बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

किम्बु: फल सामान्य, फाइदा अनेक

बिहीबार , असार ७ २०८१
8 views
किम्बु: फल सामान्य, फाइदा अनेक

समाचार शेयर गर्नुहोस्

Share this news

 

किम्बु, मोरेसी परिवारमा पर्ने प्राय शितोष्ण क्षेत्रमा हुर्कने पतझड रुखहरूका प्रजाति हो। साधारण रूपमा, किम्बुका फलका रङका आधारमा तीन मुख्य प्रजाति रहेका छन्; सेतो, रातो, र कालो किम्बु (मोरस अल्बा, रुब्रा र निग्रा) र अन्य जातहरू यसै अन्तर्गत पर्दछन् भने २०० भन्दा बढि‍ किम्बुका प्रजाति पत्ता लागिसकेका छन्। सेता किम्बु युरोपेलीहरूले प्रजनन वा पत्ता लगाइ बनाएकाले सेतो रहन ग‍ए पनि, जङ्गली किम्बु भने कालो नै हुने गर्दछन्। सेता किम्बु दक्षिण एसियामा नै उत्पत्ति भए पनि युरोप, दक्षिण अफ्रिका र उत्तर अमेरिकामा पनि पाइन्छ, यसलाई ब्राजिल र अमेरिकामा आक्रामक प्रजातिका रुपमा पनि लिइन्छ।

अर्को प्रजाति ब्रुसोनेटिया पनि किम्बुसँग मिल्दो जुल्दो नै देखिन्छ।

बयान

किम्बु छिटो बढ्न सक्दछ र करिब २४ मिटर (८० फिट) सम्म अग्ला हुन सक्दछन्। पातहरू क्रमैसँग वैक्लपिक रुपमा मिल्दै गएका र छेउका रेखामा दाँते बनोट हुने गर्दछन्। एउटै बोटमा भाले वा पोथी अङ्ग मात्र वा दुवै रहेका हुन सक्दछन्।

नपाकेका फलहरू सेतो, हरियो वा हल्का पहेँलो हुने गर्दछन्। पछि, पाक्दा रातो, गाढा बैजनी वा कालो हुदैँ जान्छ जसकारण यसको स्वाद गुलियो हुदैँ जान्छ।

प्रजाति

लामो किम्बु
पाकेका किम्बु (कालो) र नपाकेको (हलुका रङ)

'मोरस' नाम आफैँमा विवादित र जटिल भएको पनि पाइन्छ। पुरानो अवशेष प्लायोसिन कालमा नेदरल्यान्डमा भेट्टाइएका छन्। १५० भन्दा बढी प्रजातिका उल्लेख र प्रकाशनमा देखिएता पनि १० देखि १६ वटा मात्र स्वीकार्य गरिएका छन्। यसै क्रममा हाइब्रिड गराई निकालिएका बोटहरू पनि उर्वर हुनुले किम्बुका वानस्पतिक विभाजनमा थप जटिल बनाएको छ।

अगस्ट १५ सम्ममा निम्न प्रजातिहरूका वृैज्ञानिक नाम स्वीकार भएका छन्।

  • मोरस अल्बा L. – सेता किम्बु)
  • मोरस अस्ट्रालिस् Poir. – चिनियाँ किम्बु
  • मोरस कथायना Hemsl. – चिन, जापान, कोरिया
  • मोरस इन्डिका - L. – भारत
  • मोरस इन्सिग्निस - Bureau – अमेरिका
  • मोरस जापोनिका Audib. – जापान
  • मोरस लिबोन्सिस S.S. Chang – चिन
  • मोरस माकोरोरा Miq. – तिब्बेत
  • मोरस मेसोजेग्या Stapf – अफ्रिका
  • मोरस मङ्होलिका (Bureau) C.K. Schneid. – चिन, मङ्गोलीया, कोरिया, जापान
  • मोरस सेल्टीफोलिया – अमेरिका
  • मोरस निग्रा L. – इरान
  • मोरस नोट्याबिलिस् C.K. Schneid. – चिन
  • मोरस रुब्रा L. – उत्तर अमेरिका
  • मोरस सेरेटा Roxb. – तिब्बेत
  • मोरस त्रिलोब्टा (S.S. Chang) Z.Y. Cao – चिन
  • मोरस विटोरम Hand.-Mazz. – चिन

खेती

सेतो किम्बु
किम्बु फल (लिबिया)

काला, राता, सेता किम्बु दक्षिण युरोप, मध्य पुर्वी क्षेत्र, उत्तर अफ्रिकामा फैलिएका पाइन्छन्। यसका स्थानीय नामगरु छन्। कालो किम्बु सत्रौँ शताब्दीमा बेलायतमा रेसम किराको खेती सहयोगी हुने सोची भित्र्याइएको थियो। पाकिस्तान बाट ल्याइएका हुनाले अमेरिका भने पाकिस्तानी काला किम्बुका नामले पनि चिनिन्छ।

