बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

Apple बयर खेती

मंगलबार, असार ५ २०८१
7 views
Apple बयर खेती

समाचार शेयर गर्नुहोस्

Share this news

 
✅यो थाई बयर जसलाई कतिले थाई एप्पल बयर को रुपमा पनि चिन्ने गर्दछन | संसारमा थुइ प्रमुख : थाई र कश्मिरी बयर नै खेतीको लागि उत्कृस्ट बयर हो |
 
✅गुलियो हुने प्रति फल १०० देखि १५० ग्राम सम्म हुने यो बयर हेर्दा हरियो स्याउ भन्दा फरक देखिदैन ,हुनत कश्मिरी बयर रातो रंगको हुदा रातो स्याउ जस्तो जात पनि देखिन्छ कश्मिरी जात को बयर |
 
✅रोपेको ६ महिनामा उत्पादन दिने र बर्षको २ चोटी सम्म फल लिन सक्ने हुदा आर्थिक उपार्जन को आधार नेपालमा पनि बन्न सक्छ कि ? प्राय डिसेम्बर देखि जनवरी फल्ने यो बयर रोपेको पहिलो बर्ष २५ देखि ३० के जी सम्म फल्ने र दोस्रो बर्ष ४० देखि ४५ के जी प्रति बोट सम्म फल्ने हुन्छ |
 
✅यस किसिमको जात नया भएको हुदा बिसेष त इंडियामा यसको खेति हालका दिन बढ्दै गइ राखेको छ |
 
✅अम्लीय माटो , प्रांगारिक प्रदार्थ कम भएको माटोमा समेत यसको खेति गर्न सकिन्छ , तापक्रम ज्यादा , शुष्क हावा ठाउमा यसको खेति राम्रो हुन्छ |
 
✅यसको रोप्ने सिजन जुन देखि अगस्ट र डिसेम्बर देखि मार्च गरि २ मौसममा रोप्न सकिन्छ | भारतमा प्रति किलो ३५ देखि ७५ भारु होलसेलमा बिक्रि हुने यो बयर नेपाली बजारमा पनि फाल्गुन चैत्रमा ज्यादा देखिने हुन्छ|
 
स्रोत:रितेश फलफूल नर्सरी कटहरिया न.पा -3 रौतहट|

थप समाचार