बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

प्याज तथा लसुन खेती

बुधबार, साउन ९ २०८१
8 views
प्याज तथा लसुन खेती

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

प्याज खेती संसारभर खेती गरिने एक पुरानो हिउँदे तरकारी बाली हो । प्याज नेपालीहरूको भान्सामा प्रयोग हुने सबैभन्दा लोकप्रिय मसलाजन्य तरकारीबाली मध्ये सबै भन्दा लोकप्रिय मानिन्छ । यस बालीको खेती उच्च पहाडी क्षेत्रमा चैत महिनामा तथा अन्य क्षेत्रमा हिउदका महिनाहरूमा गरिन्छ । प्याजमा शरीरलाई आवश्यक पर्ने भिटामिन तथा खनिजतत्वहरू पाइने भएकाले स्वास्थ्यका दृष्टिकोण (श्वास प्रश्वास, पाचन तथा रुघाखोकी आदिमा) ले पनि यसको ठूलो महत्व रहेको छ । यसलाई तरकारी, सलाद, मसला जस्ता विभिन्न रूपमा प्रयोग गर्ने गरिन्छ ।

हावापानी र माटो :

प्याजको बीउ उम्रनका लागि चिसो मौसम तथा ३ देखि ५ डि.से. तापक्रम आवश्यक पर्दछ । १८ देखि २२ डि.से. तापक्रममा प्याजको गाना राम्रोसँग लाग्दछ । प्याजको बोटको वृद्धि, गानो लाग्ने र डुकु पलाउने प्रकृयामा तापक्रम र प्रकाश अवधिको ठूलो भूमिका रहेको हुन्छ । नेपालमा खेती गरिने प्याजका सबैजसो जातहरूमा बोटको वृद्धि र गानो लाग्नका लागि दिनको लम्बाइ अलि छोटो चाहिन्छ ।

गानो लाग्नु अगाडि बोटको बृद्धि हुन कम तापक्रम (१२ देखि २० डि.से.) र छोटो प्रकाश अवधि (१० देखि १२ घण्टा) आवश्यक पर्दछ । बोटको वृद्धि भै गानो बन्ने प्रकृया शुरू हुन र गानो वृद्धि हुन केहि उच्च तापक्रम (१६ देखि २४ डि.से.) र केहि बढी प्रकाश अवधि आवश्यक पर्दछ । १० ग्राम भन्दा ठूलो गानो लागिसकेको अवस्थामा विरुवाले १० डि.से. भन्दा कम तापक्रम पाएमा डुकु आउनका लागि चाहिने चिसो अवस्था (vernalization) पूर्ण भइ डुकू आउने प्रकृया शुरू हुन्छ ।

त्यसैले गानो लाग्न शुरू भएपछि तापक्रम घट्‌यो भने डुकु पलाउँछ । प्याज खेती प्रायः सबै किसिमको माटोमा गर्न सकिने भएतापनि माटो भित्र फल्ने बाली भएकाले यसका लागि प्रशस्त प्राङ्गारिक पदार्थ भएको पानीको राम्रो निकास भएको बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोको अम्लियपना ५८ देखि ६५ PH मान भएमा प्याज खेतीका लागि सबैभन्दा उपयुक्त हुन्छ। PH कम भएको माटोमा विभिन्न किसिमका शुक्ष्म खाद्यतत्वको कमी हुन्छ ।

जातहरुः

नेपालमा प्रचलित जातहरूमा रेड क्रियोल, नासिक ५३. एगि फाउन्ड डाकरेड तथा नुवाकोटे स्थानीय रहेका छन् । यी जातहरू कुनै राता, कुनै सेता त कुनै पहेलो रंगका छन् ।

रेड क्रियोलः

यसको गानो गाढा रातो रङ्गको हुन्छ । गोलाकार चेप्टो आकारको र पीरो बढी हुन्छ । पात गाढा हरियो रङ्गको साधारणतया १६० दिनमा तयार हुने यो जातको उत्पादन प्रतिरोपनी १०००-१२०० केजि सम्म हुन्छ । यसमा प्रतिगानाको तौल ८०-१२० ग्राम हुन्छ । यसको भण्डारण क्षमता राम्रो रहेको छ ।

नासिक-५३ : 

बसको गानो हल्का रातो रङ्गको, ठूलो र गोलो हुन्छ । यो १६०-१ केजि हुन् दिनमा तयार हुन्छ । उत्पादन प्रतिरोपनी १०००-१२००

नुवाकोटे स्थानिय  : 

यसको गानो सानो चेप्टो आकारको चकलेट रडुको पीरो स्वाद को हुन्छ । यसको भण्डारण क्षमता राम्रो रहेको छ । उत्पादन प्रानी १००० किलो हुन्छ ।

