नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई, भित्री मधेश, नदीका छेउछाउमा र पहाडी
ईलाकामा पनि गरम ओसिलो हावापानी हुने ठाउँहरूमा केराको खेती सफलताका साथ गर्न सकिन्छ । केराले गरम ओसिलो हावापानी मन पराउँछ । सरदर वार्षिक २०० देखि ५०० से.मी वर्षा हुने ठाउँमा केरालाई सिँचाई बेगर पनि सफलताका साथ खेती गर्न सकिन्छ । बोट र फलको राम्रो विकासको लागि २५–२७० सेल्सियस तापक्रम उपयुक्त मानिन्छ ।
तापनि १८० देखि ३०० सेल्सियस तापक्रममा केराको खेती सफलताका साथ गर्न सकिन्छ । बढी ठन्डी हुने तथा तुसारो पर्ने ठाउँमा केरा खेती सफल हुँदैन । २१० से.ग्रे. भन्दा कम तापक्रममा भएका बोटको वृद्धिमा अवरोध आउने, पात थोरै पलाउने तथा पसाउन ढिलो हुने हुन्छ । तर लामो समयसम्म १४० से.गे्र. भन्दा पनि कम तापक्रम कायम रहेमा बोटलाई प्रतिकूल असर पर्दछ । ठन्डीको समयमा (मङ्सिर–माघ) प्रायः सबै क्याभेन्डिस समूहका केराका पात ठन्डीको कारणले मरेर डढेजस्तो भएका हुन्छन् । उक्त समयमा पसाउन थालेका बोटहरू बीचैमा रोकिएर रहेका हुन्छन् । ठन्डीको समयमा वृद्धि रोकिएका बोटहरूले तापक्रम बढ्न थालेपछि पसाउन थाल्छ र चैततिर गएर बिरुवामा नयाँ पालुवा पलाउने गर्छ । त्यसैले यस्ता ठाउँमा केराको खेती गर्दा चिसो मौसममा नपसाउने किसिमले अथवा जाडो सहन सक्ने जात लगाउनुपर्दछ ।
केरालाई घाम चाहिन्छ । बोट बलियो नहुने हुँदा बढी हावाहुरी चल्ने ठाउँमा केरा खेती गर्नु हुदैँन । उन्नत जातको तुलनामा स्थानीय जातहरू बढी कडा किसिमका हुने भएकाले पहाडी इलाकाहरूमा १६०० मिटरसम्मको उचाइमा सफलताका साथ स्थानीय जातका केराहरूको खेती गरेको पाइन्छ । केराको खेती प्रायः सबै किसिमको माटोमा गर्न सकिन्छ । तर बढी मलिलो जमिन, पानी नजम्ने, बढी प्राङ्गारिक पदार्थ भएको र ५.५ देखि ६.५ पी.एच भएको माटो सर्वथा उपयुक्त मानिन्छ । सोडिएम क्लोराइड धेरै भएको माटो राम्रो हुँदैन । आनुवंशिकताका आधारमा हामीले प्रयोगमा ल्याएका प्रायः सबै जातहरू दुईवटा जङ्गली जात मुसा एकुमिनाटा र मुसा वाल्विसियनाबाट विकासित भएका छन् । हामीहरूले प्रयोगमा ल्याइएका जातहरू डिप्ल्वाइड, ट्रिप्लोवाइड र टेट्राप्लोवाइड हुन् । यीमध्ये ट्रिप्लोवाइड ज्यादा प्रचलनमा आएको छन् ।
एकुमिनाटा को सम्मिश्रण भएर डिप्लोवाइड तथा ट्रिप्लोवाइड बन्ने हुँदा निम्न मध्ये कुनै पनि सम्मिश्रण भएर जातको विकास हुन सक्छ । वाल्विसियना प्रकारका जातहरू बढी स्टार्ची हुने हँुदा प्रायः काँचै अवस्थामा पकाएर खानमा प्रयोग गरिन्छ । यी जातहरूमा रोग र सुक्खा हावापानी सहन सक्ने क्षमता बढी हुन्छ । कतैकतै यसलाई प्लान्टिन पनि भनिन्छ । एकुमिनाटाका फलहरू स्वादिष्ट र गुलियो हुने हुँदा पाकेका फलहरू डिर्जटको रूपमा खाइन्छन् ।
