बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

फलफूलका बिरुवा रोपण तथा व्यवस्थापन

बुधबार, असार २० २०८१
8 views
फलफूलका बिरुवा रोपण तथा व्यवस्थापन

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

नेपालको भौगोलिक भुबनोट र विविध हावापानीका कारण यस देशमा विश्वमा खेतीगरिने अधिकांश फलफूलहरू खेती गर्न सकिन्छ ।नेपालको सांस्कृतिक, धार्मिक एवं भौगोलिक विविधता र हावापानीको विशिष्टतालाई हेर्दा फलफूल बाली नेपालको एक प्रमख बालीको रूपमा रहेको पाइन्छ। यहाँ पाइने कतिपय विकासे फलफूलका जङ्गली नातेदारहरूले पनि यही कुराको पष्टिु गर्दछन। प्राचीनकालदेखि नै नेपालमाधार्मिक एवं सांस्कृतिक
दृष्टिकोणले फलफूल एवं फूलको महत्त्वपूर्ण स्थान रहँदैआएको पाइन्छ भने खाद्य पोषण सुरक्षा, आर्थिक,सामाजिक सम्रिद्दी र वातावरणीयसुधारमा समेत महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।नेपालमा फलफूल खेती गर्ने क्षेत्रफलको व्रिधि पनि भइरहेको त्यसैगरी जनसङ्ख्याको दर पनि बढ्दै गएको छ।फलफूलको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी देशमा रोजगारी तथा आर्थिक सम्रिद्दी र खाद्य पोषण सुरक्षाकालागि समेत फलफूल खेतीले महत्त्वपूर्ण भमिूका खेलेको हन्छु । 

बगैँचा स्थापना

बगैँचा लगाएपछि वार्षिक कार्यतालिका अनुसार बगैँचा व्यवस्थापन  गर्नुपर्छ । व्यवसायिक किसिमका बगैँचा स्थापना गर्दा निम्न कुराहरूमा ध्यान दिनपुर्छ ।

- सिँचाइका लागि बगैँचा नजिकै भएको सानो पानीको स्रोत वा वर्षाको पानीसङ्कलन गर्न प्लास्टिक पोखरी निर्माण गर्ने
- बगैँचाको झारपात सङ्कलन गरी कम्पोस्ट मल बनाउन चाहिने कम्पोस्ट खाडलतयार गर्ने ।
- प्रति २० रोपनीमा कम्तीमा ४ घार मौरी व्यवस्था मिलाउने ।
- बगैँचामा चाहिने आवश्यक बागवानी औजार व्यवस्था गर्ने ।
- तलुनात्मक रूपमा ताप र हावाको खतराबाट मक्तु जलवाय हुनुपुर्दछ ।
- पर्याप्त पानी उपलब्ध सिँचाइ सविुधा हनुपुर्दछ ।
- उर्वर माटो तथा आन्तरिक जल निकासको राम्रो व्यवस्था हनुपुर्दछ ।
- उपयक्तु जलवायु एवं माटोको आवश्यकतालाई ख्याल गर्नुपर्नुर्दछ ।

- यसबाहेक चयन गरिएका फलफूल अनुसार जातको अनुकुलता,सस्तो मजदुरको उपलब्धता ,बजारसँगको निकटता,ढुवानीको लागि सडकको निकटता आदि कुराहरूमा पनि विचार पुर्याउनुपर्दछ।

बगैँचा स्थलको छनोट

जमिनको छनोट गर्दा जमिनको मोहडा, सिंचाइ, जमिनको उचाइ, सूर्यको प्रकाश,तापक्रम, यातायात, बजार आदिलाई विचार गर्नुपर्दछ । यदि सिँचाइ सविुधा छैन भने जग्गाको मोहडामा ध्यान दिन आवश्यक हुन्छ किनभने पहाडी जिल्लाहरूको जग्गामा मोहडाअनसार घाम कम बेसी लाग्ने हन्छु ।
सिँचाइ सविुधा नभएको दक्षिण मोहडा भएमा जमिन धेरै सुख्खा हुन्छ। सिँचाइ सविुधा छ भने दक्षिणपूर्व मोहडा फर्किएको जग्गामा उच्च गुणस्तरीय  ्फलफूल उत्पादन गर्न सकिन्छ । सिँचाइ सविुधा छैन भने उत्तरपूर्वमोहडा भएको जग्गामा उत्पादन राम्रो हन्छु ।

