बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

पूर्वी तराईमा अत्याधिक मात्रामा फल्ने सुपारी

मंगलबार, असार ५ २०८१
9 views
पूर्वी तराईमा अत्याधिक मात्रामा फल्ने  सुपारी

समाचार शेयर गर्नुहोस्

Share this news

उत्पत्ति र फैलावट (Origin and Distribution) 

सुपारीको उत्पत्ति यही ठाउँमा भएको हो भनेर ठोकुवा गर्न नसके पनि यसको उत्पत्ति एवं विस्तार भएको अनुमान छ । सुपारीको खेती विशेष गरेर भारत, श्रीलंका बंगलादेश, मलेसिया, इन्डोनेसिया र फिलिपिन्समा गरिन्छ । नेपालमा पूर्वी तराई विशेष गरी झापा, मोरङ र सुनसरीमा प्रशस्त मात्रामा सुपारी खेती गरेको पाइन्छ । झापा जिल्लामा करिब २ दशकअघि शुरु गरिएको सुपारी खेतीले छोटो अवधिमै व्यावसायिक रुप लिएको छ । गत वर्ष २०६८/६९ मा करिब ३५०० मे. टन नेपालबाट सुपारी पैठारी भएको तथ्यांक छ । पूर्वी नेपालमा यो वाली विस्तारको गतिलाई हेर्दा सुपारी खेतीले नेपालको व्यावसायिक कृषि उत्पादन एवं वैदेशिक मुद्रा आय आर्जनमा ठूलो भूमिका खेल्ने अनुमान गर्न सकिन्छ । सुपारीको बोट नरिवलको जस्तो हुन्छ । यो खजुर समूहअन्तर्गत पर्दछ । यसको वानस्पतिक नाम Arecanut beethehut हो । सुपारीलाई साना टुक्रा बनाएर खाइरहँदा यसलाई विटलनट भन्ने गरेको पाइन्छ । प्रायःजसो ठाउँमा सुपारीका टुक्रालाई खानापछि खाने प्रचलन छ । खानापछि सुपारी खानाले खाना पचाउन मद्दत गर्छ भने यसले दाँतको व्यायाम गराउने हुँदा दाँत मजबुत गराउँछ । सुपारीमा औषधीय गुण भएको कुरा धेरै ठाउँमा उल्लेख गरिएको पाइन्छ । यसको फललाई धार्मिक कार्यहरूमा पनि उपयोग गरिन्छ । सुपारीको प्रसारण बीउबाट गरिन्छ । राम्रो बोट र बढी उत्पादन लिन बीउको छनोटमा
ध्यान दिनु पर्दछ । बीउ छनोट गर्दा चाँडो फल्ने र बढी फल लाग्ने रोगमुक्त माउबोटबाट बीउदान लिनु पर्दछ । बीउका लागि प्रयोग गरिने दाना पुष्ट एवं स्वस्थ, ३५ ग्रामभन्दा बढी तौल भएको हुनुपर्दछ । बोटलाई दाना टिप्दा साथै बीउलाई प्रयोग गर्नु पर्दछ । साधारणतया १ हेक्टर जग्गाका लागि ५० किलो बीउ आवश्यक पर्दछ ।

Capture.JPG
श्रोतः कृषि विकास मन्त्रालय

हावापानी (Climate) 

सुपारीले गरम ओसिलो हावापानी मन पराउँछ । पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा गरम ओसिलो हावापानी भएको कारण सुपारी खेतीको प्रबल सम्भावना छ । सुख्खा गरम ठाउँमा फलहरू राम्रोसँग परासेचन हुन नपाउने हुँदा फलहरू परिपक्व नहुँदै झर्ने र उत्पादित फूलहरूको गुणस्तर कमसल खालको हुन्छ । सुख्खा ठाउँमा बोटको करिब पश्चिमपट्टिको काण्ड जस्तो भएर कुहिएर कम जोर भई ढल्छ । धेरै तापक्रमको भिन्नता हुने हावापानी सुपारी खेतीका लागि राम्रो मानिन्छ । समुद्री सतहदेखि करिब १००० मिटरसम्मको उचाइमा सुपारीको खेती सफलता साथ गर्न सकिन्छ । तापक्रमको दृष्टिले १५० देखि ३८० सेन्टिग्रेड तापक्रम हुने ठाउँ उपयुक्त हुन्छ । १५० सेन्टिग्रेडभन्दा कम तापक्रम भएमा सुपारीको बोटलाई हानी गर्दछ ।

