बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कसरी गर्ने अरहर खेती ?

मंगलबार, असार ५ २०८१
8 views
कसरी गर्ने अरहर खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

उपयोग

  • यो भू—क्षय र हावा छेक्नको लागि प्रयोग हुन्छ । दानाहरु दालको रुपमा प्रयोग गरिन्छन्।
  • सुकेका हांगाहरु आगो बाल्न र पातहरु जनावरको घांसको रुपमा प्रयोग हुन्छन्।
  • यो हरियो मल र घांसबालीको रुपमा प्रयोग हुन्छ ।
  • यो तराईको प्रमुख दालवाली हो र बढी मुल्यमा बिक्दछ ।


हावापानीः
- उम्रनको लागि १९—४३ डी.से. उपयुक्त हुन्छ ।

- राम्रो बानस्पतिक बृद्धिको लागि २९—३६ डी. से. आवश्यक पर्दछ ।

- फुल फुल्नको लागि २०—२८ डी. से. आवश्यक पर्दछ ।

- ६००—२५०० मि.मि. पानीमा राम्रो उत्पादन लिन सकिन्छ ।

- सुख्खा मौसम सहन सक्दछ ।

माटोः
- पि.एच. ६—६.५मा राम्ररी हुर्कन्छ ।
- भारी माटो बाहेक धेरै किसिमको माटोमा लिन सकिन्छ ।
- धान खेतको आली अथवा सिमान्त जमिनमा पनि लगाउन सकिन्छ ।

माटोः
- पि.एच. ६—६.५ मा राम्ररी हुर्कन्छ ।
- भारी माटो बाहेक धेरै किसिमको माटोमा लिन सकिन्छ ।
- धानखेतको आली अथवा सिमान्त जमिनमा पनि लगाउन सकिन्छ ।

जमिनको तयारीः
- राम्रो निकासको प्रवन्ध आवश्यक पर्दछ ।
- राम्रो खनजोत भएको व्याड आवश्यक पर्दछ ।

सिफारिस उन्नत जातहरुः

wwwwwwwwwwwwwwwwwwwwww.PNG

सि.डि.पी. क्षेत्रमा लोकप्रिय जातहरु :
- वागेशवरी ( वर्षायाम ) पुषा ९
- पुषा १४ ( रवि सिजन ) भाद्र

सि.डी.पी. क्षेत्रमा देखिएको ओइलाउने तथा वाझोपन समस्या विरुद्ध प्रतिरोधक जातमा आई.सि.पि. ७०३५ नामक पुर्व सिफारिस जात राम्रो पाइएको छ ।

वीउ छनौट र उपचारः
- स्तरीय सफा र पुष्ट वीउको छनौट गर्नु पर्दछ ।
- ०.१५ प्र. वेनलेटले वीउ उपचार गर्नु पर्दछ ।

लगाउने रोप्ने) समयः
- स्तरीय सफा र पुष्ट वीउको छनौट गर्नु पर्दछ ।
- ०.१५ प्र. वेनलेटले वीउ उपचार गर्नु पर्दछ ।

लगाउने (रोप्ने) तरिका :
- वीउको गहिराई ३—५ से.मी. हुने गरी लगाउनु पर्दछ ।

वीउको दर र वीउ रोप्ने दुरीः
- वीउको आकार अनुसार सामान्यतः ३०—४० के.जी. वीउ प्रति हेक्टर आवश्यक पर्दछ ।

- अग्ला जातहरुलाई हार हारको विचमा ५० से.मी. र विरुवाको विचमा १० से.मी. दुरी पारी लगाउनु पर्दछ ।

- होचा जातहरुलाई हार हारको विचमा ३०—४० से.मी. र विरुवाको विचमा ५—७ से.मी दुरी पारी लगाउनु पर्दछ ।

मलखादको प्रयोगः
- भारी माटोमा ३०—४० के.जी. पोटास प्रति हेक्टर प्रयोग गर्नु पर्दछ ।

- जिंक को कमी देखिएमा जिंक सल्फेट १० के.जी. प्रति हेक्टरका दरले छर्नु पर्दछ ।

सिंचाईः
- बार्षिक ६००—२५०० मि.मि. वर्षामा सफलपुर्वक खेती गर्न सकिन्छ ।
- सुख्खा समेत सहन सक्दछ ।

गोडमेल तथा झारपात नियन्त्रणः
- लगाएको २० दिन पछि पहिलो गोडमेल र ३५ देखि ४० दिनपछि दोश्रो गोडमेल गर्नु पर्दछ ।

- लासो ५० इ.सि. २.०—२.५ लि. प्रति हेक्टरका दरले ४०० लिटर पानीमा मिसाई लगाएको ३ दिन भित्र छर्नु पदृछ ।

- पहिलो गोडमेल पछि उकेरा लगाउनु पर्दछ ।

रोगहरुः
ओईलाउने रोग, स्टेरिलिटि मोजेक आदी ।

किराहरु :
रहरको कोसामा लाग्ने लाभ्रे, कोसामा लाग्ने झिंगा, रातो झुसिलकिरा, स्केल इन्सेक्ट आदी ।

बाली चक्रः
- रहर— खाली
- धानं रहर ( आलिमा)—खाली

बाली काट्नेः
- ८०—९० प्र. कोशाहर खैरो भएपछि काट्नु वा उखेल्नु पर्दछ ।

भण्डारण र वेच विखनःः
- ८—१० प्र. चिस्यान भएपछि भण्डारण गर्नु पर्दछ ।
- हावा नछिर्ने भकारी तथा बिनमा राखी ठण्डा र सुख्खा स्थानमा भण्डारण गर्नु पर्दछ ।
- यसको छांटा दालको लागि लोकप्रिय भएकोले राम्रोसंग सरसफाई गरी प्याकिड. गरेमा बजारमा राम्रो मुल्य पाउन सकिन्छ । 

स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका

थप समाचार