आज भोलि एकुमिनाटा र वाल्विसियनलाई सम्मिश्रण गरेर विभिन्न वर्णशङ्कर जातहरू निकालिएका छन् । ती मध्ये ब्ब्,ब्ब्ब् जात ओसिलो तथा बढी पानी पर्ने ठाउँमा र ब्द्य र ब्द्यद्य अलि सुक्खा क्षेत्रहरूको लागि उपयुक्त हुन्छन् ।नेपाल मा लगाइने केराका जातहरूमा, विलियम हाइब्रिड, अस्टेलियन हाइब्रिड, झापाली मालभोग, हरिछाल, ग्रान्ड नेने (जी नाइन), स्थानीय मालभोग, धुस्रे, मुग्रे आदि पर्दछन् । छोटो अवधिमा उत्पादन दिने भएको कारणले विलियम हाइब्रिड रझापाली मालमोग व्यावसायिक खेतीको लागि लोकप्रिय भएका छन् र व्यावसायिक केरा खेतीको ८०–९० प्रतिशत भाग यिनै जातले ढाकेको छ ।
नेपालको तराई र भित्री मधेसको जस्तो हावापानी भएको ठाउँमा यी जातका केरालाई माघको तेस्रो सातापछि फागुन १५ सम्म लगाएमा साउन–भदौमा केरा पसाई फलहरू लाग्दछन् । ढिलो गरी लगाएमा, कम उमेरको बिरुवा लगाएमा वा उपयुक्त वातावरण हुन नसकेमा फल पसाउने ढिला हुन गई जाडोमा पर्न जान्छ । फलस्वरूप उत्पादन राम्रो हुँदैन । दसँ तिहारपछि जाडो याममा फल उत्पादन भएमा बजार गर्न समस्या हुन्छ र उचित मूल्य पाउन सकिँदैन ।
काठमाडाँको बजार अध्ययन गर्दा कात्तिकदेखि माघ– फागुनसम्म नेपालबाटै प्रशस्त मात्रामा बजारमा केरा आउने र बाँकी समयमा भारतबाट केरा आउने गरेको पाइन्छ । केराको खपत गर्मी महिनामा बढी हुने हुँदा लगभग ८० प्रतिशत कुल बजारको माग आयातित केराबाट हुने गर्दछ । यो लेखमा केरा उत्पादनका केही समस्यालाई विश्लेषण गरी समाधानका तरिकाहरू वर्णन गरिएको छ ।
सिजनल उत्पादन :
विलियम हाइब्रिड, झापाली मालभोग, ग्रान्ड नेने र अस्ट्रेलियन हाइब्रिड जातका केराहरूमा साधारणतया भदौ–असोजपछि मात्र राम्रो फल उत्पादन हुन्छ । लगाइने कोथाको उमेर अवस्था, लगाउने समय र केराको जातले केराको पसाउने समयमा फरक पार्दछ । लगाउने समय परिवर्तन गरेर र विभिन्न उमेर अवस्थाका कोथाहरू प्रयोग गरेर केरा पसाउने समयमा नियन्त्रण राख्न सकिन्छ । जाडो याममा चिसो र सुक्खाको कारणले गर्दा बोट तथा फलको वृद्धि रोकिन्छ । पातहरू सुक्ने ओइलाउने हुन्छन् तसर्थ जाडोमा र हुदैन । जाडोपछिको गर्मीमा पसाएका केरामा फल उत्पादन राम्रो हुदैन ।
केरामा विभिन्न जातहरू लगाएर बाली व्यवस्थापन गरेमा वर्षैभरि केरा उत्पादन गर्न सकिन्छ । सामान्यतः राम्रो व्यवस्थापन भएमा कोथाको उमेरसहित १ वर्षमा विलियम हाइब्रिड, झापाली मालभोग अस्ट्रेलियन हाइब्रिड, हरिछाल र नेने १५–२० महिनामा स्थानीय मालभोग र चिनिचम्पा १८ देखि २४ महिनामा रोबुस्टा जातमा फल उत्पादन हुने गर्दछ । तसर्थ वार्षिक क्यालेन्डर बनाएर बजारको मागअनुसार केरा उत्पादन गर्ने हो भने निम्नअनुसार केरा प्रसारण गर्नुपर्दछ ।
