बालीको परिचय मुसुरो (Lens culinaris Medikus subsp. culinaris) एक डिप्लोइड (२x=२=१४ क्रोमोजोम) स्वयम संचित प्रजाति हो। सामान्यतया, मुसुरोको डाँट, फूल, पात, बीउको आकारररंग आदिको गुणात्मक विशेषताहरू रहेका हुन्छन्।
मुसुरोको बीउको आकारलाई दुईबटा समूहः म्याक्रोस्पर्मा वा ठूलो दाना र माइक्रोस्पर्मा वा सानो दानाको प्रजातिमा बाँडिएका पाइन्छ । यसको बोट करिब ७५ से.मी. सम्म अग्लो हुन्छ।
मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसेबालीको रुपमा रहेको छ। नेपालमा खेती गरिने दलहन बालीहरुमध्ये मुसुरो सबैभन्दा बढी क्षेत्रफलमा खेती गरिने र सबैभन्दा बढी उत्पादन हुने दलहन बाली हो।
आ.ब. २०७६.७७ को तथ्याङ्क अनुसार नेपालमा मुसुरो बाली २.१२.८७६ हेक्टर जमिनमा खेती भई कूल उत्पादन २.६२.८३५ मे.टन र औसत उत्पादकत्व १.२३ टन प्रति हेक्टर रहेको देखिन्छ । यसले देशको कुल दलहन खेती गरिएको क्षेत्रफल मध्ये ६२.४८ प्रतिशत क्षेत्रफल ओगटेको छ भने कुल दलहन उत्पादनको करिब ६५.०२ प्रतिशत हिस्सा ओगटेको छ ।
मुसुरोको दाल नेपालको एक प्रमुख निर्यातयोग्य बस्तु हो र बिदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पनि हो। नेपालमा यसको खेती धान अथवा मकैबालीमा आधारित प्रणालीमा गर्ने प्रचलन रहेको छ। रातो दिउला भएको नेपाली मुसुरो खानमा स्वादिलो, अर्गानिक, चाँडै फतक्क पाक्ने, सुपाच्य प्रोटिन तथा प्रशस्त मात्रामा सूक्ष्म पोषकतत्व पाईने भएकोले अन्तर्राष्ट्रिय बजारमा यसको माग चकर्को रहेको छ।
मुसुरो खेती नेपालको तराई, भित्री मधेश तथा २००० मी. उचाई सम्मको पहाडमा पनि गर्न सकिन्छ (न्यौपाने तथा श्रेष्ठ, १९९१)। नेपालमा ९५५ मुसुरो खेती तराईको समथर भू-भागमा गरिन्छ जहाँ धान पछि मुसुरो छर्ने बेलामा बढी चिस्यान हुनु वा सुख्खा हुनु बाली स्थापनामा समस्याको रुपमा रहेको छ ।
मुसुरोको दालमा प्रोटिन (२२ देखि २८ प्रतिशत) तथा विभिन्न खनिज पदार्थहरु आइरन (५० देखि ८१ पिपिएम), जिंक (४० देखि ६५ पिपिएम) आदिको घनिभूत मात्रा हुने भएकोले नेपालको मध्यम वर्गीय समाज तथा गरीब कृषकहरुको लागि प्रोटिनको भरपर्दो श्रोत हुनुका साथै यसको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि भएको पाइन्छ ।
यस्तै गर्भवती महिला तथा हुर्कदो बालबच्चाहरुको लागि रगत प्रतिस्थापनमा तथा मानसिक विकासमा समेत मुसुरो बालीले सहयोग पुन्याउँदछ । नेपालमा बर्षे धानबालीको खेती पश्चात अझैपनि २,४०,००० हेक्टर जग्गा खाली रहेको अवस्थामा मुसुरो बालीको बिस्तार गर्न सकिने ठुलो अबसर तथा संभाबना रहेको देखिन्छ।
नेपालमा झन्डै ६,००,००० घरधुरी कृषकहरु मुसुरो खेतीमा संलग्न रहेकाले यसको प्रवर्द्धन तथा बिस्तारबाट माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन, खेती प्रणालीमा पनि सुधार, बाली विविधिकरण र खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्ने देखिन्छ ।
