बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

रातो कोदो खेती कसरी गर्ने ?

बुधबार, असार १३ २०८१
5 views
रातो कोदो खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
कोदोको उत्पत्ति अफ्रिकी महादेशको इथियोपिया भन्ने देशमा भएको हो । यो घाँसे परिवारमा पर्ने एक–वर्षीय बाली हो । सुक्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रो उत्पादन दिने हुनाले कोदोबाली नेपालको पहाडी भेगमा प्रमुख बाली मध्येको एक मानिन्छ ।

नेपालको पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको खाद्य सुरक्षाका लागि धान, गहुँ र मकै पछाडिको मुख्य बाली नै कोदोबाली हो । नेपालका ७७ वटै जिल्लामा खेती गरिने कोदोको वैज्ञानिक नाम Elusine coracana हो । हातका औंलाजस्ता बाला हुने भएकाले यसलाई अङ्ग्रेजीमा finger miliet भनिन्छ ।

नेपालमा २ लाख ६३ हजार हेक्टर क्षेत्रफलमा कोदोखेती गरिन्छ, जसबाट १.१९ टन/हेक्टरको औसतमा ३ लाख १४ हजार टनसम्म उत्पादन हुन्छ (कृषि डायरी, २०७६) । कोदोमा पर्याप्त मात्रामा पोषक तत्वहरू पाइने भएकाले गर्भवती महिला, बढ्दो उमेरका केटाकेटी, मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरूका लागि यो उत्तम खाना हो ।

कोदोको मुख्यतः ढिँडो, रोटी खाने चलन छ भने यसको नल र दाना दुवै पशु आहाराका रूपमा प्रयोग गरिन्छ । यसका अलवा कोदो रक्सी तथा जाँड उत्पादन कार्यमा समेत प्रयोग भएको पाइन्छ । सीमान्तकृत जमिनमा पनि सहजै उत्पादन दिने र पौष्टिक तत्वले भरिपूर्ण यस बालीले खाद्य तथा पोषण सुरक्षामा पनि प्रमुख भूमिका निर्वाह गरेको छ ।

रातो कोदोको वानस्पतिक विवरण रातो कोदोको बोटको उचाइ करिब ६६–११५ से.मी. हुन्छ । यसको डाँठ हल्का पहेँलो मिश्रित सेतो, चौडा र गाँठा भएको हुन्छ र प्रत्येक गाँठाबाट पात निस्कन्छन् भने माथिल्लो भागबाट बाला निस्कन्छन् । यसका प्रत्येक बालामा औसत नौ वटासम्म औंलाहरू हुन्छन् र दाना गाढा रातो हुन्छ ।

पौष्टिक विवरण
कोदोबाली पौष्टिकताले भरिपूर्ण हुने हुँदा स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । कोदोमा प्रचुर मात्रामा फलाम पाइने हुनाले यसले महिलाहरूमा देखिने रक्तअल्पताको समस्यालाई न्युनीकरण गर्दछ भने क्याल्सियमले हाड तथा दाँतको विकास र तन्दुरूस्तीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

यसमा पाइने रेसाजन्य पदार्थले पेट सफा गर्ने हुँदा आन्द्राको क्यान्सर हुनबाट बचाउँछ । यीबाहेक कोदोको परिकार स्वास्थ्यका हिसाबले फाइदाजनक हुने गर्द रूघाखोकी लागेका बेलामा कोदोको खोले अति उत्तम हुन्छ भने मधुमेहका रोगीहरूका लागि पनि कोदोको परिकार उपयुक्त हुन्छ । यसका अलावा कोदोमा प्रशस्त मात्रामा म्यांगानिज, जिङ्क र पोटासियम पनि पाइने कुरा विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन् ।

हावापानी तथा रोप्ने समय
सिंचित खेतमा वर्षेनी दुई बाली हुन्छ भने असिंचित पाखो बारीमा एक बाली हुने गर्दछ। सामन्यतया कोदोबाली चैत्र÷बैशाखमा लगाएर भदौ÷असोज महिनामा काट्ने गरिन्छ । यदि कोदोबाली सिंचित खेतमा गरिएको छ भने कोदोपछाडि जौ लगाउने गरिन्छ ।

यदाकदा कृषकहरूले कोदोसँगै कागुनो, भटमास वा लट्टे पनि लगाएको पाइन्छ । माटो र जमिनको तयारी कोदोको खेती जुनसुकै माटोमा गर्न सकिने भएता पनि पानी नजम्ने र बलौटे दोमट माटो यसका लागि उयुक्त हुन्छ । यो बाली पिएच ४.५ देखि १० सम्मको माटोमा खेती गर्न सकिन्छ ।

त्यसै गरी रातो माटोमा पनि राम्रो फस्टाउँछ । रातो माटोमा फलामको मात्रा बढी हुने हुनाले यस्तो माटोमा उत्पादन भएको कोदोमा तुलनात्मक रूपमा बढी मात्रामा फलाम पाईन्छ । कोदोखेतीका लागि जमिन २–३ पटक राम्रोसँग जोती माटो बुर्बुराउँदो बनाउनुपर्दछ ।

पहिलो जोताईमा राम्रोसँग बाँझो फुटाउने, दोस्रो जोताईमा १०–१५ डोको प्रतिरोपनीका दरले गोठेमल÷कम्पोष्ट मल राम्रोसँग मिलाउने र अन्तिम जोताईमा बीउ छर्ने वा रोप्ने गर्नुपर्दछ ।

माटो र जमिनको तयारी
कोदोको खेती जुनसुकै माटोमा गर्न सकिने भएता पनि पानी नजम्ने र बलौटे दोमट माटो यसका लागि उयुक्त हुन्छ । यो बाली पिएच ४.५ देखि १० सम्मको माटोमा खेती गर्न सकिन्छ ।

