बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

रुखकटहरको विरुवा लगाउने तरिका, प्रयोग, जात, रोग तथा किराहरु

मंगलबार, असार ५ २०८१
7 views
रुखकटहरको विरुवा लगाउने तरिका, प्रयोग, जात, रोग तथा किराहरु

समाचार शेयर गर्नुहोस्

Share this news


उत्पत्ति र फैलावट (Origin and Distribution)

कटहरलाई कतैकतै कटहल पनि भन्ने गर्दछन् । संसारमा पाइने फलहरूमध्ये सबैभन्दा ठूलो फल कटहरको हुने गर्दछ । राम्रो हावापानी र मलखादमा यसको एउटा फल ५० किलोसम्मकोभएको बताइन्छ । कटहर एक उपयोगी फल भए तापनि यसले राम्रो बजार पाउन सकेको छैन । हाम्रो देशमा कटहरलाई लिएर मोटरमा यात्रा गर्दा अशुभ हुन्छ भन्ने रुढिवादी र अन्धविश्वासको कारणले गर्दा कतिपय बस र गाडीहरूमा यात्रा गर्दा कटहरलाई लैजान दिइँदैन ।

कटहरको उत्पत्ति भारतमा भएको मानिन्छ । कटहरको खेती गर्ने प्रमुख देशहरूमा श्रीलंका, भारत, वमार्, मलेसिया, ब्राजिल, पाकिस्तान, फ्लोरिडा र बंगालदेश पर्दछन् । हालसालै सम्पन्न एक सर्वेक्षणअनुसार नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई भित्रि मधेसा, बेसी भावर र करिब १४०० मिटरसम्म उचाइ भएका पहाडहरूमा यसको खेती गर्न सकिन्छ । पहाड र मधेसको खोचमा यसको उत्पादनमा बढी केन्द्रित पाइएको छ ।

चितवन, नवलपरासी, पाल्पा तनुहँ धादिङ्ग, सिन्धुली र अन्य तराईसँग जाडिएका जिल्लाहरूमा कटहरको खेती हुन्छ । प्रशस्त उत्पादन हुने जिल्लाहरू पर्सा, बारा, सुन्सरी, महोत्तरी, जनकपुर, सर्लाही र सप्तरी पाइएका छन् (कृषि विकास मन्त्रालय, २०१२) । नेपालमा विगतमा यसलाई त्यति महत्व नदिए तापनि हाल आएर यसको बहुउपयोगी प्रयोग देखिएकाले आर्थिक तथा सामाजिक महत्व बढ्दो छ । 

Jackfruit capture.JPG
वैज्ञानिक वर्गीकरण 

 प्रयोग (Uses)

पाकेको कटहर ताजा फलको निमित्त ज्यादै लोकप्रिय छ । कटहरको कलिलो फल र बीउबाट स्वादिष्ट तरकारी एवं अचार बनाइन्छ । कटहरको फलमा प्रशस्त कार्बोहाइडेट, प्रोटिन र खनिज पदार्थहरू पाइन्छन् । फलभित्र डाँठ (चुरो) मा पनि प्रशस्त मात्रामा ग्लोक्टोयुरोनिक एसिड पाइन्छ । कोयाहरू निकालिसके बाँकी रहेको फलको भागबाट पेक्टिनको राम्रो उत्पादन गर्न सकिन्छ र जाम र जेलीहरू बनाउन सकिन्छ ।

कोया लिइसकेपछि बाँकी रहेको फलको सम्पूर्ण भाग वस्तुलाई खुवाउँदा दूधमा वृद्धि हुने कुरा उल्लेख गरेको पाइन्छ । कटहरको घाँस पनि पोषिलो र दूधालु हुने हुँदा कटहरलाई डाले घाँसको रूपामा पनि प्रयोग गर्न सकिन्छ । बंगलादेश र श्रीलंकामा कटहरको काठलाई घरका साथै फर्निचर बनाउन बढी प्रयोग गरेका पाइन्छ । कटहरको काठमा धमिराको प्रकोप ज्यादै कम हुने गर्दछ ।

कटहरको चोपबाट रेजिन उत्पादन गर्न सकिन्छ । प्वाल परेका भाँडा, वर्तन एवं टोकरीहरू टाल्नमा कटहरको चोप प्रयोग गरिन्छ । कटहरबाट पहेंलो रङ निकालिन्छ र कपडा रंगउन प्रयोग गरिन्छ । कटहर पाक्ने मौसममा बंगलादेशमा यसलाई खाद्यान्नको पाकेको कटहर ताजा फलको निमित्त ज्यादै लोकप्रिय छ । कटहरको कलिलो फल र बीउबाट स्वादिष्ट तरकारी एवं अचार बनाइन्छ । कटहरको फलमा प्रशस्त कार्बोहाइडेट, प्रोटिन र खनिज पदार्थहरू पाइन्छन् । फलभित्र डाँठ (चुरो) मा पनि रूपमा समेत प्रयोग गर्दछन् ।