मुसुरो खेती प्रविधि हावापनी र माटो मुसुरो नेपालमा हिउँदे बालीको रुपमा खेती गरिन्छ। यो बालीले धेरै हदसम्म तुषारो तथा अत्याधिक चिसो हावापानी सहन गर्न सक्छ र यसलाई समुन्द्र सतहबाट ३ हजार मिटरको उचाइसम्म सफलतापूर्वक खेती गर्न सकिन्छ ।
मुसुरो खेतीका लागि १५-२५० सेन्टिग्रेड तापक्रम र माटोको पि.एच. ५.५ देखि ७.० सम्म भएको बलौटे दोमट बा दोमट माटो उपयुक्त मानिन्छ भने ९२० यसको बनस्पति वृद्धिको समयमा चिसो तापक्रम र परिपक्वताको समयमा तातो तापक्रम चाहिन्छ ।
जग्गा छनौट मुसुरो खेतीको लागि जग्गा छनौट गर्दा सम्म परेको, मलिलोपन पर्याप्त भएको सजिलै पानीको निकास हुन सक्ने, पानी नजम्ने तथा हानिकारक झारपातहरुको प्रकोप नभएको जग्गा छनौट गर्नु पर्छ। महत्वपर्ण कुरा बीउ वृद्धि कार्यक्रम शुरु गर्नु पहिल्यै अघिल्लो वर्ष मुसुरो बाली नलगाएको जग्गा छनौट गर्नुपर्ने हुन्छ ।
जमिनको तयारी चिम्टाइलो कडा माटो मुसुरो खेतीको लागि उपयुक्त नहुने भएकोले गोरु(हलो वा ट्रयाक्टरले जोती र २-३ ह्यारोइङ्ग पछि सम्बाई खेत तयार गर्नु पर्दछ। सामान्यतया, बीउ छर्नु भन्दा २ हप्ता अघि हलो जोतिन्छ र गोठे मल माटोमा मिसाइन्छ। अघिल्लो बालीको अबशेष रोग, कीराको आश्रयस्थल हुने भएकोले छनौट गरिएको जग्गाबाट यस्ता अवशेषहरुलाई हटाउनु पर्दछ ।
जातहरु र जातको विशेष गुण नेपालमा हालसम्म १४ बटा मुसुरोका जातहरु सिफारिस गरिएका छन् । स्थान विशेष क्षेत्र वा सम्पुर्ण हावापानीलाई सिफारिस गरिएका जातहरुको उपयुक्तताको आधारमा मुसुरोको खेती गर्दा राम्रो उत्पादन लिन सकिन्छ ।
उत्तम बीउको भरपदों श्रोत अनुसन्धान फार्म वा बाली अनुसन्धान कार्यक्रम बा बीउ कम्पनीहरु हुने भएकाले बीउ व्यबस्थापन गर्दा यस्ता संस्थाहरुबाट बीउ लिन सकिएमा उत्पादन परिमाण तथा गुणस्तरमा सुधार गर्न सकिन्छ ।
नेपालमा हालसम्म सिफारिस गरिएको जात:
बाली चक र खेती प्रणाली धान बालीमा आधारित प्रणालीमा मुसुरो घुसुबा बाली या धान पछि एक्लो बालीको रुपमा बा गहुँ, तोरी, आलस, केराउ तथा चनासँग मिश्रित तथा अन्तरबालीको रुपमा खेती गर्ने प्रचलन छ। नेपालमा यसको खेती धान तथा ९५० मकैबाली प्रणालीमा लगाएमा मकै तथा धानको उत्पादन १० देखि ४० प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ (पाण्डे तथा जोशी, १९९५)।
बाली लगाउने समय तराईरभित्री मधेशः कार्तिक पहिलो हप्ता देखि मंसिरको दोश्रो हप्ता सम्म (तर मध्य पश्चिम तराईमा छर्ने समयमा चिस्यानको समस्या हुने र फाल्गुण महिनामा तापक्रम बढ्ने भएकोले जवरजस्ती पाक्ने समस्या हुने भएकोले कार्तिक मसान्त सम्ममा छरी सक्नु पर्दछ, अक्टोबरको अन्तिम हप्ता देखि नोभेम्बर १-१५ सम्म)।
मध्य पहाडीः असोजको दोस्रो हप्ता देखि कार्तिकको दोस्रो हप्ता (सेप्टेम्बर अन्तिम हप्ता देखि अक्टोबर अन्तिम हप्ता)।
बीउको दर, रोप्ने तरिका र बीउ उपचार (सुक्ष्मजीव उपचार)
बीचको दर: साधारणतया मुसुरोको बीउ एकल बालीको रुपमा खेती गर्दा
