बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

अमला- Indian Gooseberry

मंगलबार, असार ५ २०८१
7 views
अमला- Indian Gooseberry

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय 

अमला मध्यम पतझड प्रजातीको करिब १३–२० मीटर सम्म अग्लो हुन सक्ने, खुल्ला र पारिलो ठाँउमा हुर्कने रुख हो । यसको बैज्ञानिक नाम फाईलान्थस इम्ब्लिका (Phyllanthus emblica) हो । यस विरुवाको मसीना साना साना १ देखि २ से.मि. लामापातहरु डाठको दुवैतिर  लहरै मिलेर रहेका हुन्छन् । यसका पातहरु कार्तिक–मसिंर महिना बाट झर्न सुरु गरि फागुन सम्म पुरैबोटका पातहरु झरी सक्दछन् र पालुवा आउन सुरु हुन थाल्दछ । फुलहरु साना केहि पहेला रङका वास्नादार, एक्लै वा पातको हाँगाको फेदमा झुप्पा भएर रहेका हुन्छन् । फलहरु गोलो आकारका सामान्यतया २ से.मी. व्यासका हुन्छन् तर हाल नयाँ केहीजातहरु ठुलो साइजको दाना भएका पनि छन् । पाकेको फल हल्का पहेलो रङको चम्किलो देखिन्छन् । एउटा फलमा ४–६ वटा  सम्म साना वीउ हुन्छन् । फलको स्वाद अमीलो तथा अमीलो हल्का तितो र टरोपना मिश्रित हुन्छ ।

 फैलावट र वासस्थान

नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०० देखि १५०० मीटर सम्मको उचाइ भएको तराई, भित्रि मधेस र पहाडी क्षेत्रको राम्रो घाम लाग्ने पारिलो ठाँउमा यसको खेती हुनुको साथै प्राकृतिक जंगलमा प्रसस्त रुपमा पाइन्छ । 

प्रयोग:
ƒ फललाई ताजा रुपमा खाइन्छ । 
ƒ फलबाट अचार तथा चट्नी बनाइन्छ । 
ƒ फलको मुरव्वा बनाइन्छ । 
ƒ फल बाट इम्वलिक सौस, क्यान्डी ड्राइचिप्स, धुलो, चक्की, जेली आदी बनाइन्छ ।
ƒ फलबाट कपालमा लगाउने तेल, वीउ, जरा, फलबाट विभिन्न औषधी तयार गरि प्रयोग गरिन्छ ।

हावापानी

हावापानीका दृष्टीले अमला उपोष्ण फल भएता पनि बढी गरम र सुख्खा ठाउमा सिचाईको व्यवस्था भएको खण्डमा उष्ण हावापानीमा पनी सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कलीलो बोटमा सुख्खा र तुषारो सहन सक्ने क्षमता कम भएता पनी बयस्क बोटहरुले तुषारो तथा तातो हावा पनी सहन सक्दछ ।

तापक्रम: १६–३० डिग्री सेल्सीयस सम्म

वर्षा: वार्षिक वर्षा १२००–१५०० मी.मी उपयुक्त हुने

माटो

अमला सबै किसिमको माटोमा गर्न सकिने भएता पनी मलीलो पाँगो तथा बलौटे दोमट माटो र पानी नजम्ने ठाँउ उपयुक्त मानीन्छ ।

अमलाका केही प्रमुख जातहरु:

१. वनारसी
ƒ यो अमलाको राम्रो जात अन्तरगत पर्दछ ।
ƒ फलहरु ठुला अली अली पहेला, चिल्लो तलमाथी थेप्चिएको हुन्छन।
ƒ बोक्रा पारदर्सी खालका हुन्छन् ।
ƒ बोटहरु सिधै माथि तीर बढ्ने खालको हुन्छ ।
ƒ यसमा पोथीफूल कम हुने र आफै स्वयम सेचन क्रिया हुन नसक्ने हुँदा कम मात्रामा फल लाग्दछ ।

२. चकैया
ƒ बोट ठुलो, फैलीने प्रकृतिको र प्रसस्त फलहरु लाग्ने हुन्छ ।
ƒ फल सानो, मझौला, तलमाथी थेप्चीएको, हरीयो, कडा कालो थोप्ले दाग नलाग्ने र गुदी रेशायुक्त हुन्छन् ।

