बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

ओखरखेती बारे जानकारी

आइतबार, असार ३ २०८१
8 views
ओखरखेती बारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय (Introduction)

ओखर नेपालको हिमाली क्षेत्रमा हनुे मुख्य फलफूल बाली हो । यो सकु्खा फलफूल (Dry Fruits) अन्तर्गत पर्दछ । संसारभर यसका करिब २० जातिहरू छन, अहिलेको इरानको पर्सिया क्षेत्रमा यसको खेती बढी गरिएकाले यसलाई पर्सियन ओखर (Persian walnut)  भनेर पनि चिनिने गर्दछ । यसको उत्पत्ति उत्तर-पश्चिम हिमालयन क्षेत्रदेखि पर्सिया (इरान) सम्मको क्षेत्रमा भएको मानिन्छ । विश्वमानचित्रमा हेर्दा शीतोष्ण तथा समशीतोष्ण क्षेत्रमा यो फलको खेती बढी गरिन्छ । सामद्रिुक सतहदेखि १२००-२५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । नेपालको उत्तर-पश्चिमी हिमाली जिल्लाहरूमा धेरै वर्ष अघिदेखि ओखर जङ्गली अवस्थामा फलिरहेको पाइन्छ तसर्थ यसको उद्गमस्थल नेपाल हो भन्न सकिन्छ ।

महत्व तथा उपयोग (Importance and Uses)


- यो अत्यन्त स्वादिष्ट तथा पौष्टिक पदार्थले भरिपूर्ण भएको फल हो । यसमा औसत ६५ प्रतिशत चिल्लो पदार्थ, १५.२ प्रतिशत प्रोटिन, १३.७ प्रतिशत कार्बोहाइड्रेट तथा थोरै मात्रामा खनिज पदार्थहरू र भिटामिन बी पाइन्छ ।
- धार्मिक तथा सांस्कृतिक हिसाबले नेपालमा अत्यन्त महत्वपूर्ण फल हो ।
- सकु्खा फलफूल भएको हनुाले भण्डारण तथा ढुवानी गर्न सहज हन्छु ।
- बिजुबिरुवा रोपेको ५-६ वर्षबाट उत्पादन दिन सुरु गर्छ भने कलमी बिरुवाले ३-४ वर्षमा नै फल दिन्छ ।
- यसको काठबाट स्तरीय फर्निचर बनाउन सकिन्छ ।
- फलको बोक्रा कपाल रङ्गाउन प्रयोग गरिन्छ ।

हावापानी (Climate) 

साधारणतया ओखरको खेती सामद्रिुक सतहदेखि १२००– २५०० मिटरको उचाइमा गर्न सकिन्छ । यसरी तसारो पर्नेदेखि लिएर मध्यम हिउँ
पर्ने ठाउँ मा यसको व्यावसायिक खेती गर्न सकिन्छ । अन्य शीतोष्ण फलफूल बालीहरूलाई जस्तै यसलाई पनि फूल फुल्न र फल लाग्नका लागि केही
न्यूनतम तापक्रम (Chilling temperature) चाहिन्छ । जातअनसार ओखरलाई ७००-१५०० घण्टासम्म ७ डिग्रीभन्दा कम तापक्रमको आवश्यकता पर्दछ । यसलाई औसत वार्षिक वर्षा ७६० मि.मि. हनुे ठाउँ मा राम्रोसँग खेती गर्न सकिन्छ ।


माटो (Soil) 

पानीको निकास राम्रो भएको तर चिस्यान रहिरहने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको मलिलो तथा करिब ३ मिटरसम्म गहिरो माटो ओखर खेतीका लागि उपयक्तु मानिन्छ । माटोको पिएच तथस्ट नजिक भएको हनुपुर्दछ ।


जातहरू (Varieties)

okhar.jpg
Fig: Juglans regia

१. स्थानीय हाडे ओखर

२. स्थानीय दाँते ओखर

जग्गाको छनोट (Site Selection)

हल्का भिरालो जमिन ओखरखेतीका लागि उपयक्तु हन्छु । पानी नजम्ने करिब १०(२० डिग्रीको भिरालोपन भएको जग्गा यसका लागि उपयक्तु मानिन्छ। सिंचाइ सविु धा भएको ठाउँमा दक्षिणी मोहडामा र सिंचाइ सविु धा नभएको ठाउँमा उत्तर-पूर्व फर्किएको जग्गामा खेती गर्न उपयक्तु हन्छु ।

जग्गाको तयारी तथा बगैंचाको रेखाङ्कन (Land Preparation and Orchard Layout)