माटो (Soil)

भारतको कर्नाटकमा साधारणतया कालो चिम्टाइलो माटोमा सुपारीको राम्रो उत्पादन हुने गरेको पाइन्छ । टाँस्सिने खालको कालो माटो र बलौटे ढुंगा चट्टान भएको बलौटे माटो सुपारी खेतीका लागि राम्रो मानिँदैन । रातो दोमट मलिलो माटो राम्रो मानिँदैन । जमिनमुनिको पानीको लेवल १ मिटरभन्दा तल हुनु पर्दछ ।

जमिनको तयारी

जमिन तयार गर्ने विधि अन्य फल वालीको जस्तै हो । पानी नजम्ने ठाउँको छनोट गरी खनजोत गरेर जमिनलाई सम्माउनु पर्दछ । बगैंचा लगाइने जमिनमा सिचाइका निमित्त कुलो र निकासको निमित्त ढलको व्यवस्था मिलाउनु पर्दछ । तयार गरिएको रेखांकन गरी बिरुवा रोप्ने ठाउँहरूमा खुटी/लठ्ठी गाडी चिन्ह लगाउनुपर्दछ । हरेक चिन्न लगाइएको ठाउँमा १×१×१ मिटर साइजको खाडल खन्नु पर्दछ । यी खाडलहरू बिरुवा रोप्नुभन्दा १–२ हप्ता अगाडि २० किलो कुहेको गोबर माटोसँग मिसाएर खाडल पुर्नुपर्दछ । सुपारीलाई दक्षिण–पश्चिम पट्टि बेलुकीपखको घामले नकारात्मक असर गर्ने हुँदा  अग्ला हुने बिरुवालाई जस्तै इकालेप्टसलाई लगाउन उपयुक्त हुन्छ । यसरी लगाइएका बोटलाई सुपारी वालीमा दिइएको खाद्य तत्वसँग प्रतिस्पर्धा गर्न
नदिन बीचमा ड्यान्ग बनाएर मात्र बोटका जरा काटिदिनु पर्दछ ।

मलखाद (Manures & Fertilizers) 

फल्न शुरु गरेको बोटलाई प्रतिबोट १२ केजी कम्पोस्ट मलका साथमा १०० ग्राम नाइट्रोजन, ४० ग्राम फस्फोरस एवं १४० ग्राम पोटास मिलाई बोटका वरिपरि चक्र बनाई राम्रोसँग मिलाउनुपर्दछ । हुर्किरहेको बिरुवालाई पहिलो वर्ष ३५ः१५ः४५ दोस्रो वर्ष ७०ः२५ः९५ ग्राम नाइट्रोजन फस्फोरस र पोटास दिनु पर्दछ । तीन वर्षपछि वा नाइट्रोजनयुक्त मल अप्रिल–मे र सेप्टेम्बर–अक्टुबरमा गरेर दिनु राम्रो हुन्छ ।

नर्सरी व्यवस्थापन  (Nursery Management)

सुपारीका बिरुवाको उत्पादन गर्ने नर्सरीको व्यवस्था गर्नुपर्दछ । शुरुमा बीउ रोप्दा बीउलाई बालुवाको ब्याड बनाई भेट्नोलाई माथि पारेर ५–६ से. मि. को दूरीमा रोप्नुपर्दछ र माथिबाट पानी–बालुवाले छोप्नु पर्दछ । नर्सरीमा दैनिक पानी पट्याउनु पर्दछ । यसरी लगाइएका बीउहरू करिब ४० दिनमा उम्रने र ३–४ महिनाको अवधिमा २–३ वटा पातको विकास हुन्छ । त्यसपछि स्थान बिरुवालाई पहिले तयार गरेर नर्सरी ब्याडमा ३५–५० से. मि. को दूरीमा लगाउनु पर्दछ । नर्सरी ब्याड बनाउँदा करिब १.५० मि. चौडा र १५ से. मि. उचाइ भएको बनाउँदा काम गर्न सजिलो हुन्छ । साधारणतया ५ टन प्रतिहेक्टरका दरले नर्सरीको कम्पोस्ट मल प्रयोग गर्नु पर्दछ । नर्सरीमा लगाइएका बिरुवालाई कडा घामबाट बचाउने व्यवस्था गर्नु पर्दछ । चिस्यानका निमित्त सिचाइ गरिरहनु पर्दछ अथवा बालुवा, फोहोर र प्राङ्गारिक मल मिसाएर प्लास्टिक पट पोलिथिनमा पनि बिरुवा उत्पादन गर्न सकिन्छ ।

