बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

मुसुरो बाली उत्पादनको उन्नत प्रबिधि

मंगलबार, साउन ८ २०८१
11 views
मुसुरो बाली उत्पादनको उन्नत प्रबिधि

समाचार शेयर गर्नुहोस्

Share this news

 परिचय : 

नेपालमा खेती गरिने दालबालीहरु मध्ये मुसुरो एक प्रमुख हिउदे दाल बाली हो । यसको खेती २०५९३९ हेक्टर क्षेत्रफलमा र २५३०४१ मे.टन. उत्पादन र उत्पादकत्व १११३ के.जी./हेक्टर रहेको छ (MESD, २०१७) । साधारणतया नेपालको तराई तथा भित्रि मधेसमा धान भित्र घुसुवा बाली वा एक्लो वाली वा मिश्रित बाली (गहु, तोरी, आलस, केराउ र चना) तथा उखुसंग अन्तरबालीको रुपमा पनि मुसुरो खेती गरिन्छ ।

साथै बिगतका वर्षहरु देखि मध्य पहाडी क्षेत्रहरुमा पनि यसको खेती गरिन्छ । यस बालीमा हावामा भएको नाइट्रोजनलाई जमिनमा स्थिरिकरण गर्न सक्ने गुण भएकोले माटोको उर्वरा शक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले महत्वपूर्ण भूमिका रहेको छ ।

हालको बर्षहरुमा नेपाली मुसुरोको अन्तरराष्ट्रिय बजारमा व्यापक माग रहेको छ र विदेशी मुद्रा आय आर्जनको राम्रो श्रोत बनेको छ । अन्तरराष्ट्रिय बजारमा करिव रु. १२९ अर्ब मूल्य बराबरको ७६११८ टन मुसुरो निर्यात गरिएको छ (ट्रेड एण्ड एक्सपोर्ट प्रोमोशन सेन्टर, २०७२/७३।। नेपाली मुसुरो बगलादेश, सिगापुर, श्रीलका, जर्मनी, कोरिया, यु के र इन्डोनेसियामा बढी निर्यात गरिन्छ ।

महत्व : 

मुसुरोको दालमा २५-३०% प्रोटिन, ६०% कार्बोहाइड्रेट तथा विभिन्न खनिज पदार्थ (फलाम, जिक, सेलेनियम) को श्रोत भएकोले, सस्तो र सुलभ तरिकाबाट पौष्टिक  तत्व पनि प्राप्त हुने भएकोले यसले बिशिस्ट स्थान राख्न सक्दछ । मुसुरोको दाल सुप अथवा मास र रहरको दालसंग मिसाई उपयोग गर्न सकिन्छ र अरु दाल भन्दा छिटै पाक्ने हुनाले इन्धनको पनि बचत हुन्छ । बोटबाट दाना झारेर बाँकि रहेको बोट गाईवस्तुको लागि प्रयोग गर्न सकिन्छ ।

माटो र हावापानी : 

बलौटे दुमट देखि चिम्टयाइलो माटो तथा पाङ्गो माटोमा समेत मुसुरो खेती गर्न सकिन्छ । यसको खेती गर्नका लागि १८-३०० सेल्सियस तापक्रम हुनु पर्दछ । जमिनको तयारी जग्गा छनौट गर्दा मलिलोपन, सम्म र पानी नजम्ने निकास भएको छनौट गर्नु पर्दछ । करिब २/३ पटक खनजोत गरी डल्ला फुटाई पानी नजम्ने गरी सम्याउनु पर्दछ । लगाउने समय पहाडमा असोजको अन्तिम हप्ता देखि कार्तिकको दोश्रो हप्ता सम्म र तराई तथा भित्रि मधेसमा कार्तिक पहिलो हप्ता देखि मंसिरको दोश्रो हप्ता सम्म उपयुक्त समय हो । मलखाद खनजोत गरि लगाउदा २०:४०:२० के जी नाईट्रोजन, फस्फोरस, म्युरेट अफ पोटास प्रति हेक्टरका दरले १ रोपनीको लागि ५०० ग्राम युरिया, ४४ के जी डीएपी र १७ के जी. म्युरेट अफ पोटास जमिन तयारी पछि छर्नु पर्दछ ।