बिरुवा रोप्नुभ्नुन्दा २-३ महिनाअगाडि नै जग्गाको तयारी गर्नुपर्दछ । नेपालको हिमाली क्षेत्रमा ओखरको रोपण गर्न उपयक्तु हावापानी हनुे र प्राय जमिन भिरालो हनुे हनुाले गह्रा, कान्ला प्रविधिबाट रेखाङ्कन गरी बगैंचा स्थापना गर्नु उपयुक्त हन्छु । समथर जमिन भएमा वर्गाकार, आयताकार र
त्रिभजाकारमा पनि बिरुवा रोप्न सकिन्छ ।


रोप्ने दूरी (Planting Distance)

सामान्यतया बिजुबिरुवा १२×१२ मिटर तथा कलमी बिरुवा भएमा १०×१० मिटरमा रोप्नुप्नुर्दछ । तर उच्च घनत्वमा बगैंचा स्थापना गर्दा दूरीलाई कम गरी ६-७×६-७ मिटरको फरकमा रोप्नु उपयुक्त हन्छु ।

खाडलको तयारी (Pit Preparation)

तयारी जग्गामा उपयक्तु दूरी कायम गरी प्लान्टिङ बोर्डको सहायताबाट बिरुवा रोप्नुभ्नुन्दा एक महिनाअगाडि नै १ घन मिटरको खाडल खन्नुपर्दछ । खाडल खन्दा तलको माटो एकातिर र माथिको माटो अर्कोतिर राखी उक्त माटोमा प्रतिखाडल ३०-४० किलो पाकेको गोबरमल मिसाउनपुर्दछ । खाडल पुर्दा तलको माटो माथि र माथिको माटो खाडलको पिधमा पर्ने पुर्नुपर्द्छ गरी पुर्नुपर्द्छ। यसरी माटो पुर्दा जमिनको सतहदेखि १५-२० से.मी. माथिसम्म आउने गरी पुर्नुपर्द्छ र बीचमा एउटा कीला गाडेर छोड्नुप्नुर्दछ ।

बिरुवा रोपण (Planting)

ओखर पतझड बिरुवा भएको हनुाले हिउँद समयमा (पस-माघ) महिनामा रोप्नुप्नुर्दछ । बिरुवा रोप्दा खाडलको बीचमा राखेको कीला हटाई, प्लान्टिङ बोर्डको सहायताले, कलमी गरेको भाग माटोभन्दा माथि पर्ने गरी रोप्नुप्नुर्दछ । बिरुवा रोपिसकेपश्चात् छेवैमा दह्रो कीला गाडी, बिरुवालाई सोझो पारेर उक्त कीलामा नहल्लिने गरी बाँध्नुप्नुर्दछ । रोपेको बिरुवालाई सकुेका झारपातले राम्रोसँग छापो दिने र नसरुन्जेलसम्म नियमित रूपमा सिंचाइ गर्नु पर्दछ ।

फल टिपाइ (Harvesting)

साधारणतया नेपालमा खेती गरिने ओखर भदौ महिनामा टिप्न तयार हन्छन। जब ओखर फलको बोक्रा ८० प्रतिशतजति फुटी फल भइुँमा झर्न थाल्दछ तब फल पाकेको थाहा पाउन सकिन्छ । पाकेका फलको भित्री कडा भाग बिस्तारै खैरो रङ्गमा परिणत हनु थालेपश्चात फल पाकेको थाहा पाउन सकिन्छ। फल धेरै छिटो र ढिलो गरी टिप्नु हुदैंन। फललाई हातले, हाँगा हल्लाएर, बाँसको पोलले बिस्तारै हानेर झार्न सकिन्छ । विकसित देशतिर ओखर रूख हल्लाउने ठूला मेसिनहरू (Mechanical Shaker) को प्रयोग गरी झार्ने गरेको पाइन्छ । ओखर टिपिसकेपश्चात त्यसको बोक्रा गलाउन ४-५ दिन यसलाई चिसो एवं सकु्खा ठाउँ मा राख्पनुर्दछ । त्यसपश्चात फलको बोक्रा हटाई दानालाई धनुे, सफा गर्ने तथा पातलो गरी फिँजाएर केही
दिन सुकाउनुपुर्दछ । लामो समयसम्म भण्डारण गरी राख्ने भए यसरी सकाएको ओखर दानामा करिब ८ प्रतिशत चिस्यान हनुु जरुरी हन्छु ।

उत्पादन (Yield)

उत्पादन जात, हावापानी, माटो, बगैंचा व्यवस्थापन आदिजस्ता कुराहरूमा भर पर्ने कुरा हो । साधारणतया बिजुबिरुवा रोपेको १२-१५ वर्षपछि र कलमी बिरुवा ८-१० वर्षपछि पूर्ण क्षमतामा फल दिन थाल्दछ । एउटा पूर्ण रूपमा फल दिने बोटले करिब १५०-२०० केजी सकु्खा ओखरको फल दिन सक्दछ । प्रति किलोग्राममा स्थानीय दाँते ओखर ७०-८५ दाना र हाडे ओखर ५५-७५ दाना अट्न सक्दछ । 