लगाउने समय

 नेपालमा प्याज २ सिजनमा उत्पादन गर्न सकिन्छ । कार्तिक मंसिरमा बीउ जमाएर वैशाख देखि असारसम्म उत्पादन हुने प्याजलाइ मौसमी प्याज भनिन्छ । गुच्चा आकारका स-साना गाना (सेट) उत्पादन गरि वर्षा सिजनमा सेट सारेर कार्तिक देखि पुष सम्म उत्पादन लिइने प्याजलाई बेमौसमी वा हिउँदे प्याज भनिन्छ ।

नर्सरी व्यवस्थापन तथा वेनां तयारी:-

प्याजको बेर्ना उत्पादन बीउबाट गरिन्छ । नर्सरी व्याड १ मी. चौडाइ र आवश्यकतानुसार लम्बाइको हुनुपर्दछ । नर्सरी व्याडको सतह एकदम मिलेको हुनुपर्दछ । नर्सरीमा एक लाईन देखि अर्को लाईन १० से.मिको फरकमा बनाई १ सेमि गहिराईमा बीउ खसाल्नु पर्दछ, र माटोले हल्का रूपमा छोपी खर/पराल / जुटको बोरा आदिको छापो दिनु पर्दछ । प्याजको बीउमा सूर्यको प्रकाश परेमा बीउ नउम्रने हुन्छ । नर्सरीमा प्याज जस्तै देखिने झार तथा बुसीले बेलाबेला दुख दिने गर्दछन् त्यसका लागि बेलैमा रेखदेख गरी झारपात व्यवस्थापन गर्नुपर्दछ ।

बीउदर-

१ रोपनी जग्गामा प्याज खेती गर्न ४०० देखि ५०० ग्राम बीउ वा ३३३५० बेर्ना आवश्यकता पर्दछ ।

जमिन तयारी, मलखाद र रोपणः

प्याज खेती गर्ने जमिनलाइ ३-४ पल्ट राम्रोसंग जोती माटो बुर्कुराउदो पार्नुपर्दछ । माटोमा कति मल दिने भन्ने कुरा माटोमा उपलब्ध खाद्यतत्व तथा अगाडि लगाइएको बाली आदिमा निर्भर गर्दछ । राम्रोसंग खनजोत गरी जमिन तयारी गरिसकेपछि उक्त जमिनमा १ देखि १५ टन प्रांगारिक मल तथा यूरिया ९ के.जि. (आधा जमिन तयारी गर्दा, १ चौथाई बेर्ना सारेको ३० दिन भित्र र बाँकि १ चौथाई बेर्ना सारेको ६० दिन भित्र), डि.ए.पि. र पोटास ६/६ के.जि. प्रति रोपनीका दरले माटोमा राम्रो सँग मिलाउँनु पर्दछ । बिरुवा रोप्दा बोट देखि बोटको दुरी १० से.मी तथा एक हार (लाईन) देखि अर्को हारको दुरी १५ से.मि. कायम गरी रोपी हल्का सिचाइ गर्नुपर्छ ।

सिंचाइ तथा गोडमेलः

प्याज उत्पादनमा लाग्ने खर्चमध्ये सबैभन्दा बढि खर्च सिचाइ र गोडमेल कार्यमा लाग्ने गर्दछ । प्याज सारिसकेपछिको सुरुको अवस्थामा प्याजलाई अधिक पानीको मात्रा आवश्यक पर्ने हुँदा सिचाईको राम्रो प्रबन्ध गर्नुपर्दछ तर जब गानो पूर्ण रूपमा बिकसित भैसक्छ त्यसपछि पानी बिस्तारै कम गरि खन्नुभन्दा १५ दिन अगाडिदेखि सिचाई गर्न बन्द गर्नुपर्दछ । प्याजमा सबैभन्दा बढी झारपातले दुखदिने हुदा झारपातको व्यवस्थापनमा विशेष ख्याल गर्नुपर्दछ। हाल प्लाष्टिक मल्व (छापो) को प्रचलन समेत रहेको र व्यवसायिक किसानले प्याज खेती गर्दा प्लाष्टिक मल्च प्रयोग गरे झार कम आउने मात्र नभै उत्पादन समेत बढि भएको परीक्षणबाट सिद्ध भएको छ ।

