बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

केराका जातहरू र तिनका जातिय विशेषता

बिहीबार , साउन १० २०८१
9 views
केराका जातहरू र तिनका जातिय विशेषता

समाचार शेयर गर्नुहोस्

Share this news

केरा विश्वको प्राय सबै ठाउँमा पाइने लोकप्रिय फल हो । साधारणतयाः केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोवा वनस्पति र यसको फललाई चिनिन्छ । केराको फल विभिन्न आकार र रङ्गहरूमा पाइन्छ । सामान्यतः सुरुमा हरियो भए पनि पाकेपछि पहेंलो, वैजनी र रातो रङ्गको हुने गर्दछ ।

केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminata / Musa balbisiana बाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन् । यिनीहरूमा पाइने जिनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ । जसअनुसार Musa acuminata, Musa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata x balbisiana केराका वैज्ञानिक नामहरू हुन् । केराका विभिन्न जातहरू हुन्छन्, जसलाई यसप्रकार उल्लेख गर्न सकिन्छ :

१. जि-१ (Grand Naine) :

- तराई, भित्री मधेश र मध्य पहाडमा खेती गर्न सकिने ।

- होचो क्याभेन्डिस केरा, सामान्यतया उचाई ६-७.५ फीटसम्म अग्लो हुन सक्ने ।

- फल ठुलो (१९०-३०० ग्राम), ८-१० इन्च लामो तथा हल्का घुमेको, काँचोमा हरियो र पाकेपछि पहेंलो हुने ।  प्रति घरी १०-१४ हाता, २१०-२४० कोसा र ४०-५० के. जी. तौल हुने ।

- उत्पादन क्षमता : ५०-६० टनप्रति हेक्टर

- भण्डारण क्षमता धेरै भएको तथा ताजा फल र प्रशोधित परिकार हरू बनाउन उपयुक्त जातको रूपमा अन्तर्राष्ट्रिय हिसाबबाट मान्यता पाएको ।

- तन्तु प्रजनन् विधिबाट विरूवा तयार गर्न उपयुक्त र रोपेको १२-१४ महिनामा उत्पादन दिने ।

२. विलीयम हाईब्रिड : 

- तराई, भित्री मधेश र मध्य पहाडमा खेती गर्न सकिने ।

- क्याभेन्डिस ड्वार्फबाट विकास गरिएको हाईब्रिड जात, औसत उचाई २.५-३ मिटर हुने ।

- फलहरू १०-१२ से.मी. लम्बाई र ५-६ से.मी मोटाई भएका हुन्छन् ।

- प्रति घरी १२५-१५० कोसा र ३०-३५ के.जी. तौल हुने ।

- उत्पादन क्षमता: ५०-६० टनप्रति हेक्टर ।

- पानामा विल्ट रोग सहन सक्ने क्षमता भएको तर पातमा हुने थोप्ले रोग धेरै लाग्ने ।

गुदी नरम, स्वादिष्ट र बास्नादार हुनुका साथै अन्य होचा जातहरूको । तुलनामा पाकेपछि लामो समयसम्म भण्डारण गरेर राख्न सकिने ।

- रोपेको १२-१८ महिनामा उत्पादन दिने ।


३) रोबष्टा / हरिछाल : 

- होचो जात, उचाई २.६-४ मिटरसम्म हुन्छ ।

- अरु जातको तुलनामा बढी सिचाँई र मलखाँद आवश्यक पर्दछ ।

- फल पाकेपछि पनि कोसाहरू हरिया नै रहन्छन् तसर्थ यसलाई हरिछाल पनि भनिन्छ ।

- प्रति घरी ३००-४०० कोसा र घरिको तौल ४०-५० के. जी हुन्छ । कोसाहरू ६ इन्च लम्बाई ४ इन्च मोटाईका हुन्छन् । घरीको तौल धेरै हुने हुदाँ टेका पनि धेरै आवश्यक पर्दछ ।

- पानामा विल्ट रोग सहन सक्ने क्षमता भएको तर पातमा हुने थोप्ले रोग धेरै लाग्दछ । साथै हिउँदको समयमा धेरै चिसोका कारण पात पहेंलिने र सुक्ने समस्या देखिन्छ ।

४) वसराई ड्वार्फ / ड्वार्फ क्याभेन्डिस : 