त्यसै गरी रातो माटोमा पनि राम्रो फस्टाउँछ । रातो माटोमा फलामको मात्रा बढी हुने हुनाले यस्तो माटोमा उत्पादन भएको कोदोमा तुलनात्मक रूपमा बढी मात्रामा फलाम पाईन्छ । कोदोखेतीका लागि जमिन २–३ पटक राम्रोसँग जोती माटो बुर्बुराउँदो बनाउनुपर्दछ ।

पहिलो जोताईमा राम्रोसँग बाँझो फुटाउने, दोस्रो जोताईमा १०–१५ डोको प्रति रोपनीका दरले गोठेमल/कम्पोष्ट मल राम्रोसँग मिलाउने र अन्तिम जोताईमा बीउ छर्ने वा रोप्ने गर्नुपर्दछ ।

kodo.jpg

बीउदर
- कोदोलाई व्याड राखेर पछि बेर्ना रोप्ने वा सिधै छर्ने दुवै तरिकाले खेती गर्न सकिन्छ। एक रोपनी जग्गाका लागि २००–४०० ग्रा. बीउ आवश्यक पर्दछ ।

- ब्याड राख्दा २० से.मी. उच्च बनाइ २–३ से.मी. गहिराइमा बीउ लगाउनुपर्दछ । बारीमा सिधै छर्दा भने छर्ने मान्छेको छर्ने कौशलता अनुसार ५००–९०० ग्राम प्रति रोपनी बीउ आवश्यक पर्दछ ।

- पृथकता दूरी र रोप्ने दूरी कोदो एक स्वयंसेचित बाली भएकाले अन्य परसेचित बालीमा जस्तो प्राकृतिक सङ्क्रमण/सेचन हुने सम्भावना अत्यन्त कम हुन्छ, तसर्थ एक जात र अर्को जातबीचको पृथकता दूरी १–२ मिटर मात्र भए पुग्छ ।

- बीउ राखेको ३–४ हप्तामा ब्याडबाट बेर्ना उखेलेर राम्रोसँग तयार पारिएको र प्रशस्त चिस्यान भएको माटोमा लाइनदेखि लाइनको दूरी २०–२५ से.मी. र बोटदेखि बोटको दुरी १० से.मी.को फरकमा रोप्नुपर्दछ वा छरेर ३–४ हप्ता पछि बाक्लो ठाउँबाट बिरूवा उखेलेर पातलो ठाउँमा रोप्न पनि सकिन्छ ।

- झारपात कोदो असिंचित बर्खे बाली भएकाले यसमा झारपातको समस्या धेरै हुन्छ, जसलाई समयमा नै गोडमेल गरेर हटाउने गर्नुपर्दछ ।

बेजात हटाउने (बीउ प्रयोजनका लागि)
बीउउत्पादन गरिएको जग्गामा बाला निस्कने र पाक्ने समयमा कम्तीमा २ पटक निरीक्षण गर्नुपर्दछ ।

आफ्ना लागि वा थोरै मात्रामा बीउ उत्पादन गर्ने हो भने ठूला र आकर्षक बाला भएका स्वस्थ र एकैनासे बोटहरूबाट आवश्यक मात्रामा बालाहरू छनौट गर्न सकिन्छ तर धेरै बीउ उत्पादनको लागि झारपातहरू, अन्य बालीका बोटहरू, रोगी बोट, धेरै छिटो वा धेरै ढिलो बाला निस्केका बोटहरू, बेजातका बोटहरू सबै हटाएर बाँकी बोटहरूबाट मात्रै बीउ लिनुपर्दछ ।

उत्पादन तथा भण्डारण राम्रो व्यवस्थापन गरी खेती गरिएको खण्डमा प्रतिरोपनी १३० के.जी. देखि १६५ के.जी.सम्म उत्पादन लिन सकिन्छ । साथै यसको नल गाईबस्तुको राम्रो आहाराको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

कोदोको दानामा किराको प्रकोप त्यति धेरै नहुने भएकोले यसलाई ३–४ पटक घाममा सुकाई चिस्यान १३–१५ प्रतिशतमा ल्याउनु पर्दछ । ग्रामीण/कृषक स्तरमा चिस्यानको प्रतिशत कोदोको दाना टोकेर पत्ता लगाउने गरिन्छ । कोदोको दाना टोक्दाखेरि कुटुक्क गर्ने भएपछि भण्डारणको लागि उचित हुन्छ । भण्डारण कक्ष
ओस/चिसो नआउने तथा भाँडो ओभानो हुनुपर्दछ ।

उत्पादन तथा भण्डारण
- राम्रो व्यवस्थापन गरी खेती गरिएको खण्डमा प्रतिरोपनी १३० के.जी. देखि १६५ के.जी.सम्म उत्पादन लिन सकिन्छ ।

- साथै यसको नल गाईबस्तुको राम्रो आहाराको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

- कोदोको दानामा किराको प्रकोप त्यति धेरै नहुने भएकोले यसलाई ३–४ पटक
घाममा सुकाई चिस्यान १३–१५ प्रतिशतमा ल्याउनु पर्दछ ।

- ग्रामीण/कृषक स्तरमा चिस्यानको प्रतिशत कोदोको दाना टोकेर पत्ता लगाउने गरिन्छ ।

- कोदोको दाना टोक्दाखेरि कुटुक्क गर्ने भएपछि भण्डारणको लागि उचित हुन्छ ।

- भण्डारण कक्ष ओस/चिसो नआउने तथा भाँडो ओभानो हुनुपर्दछ ।

स्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी

थप समाचार