तराई र भित्री मधेसको जस्तो गरम तापक्रम हुने ठाउँमा होचा जातका केरा लाई माघ १५ देखि फागुन १५ भित्रप्रसारण गरेमा साउन–भदौमा पसाउने र असोज–कात्तिकमा फल उत्पादन हुन्छ तर मलजल को राम्रो व्यवस्था हुन नसकेमा जाडो महिनामा पसाउन गई उत्पादनमा कमी आउँछ । यी जातहरूमा जाडो महिनामा पातहरू पहेँलिएर सुक्ने हुँदा जाडो र जाडोपछि पसाएमा फल उत्पादन राम्रो हुँदैन ।
अग्ला जातहरू जसले ठन्डा र सुक्खा पनि सहन सक्छन् (चिनीचम्पा, पुभन, मालभोग) लाई वैशाख जेठमा प्रसारण गरेमा जाडो याममा पसाउने, चिसो र सुक्खाले असर नपु¥याउने हुँदा गर्मी समयमा फल उत्पादन गर्न सकिन्छ । यस्तै प्रकारले रोबुस्टा जातको केरा ढिलो बढ्ने र पसाउन धेरै समय लाग्ने हुँदा जेठ– असारमा लगाएको बिरुवा अर्को वर्षको जेठ–असारमा पसाउने हुँदा साउन भदौमा फल उत्पादन गर्न सकिन्छ ।
साधारणतया यी सबै जातमा साउन–भदौमा नयाँ कोथाहरू (बिरुवा) निस्कने हँुदा विभिन्न महिनामा लगाउँदा कोथाको उमेर फरक परेको हुन्छ र लगाउने समयको पनि प्रभाव रहन्छ । वर्तमान स्थितिमा असोजदेखि चैतसम्मको समयमा चितवन, नवलपरसी, कैलाली, कञ्चनपुर, झापा र मोरङवरपरका क्षेत्रमा प्रशस्त मात्रामा केराको उत्पादन भई बजार नपाएको स्थिति छ भने वैशाखदेखि असोजसम्म बजारमा नेपालमा उत्पादित केरा अभाव हुने भएकोले भारतबाट आयातित केराले स्थान पाउने गरेको छ । कुल देशको स्थिति हेर्दा ८० % केरा भारतबाट आयात हुन्छ । हामीहरूले व्यवस्थित तरिकाले केरा उत्पादन गरेमा भारतबाट हुने आयातलाई रोक्नका साथै चाइना र तिब्बतमा केरा पैठारी गर्न सकिने प्रवल सम्भावना छ ।
बाली तथा मल व्यवस्थापन, लगाउने गानाको उमेर अवस्था, लगाउने तरिका सकर व्यवस्थापनले फल उत्पादनको समयमा केही हेरफेर हुन सक्दछ । केरालाई वानस्पतिक विधिबाट प्रजनन गरिन्छ । माउ बोटको वरिपरि प्रशस्त साना बिरुवाउम्रने हुँदा यी साना बिरुवाहरू जसलाई कोथा भनिन्छ । त्यसको प्रयोग गरेर केरा प्रजनन गरिन्छ । साँगुरो र चौडा पात भएका २ प्रकारका कोथाहरू हुन्छन् । साँगुरो पात भएका कोथाहरूका पात झट्ट हेर्दा तरबारजस्तो देखिने हँदा यिनीलाई तरबारे सरा भन्दछन् । हलक्क बढ्ने प्रवृतिका, चौडा पात नभएका, साधारणतया ६० देखि १५० से.मी उचाइ भएका तथा
करिब ४ महिना उमेरका तरबारे सरा प्रजननका लागि राम्रो मानिन्छ । पानी सराका पातहरू फैलिएका र तेर्सो परिसकेकाहुन्छन ।
पातको आकार हेर्दा परिपक्क भएजस्तो देखिन्छ । यस प्रकारका बिरुवाहरू कमजोर खालको हुने र ढिलो फल दिने हुँदा प्रजननका लागि राम्रो मानिँदैन । अर्धबँैसे बोट पनि प्रजननको लागि प्रयोग गरिन्छ तर लामो दूरी ढुवानीका निम्ति बढी वजन हुने हुँदा यो खर्चिलो हुन्छ । अर्धबँसे होउन्जेल माउ बिरुवासँगै हुर्काउँदा माउ बिरुवालाई समेत प्रतिकूल असर पर्न जान्छ । आजभोलि रोगमुक्त बिरुवाहरूको छोटो समयमा धेरै उत्पादन गर्न टिसु कल्चर प्रविधिलाई प्रचलनमा ल्याइएको छ ।
