पराले च्याउको वैज्ञानिक नाम भल्वरीएला भल्वसिया (Volvariella volvacea) हो । यसलाई सामान्यतः स्ट्र मसरूम -straw mushroom) वा चायनिज मसरुम भनिन्छ ।
यो एउटा उच्च तापक्रम (३०–३६˚ सेन्टिग्रेड) मा हुने च्याउ हो । पश्चिमी मुलुकहरूमा बटन च्याउ जस्तै दक्षिणपूर्वी एशियन मुलुकहरूमा यो च्याउ निकै लोकप्रिय छ । यसको खेती करीब ३०० वर्षअघि चीनबाट सुरू भएर सन् १९३२–१९३५ तिर मात्र फिलिपिन्स, मलेशिया लगायत दक्षिणपुर्वी एशियाका अन्य मुलुकहरूमा भित्रिएको हो ।
चीन, भिएतनाम, ताईवान, थाईल्याण्ड र ईण्डोने शिया यसका प्रमुख ठूला उत्पादक मुलुकहरू हुन् भने अफ्रिका, मडागास्कर र भारतमा पनि यसको खेती हुने गरेको पाइएको छ । यो खेतीको लागि सबभन्दा सजिलो र छिटो फल्ने (८–१० दिनभित्र) च्याउहरू मध्येको एउटा च्याउ हो ।
पराले च्याउ एउटा उष्ण क्षेत्रीय च्याउ भएको हुनाले यसको माईसेलियम ३०–३६˚ सेन्टिग्रेड तापक्रममा राम्रोसँग हुर्किन सक्दछ भने फ्रुटिङ्गको लागि २८– ३०˚ सेन्टिग्रेड तापक्रम चाहिन्छ ।
१५˚ सेन्टिग्रेड भन्दा कम र ४५˚ सेन्टिग्रेड भन्दा बढी तापक्रममा यो उम्रिन सक्दैन र २०˚ सेन्टिग्रेड भन्दा कम तापक्रममा च्याउ फल्दैन । ठाउँ अनुसार उपलब्ध सब्स्ट्रेटको आधारमा यसको खेतीको लागि विभित्र विधिहरूको प्रयोग भईराखेको छ ।
प्रमुख रूपमा यसको खेती धानको परालमा गरेको पाइन्छ तर परालमा उत्पादन कम र अस्थिर पाइएको छ ।औद्योगिकस्तरमा खेर गएका कपासजन्य पदार्थमा गरिने खेती प्रविधि सबभन्दा उपयुक्त मानिन्छ भने अरू बाँकी विधिहरू ग्रामीण क्षेत्रको लागि बढी उपयुक्त हुन्छ ।
घरभित्र गरिने खेती - मुठ्ठा (करीब १ कि.ग्रा.) पारिएको धानको परालबाट ब्याड तयार गरिन्छ ।
- पराल ताजा, सफा, सुकेको र उच्च गुणस्तरको हुनु पर्दछ ।
- सिङ्गै पराल प्रयोग गरेर मुठ्ठा पार्न सकिन्छ र मुठ्ठालाई दुई ठाउँमा बाँध्नु पर्दछ ।
- यसरी मुठ्ठा पारेको परालको छेउ काटेर मिलाउनु पर्दछ ।
- परालको मुठ्ठालाई १६–२४ घण्टा सफा पानीमा भिजाएर बढी भएको पानी तर्काउनु पर्दछ ।
- मुठ्ठालाई तातो पानीमा (८०˚ सेन्टिग्रेड तापक्रममा) दुई घण्टा डुबाउन सकिन्छ जसले विभित्र रोग र कीराको नियन्त्रण गर्न सहयोग गर्दछ ।
- यी मुठ्ठाहरूलाई च्याउ उमार्ने कोठामा बाँस वा काठको शेल्फमा वा जमीनमा (अलि माथि उठेको) क्रिसक्रस तरीकाबाट चाङ लगाएर ब्याड बनाउनु पर्दछ ।
- प्रत्येक तहमा छेउबाट ४–४ ईन्च छोडेर ४–६ ईन्चको स्ट्रिपमा दाना स्पन् प्रयोग गर्नु पर्दछ ।
- माथिल्लो तहमा पूरै तहमा छर्नु पर्दछ । स्पन्को मात्रा १.५ प्रतिशत (परालको सुक्खा तौलको आधारमा) उपयुक्त मानिन्छ ।
- चाङको उचाई मौसम अनुसार फरक–फरक हुन्छ । गर्मीयाममा यसको उचाई ५० से.मी. भन्दा बढी हुनु हुँदैन ।
- उचाई बढी भयो भने ब्याड धेरै तातेर स्पन् मर्दछ । यसरी ब्याड तयार भइसकेपछि प्लास्टिक वा परालले छोप्नु पर्दछ ।
- ब्याड तयार गर्ने बेलामा ०.१ प्रतिशत ब्याभिस्टीन छर्केर ब्याडमा हानिकारक ढुसीहरूको नियन्त्रण गर्न सकिन्छ ।