जलवायु

फलफूल खेतीका लागि जग्गा छनोट गर्दा सबभन्दा पहिले जलवायलाई ध्यान दिनपुर्छ ।औसत सरदर वार्षिक तापक्रम १५–२५ डिग्री सेल्सियस, औसत वार्षिक वर्षा १५००–२००० मिलिलिटर, औसत सापेक्षिक आर्द्रता ७०–८० प्रतिशत भएको र तुसारो एवं असिना नपर्ने क्षेत्र छनोट गर्नुपर्दछ। वार्षिकऔसत तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र २८ डिग्री सेल्सियस भन्दा बढी खेतीको लागि उपयक्तु हँदुैन ।

माटो

फलफूल खेतीका लागि माटोको पी एच ५।छ–६।५ भएको खुकुलो , प्रशस्त प्राङ्गारिक पदार्थ र कम्तीमा ३० सेमीसम्म माथिल्लो सतहमा माटो भएको मलिलो र पानी नजम्ने दोमट माटो हनुपुर्दछ ।कम्तीमा ३ फिट गहिराइसम्म पहरो, ठूला चट्टान नभएको जग्गा छनोट गर्नुपर्छ । धेरै बलौटे र गिर्खा र  ढुङ्गायक्तु माटो भएको जग्गा छनोट गर्नु हुँदैन।

बगैँचा रेखाङ्कन विधिहरू

रेखाङ्कन गरी लगाइएको बगैँचा आकर्षक र बगैँचा व्यवस्थापन कार्य गर्न सजिलो हन्छु । जग्गाको बनावटअनसार बगैँचा रेखाङ्कन विधि पनि फरकफरक पर्दछ । केही प्रचलित रेखाङ्कन विधि यस प्रकार छन|

क. वर्गाकार तरिका

यो तरिकाबाट रेखाङ्कन गर्दा एकबोटदेखि अर्को बोटको दूरी र एकलाइन देखि अर्को लाइनको दूरी बराबर राखिन्छ । रेखाङ्कन सुरु गर्दा पहिले सडक वा बारबन्देजसँग समानान्तर हनुेगरी बोटको बीचमा राखिने आधा दूरी छोडेर आधार रेखा खिचिन्छ र त्यसमा ३,४,५ को सूत्र प्रयोग गरी ९० डिग्रीको कोण बनाईआधार रेखा तानिन्छ । यो तरिका प्रायः ठूला गह्रावा समथर मिलेको जग्गामा गरिन्छ ।

ख. आयताकार तरिका

एक बोटदेखि अर्को बोटको दूरीसमानान्तर एकअर्को लाइनदेखि लाइनको दूरी फरक राखी वर्गाकारजस्तै गरी रेखाङ्कन गर्ने तरिकालाई आयताकार तरिका भनिन्छ ।

ग. त्रिभजाकार तरिका

यो तरिकामा पनि पहिलो बाटो वा बारको करिब समानान्तरमा आधार रेखा खिचिन्छ । त्यसमा पनि पहिले बाटो वा बारको नजिक समानान्तरमा आधार रेखा खिचिन्छ । त्यसमा फलफूलको किसिम अनुसारको दुरी  कायम गरी चिन्ह लगाइन्छ । सँगैका दुई चिन्हबाट त्यही दूरी बराबरका दुई  डोरीको छेउ जहाँ मिल्छ त्यहाँ एकचिन्ह लगाइन्छ। एवं रीतले अरू चिन्ह लगाउने काम बढाउँ दै लगेपछि दोस्रो अधार रेखा तयार हन्छु । त्यही क्रमले अन्य अधार रेखाहरू बनाउँदै जादा सम्पूर्ण क्षेत्रको रेखाङ्कन हन्छु । षट्कोणाकार तरिकाबाट रेखाङ्कन गर्दा बर्गाकार तरिकामा भन्दा १५ प्रतिशत बिरुवा त्यतिनै जमिनमा बढी रोप्न सकिन्छ ।


घ० गह्रारकान्ला तरिका
प्राय पहाडी क्षेत्र जहाँ खेतबारीहरू सनारठूलागह्रागह्रा परेका
हन्छन ु ।ती जग ् ्गाहरूमा योविधि अपनाइन्छ । यसमा एक
लाइनदेखि अर्को लाइनको दूरी बराबर राखिन्छ तरएक
गह्रागह्राको दूरी साँघरो वा फरा ु किलो हनुे भएकोले लाइनभित्र
बिरुवादेखिबिरुवाको दूरी भने फरक पर्छ । यस तरिकाबाट
रेखाङ्कन गर्दा सबभन्दा पछार ु सिरानमा डोरी टाँगी आधार रेखा
तानेर ठीक्कको दूरीमा कीला गाडी चिन्ह लगाई रेखाङ्कन
गरिन्छ ।

थप समाचार