यो तरिकाले गानोको कोथामा वृद्धि भइरहेको टुसाबाट एकै पटकमा प्रशस्त बिरुवा उत्पादन गरिन्छ । यसरी उत्पादन गरिएका बिरुवाहरूलाई सिधै खेतमा सार्नुभन्दा पहिले नर्सरीमा सारेर अभ्यास गराउनुपर्दछ र हुर्केपछि मात्र बगँैचामा लगाइन्छ । केरा लगाएको १०–१२ वर्षसम्म कोथाबाट प्रसारण गरेर पनि राम्रो उत्पादन लिन सकिन्छ । तर यसरी प्रसारण गर्दा रोगहरू पनि सर्ने डर हुन्छ । टिसुकल्चरबाट उत्पादित बिरुवाहरू रोगरहित हुने हुँदा रोग सर्ने डर हुँदैन ।
केरा लगाउने तरिका :
नेपालका विभिन्न ठाउँहरूमा व्यावसायिक केरा खेती गर्ने कृषकहरूले १.५ मी. देखि २ मी. ह १.५ मी. देखि २ मिटरको दूरीमा घना खेती गर्ने गरेको पाइएको छ । यसरी केरा लगाउँदा तेश्रो वर्षपछि रोग
कीराको बढी प्रकोप हुने र फलको उत्पादन र गुणस्तरमा ह्रास आउने गरेको पाइएको छ । केरा खन्चुवा बाली हो । ५० टन फल उत्पादन हुँदा १०० किलोग्राम नाइट्रोजन, ११ किलो ग्राम फस्फोरस र २५० ग्राम पोटास खिचेर लैजान्छ । यसको साथसाथै माटोमा रहेका विभिन्न सूक्ष्म तत्वहरू जस्तै
क्याल्सियम, म्याग्नेसियम जस्ता, तामा, बोरन, म्याङगानिस र मोलिब्डेनम पनि यथेस्ट मात्रामा सोसेर लैजान्छ । यसै कारणले गर्दा प्राङ्गारिक पदार्थ कम भएको ठाउँमा अर्थात् प्राङ्गारिक पदार्थको प्रयोग नगरेको अवस्थामा माटोमा भएको तत्वहरूको सन्तुलन बिग्रन गई तेस्रो वर्षपछि उत्पादनमा ह्रास हुने हुन्छ । बाक्लो गरी केरा लगाइएको ठाउँमा नयाँ बिरुवाहरू सलक्क माथितिर बढ्ने र थाम मसिनो हुन जान्छ जसले गर्दा बोट कमजोर हुने र हावा हुरी आउँदा सजिलैसँग बोट ढल्ने गर्दछ । तसर्थ घना खेती गरिएको ठाउँमा ३–४ वर्षपछि बाली लिन उपयुक्त हुँदैन । एक–दुई वर्ष अन्य बाली लगाएमा फेरि केरा खेती गर्न सकिन्छ ।
यदि दीर्घकालसम्म केरा खेती गर्ने योजना गर्ने हो भने केरालाई बढी दूरीमा लगाएर व्यवस्थित रूपमा
मलखाद तत्व उपलब्ध गराएमा एउटै बगैँचामा २०–२५ वर्षसम्म पनि केरा खेती गर्न सकिन्छ । यसको निमित्त केरालाई लगाउँदा दुई लाइन पद्धतिमा लगाउने । दुई लाइन पद्धतिमा दुई लाइन १ देखि १.५ मिटरको दूरीमा लगाउने र ४ मिटर जग्गा छाडेर फेरि २ लाइन लगाउने र यसै क्रमले पूरा बगैँचा लगाउने । बिरुवा लगाउँदा एउटै लाइनमा २÷२ वटा बिरुवा (५० से.मी. दूरीमा) लाई एकै ठाउँमा लगाएर अर्थात् बिरुवादेखि बिरुवाको दूरी घटाएर लगाउन सकिन्छ । लाइन बनाएर लगाउँदा भित्रसम्म पनि प्रकाश जाओस् भन्ने हेतुले उत्तर–दक्षिण गरेर लाइन बनाउनुपर्दछ । सकभर दुई लाइन