प्रमख रोग/किराहरु तथा तिनको व्यवस्थापन (Major Insects/Pests and their management)

क. प्रमख रोगहरू(Major Diseases)

१. खैरो पात थोप्ले रोग (Anthracnose/ Leaf blotch)

-बढी आर्द्रता र गर्मी हनुे मौसममा यसको आक्रमण बढी हनुे गर्दछ । यो Ganomonia lepto styla भन्ने ढुसीबाट हनुे रोग हो । कलिला हाँगाहरूमा -एवं ससाना फलहरूमा खैरा धब्बाहरू देखिन्छन ,पछि गएर ठूला धब्बाहरूमा परिणत हन्छन। 
-रोगको प्रकोप बढ्दै जाँदा पात र फलहरू झर्दछन ।

व्यवस्थापन

- भइुँमा झरेका पात तथा फलहरूलाई सङ्कलन गरेर जलाउने। बगैंचा सफा राख्ने |
-नयाँ पालवा पलाउन सरु भएपश्चात १ प्रतिशतको बोर्डो मिक्स्चर वा कपरअक्सिक्लोराइड २ ग्राम÷प्रतिलिटर पानीमा १०-१५ दिनको फरकमा २-३ पटक बिरुवा पूरै भिज्ने गरी छर्कने ।


२. टुप्पा सुक्ने रोग (Die back)

Glomerella cingulata नामक ढुसीबाट लाग्ने यो रोगमा सरुमा पातमा खैरा थोप्लाहरू देखा पर्दछन । पछाडी ससाना थोप्लाहरू बढेर पूरै पात ढाक्छ तथा पूरै पातहरू झर्दछन । कलिला हाँगाहरू टुप्पाबाट कालो हँदुै सुक्दै जान्छन भने ससाना बोटहरू पूरै सकु्दछन । 

व्यवस्थापन

-बगैंचाको सरसफाइमा ध्यान दिने र पूरा सफा राख्ने |
-रोगी पात तथा हाँगाहरूलाई काटेर जलाउने ।
-एक प्रतिशतको बोर्डो मिक्स्चर वा कपरअक्सिक्लोराइड २ ग्राम प्रतिलिटर पानीमा १०-१५ दिनको फरकमा २-३ पटक बिरुवा पूरै भिज्ने गरी छर्कने ।

३. डढुवा रोग (Blight)

 Xanthomonas arboricola pv. Juglandis भन्ने ब्याक्टेरियाको आक्रमणबाट यो रोग लाग्दछ । पातमा पानीलेभिजेको जस्तो दाग र पहेंलो तथा हरियो घेरा लिएको खैरो कालो धब्बा देखिन्छ । कलिला फलहरू झर्दछन भने छिप्पिएका फलहरू कालो र चाउरिएर जान्छन । विशेष गरी यस रोगले पात, फूल तथा फलमा आक्रमण गर्दछन । बढी वर्षा, कुहिरो तथा तवाँलो भएमा यो रोग छिटो फैलन मद्दत गर्दछ ।

व्यवस्थापन
- भइुँमा झरेका पात तथा फलहरूलाई सङ्कलन गरेर जलाउने । बगैंचा सफा राख्ने|
- नयाँ पालवा पलाउन सरु भएपश्चात १ प्रतिशतको बोर्डो
मिक्स्चर वा कपरअक्सिक्लोराइड २ ग्राम प्रतिलिटर पानीमा १०–१५ दिनको फरकमा २–३ पटक बिरुवा पूरै भिज्ने गरी छर्कने ।


४. फेद तथा जरा कुहिने रोग (Foot and root rot)

यो रोग phytopthoraनामक ढुसीबाट लाग्दछ । फेदमा चोटपटक लागेमा, बढी चिस्यान भएमा तथा सङ्क्रमित बिरुवाहरूको प्रयोग गरेमा यसको जोखिम बढी हन्छु । यसबाट सङ्क्रमित बोटहरू ओइलाउँदै जाने, एकपट्टिका हाँगाहरू सुक्दै जाने, बोटहरू टुप्पाबाट सुक्दै जाने जस्ता लक्षणहरू देखिन्छन् र अन्तमा पूरै बोट नै सकुेर नष्ट हन्छु ।

व्यवस्थापन

- बगैंचाको सरसफाइमा ध्यान दिने ।
- बगैंचामा चिस्यान कायम राख् तर बढी ने चिस्यान हनु नदिने,
पानीको निकासको राम्रो प्रबन्ध मिलाउने ।
- बगैंचा खनजोत गर्दा जरा तथा काण्डमा चोटपटक लाग्न नदिने ।
 हिउँदमा काटछाँट तथा गोडमेलपश्चात अनिवार्य रूपमा जरा भिज्ने गरी बोर्डोमिश्रणले ड्रेन्चि ङ गर्ने र काण्डमा बोर्डोपेस्ट लगाउने ।