- यदि ब्याडको तापक्रम ३८˚ सेन्टिग्रेड भन्दा बढी हुन गएमा छेउतिरबाट प्लास्टिक हटाएर पानी छर्किनु पर्दछ ।
- प्राइमरडियाको निर्माण नहुन्जेलसम्म कोठामा हावा संचालनको आवश्यकता पर्दैन । तर कोठामा भएको आर्द्रता अनुसार ब्याडमा दिनको १–२ पटक पानी छर्किनु पर्दछ । प्राय सुरूको ३–४ दिन पानीको आवश्यकता हुँदैन ।
- आर्थिक हिसाबले ठूलो ब्याड भन्दासानो ब्याड बढी उपयोगी देखिएको छ ।
- त्यस्तै गरी परालको सानो मुठ्ठाले ठूलो मुठ्ठा भन्दा बढी उत्पादन दिन्छ ।
- पछिल्लो समयमा परम्परागत ब्याडभन्दा त्रिभुजाकार, वर्गाकार र आयताकार ब्याडमा संधै बढी उत्पादन पाइएको छ ।
घरबाहिर गरिने खेती - अति सरल र कम खर्चिलो भएको कारण यो विधि ग्रामीण कृषकहरूमा निकै लोकप्रिय रहेको छ ।
- परालका मुठ्ठाहरू प्रयोग गरेर सिधा घाम नलाग्ने ठाउँमा बाँसबाट बनाइएका अलि अग्लो प्लेटफार्ममाथि ब्याडको निर्माण गरिन्छ ।
- वर्षा र हावाबाट जोगाउन ब्याडलाई प्लास्टिक वा पराल वा परालबाट बनाइएका गुन्द्रीबाट छोप्नु पर्दछ तर पानी परेपछि तुरुन्त हटाउनु पर्दछ ।
- धानको परालको सट्टामा सुकेको केराको पात वा जलकुम्भीको मुठ्ठा पनि प्रयोग गर्न सकिन्छ ।
- समान रूपमा प्रकाश र तापक्रम पार्न ब्याड पूर्वपश्चिम दिशातिर फर्केको हुनुपर्दछ ।
- हावामा भएको आर्द्रता अनुसार ब्याडमा पानी छर्किनु पर्दछ । स्पनिङ्ग गरेको १०–१२ दिनपछि प्राइमरडियाको निर्माण हुन्छ र थप ३–५ दिनपछि च्याउ टिप्न सकिन्छ ।
बाकसभित्र गरिने खेत बाकसभित्र गरिने खेती प्रारम्भिक लागत बढी भएपनि रोग तथा कीराको व्यवस्थापनको दृष्टिकोणले यो अत्यन्तै उपयोगी विधि हो ।
आवश्यक सामग्री
काठको वाकसः बाकस २.५×५ से.मी. काठबाट बनेको हुन्छ । फ्रेमको साईज ६० से.मी. लामो, ४५ से.मी. चौडा र २० से.मी. गहिरो छेउतिर खुल्ला भएको हुन्छ ।
ब्याड बनाउने पदार्थ (धानको पराल वा सुकेको केराको पात वा जलकुम्भी)
उपयुक्त च्याउ फलाउने कोठा वा प्लास्टिक
विधिः
- ब्याड बनाउने पदार्थलाई २० से.मी. लामो साईजमा काटेर बाकसभित्र प्याक गरिन्छ । ब्याड बनाउने पदार्थलाई मुठ्ठा पारेर पनि बाकसभित्र प्याक गर्न सकिन्छ।
- यसरी प्याक गरिएको बाकसलाई कम्तिमा ३ घण्टा पानीमा भिजाएर बढी भएको पानी तर्काउनु पर्दछ ।
- भिजाएको सब्स्ट्रेटका छेउमा स्पनिङ्ग गरिन्छ अथवा मुठ्ठा पारिएको सब्स्ट्रेटमा पानी तर्काइसकेपछि काठको फ्रेममा तह–तह गरी प्याक गर्नु पर्दछ र प्रत्येक तहमा स्पनिङ्ग गरिन्छ ।
- स्पनिङ्ग गरिसकेको बाकसलाई च्याउ फलाउने कोठामा (तापक्रम ३५– ३८˚ सेन्टिग्रेड र सापेक्षित आर्द्रता कम्तिमा ७५ प्रतिशत) वा घरबाहिर छहारीमा प्लास्टिकले छोपेर राख्न सकिन्छ ।
- करीब ५–७ दिनभित्र ढुसी राम्ररी फैलिसक्छ र ८–९ दिनमा बाकसको खुल्ला छेउ छेउतिर कोपिला बत्र थाल्दछ ।
प्रशोधनका क्रममा खेर गएका कपासजन्य पदार्थमा गरिने आधुनिक खेती