लगाउने विधि  (Planting Method)

पहिला नै रेखांकन गरी मलखडल र माटो मिसाएर पुरिएका खाडलमा सुपारीका बिरुवाहरू प्रसारण गर्नु पर्दछ । साधारणतया २.७–३ × ७–३ मिटरको माटोको दूरीमा बिरुवा लगाउनु पर्दछ । बिरुवाको दूरी तल–माथि गरेर बिरुवालाई लाइन पद्धति लगाउन सकिन्छ । करिब १२–१८ महिनाको बिरुवा प्रसारण गर्नका लागि उपयुक्त हुन्छ । असारको सुरु अर्थात् भदौको शुरुमा लगाउँदा बिरुवा मर्ने डर हुन्छ । नर्सरीमा जस्तै बगैंचामा पनि दक्षिण–पश्चिम भागमा छायादार बोटको व्यवस्था हुनु जरुरी छ ।

सिंचाइ (Irrigation) 

सुपारीको बोटलाई चिस्यानको आवश्यकता पर्ने हुँदा कम चिस्यान भएका ठाउँमा सिचाइ गर्न आवश्यक हुन्छ । बढी सुख्खा मौसम भएमा फलहरू झर्ने समस्या हुन जान्छ । पानी निकासका लागि प्रत्येक दुई लाइनपछि एउटा क्यानल बनाउनु पर्दछ ।

जातहरू  (Cultivars) 

१. मोहित नगर
२. श्री मंगला

वाली व्यवस्थापन (Crop management)

सुपारीको बिरुवा राम्रोसँग स्थापित नभएसम्म सधैंभरि चिस्यान बनाउन पानी दिइरहनु पर्दछ । स्थापित भइसकेका र हुर्किसकेका बिरुवाहरूलाई विभिन्न विधिले व्यवस्थापन गर्न सकिन्छ । सुपारी सीधै माथि बढ्ने हुँदा होंचा हुने र छाया मन पराउने कफी, मरिच, भुइँकटहर, हात्ती पाइले पिँडालु, अदुवा, बेसार आदि लिन सकिन्छ ।

फल टिप्ने र उत्पादन (Yield)


सुपारी फललाई कसरी प्रयोग गर्ने हो त्यही उद्देश्यअनुसारको फलको विभिन्न परिपक्व स्थितिमा फल टिपिइन्छ । छाली सुपारीका लागि फलको बाहिरी रंग पाकेर पहेंलो आकारको भएपछि उत्पादन लिइन्छ । फल टिप्नका निमित्त रुखमा चढेर धारिलो हतियारले झुप्पाहरू काटिन्छ । एउटै बोटमा चढी बाँसको लठ्ठीमा लाग्ने हतियार बाँधेर वरिपरिका रुखमा पनि फल उत्पादन गर्न सकिन्छ । फल उत्पादन गरिसकेपछि ३०–४० दिन घाममा सुकाएर बोक्रा खोल्साउनु पर्दछ । आजभोलि बोक्रा खोल्साउने मेसिन पनि बनिसकेका छन् । साधारणतया एक हेक्टरमा २०० देखि २६० क्विन्टल फल अथवा २५ देखि ६० क्विन्टल सुपारी दाना उत्पादन हुन्छ ।


कीरा तथा रोग (Insects and Disease)

कीरा

१. स्पाइन्डल वग

२. माइट 

३. रुट ग्रव

रोगहरू

१. सुपारी मुना कुहिने रोग

२. कोले रोग वा महाली रोग

३. नर्सरी जरा कुहिने रोग

४.फुट रट

५. ऐलोभिफ डिजिज

६. वडरट

७. झुप्पाको डाइप्याक

स्रोत: उष्ण फलफूल खेती प्रविधि, कृषि विकास मन्त्रालय, काठमाडौं |

थप समाचार