बनाउँदा आपसमा बोट आमने सामने नपर्ने गरी अन्तर गरेर त्रिकोण पद्धति अपनाई लगाउनुपर्दछ । यसरी बगैँचा व्यवस्था गर्दा पनि घना खेतीमा जत्तिकै बोट लगाउन सकिन्छ ।
बीचमा अन्तरबाली लिन, ट्याक्टर लगाएर खनजोत गर्न सिँचाई गर्न, झार नियन्त्रण गर्न, फल उत्पादन लिन, सजिलो र सस्तो पर्नुका साथै फलको गुणस्तर पनि उच्चस्तरको हुने गर्दछ । ४–५ वर्षपछि पूरै लाइनलाई हटाएर बीचको खाली ४ मिटर जग्गामा नयाँ लाइन कायम गर्न पनि उपयुक्त हुन्छ । यसरी
लाइनमा लगाइएका केरालाई थोपा सिँचाई पद्धति अपनाएर पानीमै मलखाद र तत्वहरू मिसाएर दिएमा बढी प्रभावकारी हुन जान्छ । केरालाई गाँज–गाँज पद्धति अपनाएर पनि खेती गर्न सकिन्छ । एउटै गाँजमा विभिन्न उमेर अवस्थाका गरी १२–१५ वटा बिरुवा कायम गर्न सकिन्छ ।
गाँज गरेर लगाउँदा पनि लाइन बनाएर गाँजहरू कायम गरी दुई लाइनको दूरी ४–६ मिटर कायम गर्नुपर्दछ । केराको बगैँचाभित्र प्रकाश (घाम) पर्नु आवश्यक हुन्छ । त्यसकारण धेरै जग्गामा केरा खेती गर्दा घना गरेर केरा लगाउनु उपयुक्त हुँदैन । केरालाई प्रसारण गर्दा तरबारे सकरलाई जमिनको सतह बराबरको भागबाट माथिको भागलाई काटेर हटाउन पर्दछ र गानोलाई मात्र प्रसारण गर्न उपयुक्त हुन्छ । गानाहरू समान आकारका भएमा बगँचामा सबै बोटहरू एकनासका हुन्छन् र एकै पटक फल उत्पादन हुन्छ ।
मलखाद र सिँचाई :
केराको बिरुवालाई प्रशस्त मात्रामा मलखादको आवश्यकता पर्दछ । एउटा केराको बोटलाई
सामान्यतः १५० देखि २५० ग्राम नाइट्रोजन, १००–१५० ग्राम फस्फोरस र १५० देखि २५० ग्राम पोटास तत्व प्रयोग गर्नुपर्दछ । ढिला गरी धेरै उत्पादन दिने रोबुस्टा जातमा यो मात्रालाई डबल गरेर हाल्नुपर्दछ । नाइट्रोजन सुरुमा डि.ए.पी.र बिरुवा लगाई सकेपछि युरियाबाट प्रयोग गर्न सकिन्छ ।
युरियामा ४६ प्रतिशत नाइट्रोजन, डि.ए.पी.मा १८ प्रतिशत नाइट्रोजन र ४६ प्रतिशत फस्फरस म्युरेट अफ पोटासमा ६० प्रतिशत पोटास तत्व पाइने हुँदा हिसाब गरेर हाल्नुपर्दछ ।
नाइट्रोजन तत्व हावामा उडेर जाने, जमिनमा चुहेर जाने हुँदा २–३ पटक गरेर हाल्नुपर्दछ भने डि.ए.पी. र पोटासलाई सुरुमा राख्नुपर्दछ वा २ पटक गरेर राख्न पनि सकिन्छ । मल राखेपछि चिस्यानको आवश्यकता पर्ने हुँदा सिँचाई गर्नुपर्दछ । सुख्खा र बढी चिसो अवस्थामा मलको प्रयोग गर्नु उपयुक्त हुँदैन ।
सूक्ष्म तत्वहरूको अभाव हुने अवस्था भएमा सूक्ष्म तत्वहरूको मिश्रण १०–१५ ग्राम प्रतिबोटको दरले हाल्नुपर्दछ । केराको बिरुवाको वृद्धि र विकासको लागि प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ भने पानी जम्ने अवस्था भएमा केरामा रोगको प्रकोप हुने र एकै पटक सबै बगैँचा ओइलाएर नष्ट हुन्छ । नाइट्रोजन तत्व कमी भएमा बिरुवा ढिलो बढ्ने, पातको आकार सानो हुने, कोसाहरूको सङ्ख्यामा पनि कम मात्रामा