नेपालमा लगाइने बालीहरू मध्ये अग्रस्थानमा धान बाली पर्दछ । परापूर्वकाल देखि नै देशको विभिन्न भागहरूमा यो बाली लगाउँदै आइएको भएता पनि हालका वर्षहरूमा आवश्यकता अनुसार धान उत्पादनमा हुन सकिरहेको छैन भने किसानहरूले धानको उत्पादन लागत मूल्य उठाउन सकिरहेका छैनन् । यस सन्र्दभमा उच्च मूल्यमा अन्तर्राष्ट्रिय बजारमा सजिलै संग बिक्री गर्न सकिने जी ६० कालो धानलाई सम्भावनाको खेतीको रूपमा लिन सकिन्छ ।
सामान्यतया, हाम्रो देशमा सेतो धानको उत्पादन बढि मात्रामा हुन्छ । मध्य पश्चिमका पहाडी क्षेत्रहरूमा परापूर्वकाल देखि नै रातो धानको उत्पादन केही मात्रामा गरिदै आएको छ । चिसो सहन सक्ने जात भएको र सामान्य धानको चामल भन्दा रातो चामल दुईगुणा मूल्यमा स्थानीय बजारमा नै बिक्री हुने भएकोले उत्पादनमा ह्रास हुँदै गएता पनि यसको स्वाद र चिसो मौसम सहन सक्ने गुणका कारण यसको खेती गति आएको छ ।
त्रिभुुवन विश्वविद्यालय , ट्रफल अनुसन्धान जात जी ६० जातको कालो धान नेपालका क्षेत्रमा (१२००-२००० मि.) उत्पादनको उपयुक्त हुन्छ भन्ने नतिजा अनुसन्धानबाट माप्त भएको उल्लेख गरेको छ । एन्थोसायनिन भन्ने तत्वको उपलब्धताले छोटो बोट हुने, धेरै गाँज हाल्न रे विभिन्न किरा तथा रोग सहन सक्ने क्षमता भएको र स्थानीय अन्य जातका धान भन्दा ४०-४५ दिन अगावै उत्पादन लिन सकिन्छ । धान छिट्टै पाक्ने हुँदा खेत तुरुन्त खाली गरी अन्य बाली लगाउन समेत सजिलो हुन्छ ।
आर्थिक दृष्टिकोणले यो धानको चामल अत्यन्त महंगो हुनका साथै अन्तर्राष्ट्रिय बजारमा यसको माग अत्यन्त उच्च छ । अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार प्रति किलो ८ देखि २५ यु.एस. डलरमा खरिद बिक्री भैरहेको छ भने भारतमा भारु ३२५ प्रति किलामो बिक्री भइरहेको छ । अन्य चामलको तुलनामा यो २०-५० % ले बढि पौष्टीक एवं लाभदायक हुनुका साथै यसमा एन्थोसायनिन पिगमेन्ट अर्थात एन्टी अक्सिडेन्ट गुण तत्व उपलब्ध हुन्छ । जुन रोगसंग लड्न सक्ने प्रतिरोधक तत्व हो । यसलाई अनुवांशीकीकरण नगरिएको, विशुद्ध प्राकृतिक पद्धतिबाट नै विकसित गरिएकोले खानको लागि सुरक्षित छ । दैनिक मात्र १५ ग्राम सेवन गर्न सके रक्त अल्पता, मधुमेह, क्यान्सर हृदयघात, उच्च रक्तचाप, मुटु रोग, अलजाइमर्स जलन आदिकाट सुरक्षित रहन सहयोग गर्दछ ।
स्थानीय जात सरहनै फल्ने यो धान नेपालमा स्थानीयकरण भैसकेको र अन्य धानको लागत मूल्यमा नै उत्पादन गर्न सकिने यो G 60 धानको उन्नत बीउ उत्पादन गरी व्यवासायिक रपमा खेती गर्न सके मध्यपहाडका किसानहरूको आयस्तरमा व्यापक बृद्दि गर्न सकिने सम्भावना प्रति सम्बन्धीत निकायको ध्यान जान अत्यन्त जरुरी छ ।
Source :लेख बालकृष्ण गिरी र http://trufflenepal.blogspot. com (कृषक र प्रविधि )