बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

प्लाष्टिक घरमा गोलभेंडा खेती र वातावरण प्रदुषण  न्यूनिकरण

मंगलबार, साउन ८ २०८१
9 views
प्लाष्टिक घरमा गोलभेंडा खेती र वातावरण प्रदुषण  न्यूनिकरण

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

गोलभेंडा संसारकै आलु पछिको प्रमुख तरकारी बाली हो । यसको फलमा भिटामिन ए, वि, सि, ई, क्याल्सियम तथा फस्फरस पाइन्छन् । यसलाई गरिबको सुन्तला पनि भनिन्छ । न्यानो हावापानी र घाम लाग्ने मौसम यस खेतीको लागि आवश्यक पर्दछ । बोट बुद्धिको लागि २०-३०० र फल बिकासको लागि २८-३०° से. तापक्रम उपयुक्त हुन्छ । तर ३५° से. भन्दा बढी तापक्रममा फल कम लाग्दछ । नेपालको तराई तथा भित्रीमधेसमा हिउँदे बालीको रूपमा लगाइन्छ भने खोंच बेशीमा वसन्तबाली र मध्यपहाडदेखि उच्च पहाडमा वर्षे बालीको रूपमा लगाइन्छ । नेपालमा गोलभेंडाले ढाँकेको क्षेत्रफल १६४१६ हेक्टर र उत्पादकत्व १७ टन प्रति हे. छ ।


नेपालको मध्यपहाडी क्षेत्रमा वर्षातको झरीबाट बालीलाई जोगाउन सक्यौ भने पुष र माघ दुई महिना बाहेक बषैभरि यसको सफलतापूर्वक खेती गर्न सकिन्छ । त्यसैले प्लाष्टिक घर प्रविधिको विकास पछि प्लाष्टिक घरभित्र बर्षेभरि गोलभेंडा खेती गर्ने र सालबसाली गोलभेंडा मात्रै खेती गर्ने प्रचलन बढ्दो छ । शुरूका वर्षहरूमा रोगकीरा कम लाग्ने र राम्रो उत्पादन हुने हुनाले कृषकहरूका लागि यो एक आम्दानीको श्रोत नै बनेको छ । झन बढी उत्पादन दिने अग्लो (Indeterminate) र वषैभरि फल दिने श्रजना जातको विकास पछि त कृषकको माझमा प्लाष्टिक घरभित्र गोलभेंडा मात्रै खेती गर्ने प्रवृति द्रुत गतिमा बढेको छ । प्लाष्टिक घर बनाई भर्खरै गोलभेंडा खेती गर्ने कृषकहरू रमाएका छन् भने सालबसाली एउटै प्लाष्टिक घरभित्र गोलभेंडा खेती गर्ने कृक्षकहरू भने रोगकीराको बढी आक्रमणले गर्दा तिनको नियन्त्रण गर्न अत्याधिक विषादीको प्रयोग गर्न बाध्य छन् । साथै कृषकहरू उत्पादन लागत बढ्ने र उत्पादन कम हुँदै जाँदा अपेक्षित आम्दानी लिन सकेका छैनन् । यसले एकातर्फ वाताबरणमा प्रदुषण गरेको छ भने अर्कोतर्फ उपभोक्ताहरू विषादियुक्त गोलभेंडा खान वाध्य छन् ।


समस्या : 

१. रोग तथा कीराहरू

केही महत्वपुर्ण रोग तथा कीराहरू तल उल्लेखित छन् ।

१.१ रोगहरू : 

क). डढुवा रोग : पातमा खैरा तथा काला दागहरू बढ्दै गई पुरै बोट डढेको जस्तो हुने र उपयुक्त मौसममा केही दिनमै पुरै बाली नष्ट गर्ने । यसको नियन्त्रणको लागि मेनकोजेब,
मेटालाक्सील वा कपर अक्सिक्लोराइड जस्ता विषादीहरू प्रयोग गर्नु पर्ने हुन्छ ।

ख) पातको थोप्ले रोग: पातमा सानासाना थोप्लाहरू देखा पर्ने, बढ्दै गई पातहरूलाई पुरै ढाकेर पात झर्ने । यम दुर्मा रोगको नियन्त्रणको लागि माथि डढुवा रोग नियन्त्रणलाई जस्तै बिषादीको प्रयोग गर्नु पर्ने हुन्छ ।

ग) ओइलाउने रोग : व्याक्टेरियाबाट हुने यो रोग लागेपछि बोट एकैचोटी सर्लक ओइलाउँछ । यस रोग लागेको डाँठ काटेर पानीमा राख्दा सेतो पिप जस्तो देखा पर्दछ । अघिल्लो बालीको मरेको बोट तथा माटोमा जीवाणुहरू बाच्न सक्ने र नयांबालीमा आक्रमण गर्न सक्ने हुनाले यस रोगले बाली नष्ट पार्न सक्दछ ।

