बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कुरीलो खेती प्रविधि

सोमबार, साउन ७ २०८१
388 views
कुरीलो खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको उत्पत्ति मध्य एशिया, रुस तथा उत्तरी युरोपमा भएको मानिएको छ । कुरिलो खेती समुद्र सतहदेखि १८०० मिटरसम्मको उचाइमा सफलतापूर्वक गर्न सकिन्छ । टुसा (Spear) लाई तरकारीको रुपमा प्रयोग गरिने कुरिलोको विभिन्न प्रकारका परिकारहरु बनाई उपभोग गरिने गरेको छ । कुरिलो विभिन्न पौष्टिक तत्वहरुमा धनी तथा सुपाच्य तरकारी भएको कारणले यसको प्रयोग विभिन्न प्रकारका रोगहरुवाट ग्रसित विरामी तथा शारिरिक रुपमा कमजोर व्यक्तिहरुको लागि समेत फाईदाजनक हुने मानिन्छ ।

चिल्लोपदार्थ नथा सोडियम तत्व रहित हुने कुरीलोको टुसामा प्रचुर मात्रामा पाईने भिटामिन ए. सी लगायत रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने अन्य तत्वहरुको कारणले क्यान्सर, कलेजो तथा रगत सम्बन्धी बिरामीहरुलाई समेत यसको उपभोग हितकर मानिन्छ । विगत केही वर्षदेखि नेपालमा कुरिलोको व्यवसायिक उत्पादन भईरहेको छ । नेपालमा कुरीलो खेती गरिने मुख्य जिल्लाहरु काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिंग, मोरङ्ग र सुनसरी आदि रहेका छन् ।

शहरी क्षेत्रहरुमा उच्च माग रहेको कुरीलो, बजारमा प्रति के.जी. औषत ३०० देखि ४०० रुपैया सम्म विक्री हुने गरेको पाइन्छ भने काठमाण्डौ उपत्यकाका सुपर मार्केट तथा अन्य बोक तथा खुद्रा विक्रेताहरु मार्फत दैनिक २००० कि.ग्रा. देखि ३००० क.ग्रा. सम्म कुरिलोको माग तथा बिक्रि वितरण हुने गरेको छ ।

वानस्पतिक विवरण :

कुरिलो लिलिएसी (Liliaceae) परिवार अन्तर्गत पर्ने बहुवर्षीय तरकारी  हो । यसको वैज्ञानिक नाम Asparagus officinales हो । यसको भाले र पोची बोट अलग अलग हुने गर्दछ । काउन (नरम र चिल्लो जरा) को विकास जमिन मुनि हुने गर्दछ । सोहि काउनबाट टुसा (Spear) निस्कन्छ जसलाइ तरकारीको रुपमा खाने गरिन्छ । कलिलो, मोटो तथा कम रेशादार टुसा चजारका लागि उपयुक्त मानिन्छ । टुसा बढ्दै गई केहि दिनमा डांटको रुपमा विकास हुन्छ । यसरी टुसा ४-५ फिट सम्म अग्लो बन्दछ । उपयुक्त समयमा टुसा नटिपेमा उक्त टुसाको विकास नई इयाँग (Fern) बन्दछ। कुरिलोको फुलको घन्टी आकारको सेतो गमको हुन्छ भने फल तथा बीउ पोची बोटमा मात्र लाग्ने गर्दछन् । फलको वृद्धि विकासको लागि विरुवालाई अत्याधिक खाद्यतत्व आवश्यकता पर्ने हुँदा व्यवसायिक रुपमा टुसा उत्पादनको लागि बोटमा फल लाग्न दिन हुदैन ।

हावापानी : 

उष्ण तथा समशितोष्ण हावापानी भएका स्थानहरुमा कुरिलो खेती सफलतापूर्वक गर्न सकिन्छ । यस वालीको लागि औषत तापक्रम १५-१८ डि.से. राम्रो मानिन्छ । यस वालीले ज्यादा पारो खप्न सक्दैन । बिरुवा तवा टुसाहरुको वृद्धि विकासका लागि ३-४ महिनासम्म बोट शुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सामान्यतया जाडो मौसममा कुरिलोको बोट शुषुप्त अवस्थामा रहन्छ । जाडो महिनापछि पनि तुषारो अथवा चिसो रहिरहने स्थान कुरीलो खेतीको लागि उपयुक्त मानिदैन ।

माटो :

कुरिलो बहुवर्षे वाली भएको हुँदा यसको जरा गहिरोसम्म फैलनको लागि प्रशस्त मात्रामा प्रांगारिक पदार्थ भएको मलिलो, गहिरो, र सकुलो माटो उपयुक्त हुन्छ । माटोको pH मान ६ देखि ७५ सम्म भएको खण्डमा यसको वृद्धि विकास राम्रो हुन्छ ।

जग्गाको छनौट  :