हुने हुन्छ भने नाइट्रोजन बढी भएमा केराको बोट कमजोर हुने, बोट ढल्ने, फलको गुणस्तर कमसल खालको हुनुका साथै रोग अवरोध गर्ने क्षमता पनि कम हुन्छ । त्यस्तै गरी फस्फोरस तत्व कमी भएमा बिरुवा ढिलो बढ्ने र बढी भएमा कोसाहरू बाङ्गिने बटारिने गर्दछ । पोटास तत्व कमी भएमा बिरुवा कमजोर हुने, रोग र कीराको प्रकोप बढी हुने, कोसाको संख्या कम लाग्ने, हाताहरू टाढा टाढा लाग्ने कोसाको आकार सानो र कोसाहरू कमजोर भई फुट्ने र सजिलै भाँचिने हुन्छन् । पोटास मलको प्रयोगले बोट बलियो हुन्छ । रोग अवरोध गर्ने क्षमता बढ्छ,
प्रशस्त कोसाहरू लाग्दछन् ।
कोसाहरूको भण्डारण र क्षमता बढी हुन्छ । सूक्ष्म तत्वहरूमध्ये म्याग्नेसियम तथा फलाम कमी भएमा पातको रङ्ग गाढा हरियो नभई पोषण तत्व नपुगे जस्तो हुन्छ । जस्ता, वोरन, म्याग्नेसियम, म्यागानिज कम भएमा बिरुवाको वृद्धि रोकिने, पातहरू साना र गुजुमुजु हुने र वन्ची टपजस्तो समस्या बढी हुन्छ । डबल लाइन पद्धतिमा हरियो मल, कोसेबाली लगाएमा माटोको गुणस्तर कायम राख्न मद्दत पुग्दछ ।
बगैँचा व्यवस्थापन :
केराको बगँचालाई सफा सुग्घर र झार मुक्त राख्नुपर्दछ । लत्रेका, पहँेला र रोग लागेका पातहरूलाई
हटाइरहनुपर्दछ । पातहरू हटाउँदा माथिल्लो पातलाई बोटमै करिब आधा फिटजति डाठ छाडेर छुटाउनुपर्दछ । यदि फेदबाट हटाएमा छिटै नै अर्को पात भाँचिने गर्दछ । कोथाहरूले माउ बोट सँग खाद्यतत्वको लागि प्रतिस्पर्धा गर्ने हुँदा अनावश्यक कोथाहरूलाई समयसमयमा जमिनको सतहबाट नै काटेर हटाउनुपर्ने हुन्छ । केराको फल उत्पादन लिएपछि मात्र छनोट गरिएका कोथाहरूलाई बढ्न दिनुपर्दछ । केराको फल लागिरहेको बेला कोथाहरू खनेर निकाल्नु हुदैँन ।
फल उत्पादन लिएपछि मात्र अनावश्यक कोथाहरूलाई हटाउनुपर्दछ । केरा पसाएको बेलामा कोथाहरू निकाल्दा जराहरू खलबलिन गई जमिनबाट खाद्यतत्व लिनमा अवरोध हुन गई उत्पादन कम हुनुका साथै बोटहरू ढल्ने समस्या हुन जान्छ । केरा पसाइसकेपछि बुङ् गोलाई६–७ से.मी डाँठ छोडेर काटेर हटाउनुपर्दछ । बुङ्गोको बोटमा कुनै उपयोगिता नहुने र उल्टै यसले खाद्य पदार्थ खपत गर्ने हँुदा फल उत्पादनमा नकारात्मक असर गर्दछ । फलका टुप्पामा रहेका काला, सुकेका फलका भागलाई नरम ब्रसले अर्थात् कुचो अर्थात् हातले नै मसारेर हटाउन पर्दछ ।
बढी हावाहुरी चल्ने ठाउँमा बढी उत्पादन हुने जातहरूमा अनिवार्य रूपमा टेका लगाउनुपर्दछ अन्यथा केरा ढल्ने समस्या हुन्छ । लाइनमा लगाएको केरालाई माथिबाट तार टाँगेर त्यसमा बाँधेर पनि ढल्नबाट बचाउन सकिन्छ । हावा आउने ठाउँतिर ठूला वृक्ष लगाएर पनि हावाहुरीबाट हुने क्षति कम गर्न सकिन्छ । कम उत्पादन दिने होचा जातहरूमा माटोको उकेरा दिएर पनि ढल्न कम गर्न सकिन्छ ।
बाली उत्पादन :
