बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

सिताफल -सरिफा

मंगलबार, असार ५ २०८१
6 views
सिताफल -सरिफा

समाचार शेयर गर्नुहोस्

Share this news

सामान्य परिचय

सरिफालाई नेपाली र हिन्दीमा सिताफल पनि भनिन्छ । यसफललाई सुगर एप्पल भन्ने पनि प्रचलन छ । पाकेको फल अति मिठो र स्वादिष्ट हुन्छ । यसमा चीनीको मात्रा धेरै बढि हुन्छ । उदगम स्थान – ट्रपिफल अमेरिका

प्रयोग

ƒ ताजा पाकेको फल खानको लागी प्रयोग गरिन्छ ।
ƒ वीउबाट उपयोगी तेल र लेप (Paint) तयार गर्न सकिन्छ ।

वानस्पति विवरण (Botany)

ƒ यसको उचाई ५–६ मीटर सम्म उचाई हुन्छ ।
ƒ यो अर्ध पटझ्ड विरुवा हो ।

-सरिफालाई अङग्रेजिमा custard apple  भनिन्छ । यसको बैेज्ञानिक नाम Annona Squamosa हो । झट्ठ हेर्दा अनौठो आकृतिको जस्तो देखिने यस फल काचो छदा हरियो र पाक्ने बेलामा भने हल्का पहेलो र सेतो सेतो जस्तो देखिन्छ ।

-यसलाइ फरक फरक नामले चिन्ने गरिन्छ कतै यसलाइ सरिफा, रामफल, भनेर चिनिन्छ भने पुर्बतिर यसलाइ आँटि भनेर पनि चिनिदो रैछ । किम्बदन्ति अनुसार सिता वनवासमा रहेको समय यो फललाइ धेरै रुचाउने गर्थिन, त्यसैले यसलाइ सिताफल समेत भनिन्छ ।

-यस फलको बोटको उचाई सामान्यतया ६ देखि १० फिट सम्मको हुने गर्दछ , यस फलको बोट को औसत आयु भने २८ देखि ३० बर्ष सम्मको हुन्छ । यसको पातहरु भने गाढा हरियो रङको हुन्छ , जसको एउटा फरक प्रकारको गन्ध आउछ जसका कारण यसको बोटमा त्यति किराहरु बसेको पाइदैन । यो एउटा मनसूनि फल हो ।

-यो बाहिर बाट कठोर देखिए ता पनि भित्रबाट नरम हुने गर्दछ ।नेपालमा यो श्रावण देखि भदौ को बिचमा पाक्ने गर्दछ । पाके पश्चात यसको स्वाद निकै गुलियो र मिठो हुने गर्दछ । यो एउटा अत्यन्त राम्रो स्वादिष्ट फल हुनुको साथै धेरै औषधिय गुण भएको मानिन्छ ।

-यस फलको सेवनले हाम्रो शरिरलाई स्वस्थ राखन र रोग ब्याधिबाट टाढा राख्न मद्धत गर्दछ ।यो फल पित्तनाशक, रक्तबर्धक , विर्यबर्धक र मुटु रोगिको लागि अत्यन्तै पौष्टीक तत्वयुक्त मानिन्छ । यसमा भिटामिन बि १, बि २, भिटामिन सि आदि प्रचुर मात्रामा पाइन्छ ।

-सरिफामा खनिज तत्व प्रोटिन उच्च मात्रामा पाइन्छ । सरिफा मा भएको पोटासियम र म्याग्नेसियमले मुटुलाइ बलियो मात्र नभई रोग रहित समेत राख्दछ । सरिफाको सेवनले हामिलाइ उर्जा समेत प्राप्त हुन्छ जसले शरिरको थकाइ , हाडको कमजोरि कम हुनुको साथै मांसपेसि समेत बलियो राख्दछ ।

-यो फलको सेवनले पाचन प्रक्रियालाइ समेत बलियो बनाउदछ । कब्जियत , ग्यासको समस्या भएकाहरुको लागि यो उपयोगि हुन्छ । यसमा भएको रेशा (फाइबर) ले हाम्रो पाचन तन्त्रलाइ बलियो बनाउछ । यतिमात्र नभइ यसको सेवनले तौल बढ्ने समस्या समेत कम हुन्छ ।

-यो फलमा प्रशस्त मात्रामा कपर र आइरन पाइन्छ जसले गर्दा शरिरमा रगतको कमि हटाउन सघाउछ । यति मात्र नभएर रगत सफा समेत गर्दछ । यसमा भएको भिटामिन ६ , र एन्टिअक्सिडेट ले हाम्रो मस्तिष्क लाइ तिब्र पार्नुको साथै सदैब फ्रेस गर्नमा समेत सघाउछ । यो फल दमको बिरामि को लागि समेत उपयुक्त मानिन्छ ।