ख. प्रमख किराहरु ( Major Insects)

१. कडलिङ मथ (Codling moth)

वयस्क पुतलीले फलको भेट्नोमा फूल पारी त्यसबाट विकसित लार्भाले फलको कलिलो अवस्थामा नै भेट्नोबाट भित्र छिरी फलको गुदी खाने गर्दछ । यसले क्षति पुर्याएका फलहरूमा ससाना प्वालहरू देखिन्छन ।

व्यवस्थापन

- नियन्त्रणका लागि मोहिनी पासो (Pheromone trap) राखी त्यसमा भाले पुतलीलाई आकर्षित गरी नष्ट गर्न सकिन्छ ।
- बगैंचाको सरसफाइमा विशेष ध्यान दिनपुर्दछ ।
-दैहिक विषादी प्रयोग गर्ने ।

२. बोक्रे झिगा (Husk fly)

राता पहेँला पखेँटा भएका घरमा हनुेझिगाभन्दा ठूला आकारका झिगाहरूले त्यसबाट फलमा फुल पार्दछन र त्यसबाट लार्भा निस्किई
फलको गुदी खाई नष्ट गर्ने र फल कुहाउने गर्दछ । यसको प्रकोप भएको ठाउँ मा फल परिपक्व नभई झर्ने गर्दछ ।

व्यवस्थापन
- बगैंचालाई सफा राख्ने
- झरेका फलहरूलाई सङ्कलन गरी गहिरो खाडल खनी गाड्ने ।
-सेभिन-कार्वारिल विषादी २ मि.लि. लिटर पानमा मिसाई छर्ने ।

३. खपटेकिरा (Weevil)

यसलेनयाँ पात आएपश्चात पालुवा तथा मुनामा बसेर खाई नष्ट गर्दछ । खपटेका प्रजातिअनसार कुनै काला त कुनै खैरो वर्णका हुन्छन। हाँगा तथा  फलमा कोतरेर फुल पार्ने गर्दछ जसबाट लार्भा विकसित भई प्वाल पारेर क्षति गर्दछ ।

व्यवस्थापन
- बगैंचा सरसफाइमा ध्यान दिने ।
- भइुँमा खसेका सङ्क्रमित फल तथा हाँगाहरूलाई सङ्कलन गरी जलाउने ।
- दैहिक विषादी जस्तै रोग र २ मि.लि. लि पानीमा मिसाएर छर्ने ।

४. डाँठमा प्वाल पार्ने कीरा वा गबारो (Stem/Shoot borer)

विशेष गरी मखु्य काण्ड र मनुामा पोथी खपटे कीराले फुल पार्दछ । फुलबाट लार्भा विकसित भई उक्त लार्भाले काण्डमा प्वाल पारेर क्षति पुर्याउछ। यसको प्रकोप धेरै भएमा काण्ड तथा हाँगामा प्वाल धेरै पर्दछ। फलस्वरूप सानो हावाबाट पनि हाँगाहरू भाँचिने डर हन्छु । यसको क्षति थाहा पाउन काण्ड तथा हाँगाबाट काठको धूलो र विष्टाहरू बाहिरै देखिन्छ।

व्यवस्थापन

- बगैंचा सफा राख्ने |
- बोटको फेदको वरिपरि खपटे कीरा देखिएमा टिपेर नष्ट गर्ने ।
- गबारोले प्वाल पारेको ठाउँमा कपासमा मट्टितेल, पेट्रोल वा मालाथियनमा चोपेर तारको सहायताले भित्रसम्म पुर्याउने र प्वाललाई माटोको लेप बनाई बन्द गरिदिने ।


५. लाही कीरा ( Aphids)

यो चुसुवा किरा हो । यसले पातको तल्लो भागमा बसेर रस चुस्ने गर्दछ । कलिला मनुा र कलिला पातबाट रस चुसी बढी क्षति पुर्याएको पाइएको छ । यसले छोडेको गुलियो र्यालमा कालो ढुसी (shooty mould) पैदा भई मनुा तथा पातलाई क्षति पुर्याउछ।

व्यवस्थापन

- बगैंचा सरसफाइमा ध्यान दिने ।
- दैहिक विषादी जस्तै इमिडाक्लोरोपिड ०.५ मि.लि. /लिटर पानीमा मिसाई छर्कने ।
- ढुसी नियन्त्रण गर्न १ प्रतिशतको बोर्डो मिश्रण बनाई १५-१५ दिनको फरकमा छर्कने ।

श्रोत : चौमासिक कृषि पत्रिका, कृषि सुचाना तथा प्रशिक्षण केन्द्र 

 

थप समाचार