केरा पसाएपछि फल परिपक्व हुन लाग्ने समय हावापानी र तापक्रममा भर पर्दछ । गर्मी महिनामा
पसाएको २ महिनामै केरा उत्पादन लिन तयार हुन्छ भने जाडो समयमा ४–५ महिना लाग्दछ । केरालाई कोसाहरू पुष्ट भएपछि बाली उत्पादन लिनुपर्दछ । बढी समय बगैँचामा रहन दिएमा फलहरू फुट्ने समस्या हुन्छ र बढी छिप्पिएका फलहरू ढुवानी गर्दा टुटफुट र क्षति पनि बढी हुन्छ । बिहानमा केरा उत्पादन लिँदा बढी चोप निस्कने, फल टुटफुट बढी हुने मध्यान्हपछि उत्पादन लिनु राम्रो हुन्छ । केराको घरी काट्दा सुखा मौसममा केराको बोटलाई आधा काटेर आधाभाग त्यतिकै
बगँैचामा छाडेमा पुरानो बोटले नयाँ बोटलाई तत्व एवं पानी उपलब्ध गराउने हुँदा नयाँ बिरुवाको वृद्धि राम्रो हुन्छ । तर वर्षायाममा भने पुरानो बोटलाई फेदैबाट हटाउनुपर्दछ किनकि पुरानो थम्बाले गबारो कीरालाई आश्रय दिनुका साथै रोगको प्रकोप पनि बढी हुन्छ । फल उत्पादन लिँदा फलमा घाउचोट लाग्नु हुदैँन । सानो तिना घाउचोट सुरुमा नदेखिए पनि केरा पाक्ने बेलामा देखिने, चाँडै पाक्ने र कुहिने हुन्छ । घाउचोट लागेको केरालाई भण्डारण गरेर राख्न वा टाढासम्म ढुवानी गर्न सकिँदैन ।
उपचार, भण्डारण र ढुवानी :
यदि केरालाई अरु देशमा पैठारी गर्ने हो भने अर्थात् राम्रो व्यवस्थापनले बजार गर्नुपर्ने हो भने
फलहरूलाई ग्रेडिङ गरेर ठूला साना फलहरूलाई अलग अलग गर्नुपर्दछ । निर्यात गरिने फलहरू लाई काट्नासाथ बेनोमाइल नाम औषधिले उपचार गरेर सफा गरी ओवानो गराएर ५–१० के.जी. का प्याकहरू बनाउनुपर्दछ । केरालाई १३ डि.से.ग्रे. भन्दा कम तापक्रममा भण्डारण गर्न सकिँदैन साधारणतया १३–१५ डि.से.ग्रे.को तापक्रममा केरालाई भण्डारण र ढुवानी गर्नुपर्दछ ।
फल पकाउने :
केरा सामान्यतः २५ड्ढअ भन्दा बढी तापक्रममा आफै पाक्दछ । जाडो मौसममा र ठन्डा तापक्रममा
केरा आफँै नपाक्ने हुँदा पकाउनुपर्ने हुन्छ । बजारमा क्याल्सियम कार्वाइडको प्रयोग गरेर केरा पकाउने गरेको पाइन्छ । यो रसायन विषालु हुने हुँदा यसको प्रयोग गर्नु हुदैँन । सबभन्दा उत्तम तरिका त बन्द कोठामा केरा राखेर टिनको भाँडोमा काठको धुलो बालेर १२–३६ घन्टासम्म राखेमा केरा पाक्न सुरु गर्दछ । केरा अलिअलि पाक्न सुरु गरेपछि बाहिर निकाली खुल्ला ठाउँमा राखेमा क्रमिक रूपमा केरा पाक्दछ । गाउँघरमा अलकत्रका ड्रम वा काला प्लास्टिकका ड्रमभित्र परालमा केरा राखेर दिनभर पारिलो घाममा राख्ने र राति पराल वा कम्बलले छोपिदिनाले पनि केरा पकाउन सकिन्छ । रासायनिक विधिमा
इथेरल :
क्रिपन औषधिमा इथाइलिन भन्ने तत्व पाइने हुदाँ ५०० पि.पि.एम. ९ इथाइलिन प्रयोग गरेर पनि केरा पकाउन सकिन्छ ।
Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन ललितपुर प्रा.डा. दुर्गामणि गौतम