याउको खेती प्रविधि डढ मिलाउनु पर्दछ ।

- केसिङ्ग पदार्थलाई अटोक्लेभभित्र १५ प्रति स्क्वायर इन्चमा १ घण्टासम्म विसङ्क्रमण गर्नु पर्दछ अथवा केसिङ्ग गर्नु एक हप्ता अगाडि २ प्रतिशत फर्मल्डिहाइड घोलले उपचार गरेर प्लास्टिकले छोप्नु पर्दछ ।

- २ दिनको अन्तरालमा उपचार गरेको माटोलाई राम्ररी चलाउनु पर्दछ ।

- केसिङ्ग गर्नु अगाडि माटोमा फर्मालीनको गन्ध हुनु हुँदैन ।

- केसिङ्गको लागि ब्यागको माथिल्लो भागमा र केसिङ्ग पदार्थमा ०.१ प्रतिशत कार्बेन्डाजिम ०.५ प्रतिशत फर्मल्डिहाईडले उपचार गर्नु पर्दछ ।

- केसिङ्ग गरिसकेपछि कोठाको तापक्रम ३०–३५˚ सेन्टिग्रेड र सापेक्षित आर्द्रता ८०– ९० प्रतिशत मिलाएर राख्नु पर्दछ ।

dhudhe-mushroom2020-12-08-07-12-24.jpeg

च्याउ टिप्ने
- करीब १० दिनभित्र च्याउको माईसेलियम केसिङ्ग तहमाथि आउँछ ।

- त्यसपछि कोठाभित्र ताजा हावाको आवश्यकता पर्दछ ।

- एक घण्टामा कम्तीमा ३–४ पटक ताजा हावाको आदान प्रदान गर्नु पर्दछ ।

- त्यस्तै गरी लामो समयसम्म प्रकाशको पनि आवश्यकता हुन्छ । यी सबै अवस्थाहरू मिलाउन सके ३–५ दिनभित्र फ्रुटवडीको विकास हुन थाल्दछ ।

- यसरी च्याउ ७–८ से.मि. डायमिटरको भएपछि फेदमा समातेर दायाँ बायाँ घुमाउँदै तानेर टिप्नु पर्दछ ।

- च्याउलाई राम्रोसँग सफा गरी छिद्र भएको पोलिथिनरपोलिप्रोपायलिन ब्यागमा प्याक गरेर बजारसम्म पठाउन सकिन्छ ।

बाली व्यवस्थापन

  • सब्स्ट्रेट विभित्र हानिकारक ढुसी र अन्य रोगजनक जीवहरूको प्रमुख स्रोत भएको हुनाले सब्स्ट्रेट गुणस्तरीय र असल हुनु पर्दछ । सब्स्ट्रेट काट्ने, भिजाउने ठाउँ; ब्याग भर्ने, स्पनिङ् गर्ने, स्पन्रन गर्ने कोठाबाट टाढा हुनु पर्दछ । पराल काट्ने र भिजाउने व्यक्तिले ब्याग भर्ने र स्पनिङ्ग गर्ने कार्य गर्नु हुँदैन ।
  • ब्याग भर्ने र स्पनिङ्ग गर्ने ठाउँ हप्ताको २ पटक १ प्रतिशत फर्मालिनले स्प्रे गर्नु पर्दछ । ठूलो उत्पादकले यो ठाउँको लागि हेपा फिल्टरको प्रयोग गर्नु नै उत्तम हुन्छ ।
  • स्पन्रन गर्ने ठाउँमा हप्ताको एक पटक ०.५ प्रतिशत (५ मि.लि. प्रतिलिटर पानीमा) फर्मालिन र ०.१ प्रतिशत (१ मि.लि. प्रति लिटर पानीमा) मालाथियनको स्प्रे गर्नु पर्दछ ।
  • केसिङ्ग गर्नुपूर्व कार्बेन्डाजिम १ ग्रा. र फर्मल्डिहाईड (५ मि.लि.) प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्नु पर्दछ । एक हप्तापछि केसिङ्ग गर्ने माटो र कोठामा यही स्प्रेलाई दो¥याउनु पर्दछ । केसिङ्ग गरेको भोलिपल्ट झिंगाको रोकथामको लागि ०.१ प्रतिशत मालाथियनको स्प्रे गर्नु पर्दछ ।
  • कुनै पनि ढुसीनाशक वा कीटनाशक औषधी सीधा च्याउमा प्रयोग गर्नु हुँदैन ।
  • ब्यागमा कुनै हानीकारक ढुसीको धब्बा देख्ने वितिकै तुरुन्त ४ प्रतिशत (४० मि.लि. प्रति लिटर) फर्मल्डिहाईडले उपचार गरिहाल्नु पर्दछ । घोलमा कपास भिजाएर सङ्क्रमित स्थानमा र वरिपरि पुछ्नु पर्दछ । च्याउ फलिसकेको सब्स्ट्रेट÷स्पेन्ट सब्स्ट्रेट मिल्काउनु भन्दा अगाडि २ प्रतिशत फर्मल्डिहाईड स्प्रे गर्नु पर्दछ ।
  • वर्षामा दिनको एकचोटी, हिउँदमा दिनको २ चोटी च्याउमा पानी हाल्दा पर्याप्त हुन्छ तर गर्मीमा आवश्यक सापेक्षित आर्द्रता र सब्स्ट्रेटको चिस्यान मिलाउन धेरै गाह्रो हुन्छ । यस्तो अवस्थामा भुँईमा ६ इन्च जति बाक्लो बालुवा फिँजाएर ३–४ पटक पानीको फोहरा दिनु पर्दछ ।

स्रोत: व्यावसायिक कीट विकास केन्द, कृषि विभाग

थप समाचार