त्यसैले यसलाई गरिबको खाना पनि भनिन्छ । नेपालमा गाई–भैँसीलाई थुनेलो भएमा चुरो (फलको डाँठ) घोटी थुनमा लगाई उपचार गरिन्छ । त्यसरी नै ठण्डी लागेको अर्थात् बढी नुन खाएका गाईवस्तुलाई पनि कटहरको घाँस पात खुवाएर निको बनाइन्छ । आयुर्वेदमा कटहरको पाकेको फललाई पित्तनाशक, वातनाशक, मांवधर्क, वीर्यवर्धक, रक्तपित्त क्षतनाशक, कफनाशक भनिएको छ । त्यसरी नै बीउलाई मूत्रको मात्रा बढाउने भनिएको छ ।


हावापानी  (Climate)

कटहरको लागि गरम ओसिलो हावापानी उत्तम मानिन्छ । पहाडी भेगमा विशेष गरी नदी किनारामा रहेका गरम ओसिला ठाउँहरूमा समुन्द्र सतहदेखि १४०० मिटरको उचाइसम्म कटहरको खेती राम्रो भएको पाइन्छ । कटहर एक गरम हावापानी मन पराउने फल भएको हुँदा बढी उचाइ भएको ठन्डा हावापानी हुने पहाडी इलाकामा फल उत्पादन कम हुने गर्दछ । लामो समय तुषारो पर्ने र बढी चिसो हुने ठाउँमा कटहर खेती गर्न सकिँदैन । सालाखाला वार्षिक १०००–१५०० मि. लि वर्षा हुने ठाउँ कटहर खेतीका लागि राम्रो मानिन्छ ।

माटो (Soil)

कटहर सबै प्रकारको माटोमा हुने गर्दछ तापनि मलिलो एलुभियल गहिरो र पानी नजम्ने माटोलाई सर्वश्रेष्ठ मानिन्छ । फल लाग्ने समयमा पानी बढी भै जरामा हावा खेल्न नपाएमा फलहरू एवं पातहरू झर्दछन। साधारणतया बढी फलामयुक्त अम्लीय माटोमा कटहर राम्रो फस्टाएको बताइन्छ ।क्षारीय माटो कटहर खेतीको लागि त्यति उपयोगी मानिँदैन ।

जातहरू  (Cultivars)

१. रुद्राक्षी (Rudrakshi)

२. सिँगापुर अथवा श्रीलंकन कटहर

३. खाजा अलाहावाद

बिरूवा लगाउने तरिका  (Planting method)

कटहरलाई वर्गाकार, त्रिकोणाकार, चतुर्भुजाकार र षट्कोण पद्धतिमध्ये कुनै पनि पद्धति अपनाएर बगैँचामा लगाउन सकिन्छ । कटहरको बोटको आकार ठूलो र घना हुने, हावाहुरीले नोक्सान धेरै नगर्ने हुँदा हावा अवरोधका (Windbreak) रूपमा लगाउन बढी उपयुक्त हुन्छ । तर यसको आर्थिक र सामाजिक महत्व बढ्दै गएकोले यसलाई नेपालमा पनि मुख्य वालीको रूपमा बगैँचामा लगाउन थालेका छन् ।

कटहरलाई लगाउने ठाउँ छनोट गरी करिब १२–१५ मिटरको दूरीमा हिउँदमा नै करिब १ घन मिटरको खाडल खनी छाड्नु पर्दछ । बिरूवा लगाउनु भन्दा १०–१५ दिनअघि प्रतिखाडल ३०–३५ किलो कुहेको गोबर मल, ५०० ग्राम सुपरफस्फेट र धमिरा एवं अन्य कीराहरूबाट बच्नको निमित्त ५० ग्राम फुराडन अर्थात् बीएचसी मिसाएर खाडलमा ४–५ वटा बीउ रोप्नु पर्दछ ।

बीउ उम्रेर बेर्ना ३०–५० सेन्टीमिटर जति अग्ला भएपछि एउटा स्वास्थ बेर्ना छनोट गरी अन्य बेर्ना हटाइदिनुपर्दछ । यदि अलैंगिक विधिबाट तयार गरीएका बेर्ना लगाउने भएमा बेर्नालाई साउन भदौ महिनामा राम्रोसँग जतन गरी पूरै जरासहितको माटो निकालेर तयारी खाल्टोमा रोप्नु पर्दछ । कटहरको मूल जरा नष्ट भएमा बिरूवा सर्न नसक्ने हुँदा निकै सावधानी पुर्याउनु  पर्दछ। बिरूवा लगाउँदा नै वरिपरि पानी नजम्ने गरी माटो उठाउँनु पर्दछ । यसरी माटो उठाउँदा ग्राफ्टिङ वा वडिङ गरिएको ठाउँ छोपिनु हुँदैन ।

मलखाद (Munure and fertilizers)

