बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

किवीफलको बारेमा केही जानकारी

बिहीबार , साउन १० २०८१
7 views
किवीफलको बारेमा केही जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

किवीफल लहरामा फल्ने एक प्रकारको अत्यन्तै पोषिलो फल हो । फल अण्डा आकारको खैरो रंगको मसिनो भुसले ढाकेको हुन्छ र एक पटक लगाएपछि लामो समयसम्म (३०- ४० वर्ष) लगातार फल दिइरहन्छ । यसको फूल फागुन-चैत्र महिनामा फुल्दछ र कार्त्तिक-मङ्गसिर महिनामा फल टिप्नको लागि तयार हुन्छ । किवीफल नेपालमा भित्रिएको लगभग ३० वर्ष जति भएता पनि प्रचार प्रसार र उत्पादनको कमीले नेपाली जनमानसमा परिचित हुन सकेको छैन ।

वातावरण संभाव्यता

यसको लागि वर्षा सिजनमा पानी नजम्ने र अन्य समयमा सिंचाइको सुविधा भएको पाखो जग्गा उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा यो फल १००० मिटर देखि माथि ३००० मिटरको उच्चाईसम्म उच्च पहाडमा खेती गर्न सकिन्छ । नेपालको हिमालदेखि उच्च पहाडी क्षेत्र जहाँ हिउँदमा चिसो हुने र वर्षामा पानी पर्ने र बढी आदता (Cold Humid) भएको हावापानी हुन्छ, त्यस्तो ठाउँको लागि यो फल उपयुक्त हुन्छ ।

नेपालको सन्दर्भमा पूर्व ईलाम पाँचथरदेखि दोलखा हुँदै पश्चिम डडेलधुरा बैतडीसम्म यसको खेती गर्न सकिन्छ । हाल नेपालको सुन्तला लगाइएको क्षेत्रभन्दा माथी र स्याउ लगाईएको क्षेत्र भन्दा तलको लाखौं हेक्टरभू-भाग जहाँ कृषकहरूले परापूर्वकालदेखि केवल मकै, कोदो लगाउँदै निर्वाहामुखी खेती गर्दै आएका छन् त्यस्ता ठाउँमा यो प्रविधिको पहुँच बढाइ रोजगारी, आय आर्जन तथा देशकै अथतन्त्रमा ठूलो सहयोग हुने संभावना रहेको छ ।

जुस, जाम, वाईन जस्ता बहुमूल्य परिकार प्रशोधन गरी व्यावसाय संचालन गर्न सकिन्छ । यसमा भिटामिन सि तथा अन्य खनिज पदार्थ धेरै भएकोले स्वास्थ्यको लागि बहुउपयोगी छ । पोषण सुधारको साथै पेट सम्बन्धी रोगहरू, न्यूमोनिया, दम, रक्तचाप, कोलेष्टेरोल, मधुमेह जस्ता धेरैथरी रोगहरूमा समेत उपयोगी भएकोले यस फलको महङ्खव धेरै भएको हो ।

फाईदा

किवीफल स्याउ, सुन्तला जस्तो यत्तिकै बोटबाट टिप्नासाथ खान मिल्दैन । यसको फल बोटमा छिप्पीएपछि टिपेर राखिन्छ र फल छाम्दा गिलो भएपछि खानको लागि तयार हुन्छ । चक्कुको सहयाताले पातलो बोक्रा हटाएर भित्रको सबै भाग सलादको रूपमा वा यत्तिकै खान सकिन्छ । यो फलको राम्रो र ठूलो दाना ग्रेडिङ्ग गरेर बिक्री गर्ने र साना र बिक्रीको लागि अयोग्य फलबाट किवीको जाम यो फलको महङ्खव ज्यादै धेरै रहेको छ छोटकरीमा भन्नुपर्दा यसका फाईदाहरू निम्न बमोजिम छ :

- यो फल ज्यादै पोषिलो छ (Highly Nutritious)

- धेरै फल्दछ (Heavy Fruiting) उ

- त्पादन प्रविधि सजिलो छ (Easy Production Technology)

-  बजारमुखी छ (Market Oriented fruit)

- आम्दानी धेरै हुन्छ (High Income generation)

- कृषि पर्यटन बढाउँछ (Promote Agro/Rural Tourism)

- लामो समय सम्म भण्डारण गरेर राख्न सकिन्छ (Long storage ability)

- रोजगारीको अवसर बढाउँछ (Promote Employment opportunity)

- यो निर्यात जन्य फल हो (Export Opportunity)

- यो दिगो विकासको प्रविधि हो (Sustainable Technology)

- राष्ट्रिय अघतन्त्रमा ठूलो टेवा दिन्छ (Direct Impact on National Economy)

यस्तो महत्वपूर्ण फलफूल के कारणले नेपालमा विकास नभएको होला ?