पराले च्याउको व्यावसायिक उत्पादनको लागि सन् १९७३ देखि हङकङमा यो खेती प्रविधिको प्रयोग हुँदै आएको छ अहिले यो प्रविधिको प्रयोग फिलिपिन्स, सिँगापुर, मलेसिया, भिएतनाम, ईन्डोनेशिया र थाईल्याण्डमा भइरहेका छन् ।
कम्पोष्टको तयारीः - सबैखाले खेर गएका कपासजन्य पदार्थ, पानी र २.५ प्रतिशत चूना राम्रोसँग मिसाएर ९०×९०×३० से.मी. काठको फ्रेमभित्र हाल्नु पर्दछ ।
- अन्य पदार्थ जस्तै ५ प्रतिशत कुखुराको मल प्रयोग गर्न सकिन्छ ।
- यसरी एक तह पूरा भरिसकेपछि फ्रेमलाई झिकेर अर्को तह कम्पोष्ट भर्नु पर्दछ ।
- यसरी ५–६ तह अर्थात ७०–९० से.मी. उच्चाईको चाङ तयार गरेर प्लास्टिकले छोप्नु पर्दछ ।
- दुई दिनपछि चाङलाई पल्टाउनु पर्दछ ।
- चाङ पल्टाउँदा कम्पोष्टमा ५ प्रतिशत चामलको ढुटो र आवश्यकता अनुसार पानी थपेर राम्रोसँग मिसाउनु पर्दछ ।
- त्यसपछि सम्पूरक मिसाएको कम्पोष्टलाई पुनः चाङ लगाएर प्लास्टिकले छोपेर अर्को २ दिनसम्म छोड्नु पर्दछ ।
ब्याडको तयारीः - लगभग ४ दिनमा ब्याडको लागि कम्पोष्ट तयार हुन्छ ।
- करीब १.४ वर्ग मिटर (४.५ वर्ग फीट) साइजको ब्याड उपयुक्त मानिन्छ ।
- कम्पोष्टको तह करीब १० से.मी. बाक्लो र प्रत्येक तहमा करीब ८ कि.ग्रा. (सुक्खा तौलको आधारमा) वा २६–२८ कि.ग्रा. (भिजेको तौलको आधारमा) कम्पोष्ट हुनपर्दुछ ।
पास्चरीकरणः - ब्याडको तयारी गरिसकेपछि घरभित्र बाफ पठाएर कम्पोष्टलाई पास्चरीकरण गर्नु पर्दछ ।
- यो तापक्रमलाई अर्को २ घण्टासम्म कायम राख्नु पर्दछ ।
- त्यसपछि घरभित्र ताजा हावा छिराएर तापक्रम करीब ५२˚ सेन्टिग्रेडमा झार्नु पर्दछ ।
- यसरी अर्को ८ घण्टासम्म भित्रको तापक्रम ५०–५२˚ सेन्टिग्रेडमा कायम राखेपछि बाफको आपूर्ति बन्द गर्नु पर्दछ र कोठाको तापक्रम ३४–३६˚ सेन्टिग्रेडमा झार्नु पर्दछ जुन बाहिरी तापव्रmम अनुसार १२–१६ घण्टासम्म लाग्न सक्दछ ।
स्पनिङ्ग स्पनिङ्गको लागि घरभित्र हावाको तापव्रmम ३५˚ सेन्टिग्रेड र ब्याडको तापक्रम ३६–३८˚ सेन्टिग्रेड हुनु पर्दछ । स्पनको मात्रा कम्पोष्टको १.४ प्रतिशत (सुक्खा तौलको आधारमा) वा ०.४ प्रतिशत (भिजेको तौलको आधारमा) हुनु पर्दछ । कम्पोष्टको गुणस्तर र तापव्रmम अनुसार ३–४ दिनभित्र स्पन्रन पूरा हुन्छ ।
च्याउको उत्पादन र टिप्ने तरिका सुरुको तीन दिन स्पन्रनको अवधिमा पानी र प्रकाशको आवश्यकता पर्दैन तर थोरै मात्रामा ताजा हावाको आवश्यकता पर्दछ । तीन दिनपछि सेतो प्रकाश र अतिरिक्त हावा संचारनको व्यवस्था मिलाउनु पर्दछ ।
प्रायजसो स्पनिङ्ग गरेको पाँचौँ दिनमा ब्याडको सतहमा प्राइमरडिया दखा पर्दछ र यसको ४–५ दिनमा पहिलो चोटी च्याउ टिप्न सकिन्छ । पराले च्याउ बटन अवस्थामा अथवा फक्रिनु अगाडि नै टिप्नु पर्दछ । पहिलो फ्लश प्रायः ४–५ दिनमा अन्त हुन्छ ।
४ दिनपछि दोस्रो फ्लशको च्याउ फल्न सुरू गर्दछ र अर्को ३–४ दिनमा यसको अन्त हुन्छ । दोस्रो फ्लशको उत्पादन पहिलो फ्लशको करीब १० प्रतिशतले मात्र हुन्छ ।
पराले च्याउको जैव क्षमता घर बाहिर गरिने खेतीको लागि १०–२० र कपासजन्य खेर गएका पदार्थमा घर भित्र गरिने खेतीको लागि सब भन्दा बढी ५० प्रतिशतसम्म पाइएको छ ।