साधारणतया कटहरको बोटलाई फल्न ५–१० वर्ष लाग्छ । मलखादको मात्रा र आवश्यकता, बिरूवाको किसिम, उमेर अवस्था, माटोको मलिलोपन र फूल उत्पादन आदिमा निर्भर गर्दछ । फूल फूल्न शुरू नगरेको बिरूवालाई प्रतिवर्ष १–२ डोका कुहेको गोबर वा कम्पोस्ट मल उमेरको हिसाबले प्रत्येक १ वर्षको लागि करिब १०० ग्राम नाइट्रोजनको दरले दिनुपर्दछ ।

फल उत्पान दिन शुरू गरेको बिरूवालाई फललाई दृष्टिगत गरी सालाखाला औसत उत्पादन लिनको लागि १ किलो नाइट्रोजन, आधा किलो फस्फोरस र १ किलो पोटासका दरले दिनुपर्दछ । मलखाद दिँदा फेद वरिपरि छरेर माटोमा मिसाइदिनुपर्दछ । मल दिँदा बिरूवाको काण्ड वा जरामा सिधै पर्ने गरी दिनु हुँदैन । राम्रोसँग फल्न शुरू गरेको बोटलाई फूल्ने समयमा र फल
टिपेपछि वर्षमा २ पटक मलखाद दिनुपर्दछ ।

सिंचाइ (Irrigation)

कटहरको बिरूवा ढिलो गरी बढ्ने हँुदा जराहरूलाई माटोमा तलसम्म पुग्न बढी समय लाग्छ । कटहरलाई २–३ वर्षको उमेरसम्म सुक्खा हावापानीबाट बचाउन हिउँद तथा गर्मी महिनामा पानी दिइरहनु पर्दछ । चिस्यान अड्याएर राख्ने जग्गामा सिंचाइको आवश्यकता पर्देन । प्रायः मध्य एवं पूर्वी नेपालमा ठूला कटहरका बोटलाई सिंचाइको त्यति आवश्यकता पर्दैन तर बढी गर्मी र सुक्खा हावापानी हुने ठाउँमा राम्रो फल उत्पादन गर्न गर्मी महिनामा २०–३० दिनको फरकमा सिंचाइ गर्नु फाइदाजनक हुन्छ ।

गर्मी र सुक्खा समयमा पानी अभाव भएमा कटहरका पातहरू पहेंलिने र झर्ने गर्दछन् । बिरूवाको वृद्धि रोकिन्छ । यसो भएमा सिंचाइ आवश्यक हुन्छ । बोट बिरूवाहरूलाई अली वा गह्रो बनाएर पानी दिनु नै बढी प्रभावकारी मानिन्छ । कटहरको बिरूवालाई हुर्कन धेरै समय लाग्ने हुँदा यसको बगैँचाभित्र अन्तरवालीहरू उत्पादन गर्न सकिन्छ । दलहन, तेलहन एवं तरकारी वाली लिँदा कटहरलाई कुनै प्रतिकूल असर पदैन् ।

उष्ण प्रदेशीय देशहरूमा मरिचका लहराको वृद्धिको निमित्त कटहरको बिरूवा राम्रो मानिने हुँदा कटहरका साथमा मरिच खेती पनि सफलताका साथ गरेको पाइन्छ ।अन्तरवाली उत्पादन नलिने भएमा घाँस वा झारपातबाट बचाउन कटहरको वरिपरि गोडमेल गरी सफा–सुग्घर वरिपरि बनाउनु पर्दछ अर्थात् रुखकटहर मल्चिङ गरी झारपात नियन्त्रण गर्नुपर्दछ । सुख्खा र सिचाइ गर्न नसकिने ठाउँमा मल्चिङ गरेमा माटोको चिस्यान कायम गर्न सकिन्छ ।

कटहरको घाँस बाख्राले ज्यादै मन पराउने हुँदा बोटलाई बचाउन बार बन्देज गर्नुपर्दछ । कटहरमा ट्रेनिङ तथा प्रुनिङ गरिँदैन तर सुकेका, रोग–कीरा लागेका र साना कोण बनाएर आएका हाँगाहरूलाई हटाउनु पर्दछ । सानो बिरूवालाई तुषारोले नष्ट पार्ने हुँदा तुषारो पर्ने ठाउँमा यसबाट बचाउने उपाय अपनाउनु पर्दछ ।


कीराहरू (Insects)

१. गवारो (shoot or trunk borer) 
२. मिलीवग (Mealy bug)
३. कत्तले कीरा  (Scale insects) (Cetoplastes rubenes)


रोगहरू (Disease)

१. गुलावी रोग (Pink disease)
२. पातको थोप्ले रोग (Leaf Spot)
३. फल कुहिने रोग (Fruit rot)
४. डाँठ कुहिने रोग (Stem rot)

स्रोत: उष्ण फलफूल खेती प्रविधि, कृषि विकास मन्त्रालय, काठमाडौं|

थप समाचार