३. कन्चन
ƒ बोट फैलीने प्रकृतीको र प्रसस्त फलहरु लाग्ने हुन्छ ।
ƒ फल सानो, मझौला, तलमाथी चेप्टीएको, लाम्चीलो, नरम र पहेंलो हुन्छ ।

४. फ्रान्सीस
ƒ बोट ठुलो सिधा माथीतिर जान्छ र प्रसस्त फलहरु लाग्छन् ।
ƒ फलहरु ठुला, अण्डाकार, बाटुला नरम, चिल्ला, हल्का हरिया र गुदी हल्का पहेंला रेशा रहीत हुन्छन् ।
ƒ फलको भण्डारण क्षमता कम भएको र कालो थोप्ले दाग बढि देखीने सम्भावना रहेको ।

५. कृष्णा
ƒ फल मझौला, माथीपट्टी थेप्चिएको र तलपट्टी तिखारीएका, चिल्ला पहेलो कडा र गुदी रेशा रहीत हुन्छन् ।
ƒ फलको बोक्रा हल्का पारदर्सी खालको र यसमा राता थोप्लाहरु हुन्छन् ।
ƒ वनारसी अमला भन्दा यसमा फलहरु बढी लाग्दछन् ।

रोपण

ठाँउ अनुसार उपयुक्त तरिकाले रेखाड्ढन गरी बिरुवाको दुरी केही फरक गर्न सकिने भएता पनि विजु विरुवालाई ८–१० मिटर र कलमी विरुवालाई ५–६ मिटरको फरकमा ६० घन सेन्टीमीटरको खाडल बनाइ रोप्नु पर्दछ । सके सम्म खाडल १ महिना अघि नै खनी केही समय त्यसै राखी प्रत्येक खाडलमा राम्ररी पाकेको ५० किलो कम्पोष्ट 
मल र जमीनको माथील्लो सतहको माटो तल र तल्लो सतहको माटो माथी राखी मिसाई खाडल पुर्नुपर्दछ ।
जेष्ठ-आषाढ महिनामा माटोको गोला सहितको बिरुवालाई खाडलमा सार्ने र विरुवा सारेको अवस्थाको १–१.५ महिना सम्म लगातार सिचाई दिनु पर्दछ अर्थात माटोमा बिरुवाको आवश्यकता बमोजीम ठिक्क चिस्यान कायम राख्नु पर्दछ ।

गोडमेल

झारपात नियमितरुपले हटाउनु पर्दछ र बगैँचा सधै सफा राख्नुपर्दछ । बिरुवालाई सोझो बनाउन टेको दिनुपर्दछ ।

अन्तरवाली

अमला ढिलो गरी फल दिने भएकोले मेवा, केरा, भुँइकटर, चना, केराउ, मास, तरकारी तथा हरियो घाँस अन्तरवालीको रुपमा लगाउन सकीन्छ ।

काटछाट

बोटहरु धेरै अग्लो हुनु हर दृष्टीकोणले राम्रो नहुने भएकोले बोट १ मिटर अग्लो भएपछी टुप्पो काटेर तलको हाँगा बड्न दिनु पर्दछ । हरेक वर्ष फल टिपी सकेपछी रोग किरा लागेका भाचीएका, सुकेका, जोल्टीएका, हाँगाबाट सिधै ठाडो पलाएका हाँगा काटेर हटाउनु पर्दछ । अत्याधिक बढेको बोटमा जराको समेत काटछाट गर्नु पर्दछ ।

फूलफूल्ने, फल्ने र पाक्ने समय

अमलाको फूल चैत्र–वैशाख देखी साउन सम्म फूलीरहन सक्दछ र उक्त फूलमा भदौ देखी मंसीर सम्ममा फल लागी सक्छ । फल असोज देखी माघ सम्म पाकेर टिप्न लायक हुन्छ ।

फलफूल झर्ने समस्या

राम्रोसँग परागसेचन क्रिया सम्पन्न नहुनु, हर्मोनको असन्तुलनले गर्दा भ्रुण तुहिनु र माटोमा चिस्यान, क्यालसीयम एवम बोरोनको कमी आदी कारणले फलफूल झर्ने समस्या देखा पर्दछ ।

उत्पादन

एउटा राम्रो फल्ने जातको अमलाले २००–३०० किलो फल प्रति वर्ष उत्पादन गर्दछ|

स्रोत: उष्ण प्रदेशिय फलफूल खेतीे प्रविधि पुस्तिका, कृषि विकास निर्देशनालय |

 

थप समाचार