बिउबाट उमार्न सकिने भएकाले र बोट स्वस्थकर नै भइ हुर्कने हुनाले बिउ बाट नै बोट निकाल्ने सल्लाह दिइने गरिन्छ। बिउबाट उमारिएका फल फल्न बने दश वर्ष सम्म लाग्ने गर्दछ। खेती नै गर्न भनी लगाइएका बोटहरू भने ६ फिट सम्म पनि अग्ला हुन सक्दछन्। बोट देखि बोट दुरी र हार देखि हारको दुरि मिलाइन्छन् भने मुख्य काण्डमा ८ देखि १० हाँगाहरू आउने गरी छाडिन्छन्। वर्षका ३ देखि ४ पटक पातहरू टिप्ने गरिन्छन्।

किम्बु बाट निस्कने पोलनका धुलाले पोलन सँग एलर्जी हुने हुँदा केही उत्तर अमेरिकाका शहरहरूमा भने किम्बु लगाउन निशेष गरेका छन्।भाले किम्बुका बोटहरूले मात्र पोलेन बनाउने भए पनि साना पोलेनका कणहरि फोक्सामा पुगी स्वास प्रस्वासका समस्या गराउन सक्दछन्। पोथी बोटले पोलेन लिने भएकाले तिनलाई भने एलर्जी मुक्त सुचीमा राखिएका छन्।

किम्बुका रुखमा ग्राफिटङ विधि सजिलै अपनाउन सकिन्छ। किम्बुका रुखहरूमा यस विधि जाडो समयमा (वानस्पतिक प्रकृया सुषुप्त) हुने अवस्थामा गरिन्छन्। समस्यागत रुपमा रहेका भाले रुखलाई पोथी बनाउन सकिन्छ, अन्य भाले भागबाट पलाएका वा पलाउन लागेका हाँगाहरू भने हटाइनु पर्छ।

यस्ता छन् किम्बुका थप फाइदाहरु:

  • पाकेपछि कालो रंगको हुने किम्बु प्रोटीन र भिटामिन ए, भिटामिन ई, भिटामिन सीले भरिपूर्ण हुन्छ ।
  • किम्बूमा क्याल्शियम, आइरन, फोलेट, थाइमिन र नियासिनको राम्रो स्रोत हुन्छ ।
  • मुटुका लागि किम्बूको सेवनले राम्रो कोलेस्ट्रोल बढाउँछ र कुल कोलेस्ट्रोल कम हुन्छ । यसप्रकारले एथोस्क्लेरोसिस अर्थात हृदयघात, स्ट्रोक र कोरोनरी हार्ट रोगको जोखिमलाई कम गर्छ ।
  • किम्बुमा पाइने रेस्भेराट्रोलले शरीरमा फैलिएको प्रदूषणलाई सफा गरेर संक्रमित कुरालाई बाहिर निकाल्छ ।
  • यदि अनुहार चाउरिएको छ भने किम्बुको जूस पिउनु पर्छ । यसले अनुहार चम्किलो र ताजा बनाउन सहयोग पुर्याउँछ ।
  • किम्बुमा एन्टी एज अर्थात उमेर नदेखिने गुण पनि हुन्छ । यसको साथै यसले छालालाई सुन्दर बनाउँछ र अनुहारबाट चाउरीपना हराउँछ ।
  • किम्बु सेवनले तनाव कम गर्छ ।
  • किम्बूले शरीरमा रगत जम्नबाट रोक्छ, जसले गर्दा रगतको बहाव निर्वाध रुपले सबै अंगसम्म पुग्छ ।
  • यसको सेवनले रगतमा समावेश सुगरलाई पनि नियन्त्रण गर्छ ।
  • त्यति मात्र नभएर किम्बूमा विभिन्न किसिमका गुणहरु हुन्छन् । जस्तै यसको नियमित प्रयोगले आँखाका समस्या, फोक्सोको क्यान्सर र प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।
  • किम्बु खानाले पाचनशक्ति राम्रो हुन्छ । यो रुघाखोकीमा समेत फाइदाजनक हुन्छ ।
  • पिसावसंग सम्बन्धित विभिन्न समस्याहरुमा पनि किम्बु निकै फाइदाजनक हुन्छ ।
  • किम्बु खानाले आँखाको ज्योती समेत बढ्छ ।
  • गर्मीयाममा किम्बुको सेवनले लू लाग्ने खतरा कम हुन्छ ।
  • किम्बु खानाले कलेजोसंग सम्बन्धित समस्यामा राहत मिल्छ ।
  • त्यसो त, गर्मी मौसममा काँक्रो, खरबुजा, लस्सी तथा मोहीको प्रयोग बढी भन्दा बढी गर्नु पर्दछ । यसको प्रयोगले हाम्रो शरीरमा जल तत्व बढ्छ । जल तत्वले नै सबै प्रकारका रोगहरुलाई नियन्त्रणमा राख्छ । गर्मी मौसममा पानी नै जीवन हो ।
स्रोत
१. विकिपेडिया |
२.  कलाकर्मी डट कम |

थप समाचार