बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

बोडी खेती प्रविधि

शुक्रबार, माघ ५ २०८०
8 views
बोडी खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

नेपालमा परापूर्वकालदेखि नै बोडीको खेती हुँदै आएको छ । कात्तिकतिर फल्ने बोडी तल्लो पहाड र बेसीमा धेरै लगाइन्छ । हाल बोडीमा पनि असारमा फल्ने, चैत वैशाखमा फल्ने अनेकौ जातहरूको विकास भएको छ ।

बोडीको कोसाहरूलाई तरकारीको रूपमा प्रयोग गरिँदै आइएको छ भने यो सुकेपछि गेडालाई दालको रूपमा पनि प्रयोग गरिन्छ । बोडीमा प्रशस्त मात्रामा प्रोटिन हुने भएकाले मासु खानुभन्दा बोडीको तरकारी खानु राम्रो हुन्छ । त्यस्तैगरी भिटामिन ए र खनिज तत्त्वहरू पर्याप्त मात्रामा पाइन्छ ।

हिजोआज बोडीको तरकारी मात्र नभई यसको कोसाको अचारसमेत बनाउने गरिएको छ । प्रत्येक नेपालीलाई बोडीको बारे मा थाहा भएकाले पनि यसको महत्त्व अझ बढेको छ । अर्गानिक बोडीको महत्त्व बेग्लै छ । यसको स्वाद मीठो र मूल्य पनि बढी नै आउने हुनाले यसको बेग्लै महत्त्व छ ।

हावापानी

नन्अर्गानिक बोडी खेतीको लागि आवश्यक हावापानी नै अर्गानिक बोडी खतीको लागि पनि उपयुक्त हुन्छ । लगाउन सकिने जातहरूः बोडीको स्थानीय जातहरू थुप्रै छन् । त्यस्ता स्थानीय जातहरूबाट अर्गानिक तरिका अपनाएर बीउ उत्पादन गर्ने । बोडीका प्रचलित जातहरूमा खुमल तने, सर्लाही स्थानीय
जातहरू रहेका छन् ।

बीउको मात्रा : एक रोपनीमा बोडी खेतीको लागि दुई किलो बीउको आवश्यकता पर्दछ ।

नर्सरी व्यवस्थापन : बोडीमा सामान्यतयाः नर्सरी गर्न आवश्यक छैन । यसलाई सिधँै बारीमा रोप्न सकिन्छ । तर कतिपय अवस्थामा नर्सरी पनि गरिन्छ ।

विशेषता

बेमौसमी खेती गर्ने बेलामा भने नर्सरी राख्न आवश्यक पर्छ । त्यस्तो बेलामा नर्सरी गर्दा अर्गानिक काँक्रो खेतीको नर्सरी व्यवस्थापन जस्तै हो ।

मलखाद तथा माटो व्यवस्थापन

२० वर्षभन्दा बढी खेती नगरेको बाँझो जग्गा वा त्यतिकै वर्ष कुनै रासायनिक मल र विषादी प्रयोग नगरेको जग्गा आवश्यक हुन्छ अन्य अर्गानिक तरकारी खेती गर्दा कै नियम हो । अर्गानिक कम्पोष्ट मल प्रतिरोपनी जग्गामा ५० डोको जति प्रयोग गर्ने । दुई अग्लो ड्याङ्ग बनाउँदा राम्रो बोडी रोप्ने । लाइनमा एक नाशले मल चलाएर पुनः कुलेसो बनाएर मललाई पुर्ने र बोडीको बीउ रोप्ने ।

बेर्ना सार्ने तरिका

एक लाइनबाट अर्को लाइनको दूरी १०० से.मि., एक बोटबाट अर्को बोटको दूरी २० से.मि.

सिँचाई

बीउ रोपेको बेलामा सिँचाई गर्ने । बाँकी आकाशबाट पानी नआएको बेलामा पनि पटकपटक सिँचाई गर्नु पर्दछ ।

बाली संरक्षण

यसलाई पनि थाँक्राको व्यवस्था गर्नुपर्दछ । खासगरी भित्रपट्टिबाट बसेर बोडी टिप्न मिल्ने गरि थाँक्रो व्यवस्थित गर्नुपर्दछ ।

रोग तथा किराहरू

नन्अर्गानिक बोडी खेतीकै रोग तथा किराहरू नै यस अर्गानिक बोडी खेतीमा पनि लाग्ने हो । तर, नन्अर्गानिक जस्तो यसमा विषादीको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । त्यसैले अन्य अर्गानिक तरकारी खेतीमा गरिने विधि तथा सिद्धान्तहरू नै यसमा पनि प्रयोग गर्ने हो ।

– चक्रिय बाली प्रणाली अपनाउने, अन्तर बाली लगाउने, आई.पि.एम पद्धति अपनाउने

– वैज्ञानिक, व्यवहारिक, जैविक, प्राकृतिक पद्धतिहरू अपनाउने यस खेतीमा लाग्ने व्यक्तिहरूले संयम, धैर्यता अपनाउने ।

– यसमा रोग र कीराहरू कमै मात्रामा लाग्छन । कतिपय कीरा र रोगहरू हातैले पनि नियन्त्रण गर्न सकिन्छ ।

गोडमेल

बोडीलाई दुईपटकसम्म गोडमेल गर्नुपर्दछ । बेर्ना सारेको वा बीउ रोपेर उमे्रको २२ दिनपछि फूल खेल्न थालेपछि यसलाई गोडमेल गर्ने ।

बाली टिपाई

तने बोडीको बिउ उम्रेको ६० दिनपछि नै कोसा खानलाई तयार हुनेछ । मुख्य रूपमा ७० दिनपछि भने दुई दिनको फरकमै टिप्ने हुन्छ । टिप्दा एकै झुप्पामा चार÷पाँच वटा कोसा हुने भएकाले अलि टिप्ने बेला भएको मा मात्र औजारको प्रयोग गर्ने । टिपि सके पछि मुठा बाँध्ने ।

बजार व्यवस्थापन

अर्गानिक बोडीको बजार ठूलो छ । यसका पारखीहरूको सङ्ख्या बढ्दै गएको छ । यसको बजार नेपालमा मात्र नभएर दक्षिण एसियामा समेत ठूलो छ । तरकारीको अर्गानिक बजार राखेको ठाउँमै बोडीलाई पनि बेच्न राख्नु पर्दछ ।

लगानी तथा आम्दानी

बोडी लामो समयसम्म फल दिने बाली हो । अर्गानिक बोडीमा आम्दानी राम्रो हुन्छ । एक रोपनीमा ११–१६ हजार रुपैयाँसम्म लगानी गर्दा ४० – ५० हजार रुपैयाँसम्म आम्दानी लिन सकिन्छ ।

थप समाचार