>>जर्दालु आँप भारतको बिहार राज्यमा अति नै प्रसिद्ध छ ।
>> बोटहरु मध्यम साइजको हुन्छ ।
>>धेरै मात्रामा फल्ने जात हो ।
>>फलहरु अगौटो सिजन जेठ १५ बाट पाक्न थाल्दछ ।
>>फलको साइज मध्यम र गोलकार अकारमा हुन्छ ।
>> फलमा गुदीको मात्रा धेरै हुन्छ ।
>>गुदी रेसाबिहिन रसदार र सुन्तला रङ्गको हुन्छ ।
>>फलको स्वाद कडा तिख्खर किसिमको बास्नदार हुन्छ जुन अनौठो किसिमको स्वाद यो जातमा मात्र हुन्छ ।
>>फलको सतहमा हरियो र पहेँलो रङ्गको थोप्ला भएको हुदा निकै आकर्षक देखिन्छ ।
>>फलको गुणस्तरउच्च कोटीको हुन्छ ।
>>भण्डारण क्षमता उत्तम हुन्छ ।
>>बजार भाउ बम्बै ग्रीन को जस्तै हुन्छ ।
>>जर्दालु जातको सफल व्यावसायिक खेती नेपालमा पनि धेरै ठाउँमा भैसकेको छ ।