नेपालको मध्य पहाडी भाग देखी तराइसम्म जताततै खेती गरिने जरेबाली मध्य पिंडालु पनि एक हो । यसको हरियो पातको असिमित पौष्टिक महत्व छ ।
हरियो पातमा बिटा क्यारोटीन (भिटामिन—ए) अत्याधिक मात्रामा हुन्छ र कार्बाेहाइड्रेट, प्रोटीन, क्याल्सियम र फलाम पनि धेरै हुन्छ । यसको जरामा कार्बाेहाइड्रेट र क्याल्सियम प्रशस्त शुन्छ । यसको उत्पत्ति दक्षिण एसियाबाट भएको मानिन्छ ।
हावापानि - यस बालिलाई पानि जमिरहने ठाँउ उपयुक्त हुन्छ ।
- यो गर्मीमा हुने बालि भएकोले तुसारो र हिउँ सहन सक्दैन ।
- नेपालको मध्य पहाडी भागिदेखि तराईसम्म यसको खेति गरिन्छ ।
माटो : चिम्ट्याइलो दुमटदेखि चिम्ट्याइलो किसिमको गह्रूगो माटाृ यसका लागि उपयुक्त हुन्छ । उचित पी.एच. ५.५—७.०० हो ।
जातहरु :
स बालिको कुनै उन्नत जात नेपालमा प्रचलित छैन । अधिराज्यका विभिन्न भागहरुमा थरीथरीका स्थानिय जातहरुको खेती गरिन्छ ।
बिरुवा प्रसारण : यसको पिंडालु –जरा) लाई अंग्रेजीमा कोर्म भनिन्छ द्धारा बिउको रुपमा प्रसारण गरिन्छ ।
बीउ दर - कोर्म अथवा कोर्मेलको आकार—प्रकारमा बीउ दर भर पर्छ ।
- यदि कोर्मेल ४०—५० ग्राम तौलको छ भने प्रतिरोपनी १५००—१८०० बोटको लागि करिब ७५—८० किलो प्रतिरोपनि बिउ चाहिन्छ ।
जग्गा तरायी : - यसको खेती पानी जमेको र सुख्खा दुबे किसीमको जग्गामा पर्न सकिन्छ ।
- नेपालमा २—३ पटक जोतेर सुक्खा ब्याडहरु तयार गरिन्छ र राम्ररी सम्याइन्छ ।