कुरिलो खेतीका लागि पानी नजम्ने, सिंचाइ र निकासको राम्रो व्यवस्था भएको बलौटे दोमट किसिमको माटो भएको जमिन राम्रो मानिन्छ । त्यसैगरी पारिलो घाम लाग्ने स्थान मात्र कुरिलो खेतीका नागि छान्नु पर्दछ । साधारणतया आलुखेती गर्न सकिने जग्गामा बसको खेती गर्न सकिन्छ । बहुवर्षिय झारको प्रकोप बढि भएको तथा सिचाइ निकासको सुविधा नभएको ठाउँ छनौट गर्नु हुँदैन ।

जमिनको तयारी : 

करिलो रोप्नु सार्नु भन्दा अघि राम्रोसंग गोरा प्रगारिक मल राखेर कम्तिमा ३-४ पटक गहिरो खनजोत गरी जमिन  तयार गर्नुका साथै राम्रोसंग झारपात केलाउनु पर्दछ । मलको मात्रा यकिन गर्न माटो परिक्षण गर्न सके राम्रो हुन्छ । तथापि यसका लागि साधारणतया जमिन तयारी गर्ने बेलामा १५०० केजि राम्बरी कुहिएको गोबर मल प्रति रोपनी माटोमा मिलाइ जमिनको तयारी गर्नुपर्छ ।

प्रांगारिक मलको साथसाथै प्रति रोपनीमा डि.ए.पि. ३ के जी., युरिया ५ के.जी., पोटास ३ के.जी. वायोजाम १ के. जी., एयोमिन १ के. जी. विभिन्न बरणमा गरी राखु पर्दछ । कुरिलोको बेर्ना खाडल बनाई रोप्नु पर्दछ । विरुवा रोप्ने समयमा १.५ वर्ग फिटको परिधि र गहिराइको खाडलको निर्माण गरी प्रत्येक खाडलमा पाकेको कम्पोष्ट मल/गोठेमल-२-३ के.जी. तथा कुखुराको सुली एवं बोनमिल ५०/५० ग्राम प्रति खाडल हालेर माटोसँग मिसाई कुरिलोको विरुवा रोप्न सकिन्छ ।

नर्सरी व्यवस्थापन :

सामान्यतया कुरिलोको वेर्ना तयार गरि विरुवा लगाइने हुंदा नर्सरीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदि वेर्ना पोलीपटमा तयार गर्ने हो भने त्यसका लागि १ भाग माटो, १ भाग बालुवा, १ भाग गोवरमल राम्ररी मिलाइ पोलीपटलाइ उक्त मिश्रणले भरी बीउ रोप्न सकिन्छ । यदि जमिनमा नर्सरी राखे हो भने १ मि. चौडाइ, आवश्यकतानुसार लम्बाइ र १० देखि १५ से.मि. दबेको नर्सरी व्याड बनाउनु पर्छ । विरुवा उमार्नका लागि दुई पंक्तिविच १५ देखि २० से.मि. फरकमा लाइन कोरी र सोहि लाइनमा ५-६ से मी फरकमा र २ से मी गहिराइमा पर्ने गरी बीउ खसाल्नुपर्छ र माटोले पुरि छापो दि सिंचाइ गर्नुपर्छ । तुषारो नपर्ने तराइको जस्तो भू-भागमा माघ महिना भित्र नर्सरीको तयारी गर्नुपर्दछ भने मध्य पहाडमा फागुन देखि चैत्रको दोश्रो हप्तासम्ममा यसको बीउ राख सकिन्छ । रोपणको लागि बेर्ना तयार हुन १.५ देखि २ महिना लाग्छ ।

बेर्ना लगाउने समय/तरिका : 

विरुवाको उपलब्धता हेरी चैव देखि साउन महिना सम्म कुरिलो रोप्नु राम्रो मानिन्छ तर सिंचाइ तथा विरुवा उपलब्ध भएको खण्डमा भदौ- असोज महिना सम्म पनि कुरिलो रोप्न सकिन्छ । कुरीलो रोप्ने कार्यको लागि १ वर्गफिट खाडलमा कुरिलो रोप्ने लाइनको दुरि ७५ देखि १० से.मि. र बोटको दुरि ५० देखि ६० से.मि. कायम गर्नुपर्दछ । यदि डपांगमा लगाउने हो भने २ लाइनको बीचमा २०-३० से.मी. कुलेसो पर्ने गरी १५ से.मी. जति डपांग उठाइ लगाउनु पर्दछ ।

जातहरु : 

नेपालमा प्रचलित कुरिलोका विभिन्न जातहरुमध्ये मेरि वासिङ्गटन नै प्रसिद्ध रहेको छ । मिठो स्वाद, ठुलो टुसा, टुसा पलाउने अन्तराल थोरै जस्ता विशेषताहरुले गर्दा यो जात किसानहरुबाट रुचाईएको हो।

बीउदर :  कुरिलो खेतीको लागी सरदर १००० देखी १२०० बोट प्रतिरोपनी बेर्ना आवश्यक पर्दछ ।