४० किलोग्राम प्रति हेक्टर सिफारिस गरिएको छ। तथापि, उपरोक्त बीउ दरलाई जग्गाको मलिलोपन, बीउको आकार र उमार शक्ति प्रतिशतको आधारमा ३० के.जी. प्रति हेक्टरमा घटाउन सक्छौं।
धानबाली पाकेपछि धान काट्नु भन्दा १० देखि १५ दिन अगावै मुसुरो घुसुबा बालीको रुपमा छर्दा मुसुरोको लागि ४०-४५ के.जी. बीउ प्रति हेक्टरको दरले छर्न सकिन्छ। अन्तरबाली र मिश्रित बाली प्रणालीको लागि मुसुरो तोरीसँग मिश्रित गरि लगाउनु परेमा ३० के.जी. मसुरो र २ के.जी. तोरी बा २० के.जी. मुसुरो र ६ के.जी. तोरी प्रति हेक्टरको दरले मिसाएर छर्नु पर्दछ भने लाइनमा लगाउनु परेमा १ लाइन मुसुरो र १ लाइन तोरीको दरले लगाउनु पर्दछ ।
रोप्ने तरिका: लाइन रोपाइ (पंक्ति देखि पंक्ति २५-३० से.मी. र बिरुवा देखि विरुवाः ५ से.मी. (निरन्तर) २-३ से.मी. को गहिराइमा रोप्नु पर्छ।
बीउ उपचार : बीउलाई भाइटाभ्याक्स वा बेभिस्टिन २ ग्राम प्रति किलो बीउमा मोलेर रोप्नु अघि उपचार गर्नु पर्दछ । सोडियम मोलिब्डेट १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ बीउलाई ६-८ घण्टासम्म पानीमा भिजाउने र प्राइमिङ गरिसके पछि बीउलाई दुई घण्टा सम्म छायाँमा सुकाइन्छ ताकि सजिलोसँग छर्न सकियोस् । यदि नयाँ जग्गामा मुसुरो छर्नुपर्ने भएमा जैविक मल राइजोवियम लेगूमेनोसिरम ५ ग्राम प्रति के।जी। बीउमा मिसाई उपचार गर्नु पर्दछ । राइजोवियम मल सँग बीउ उपचार गरेमा उत्पादनमा सकारात्मक असर पर्दछ ।
सिंचाई मुसुरो बालीमा आवश्यक भएमा एक वा दुई सिंचाई दिन सकिन्छ ।
मलखाद व्यवस्थापन (रासायनिक, जैविक) जमिन मलिलो छ वा प्रशस्त गोठेमल वा कम्पोष्ट मल प्रयोग गरेमा कुनै मलको आवश्यकता पर्दैन तर साधारणतया मुसुरो बालीका लागि २०:४०:२० ना.फ.पो. के.जी.प्रति हे. दरले मल सिफारिस गरिएको छ । जमिन तयार गर्ने क्रममा छर्नु भन्दा १०-१५ दिन अघि ४ मे.टन गोठेमल वा कम्पोष्ट मल र छर्ने समयमा ९.४५ के.जी. युरिया, डी.ए.पी ८६.९५ के.जी. र म्युरेट अफ पोटास ३३.३३ के.जी. प्रति हेक्टरको दरले मिसाउनु पर्दछ।
सुक्ष्म खाद्यतत्व कमी खासगरीकन बोरोन तत्त्व कमी भएको जग्गामा १ देखि २.५ के.जी. बोरेक्स प्रति हे. अन्तिम जग्गा तयारीको अवस्थामा माटोमा प्रयोग गर्ने वा ०.२५ के.जी. बोरेक्स प्रति हे. को दरले बोटमा छर्न सकिन्छ ।
खाद्यतत्व कमीको लक्षण, छुट्याउने तरिका र निराकरणका उपाय
विरुवालाई आवश्यक खाद्यतत्वहरु आपूर्ति भएको अवस्थामा बालीको उत्पादन राम्रो लिन सकिन्छ । माटोमा बालीलाई आवश्यक पोषकतत्त्वको अभाव भएको अवस्थामा समयमै पोषकत्व कमीका लक्षण पहिचान गरी निराकरणका उपाय अपनाउन सके बालीको उत्पादनमा कमी आउन पाउँदैन ।
कुन खाद्यतत्त्व कमीको लक्षण कहाँ हेर्ने विरुवामा देखिएको पहेंलोपना नाइट्रोजन मलको कमीले मात्र देखिन्न । नयाँ पातमा देखिने पहेंलोपना र पुरानो पातमा देखिने पहेंलोपना फरक फरक तत्त्वको कमीको कारण हुन्छ । यसको एउटा कारणमा विभिन्न खाद्यतत्त्वको एक स्थानबाट अर्को स्थानमा परिवहनको गुण हो ।