घ) पाउडरी मिल्ड्यु : केही वर्षदेखि प्लाष्टिक घरभित्रको गोलभेंडामा सेतो धुलो जस्तो देखिई पात सुकाउने ढुसीबाट हुने यो रोग देखिन थालेको छ । यस रोगको नियन्त्रणको लागि क्याराथेन तथा सल्फर जस्ता विषादीको प्रयोग गरिन्छ ।


कीराहरू : 

क) गवारी :

वयस्क पुतलीले पारेको फूलबाट २-४ दिनमा लाभां निस्की फललाई प्वालपारी नोक्सानी पुऱ्याउँछ । यो कीरा अघिल्लो बालीबाट पनि मर्न सक्दछ । यसका नियन्त्रणकी लागि दैनिक विषादीको प्रयोग गर्नु पर्ने हुन्छ ।

ख) सेतो झिगा :

मुख्खा मौसम तथा बढी तापक्रममा रम चुसेर नोक्सानी पुर्याउने यस कीराको प्रकोप निरन्तर गोलभेंडा लगाउँदा प्रानो बालीबाट नयांवालीमा सरेर बपिच्छे बहदै गइरहेको छ । नियन्त्रणको लागि रोगर, इमिडाक्लोपिड 7 एसेटामाइपिड जस्ता कडा विषादी अत्याधिक प्रयोग हुने गरेका छन् ।

१.३ नेमाटोड (जुका) : 

यस जुकाको आक्रमणले गोलभेंडाको जरामा गाँठाहरू देखापरि बोट नबढ्ने, ख्यांउटे देखिने र उत्पादनमा कमी आउने हुन्छ । उक्त सक्रमित माटोमा पुनः गोलभेंडा लगाउँदा नेमाटोडको प्रकोप अझ वढ्न गई विषादीको प्रयोग बढी मात्रामा गर्नु पर्ने हुन्छ । फोटो ६ गोलभेंडाको जरामा नेमाटोडको आक्रमण प्रायशः सबैजसो रोग तथा कीराहरू पुरानी बालीबाट नयां वालीमा सर्न सक्ने हुनाले यसको नियन्त्रणको लागि किसानहरू वढी विषादीको प्रयोग गर्न वाध्य छन ।
*

१.4 ) शुक्ष्म खाद्यतत्वको कमी:

मालवसाली एउटै वाली मात्र लगाउँदा कुनै कुनै शुक्ष्म बायतत्वको कमी भई गोलभेंडाको उत्पादन र गुणस्तरमा हास स्याउंदछ । त्यसैले उक्त शुक्ष्म खाद्यतत्वको बढी प्रयोग गर्न पर्ने हुन्छ। 

२. जलावायु तथा वातावरणमा पर्ने असर : 

सालबसाली गोलभेंडा मात्र खेती गर्दा रोगकीराको प्रकोप बढ़ी भएर अत्याधिक विषादीको प्रयोग गर्नु पर्ने हुन्छ । जसको फलस्वरूप विषादी उडेर हावा प्रदुषण हुन्छ भने चुहिएर जमिन मुनिको पानीको श्रोत दुषित हुन पुग्छ । त्यस्तै गरि पर्खनु पर्ने अवधि भन्दा अघि फल उपभोग गर्दा विषालु हुन गई मानब स्वास्थमा नराम्रो असर पुर्याउँदछ ।

समाधान

जलवायु प्रक्षण न्युनिकरण गर्ने बालीचक्र प्रणाली अपनाउने :

विभिन्न परिवार तथा समुहका तरकारी बालीहरू एकै स्थानमा एकपछि अर्को लगाउने प्रथा नै वालीचक्र हो । यतिमात्र गरेर पनि प्लाष्टिक घरमा बिना विषादीले रोगकीराको आक्रमण तथा प्रकोप केही हदसम्म कम गर्न सकिन्छ र अतिकम विषादीको प्रयोगले पनि रोगकीरा नियन्त्रण गर्न सकिन्छ । जसको फलस्वरूप जलवायु तथा वातावरणमा पर्ने असर कम हुन्छ र तरकारी उत्पादनमा लाग्ने लागत खर्च कम हुन्छ ।

बालीचक्र प्रणाली अपनाउँदा जरा जमिन भित्र लामो जाने र छोटो तथा फिजिने खालका एकपछि अर्को बाली लगाउँदा जमिनमा भएका खाद्यपदार्थको उचित प्रयोग हुन्छ । कोशे तरकारी बाली समाबेस गर्दा जग्गामा नाइट्रोजन मलको आपुर्ति पनि हुन्छ । विभिन्न परिबारका तरकारी बाली लगाउँदा बाली अनुसार रोगकीरा फरक फरक पर्ने हुनाले पहिलो बालीबाट अर्को बालीमा सर्ने क्रम कम हुन्छ ।

Source : नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् संचार, प्रकाशन तथा अभिलेख महाशाखा (BRCH/PPCR/AMIS Project)

सम्बन्धित विषय

थप समाचार