सिंचाइ, गोडमेल तथा अन्य व्यवस्थापन : 

कुरीलो बाली बहुवर्षिय वाली हुनुको कारणले यस बालीको नियमित हेरचाह गर्नुपर्दछ । नियमित सिंचाइ, गोडमेल तथा झारपात नियन्त्रण एवं मलखाद व्यवस्थापनको प्रवन्धबाट मात्रै कुरिलो खेती फाईदाजनक बन्न सक्दछ । सिंचाइको आवश्यकता मुख्यरुपमा माटोको बनोट, किसिम, मौसम र बालीको अवस्थामा भर पर्दछ । चिम्टाइलो माटोमा कम पानी चाहिन्छ भने हलुका माटोमा पटक पटक सिंचाइ दिनुपर्दछ ।

विरुवा रोपेलगत्तै पहिलो सिचाई गर्नुका साथै कुरिलोको फागुन महिना देखि पलाउन शुरु गर्ने हुँदा वर्षात शुरु नहुदासम्म माटोको अवस्था हेरि बेला बेलामा सिंचाइ गर्नु जरुरी हुन्छ । सेबालीमा झारपातले दुख दिने हुँदा नियमित रुपमा गोडमेल गरी इझ व्यवस्थापन गर्न अत्यावश्यक हुन्छ । झारपात हटाउदा ३ देखि ४ इन्चभन्दा बढि गहिरो गरी खनिदिँदा जरालाइ गम्भिर नोक्सानी पुग्ने हुँदा हल्का खनजोत गरि झारपात हटाउने कार्य गर्नुपर्छ । झारपात आउन नदिनका लागि कुरिलोलाइ मल्चिंग गरेर पनि रोप्न सकिन्छ ।

मंसिर महिना पछि बोट सुसुप्त अवस्थामा जाने हुँदा ओइलाएका fern १० से.मि. माथिवाट काटि दिनुपर्दछ । रोपेको १/२ वर्ष पछि यसको व्यवसायिक उत्पादन शुरु हुनेहुँदा पहिलो वर्ष टुसा नटिपि बोट गाँजिन दिनुपर्दछ । कुरिलोको राम्रो व्यवस्थापन भएमा एक पटक रोपेको बेर्नाले १५ देखि २० वर्ष उत्पादन दिन सक्दछ ।

रोग तथा कीरा व्यवस्थापन : 

१. सिन्दुरे रोग :  यो रोग लागेपछि विरुवाका विभिन्न भागहरुमा परे रातो र सुनौला रङ्गको थोप्लाहरु देखिई पछाडि कालो थोप्लाहर देखिन्छन् । यस रोगको व्यवस्थापनको लागि निरोगी वेर्ना रोप्ने गहुँतको प्रयोग गर्ने, सल्फेक्स २.५ ग्राम/लि वा वेभिष्टिन २ ग्राम लि वा साफ २ ग्राम/लि पानीमा मिसाइ ७ दिनको फरकमा स्प्रे गर्ने कार्यहरु गर्नुपर्दछ ।

२. फ्युजारियम : यो ढुसी प्रजातीबाट लाग्ने माटोबाट सर्ने रोग हो । यसका लक्षणहरुमा विरुवा सुरुमा खैरो वा रंग उडेको जस्तो भइ केहि समयपछी ओइलाउछ । यस प्रकारको रोगबाट संक्रमित क्षेत्रमा कुरिलो खेती गर्नुहुँदैन । यस रोगको व्यवस्थापनको लागि बेर्ना सारेको १ महिना पछि कपर अक्सिक्लोराइड वा पोलिराम वा बेभिस्टिन २ ग्राम/लि पानीको मिश्रण बनाइ बोटहरुमा छर्न सकिन्छ । किराहरुमा एफिड, खपटे झुसिलकिरा आदिले रस चुसेर तथा काटेर नोक्सान गर्ने गर्दछन् । रोगोइरन विषादि १-२ मि.लि/लि वा साइपरमेथ्रिन १.५ मि.लि./ लिटर पानीमा मिसाइ स्प्रे गर्नु पर्छ । टुसा आएको वखतमा भने जैविक विषादीको मात्र प्रयोग गर्नपर्दछ ।

बाली लिने तरिका तथा उत्पादन :

कुरिलोको १० देखि १५ इन्चका टुसा भाँचेर वा तानेर माटो मुनिको सेतो भाग १ देखि १.५ इन्च सहित टिप्नुपर्दछ । कलिलो सेतो र मोटा टुसा वजारका लागि राम्रो हुन्छ । उत्पादन चैत्र देखि असोजसम्म लिन सकिन्छ । सामान्य खुल्ला सेचित जातको कुरिलोबाट ३०० देखि ५०० तथा वर्णशंकर जातबाट ७००- ८०० के.जी प्रति रोपनी उत्पादन लिन सकिन्छ ।

Source : तरकारी बाली विकास केन्द्र खुमलटार, ललितपुर

सम्बन्धित विषय

थप समाचार