- यो होचो जात हो । उचाई १.८-२ मिटरसम्म हुन्छ ।

- यसको कोसा ठुलो र कोप्रो परेको हुन्छ ।

- बोक्रा बाक्लो, गुदी नरम, गुलियो र बास्नादार हुन्छ । फल पाकेपछि बोक्रा पहेंलो हुन्छ ।

- प्रति घरी १००-१२५ कोसा र घरिको तौल २०-२५ के.जी हुन्छ ।

- अरू उन्नत जातको तुलनामा यसले चिसो र सुख्खापन कम मात्रामा सहन सक्छ ।

- ओइलाउने रोग  लाग्दैन तर पातमा थोप्ला आउने र ठिगुरै रोग लाग्न सक्छ ।

अन्य जातको तुलनामा भण्डारण क्षमता कम हुन्छ ।


५) मालभोग : 

- तराई तथा पहाडि दुवै क्षेत्रमा यसको खेती गरिन्छ ।

- अग्लो जात, बोट ४-५ मिटर सम्म अग्लो हुन्छ र सुख्खा सहन सक्छ ।

- यो जात विशेष गरेर यसको मिठो स्वादको लागी प्रख्यात छ ।

- अन्य जातको तुलनामा कोसा कम लाग्ने हुनाले उत्पादन पनि कम हुन्छ तसर्थ व्यवसायिक रूपमा यसको महत्व घट्दै गईरहेको पाइन्छ ।

- प्रति घरी १००-१२० कोसा र घरिको तौल २५-३० के. जी हुन्छ ।

- पात वरिपरीको घेरा प्रष्ट रातो हुन्छ ।

- फल मझौला साइज, मिठो बास्ना आउने, स्वादिष्ठ र गुलियो र बोक्रा पातलो हुन्छ साथै भण्डारण क्षमता पनि बढी हुन्छ ।

६) चिनी चम्पा/पुभान : 

- अग्लो जात, बोट ४-८ मिटर सम्म अग्लो हुन्छ ।

- भारतको मद्रास, आसाम र बंगालमा धेरै प्रचलित जात हो।

- प्रतिघरी १८०-२२० कोसा र परीको तौल १५-२० के.जी हुन्छ ।

- फलहरू साना (७-से. मी.) र पहेलो बोक्रा हुने, गुदी खदिलो, गुलियो र हल्का अमिलो स्वाद हुन्छ ।

- पानामा विल्ट र थोप्ले रोग अवरोधक क्षमता भएको साथै केराको पुनबाट पनि धेरै क्षति नहुने ।

७) धुसे

- यो नेपालको स्थानीय जात हो ।

- चिसो सकन सक्ने क्षमता धेरै भएकाले उच्च भेगमा पनि खेती गरिएको पाइन्छ।

- धुने जातमा काँचो कोसाहरू हल्का सेतो घुलोरपाउडर जस्तो पदार्थले डाकिएको र पाकेपछि बोक्रा हल्का पहेंलो हुन्छ ।

- प्रति घरी ८०-१०० वटा कोसा र घरीको तौल १०-१५ के. जी हुन्छ ।

मुझे

- यो पनि पहाडी तथा उच्च भेगमा खेती गरिन्छ।

- विसी सहन सक्ने क्षमता बढी हुन्छ ।

- फलको गुदी च्याप च्याप लाग्ने तथा हल्का पहेंलो रङ्गको हुन्छ ।

- कोसाहरू चेष्टा र पाटा पाटा परेका हुन्छन् । पाकेको फलको बोक्रा हल्का रातो हुन्छ ।

- प्रति घरी ८०-१०० वटा कोसा र घरीको तौल १०-१५ के.जी हुन्छ ।

नेपालमा यी बाहेक मर्चे, ढोसे, हजारि लगायत अन्य विभिन्न स्थानीय जातका केराहरूको खेती घरवगैंचा, करेसाबारी तथा खेर गइरहेका पाखो जग्गाहरूमा गरिएको पाइन्छ । यी जातहरूमा उन्नत जातको तुलनामा रोग, कीरा, प्रतिकुल हावापानी आदि सहन सक्ने क्षमता बढी हुने भएका कारण यिनीहरूको संरक्षण तथा संवर्द्धन गर्न सके हाइब्रिड जातहरूको विकासका लागि निकै उपयोगी सावित हुनेछ ।

Source : krishi gyan magazine 

सम्बन्धित विषय

थप समाचार