यसको विकास नहुनुमा मुख्य रूपले नयाँ प्रविधिको जानकारीमा कमी (Lack of Awareness) हो । सम्बन्धित निकाय, नीति निर्माता, निर्णयकर्ताहरूमा जानकारी को कमी, व्यवस्थित रूपमा सहभागितात्मक तवरले विकास प्रकृया अगाडि बढाउने सोच र प्रतिबद्धताको कमीले गर्दा नेपाल सबैखाले विकास कार्यमा पछाडि परेको छ । नेपालको पूर्वमा रहेको भुटान सरकारले र पश्चिम क्षेत्रमा रहेको हिमाञ्चल प्रदेशमा भारत सरकारले कृषकहरूलाई आकर्षक अनुदानका साथ किवीफल खेती मा निकै प्रगति गरि सकेको छ भने हामी नेपाली थुप्रै सम्भावना हुँदा हुँदै पनि भर्खर सुरुवातको अवस्थामा रहेका छौ । अतः यस फलको विकासको लागि नेपालका सरकारी, गैर सरकारी सबै संघ संस्थाहरू एकजुट भएर लाग्नु पर्ने समय भएको छ ।


नेपालमा किवीफलको बजार स्थिति कस्तो छ ?

नेपालमा किवीफलको उत्पादन ज्यादै नगन्य माएकोले यसको प्रचार प्रसार भएको छैन सर्वसाधारण उपभोक्तालाई यस बारेमा कमै मात्र थाहा छ । नेपालमा ठूला सुपरमार्केटहरूले विदेशबाट ल्याएर ठूला होटलहरू तथा विदेशीहरूलाई उपलब्ध गराइरहेको छ । हाल प्रति के. जी. ६०० सम्ममा बिक्री भएको छ ।

केही फार्महरूले ग्रेडिङ गरी प्रति के.जी. रू २०० देखि ४०० सम्ममा बिक्री गरेको पाइएको छ । यति महँगोमा सर्वसाधारण नेपालीले किनेर खान सक्दैनन् । तसर्थ हाम्रो उद्देश्य उत्पादन वृद्धि गरी अपूर्ति बढाउने र सुपथ मूल्यमा सर्वसाधारणलाई बजारमा सहज रूपमा उपलब्ध गराई उपभोग बढाउने हुनुपर्दछ । किवी खेती सुरू गर्ने कृषकहरूले बजारमा जति मूल्यमा बिक्री हुन्छ त्यहिमा बिक्री गर्ने उद्देश्यका साथ उत्पादन गर्नुपर्दछ र यसको बिक्री बढावाको लागि आवश्यक धेरै कार्य गर्नु बाँकी नै छ ।

किबीफल खेती गर्दा के के कराहरूमा ध्यान दिनुपर्दछ ?

१. के तपाईको किवी खेती गर्ने ठाउँ उपयुक्त हावापनीमा पर्दछ ? १००० मिटर (४००० फिटदेखि) माथिको उचाइ चाहिन्छ ।

२. के तपाईको किवी खेती गर्ने ठाउँमा सिंचाइ सुविधा छ ? यसको जरा गहिरो जादैन तसर्थ समय समयमा सिंचाइ दिनुपर्दछ ।

३. के तपाईको किवी खेती गर्ने ठाउँमा निकासको सुविधा छ ? वर्षामा धेरै पानी परेको समयमा पानी जम्न हुँदैन ।

४. के तपाईले किवी खेती सफल भएको ठाँउको अनुभव लिनु भएको छ ? व्यावसायिक खेती सुरु गर्नुपूर्व बिस्तृत जानकारीको लागि बागवानी फार्म, वोच दोलखा अथवा अन्य सफल भएको ठाउँमा सम्पर्क राख्नुहोस् ।

५. के तपाईको किवी खेती गर्ने ठाउँमा आवश्यक मलखादको व्यवस्थापन गर्न सक्नुहुन्छ ? माटोको अवस्था हेरी मलको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।

६. के तपाईको किवीलाई आवश्यक पर्ने सर्पोट सुविधा र काँटछाँट मिलाउन सक्नुहुन्छ ? यसको लहरा छिटो बढ्ने स्वभावको हुन्छ तसर्थ सपोर्टको लागि र काँटछौट मिलाउनु पर्दछ ।

७. के तपाईको किवी खेती गर्ने ठाँउमा ठूलो असिना पर्दछ ? ज्यादै ठूलो असिना र हुरीवतासबाट बचाउने उपय गर्नुपर्दछ ।

८. के तपाईले किवी खेती सफल बनाउन निरन्तर ध्यान दिन फुर्सद छ ? व्यावसायिक खेती सफल बनाउन धैर्यता, निरन्तर मेहनत र ध्यान दिनुपर्दछ ।

Source : Krishi Gyan 

सम्बन्धित विषय

थप समाचार