केही प्रमुख जातहरु

१. लाल सरिफा:

ƒ रुख होचो (रुख धेरै अग्लो हुदैँन्) हुन्छ ।
ƒ पातहरुको नसा बैजनी रंङका हुन्छन् ।
ƒ पाकेको फल हलुका रातो र बैजनी रङको र आर्कषक हुन्छ ।
ƒ फलहरुमा धेरै (थुप्रै) वीउ भएको हुन्छ ।

२. म्याम्मोथ:

ƒ फल अण्डाकार तथा खण्डहरु धेरै चौडा र गोलाकार भएको ।
ƒ फलेका वाहय बोक्रा पहेलो हरियो रंङको हुन्छ ।
ƒ प्रति बोट ७०–८० फलहरु हुन्छन् ।

३. वासीङगटन पी.आई.–१०७००५

ƒ फल गोलो र पहेलो–हरियो रंङ्ग भएको ।
ƒ नियमित फल दिने गर्दछ।
ƒ एक बोटबाट सामान्यतया ६०–७० वटा फल दिने गर्दछ ।

अन्य जात

ƒ वालानगर
ƒ व्रिटीस गीनी सिलाफल
ƒ लोकल सिलाफल

रोपण:

-खाडल खन्ने र पुर्ने: ४० घन से.मी. को खाडल खन्न (४०x४०x४०) से.मी.) र खाडल खन्दा माथीको माटो सबभन्दा तल र तलको माटो सबभन्दा माथी राख्नु पर्दछ । खाडलमा २०–२५ किलो कम्पोष्ट मल राख्नु पर्दछ ।

-दुरि: वोट बाट वोट र पक्तिबाट पक्तिको दुरि ५ मिटरमा रेखाङ्ग गरि खाडल खन्ने र दुरी कायम गर्ने ।

-विरुवा सार्ने: करिब १ वर्ष पुरानो विरुवा, खनीएको खाडल पुरी तयार गरिएको ठाँउमा लगाउने ।

-विरुवा रोप्ने समय: सबभन्दा राम्रो समय मनसुन अर्थात आषाढ–श्रावण महिना हो ।

मलखाद:

Capture.JPG
मलखाद

 

 

सिचाई:

सामान्य तया सरिफालाई त्यति सिचाईको आवश्यकता पर्दैन तर पनि माटोको अवस्थालाई देरि गर्मि महिनामा सिचाई गर्नाले विरुवा चाडै बढ्ने र राम्रो उत्पादन दिने हुन्छ । मलखाद दिएपछी सिचाई दिनु पर्दछ । फुलफुल्ने बेला, फल लाग्ने वेला, फल पाक्न सुरु हुने वेला÷अवस्थामा सिचाई दिनु उपयुक्त हुन्छ ।

अन्तरवाली:

वैगचा भित्र ४–५ वर्ष सम्म तरकारी तथा कोशेवाली लगाउन सकिन्छ ।

काटछाट:

फल टिपीसकेपछी अर्थात मंसिर–पौष तिर कमजोर जोडिएमा, रोर्ग–किरा लागेका हागाहरु काटेर हटाउनु पर्दछ ।

फलटिप्ने:

विजु विरुवाले ४–५ वर्षमा र अन्य विधि अर्थात कमलीबाट लगाइएका विरुवा ३–४ वर्षवाट फल दिन थाल्दछ । विरुवा-वोट चैत्र–वैशाख देखि फुल फुल्न सुरु हुन्छ । फल तयार हुने अर्थात पाक्ने समय भाद्र–असोज तिर हो । फल हरियो बाट पहिलो हुन थालेपछी टिप्न थाल्नु पर्दछ । फल टिपेको १ हप्ता भित्रमा खानको लागी उपयुक्त हुन्छ ।

उत्पादन:

प्रतिबोट सामान्यतया १००–१५० वटा फल सजिलै लिन सकिन्छ । एउटा फल करिब १५०–२५० ग्रामको हुन्छ ।

वोटको आयु:

उपयुक्त वातावरण भएमा २०–३० वर्ष सम्म विरुवा बाच्ने र फल पनि दिन सक्छ तर १२–१५ वर्ष पछी बोट केही कमजोर देखिन्छ र उत्पादन कम हुदै जान्छ ।

भण्डारण:

सरिफा फल १५–२० डि.से. तापक्रम र ८५–९० प्रतिशत सापेक्षित आद्रतामा भएको स्थानमा भण्डारण गर्नु पर्दछ ।

सन्दर्भ सामाग्रीहरु:

१. उष्ण प्रदेशीय फलफूल खेती प्रविधि पुस्तिका,फलफूल विकास निर्देशनालय कीर्तिपुर, काठमाडौ |
२. कृषि पत्रिका |

थप समाचार