बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

सिस्नु नेपालको ५०० मिटरदेखि २,००० मिटर सम्मको पहाडी भागमा प्राकृतिक वनस्पतिको रूपमा,
बाटो, सडकको छेउछाउमा, गोरेटो, बांझो पाखा, पखेरामा, डील, कान्ला, सिंचाइ कुलेसो दायाँबायाँ पानी  पँधेरोको नजिक एवम् खोल्सामा पाइन्छ । तर, यसको खेती हाम्रो देशको चुरे क्षेत्रमा साग, जडीबुटी एवम् तरकारी खेतीमा बाली संरक्षण सामग्री तयार पार्न, गिती मल तयार पार्न, र सुप खाने उद्देश्यको लागि उत्पादन गर्ने गरिन्छ ।

यो जङ्गली अवस्थामा रहेको पहाडको स्थानीय झार वा जडिवुटी भएपनि यसको आर्थिक, सामाजिक एवम् आयुर्वेदिक महत्व सबैले बुझन सकेका छैनन् । छायाँ पर्ने ठाउँको सिस्नुको साग वा सुप तयार गर्दा अलि अलि तितो स्वादको हुन्छ र घामलाग्ने ठाउँको सिस्नु स्वादिष्ट हुन्छ ।

उत्पति
यसको जैविक विविधता सबभन्दा मध्य पहाडी भू– भागमा धेरै पाइने हुनाले यसै ठाउँलाई उपत्पत्ति थलो मान्नुपर्दछ ।

वानस्पतिक विवरण : 
यो अर्टिकोसी  (urticaceae)  परिवारमा पर्ने एक बहुउपयोगी नरम डाँठ, पात, सानो बोट ९ज्भचद० हुने पातमा मसिना तिखा पोल्ने सेता रङ्गका काँडाहरू (प्रति पात ७५–१०० सम्मको संख्यामा) हुने आयुर्वेदिक वनस्पति हो । यसको वैज्ञानिक नाम अर्टिका डिओईका (Urtica Dioica)   हो । अंग्रेजीमा यसलाई Stinging nettle  भनिन्छ । हिन्दीमा विवच्छु बुटी भनिन्छ । यो दुई दलिया Diocotyledonous  हुने वनस्पति हो यसको बीउबाट खानयोग्य तेल निकाल्न सकिन्छ । यसको पातको काँडाहरूमा फर्मिक अम्ल पाईन्छ । यसलाई पारालाईसिषको रोगीलाई उपचार गर्ने काममा प्रयोग गरिन्छ । यसको पातमा हुने तीखा सेता काँडाहरूले पोल्दछ । एक वर्ष भित्रमा बीउबाट बीउ उत्पादन गर्न  सकिन्छ । यो  Annual  वनस्पति भए पनि धेरै वर्षसम्म बाँच्दछ ।

पौष्टिक महत्व : 
सिस्नो मानिस र जनवार दुवैलाई पौष्टिक छ । १०० ग्राम ताजा सिस्नोको सागमा निम्न अनुसारको पौष्टिक पदार्थहरू पाईन्छ ।
प्रोटिनः ६.९∞
ख्निजः ४.२∞
कार्बोहाइर्डोटः ५∞
क्यालोरीः ९८१ किलो क्यालोरी
भिटामिन एः १२८५७ आइ.यु.
फर्मिक अम्लः २∞

उपयोगिता : 
यो वनस्पती गरीब दःुखीहरूका लागि दैनिक भोजनमा प्रयोग गर्न सकिने पौष्टिक साग हो । सिस्नोलाई हात खुट्टा भांचिदा जोड्नको लागि, ज्वरो निको पार्नका लागि, घाउ, खटिरा निको पार्न, सुके लुतो, पकुवा लुतो निको पार्नका लागि प्रयोग गरिन्छ । यसले आँखाको ज्योती बढाउँछ र छाला पनि नरम बनाउँछ । सिस्नोले उच्च रक्तचापको रोगीलाई पनि फाईदा पु¥याउँछ ।

सुकेको सिस्नोलाई विभिन्न स्थानहरू जस्तैः भाटभटेनी सपरमार्केट, अर्गानिक भिलेज, कालिमाटी एवं घरेलु तथा साना उद्योगद्वारा सञ्चालित कोसेली घरमा समेत किनबेच गरीने चलन छ । बाथको रोगीलाई समेत सिस्नोबाट उपचार गर्न सकिन्छ । सिस्नो जंगली झारपात भए पनि मानव र जनवारको असल मित्र हो । सुंगुर, बंगुर पालनमा पनि सिस्नोको ठूलो देन छ । सिस्नोको प्रयोगले सुंगुर, बंगुर ५–६ महिनामै बेच्ने उमरेमा पुग्दछन् ।

तरकारी  खेतीमा बाली संरक्षणको लागि सिस्नोको प्रयोग : 
सिस्नो गाईवस्तुको गहँुत र पानीबाट तयार पारिएको झोल मल र गिति मलले कमिला, रातो कमिला, लाही, कत्ले कीरा, लाभ्रे, थ्रिप्स, मिलि बग, फेद कटुवा र अन्य चुसहा किराहरू विरुद्ध विकर्षसका 
रूपमा तयार पारी प्रयाग गरेर तरकारी बालीलाई आर्थिक नोक्सानी गर्ने शत्रु जिवहरूको व्यवस्थापन गर्न सकिन्छ ।

तयार पार्ने विधि : 
सिस्नु ५०० ग्राम, पानी १ लिटरको रस तयार पारी २५० एम एल गाई वस्तुको गहुँतमा मिसाई फिल्टर
गरेर स्प्रेयरबाट बालीमा स्प्रे गर्न ।

सिस्नुको प्राकृतिक शत्रु : 

तराईमा मुन्गा (Drum stick) मा लाग्ने लाभ्रे कीरा सिस्नुमा फागुण चैत्रमा लाग्ने गर्दछ । सिस्नुको बोट लाभ्रेले खाएर त्यति बेला पात विहिन सिन्का बन्दछ । पुनः बैशाख, जेठ महिनाबाट सिस्नुको बोटमा नयाँ पालुवा पलाएर हरियालीमा परिवर्तन हुन्छ । यो हरियाली पौष, माघ महिना सम्म रहन्छ । तर जाडोमा गर्मी महिनाहरूमा जस्तो साग खान लायकको बोटहरू  ।

Source : श्रीलाल बराल - कृषि सूचना तथा संचार केन्द्र

सम्बन्धित विषय

थप समाचार