बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

स्वास्थ्य र सौन्दर्यको खजना चुकन्दरको व्यवसायिक खेती

सोमबार, असार ११ २०८१
19 views
स्वास्थ्य र सौन्दर्यको खजना चुकन्दरको व्यवसायिक खेती

समाचार शेयर गर्नुहोस्

Share this news

हामीले सलादको रुपमा खाइरहेको देखिएको चुकन्दर स्वास्थ्यका दृष्टिले पनि चमत्कार छ । गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ तर, होइन । यसमा आइरन पाइन्छ र रगतको मात्रा बढाउन सहयोग पुग्छ । भिटामिन सिको राम्रो स्रोत भिटामिन ए, बी, बी–१, बी–२, बी–६ को राम्रो श्रोत हो । 
चुकन्दरमा फलाम तत्व अधिक हुँदैन । तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ । नियमित सेवनले हाम्रो शरिरमा भएका हानिकारक पदार्थ बाहिर निकाल्न 
 सहयोग गर्दछ । 
यति धेरै उपयोगी चुकन्दर व्यवसायिक खेती गर्न सके मनग्ये आम्दानी लिन सकिन्छ । बजारको अवस्था र भुगोल आफ्नो समय सन्दर्भ मिलाउन सके पैसाको चिन्ता हुँदैन । 

जातहरु
मधुरः यो खुला सेचित जात हो । बोटको उचाई सरदर २५ देखि ३० सेमी हुन्छ । यसको जरा गाढा रातो र गोलो आकारको हुन्छ । पातहरु फिक्का हरियो रङमा कलेजी रङ मिसिएका हुन्छन । बिउ रोपेको ६० देखि ७० दिनमा उत्पादन लिन सकिन्छ । धेरै किसिमको हावापानीमा खेती गर्न सकिने यो जात नेपालको तराई तथा पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।

हावापानी र माटो
यो शितोष्ण प्रदेशीय तरकारी बाली हो । राम्रो उत्पादन र जराको रङको विकासका लागि १० देखि १८ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । तापक्रम धेरै भएमा जराको रङ र गुणस्तरमा ह्रास आउँछ भने कम तापक्रममा जराको विकास सुस्त हुन्छ र लामो समय तापक्रम कम रहेमा फुल खेल्न थाल्दछ ।

यसलाई तराई तथा मध्य पहाडमा हिउँदे बालीको रुपमा खेती गर्न सकिन्छ । चुकन्दर खेतीका लागि पानीको राम्रो निकास भएको गहिरो, खुकुलो र प्रसस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ । गह्रौ र चिम्ट्याईलो माटोमा बिरुवा सर्न गाह्रो हुने र जराको आकार बिग्रने हुन्छ । माटोको पी.एच. मान ६ देखि ७ उपयुक्त हुन्छ र माटोको अम्लीयपना यो
बालीका लागि सम्बेदनशील मानिन्छ ।

beetroot-leaves-benefits.jpg

रोप्ने समय
उच्च पहाडः जेष्ठ – श्रावण
मध्य पहाडः भाद्र – मङ्सिर
तराई तथा खोंच/बेसीः आश्विन – कार्तिक
ज्ञद्दछ
बिउदर
५० देखि ७५ ग्राम बिउ प्रति रोपनी (१००० देखि १५०० ग्राम बिउ प्रति हेक्टर)

रोप्ने दुरी
३० सेमी x १० सेमी (लाईन–लाईन x बोट–बोट)

मलखाद
चुकन्दर खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

11.JPG


नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर बिउ रोपेको २० देखि २५ दिनमा र ४० देखि ४५ दिनमा टपड्रेस गर्ने ।

गोडमेल र सिँचाई
- बिउ रोपिसकेपछि पराल, खर वा छवालीको छापो दिई सिँचाई गर्नुपर्दछ ।

- बिउ उम्रन थालेपछि बिस्तारै छापो हटाउनुपर्दछ ।

- चुकन्दरमा एउटा बिउबाट ३ ओटासम्म बेर्ना उम्रन सक्छ ।

- बिउ छरेको १५ दिनपछि हरेक १० सेमीको दुरीमा एउटा राम्रो बेर्नामात्र रहने गरी बेड्याउनुपर्दछ ।

- बिउ रोपेको २० देखि २५ दिनपछि पहिलो र ४० देखि ४५ दिनमा दोस्रो गोडमेल गरी युरिया मलको टपड्रेस गर्नुपर्दछ ।

- दोस्रो गोडमेलमा बिरुवाको जरामा माटो चढाउनुपर्दछ ।

- आवश्कताअनुसार गोडमेल गरी झारपात नियन्त्रण गर्नुपर्दछ ।

- चुकन्दर खेतीलाई प्रसस्त मात्रामा पानीको आवश्यकता पर्दछ ।

- बिउ नउम्रेसम्म निरन्तर र त्यसपछि सरदर ५ दिनको फरकमा सिँचाई गर्नुपर्दछ तर पानी जम्न दिनुहुँदैन ।

- हरेक पटक नाइट्रोजन मल टपड्रेस गर्नेबित्तिकै सिँचाई गर्नुपर्दछ ।

उत्पादन
बिउ रोपेको ६० देखि ७० दिनमा उत्पादन लिन सकिन्छ । औसतमा १५०० केजी प्रति रोपनी वा ३० टन प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।

बाली संरक्षण
चुकन्दरमा पनि मुलामा लाग्ने किरा–रोगहरूनै मुख्य रुपमा लाग्ने भएकोले मुलामा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने । 

चुकन्दर एक फाइदा अनेकः 

-पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ।
-प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ । 
-चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ ।
-चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ ।
-एन्टी अक्सिडेन्ट गुणको कारण यो रातो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।
-यो सौन्दर्यको पनि खजना हो । 
-हेमोग्लोबिन बढाउँछ, फलत अनुहारको चमक बढ्छ ।

 

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटारको आधारमा तयार पारिएको लेख

सम्बन्धित विषय

थप समाचार