माटोमा खाद्यतत्त्व कमी हुन थालेको अवस्थामा विरुवाले आफ्नो पुरानो पातमा जम्मा गरेको खाद्यतत्त्व नयाँ हुर्कदै गरेको भागमा प्रभाव गर्दछ र पुराना पात पहेंलिन्छन् । यो प्रक्रिया विरुवाको मर्ने उमेर नहुँदै देखिन्छ ।
विरुवाको एक भाग या अंगमा जम्मा भएको खाद्यतत्त्व, विरुवा विकासको क्रममा अर्को भाग या अंगमा जानसक्ने खाद्यतत्त्वलाई चलाएमान खाद्यतत्त्व भनिन्छ । विरुवाको एक भागमा जम्मा भएपछि अर्को भागमा नसर्ने खाद्यतत्त्वलाई स्थिर खाद्यतत्त्व भनिन्छ ।
माटोमा नाइट्रोजन तत्वको कमीभएको अवस्थामा विरुवाको पुरानो पातमा जम्मा भएको नाइट्रोजन नयाँ पालुवामा सर्ने र पुरानो पात पहेंलिनु यसको प्रष्ट उदाहरण हो । माटोमा जिङ्कको मात्रा घटेको कारण धानको नयाँ पातको टुप्पा खैरो हुनु भनेको पुरानो पातमा जम्मा भएको जिङ्क नयाँ पातमा सर्न नसक्नु हो । त्यसैले जिङ्क स्थिर खाद्यतत्त्व हो । स्थिर खाद्यतत्त्वको अभाव विरुवाको बढीरहेको या नयाँ पात अनि पालुवामा देखिन्छ भने चलायमान खाद्यतत्त्वको अभाव विरुवाको पुरानो पातमा देखिन्छ ।
मुख्य पोषकतत्वहरुको कमीमा देखिने लक्षणहरु उपरोक्त चित्रबाट विभिन्न मुख्य पोषकतत्वको अभावमा बालीको पातमा देखिएको असरहरु प्रष्टसँग हेर्न सकिन्छ । सबै पोषकतत्व उपलब्ध भएको अवस्थामा र एउटामात्र पोषकतत्व कमीमा पातको आकार सानो भएको प्रष्ट छ । नाइट्रोजनको कमीमा पूरै पात पहेंलो भएको प्रष्ट छ ।
सल्फरको कमीमा हुने पहेंलोपना गाढा हरियो रंगको तुलनामा कम हरियो देखिन्छ । पोटासको कमीमा पातको किनाराबाट पहेंलो भएको देखिन्छ । म्याग्नेसियमको कमीमा पातको किनारामा डढेकोजस्तो देखिन्छ । फोस्फरसको कमीमा पातको आकार धेरै नै सानो भएको देखिन्छ ।
नाइट्रोजन (N) कमी भएको लक्षणहरु विरुवाको पातहरु तल्लो भागबाट पहेंलिन शुरु हुन्छ । पहेंलोपना पातको नशाहरुको बीचबाट शुरु हुन्छ र पछि नशाको हरियोपना पनि रहँदैन ।
- मुसुरोको विरुवा सानो आकारको हुन्छ र पातहरुको संख्या कम हुन्छ ।
व्यवस्थापन विधिः दुई प्रतिशत युरियाको घोल बनाएर छर्ने ।
फोस्फरस (P) कमी भएको लक्षणहरु - पातहरु सानो आकारको र गाढा हरिया रंगका हुने । - लक्षण बढ्दै जाँदा तलका पातका नशा बीचबाट सेतो हुन शुरु गर्दछ ।
व्यवस्थापन विधिः पोटासियम फोस्फेटको २ प्रतिशत घोल बनाएर छर्ने ।
पोटास (P) कमी भएको लक्षणहरु - पुरानो पातको छेउमा पहेंलो हुने र पछि डढेकोजस्तो देखिने । - पात अगाडिपट्टि बटारिने । - मुसुरोको विरुवा होचो हुने ।
व्यवस्थापन विधिः पोटासियम सल्फेट थप मलको रुपमा छर्ने, घोलेर पनि छर्न सकिने ।
बोरोन (B) कमी भएको लक्षणहरु - पातको नशा बीचका भाग पूरै पहेंलिने र विस्तारै नयाँ पात तथा टुप्पो दुबैमा डढुवा देखा परि मर्ने गर्दछ ।
- यस अवस्थामा विरुवाको तलका पातहरुको किनाराबाट विशेष गरी नशा बीचको भागमा डढुवा देखा पर्ने गर्दछ ।