बीउ उपचार : 

ढुसी जन्य रोग नियन्त्रणको लागि ढुसीनासक बिषादी वेभिस्टीन २ ग्राम प्रति के. जी. बिउमा मिसाई उपचार गर्नुपर्छ । मुसुरो बाली पहिलो पटक लगाउदा बीउलाई जैविक मल (राईजोबियम) द्वारा उपचार गर्नु पर्दछ जसले गर्दा जरामा पर्याप्त मात्रामा गिर्खा लाग्नुको साथै हावामा भएको नाईट्रोजन

बीउ दर : 

एक्लो बाली लगाउदा ४० के जी धान भित्र घुसुवा बालीको लागि ५० के जी हेक्टर ।

लगाउने तरिका : 

लाइनमा मुसुरो रोपेको खण्डमा एक लाईन देखि अर्को लाइनको दुरी २५ से.मि. र गहिराई ३-४ से.मि. हुनु पर्दछ ।

झारपात नियन्त्रण : 

मुसुरो बारीमा मुख्य बेथे (Chenopodium album), कुटिली कोशा (Vicia sativa), कृष्णनिल (Anagalis arvensis), चम्सुरे (Cypsilla bursa pastories), रक्ते (Phalaris minor), आदि हुन । झार नाशक विषादी पेनडीमेथालिन २-३ लि प्रति हेक्टर प्रति ४००-५०० लि. पानीमा मिसाई मुसुरो रोपेको २-३ भित्र अथवा बिउ उम्रन अघि छर्दा झारको राम्रो पण गर्दछ । झारपातहरुको प्रकोप हेरी एक पटक गर्नु पर्दछ ।

सिचाई : 

 साधारणतया मुसुरो खेती असिंचित जमिनमा गरिन्छ । यदि हिउंद महिनामा बर्षा नभएको खण्डमा १-२ पटक आशिक सिचाई गर्न आवश्यक छ । पहिलो सिचाई रोपेको ४५ दिनमा र दोश्री सिचाई यदि आवश्यक परेमा कोसा लाग्ने अवस्थामा दिन जरुरी छ ।

रोग नियन्त्रण : 

प्रमुख रोगहरु स्वोट ओइलाउने (Fusarium wilt), स्टेमफाईलम ब्लाइंट (Stemphylium blight), जरा कुहिने रोग (Root rot), सिन्द्रे रोग (Rust) हुन । रोकथाम को लागि आवश्यकता अनुसार विषादी छनौट गरी प्रयोग गर्नु पर्दछ ।

बीउ कटाइ, चुटाइ सरसफाइ र भण्डारण : 

बाली राम्रोसग पाकेको अवस्थामा कटानी गरी त्यसपछि चुटानी कार्य गर्नु पर्दछ । मुसुरो ३-४ घाममा सुकाई सफा गरी चिस्यान कम भएपछि टिनको भकारीमा सेल्फस चक्की १ गोटा प्रति क्विन्टलका दरले राखी भण्डारण गर्नु पर्दछ ।

सन्दर्भ  सामग्री :

ट्रेड एण्ड एक्सपोर्ट प्रोमोशन सेन्टर (२०७२/७३) बाली विज्ञान महाशाखा, २०७२/७३, बार्षिक रिपोर्ट MESDI (2017) Statistical information on Nepalese Agriculture 2072/73 (2015/16) Monitoring. Evaluation and Statistics Division, Agri Statistics Section, Singhadurbar, Kathmandu, Nepal रवेन्द्र प्रसाद साह, नेत्रहरी घिमिरे, लक्ष्मण अर्याल, विष्णु प्रसाद न्यौपाने, २०७२ ७३. मुसुरोको असल खेती प्रबिधि नवल किशोर यादव, राजेन्द्र दराई (२०६२) मुसुरो बीउ डड्याउने प्रविधिः कृषकहरुको लागि बरदान Chhidda Singh (2001) Modern techniques of raising
[1:06 PM, 7/23/2024] Krishi Gyan: 

- रेशमा न्यौपाने बरिष्ठ बैज्ञानिक GAFSP नेपाल्न मरकार नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान महाशाखा खुमलटार, ललितपुर

सम्बन्धित विषय

थप समाचार