बाली संरक्षणः-

प्याज खेतीमा थ्रीप्स भन्ने कीराले मुख्य रूपमा दुःख न्छ । यसको पोथी कीराले पातको तल्लोपट्टिको तन्तुभित्र फुल पार्दछ यो फुलहरूबाट ३-४ दिनपछि मात्र बच्चाहरू निस्की बिरूवालाइ तर पुन्ऱ्याउँछन् । यिनीहरू ३-४ हप्तामा पूर्ण विकसित भई वयस्क बन्दछन् । माउ थीप्स र बच्चाहरू बिरुवाको पात कोतर्छन् र रस चुस्दछन् । किराले असर गरेको स्थानमा मसिना घब्बाहरू देखिन्छन् र पछि पात बटारिन्छ । यसको रोकथामको लागि मिलिलिटर प्रति लिटर पानीमा मिसाई छर्नुपर्छ । प्याज बालीमा डाउनी मिल्ड्यु, स्मटस, बैजनी धब्बा र भाइरस रोग लाग्दछ । डाउनी मिल्ड्युको आक्रमणले पात वा डॉठभरी फुस्रो धूलो देखापर्छ । यस्तो दुसि जन्य रोगका लागि तामायुक्त बिषादी जस्तै बोर्डक्स मिक्सर छर्कनुपर्छ । चिसो जलवायु क्षेत्रमा खास गरी बैजनी धब्बाले दुःख दिन्छ । पानी जम्ने प्लटमा कुहिने रोग लाग्न सक्छ । तसर्थ यस्ता खालका दुसि जन्य रोगहरूका लागि बेभिस्टिन, कपरअक्सी क्लोराइड वा क्लोरोधाल्यानिल १ देखि १५ मि.लि. प्रति लिटर पानीमा मिलाइ प्रयोग गर्नुपर्छ ।

उत्पादनः-

राम्रो उत्पादन भएको खण्डमा एक रोपनीबाट १००० देखि १५०० किलो ताजा प्याज उत्पादन लिन सकिन्छ ।

लसुन खेती प्रविधी

परिचय

लसुन गानो तरकारी समूहको एक महत्वपूर्ण तरकारी हो । यो तरकारीको साथसाथै मसलाको रूपमा पनि प्रयोग गरिन्छ । यसको गानोमा प्रोटिन, कार्बोहाइड्रेट, इथर तेल, भिटामिन ए र सी पाइन्छ । यसको खेतीमा स्थानीय जातहरू नै प्रचलनमा छन् ।

हावापानी र माटो : 

लसुन १८-२२ डि.से. को तापक्रममा राम्ररी हुर्कन्छ । शुन्यभन्दा तलको तापक्रममा यो पहेलिन थाल्दछ । लसुनको पहिलो आधा जीवन अवधिमा प्रशस्त पानीको आवश्यकता पर्छ । दोश्रो अर्ध अवधिमा पानी घटाउँदै लानुपर्छ । यसको खेतिका लागि प्रशस्त प्रांगारिका भएको खुकुलो माटो राम्रो हुन्छ । अम्लीयपना ५८ देखि ८५ PH भएको माटो यसको लागि राम्रो मानिन्छ ।

जातहरु-

मार्फा स्थानीय, गोदाम चौर स्थानीय, पाटन स्थानीय ।

लसुनको रोपण र मलखाद : 

लसुनको पोटी रोपिन्छ । यसका ठूलो र मझौला पोटी मात्र रोप्न लायक हुन्छ । एक रोपनीमा २०-३० किलो पोटी लाग्दछ । लसुन १५०१० से.मि. को फरकम रोपिन्छ । पोटी ३-५ से.मि. को गहिराइमा रोप्नुपर्छ । प्रांगारिक मल एक टन प्रतिरोपनीका दरले जग्गा तयारी गर्दा नै दिनुपर्छ । आवश्यकता अनुसार सिफारिश गरिएको (९०९/६ के.जि. यूरियाः डि.ए.पि.: पोटास प्रतिरोपनी) रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ ।

सिंचाई तथा गोडमेल : 

लसुन रोपेपछि यसको साथसाथै अन्य झारपात पनि बढ्न थाल्दछ । तिनलाई निर्मूल गर्नको लागि हल्का गोडमेल आवश्यक छ । लसुन खेतीमा सिंचाईको प्रबन्ध गरिनु अत्यन्त जरूरी छ । यसलाई खेती अवधिभर जलवायु र माटोको अवस्था हेरी ४-५ पटकसम्म सिंचाई गर्नुपर्छ ।

बाली संरक्षण-

लसुनको बाली संरक्षण प्याज अनुसार रहेको छ ।

बाली तयारी : 

लसुन दुई उद्देश्यबाट खेती गर्न सकिन्छ । प्रथमत हरियो तरकारीको लागि कलिलैमा हरियो पात छँदा टिप्न सकिन्छ । गानोको लागि खेती गर्दा पात पहेंलिन र डाँठ ढल्न आवश्यक छ । यसरी गानो उखेली घाममा जरा र डाँठ काटी सुकाउनु पर्दछ । खेती प्रविधि र जात हेरी लसुन प्रति रोपनी ५००-१००० किलोसम्म उत्पादन हुन्छ ।

Source : तरकारी बाली विकास केन्द्र खुमलटार, ललितपुर

सम्बन्धित विषय

थप समाचार