- बोरोन कमी हुँदा पातको संख्या र विरुवाको उचाई दुबै छोटो समयमा नै नबढेको स्पष्ट महशुस गर्न सकिन्छ ।
व्यवस्थापन विधिः बोरेक्स १० देखि १५ किलो प्रति हेक्टरका दरले छर्ने ।
मोलिब्डेनम (MO) कमीका लक्षणहरु - विरुवा होचो हुन्छ । पातमा नाइट्रोजन कमीको जस्तो पातको नसाहरुको बीचमा पहेंलिने लक्षण देखा पर्छ ।
- मुसुरोमा किनाराबाट सेतो हुन शुरु गर्छ ।
व्यवस्थापन विधिः एमोनियम मोलिब्डेट १ किलो प्रति हेक्टरको दरले छर्ने ।
बाली भित्र्याउने समय (समय, पाकेको पहिचान (Maturity Indices), कटानी तथा भण्डारणका उपायहरु आदि)
बिरुवा ९०५ पहेंलो रङको भए पछि र औलाहरू बीच थिचेर दबाब दिदा दाना कडा भएको अवस्थामा बाली कटानी गर्नुपर्छ। यस चरणमा तल्लो कोसाहरू सामान्यतया खैरो हुन्छन्। बिरुवालाई काटेर २-३ दिन वा सोभन्दा बढी सुकाउनको लागि बन्डलमा राख्नुपर्छ। लठ्ठीको सहायताले थ्रेसिङ गरी संकलन भएको बीउलाई सफा गरी करिव ८-९ प्रतिशत चिस्यानको मात्रा कायम गरी भण्डारण गर्नु पर्दछ ।
मुसुरो बाली भण्डारण गर्नु पुर्व ध्यान पुऱ्याउनु पर्ने कुराहरु - मुसुरोबाली लाई राम्ररी सुकाएर ९५ चिस्यानमा भण्डारण गर्नुपर्छ ।
- ५ देखि १० डिग्री से. तापक्रममा अन्न भण्डारण गरेमा कीरा ढुसी बाट सुरक्षित राख सकिन्छ ।
- बीउ भण्डारण गर्दा गारो वा भुईको चिसोबाट बचाउन जमिनको सतहबाट ४ इन्च उठाई प्लेकमा राखु पर्छ ।
- नयाँ बीउलाई पुरानो बीउसँग नमिसाउने ।
- भण्डारण गर्नु अघि भण्डारण कोठा सफा राखु पर्छ ।
- भण्डारण गर्नु अघि मालाथायन ५० इ.सी. को ५ प्रतिशतको झोल बनाई स्प्रे गर्ने ।
- विषादी छरेको भाँडा ओभानो भएपछि मात्र बीउ भण्डारण गर्ने ।
- सेल्फस, क्विकफस मध्ये कुनै एउटा विषादी २ गोली प्रति मे।टन दलहन बालीको बीउमा राखे ।
बीउ प्रमाणीकरण बीउ प्रमाणीकरण प्रक्रियाले उत्पादित बीउको जातीय शुद्धता कायम रहेर नरेहेको बारेमा जानकारी दिन्छ । यस प्रक्रियामा खेतबारीमा विरुवाको अवलोकन तथा प्रयोगशालामा जातीय परिक्षण गरिन्छ र बीउको गुणस्तर नियन्त्रण गर्नमा महत्त्वपुर्ण हुन्छन् ।
बाली अवलोकन बीउ विजन प्रयोगशालाका अधिकृत वा तालिम प्राप्त अधिकारीक व्यक्ति वा जिल्ला कृषि विकास कार्यलयरकृषि ज्ञान केन्द्रका बाली विज्ञलाई कम्तीमा दुईपटक मुसुरो फूल फूलेपछि बीउ वृद्धि प्लटमा लगी अवलोकन गराउनु पर्दछ ।
अवलोकन गराउनु अगाडि खेतबारीलाई सफा राखे, मुसुरोका अन्य नराम्रा बोटहरु भए निकालेर हटाउनु पर्दछ जसले गर्दा बीउ निरीक्षण गर्न आउने विज्ञको समय बचत हुनुको साथै बीउको गुणस्तर नराम्रो भनि विज्ञले नकार्ने सम्भावना समेत कम हुन्छ ।
बेजाते बोटहरुको नियन्त्रण हामीले लगाएको बीउ बालीमा उही जातका अग्ला, होचा बोट, अर्को जातको बोट, रोगी बोट, कमजोर बोट, भिन्न प्रकारका फूलहरु वा चाँडै पाक्ने, ढिलो पाक्ने बोटहरु देखापरेमा समयमै हटाउनु पर्छ ।