बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

काङकुङ (थाई पालुङ्गो) खेती कसरी गर्ने ?

सोमबार, असार ११ २०८१
5 views
काङकुङ (थाई पालुङ्गो) खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
काङकुङको पात नरम हुन्छ भने काण्ड पनि नरम र भित्र खोक्रो हुन्छ । लहराका टुक्राहरु काटेर पनि यसको प्रसारण गर्न सकिन्छ यद्यपी धेरैजसो बिउबाट नै प्रसारण गरिन्छ । यो छिटो छिटो वृद्धि विकास हुने भएकाले धेरै पटक टिप्न सकिन्छ । गर्मी मौसममा खेती गर्न सकिने र पात तथा काण्डमा प्रशस्त पौष्टिक तत्वहरु पाइने हुनाले यो उपयुक्त बेमौसमी हरियो साग हो ।

जातहरु
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तत्कालनि बागवानी अनुसन्धान महाशाखाले खुमलटार, ललितपुर र खजुरा, बाँकेमा काङकुङका तीन जातहरु थाई काङकुङ, कम्बोडियन काङकुङ र बंगलादेशी काङकुङमा गरिएको परिक्षणबाट थाई काङकुङ नेपालको लागि उत्कृष्ठ पाइएको छ ।

थाई काङकुङको पात मध्यम आकारका, कम्बोडियन काङकुङको पात लाम्चो र सानो तथा बङ्गलादेसी काङकुङको पात चौंडा र ठुला हुन्छन ।

हावापानी र माटो
काङकुङ उष्ण हावापानीमा लगाउन सकिन्छ । यो बाली २०–३०० सेल्सियस तापक्रममा राम्रो हुन्छ । काङकुङ लाई १०० सेल्सियस भन्दा तलको तापक्रममा राम्रो हुँदैन । उष्ण हावापानीमा काङकुङलाई वर्ष भरी खेती गर्न सकिन्छ ।

यसको खेती चिसो हावापानी भएको ठाउँमा गर्न सकिदैन । यसलाई फुल फुल्न छोटो दिनको आवश्यक पर्दछ । गृष्म ऋतुको मध्य वा दिन अलि छोटो हुन थालेपछि फुल फुल्न थाल्छ । काङकुङ खेती गर्नको लागि सिँचाईको आवश्यकता पर्दछ । धेरै चिसो सहन नसक्ने भएकोले यसलाई तुषारोबाट बचाउन पर्दछ ।

यसलाई चिसोबाट बचाउनका लागि हिउँदमा प्लास्टिकको गुमोज बनाइ दिनु पर्दछ । नेपालमा यसको खेती तराई, भित्री मधेस, खोँच, बेसीमा बर्षैभरि र मध्य पहाडमा शिशिर ऋतु बाहेक अरु मौसममा सफलतापूर्वक खेती गर्न सकिन्छ ।

काङकुङ लाई प्रसस्त मात्राामा प्राङ्गारिक पदार्थ भएको माटोमा लगाउनु पर्दछ । यसको खेती बलौटे दुमट माटोमा फस्टाउँछ । यसको लागि माटोको पि.एच. ५.५ देखि ७.० उपयुक्त हुन्छ ।

Water-Spinach.jpg

रोप्ने समय
मध्य पहाडः फाल्गुण दोश्रो हप्ता तराई तथा खोंच/बेसीः माघ दोश्रो हप्ता बिउ राख्ने समय बेर्ना रोप्ने समय भन्दा सरदर १ महिना पहिले ।

बिउदर
४०० – ६०० ग्राम बिउ प्रति रोपनी (८–१२ केजी बिउ प्रति हेक्टर)

रोप्ने दूरी
५० सेमी ह् ३० सेमी (लाईन–लाईन ह् बोट–बोट)

मलखाद
काङकुङ खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

11.JPG


नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजनलाई आधा आधा गरी बेर्ना रोपेको २० देखि २५ दिन पश्चात पहिलो र ६० देखि ७० दिन पश्चात दोस्रो टपड्रेस गर्नु उपयुक्त हुन्छ ।

गोडमेल र सिँचाई
काङकुङको सुरुवाती दिनहरुमा बोटले पुरै जग्गा नढाकेसम्म झारपात धेरै आए तापनी पछि बोट बढेर ढाक्न थालेपछि झारपात त्यति आउँदैन । त्यसैलेबिरुवा सानोछंदा आवश्यकता अनुसार झारपात हटाउँदैजानुपर्दछ ।

काङकुङको नरम र खोक्रो लहरा हुने हुनाले गोडमेल गर्दा नफुटोस भनि ध्यान पु¥याउनुपर्दछ । बेर्ना रोपेको २० देखि २५ दिनपछि गोडमेल गरी पहिलो पटक नाईट्रोजन मल टपड्रेस गर्नुपर्दछ । तीन पटक साग टिपीसकेपछि दोश्रो पटक बाँकी नाईट्रोजन मलले टपड्रेस गर्नुपर्दछ ।

काङकुङ लगाएको ड्याङको वरीपरी ५ सेमी अग्लो आली बनाउनुपर्दछ । यो अर्धजलीय बाली भएकाले यसलाई प्रसस्त पानी चाहिन्छ । हरेक दिन वा एक दिन बिराएर सिँचाई गर्नुपर्ने हुन्छ । कुलोबाट सिँचाई गर्ने हो भने १.५ देखि २ मिटर चौडाईका ड्याङ बनाई बिचमा ३० सेमी चौडाईको होचो बाटो राखी सोहीबाट सिँचाई गर्न सकिन्छ ।

हरेक पटक नाईट्रोजन मल टपड्रेस गरेलगत्तै सिँचाई गर्नु आवश्यक हुन्छ । प्रशस्त सिँचाई भएमा लहरा तथा पात छिटो बढ्ने र नरम हुने हुन्छ ।

123080555_1536834849841597_5316014299400045310_n.jpg

उत्पादन
बेर्ना रोपेको ३५ देखि ४० दिनपछि काङकुङको पहिलो बाली लिन सकिन्छ । साग टिप्दा पात, मुना र केही आँख्लासहित बिहानको शीत ओभाएपछि टिप्नुपर्दछ । उचित हेरचाह भएको बालीमा १० देखि १५ दिनको फरकमा साग टिप्न सकिन्छ । फुल धेरै फुल्न थालेपछि साग खानयोग्य हुँदैन । नेपालमा ३००० देखि ४००० केजी प्रति रोपनी वा ६० देखि ८० टन प्रति हेक्टर सम्म काङकुङको उत्पादन भएको पाइएको छ ।

बाली संरक्षण
मुख्य किराहरुः यस बालीमा खासै किराको आक्रमण देखिएको छैन । कलिलो अवस्थामा पातमा खपटे किराहरुले पात खाएर प्वालहरु बनाउन सक्छ । खपटेलाई देख्ने वित्तिकै टिपेर मार्नु पर्दछ । नीमजन्य विषादी ५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ । काङकुङलाई सजिलैसँग प्राङ्गारिक तरिकाले उत्पादन गर्न सकिन्छ ।

मुख्य रोगहरुः

- यस बालीमा खासै रोग देखिएको छैन ।

- पछिल्लो अवस्थामा पातमा थोप्ले रोग देखिएको छ ।

- यसबाट बचाउन कपर अक्सिक्लोराइड, २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटार

थप समाचार