गुणस्तरयुक्त बीउको उपलब्धता प्रयोगले कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बीउ एउटा उत्पादनको आधारभूत सामग्री तथा वंशाणुगत गुणको बाहक हो, जसले विभिन्न आवहवा, खेती तरिकामा बाह्य श्रोतहरु (मलखाद, सिंचाई, बाली व्यवस्थापन) को यथोचित प्रयोग मार्फत राम्रो उत्पादन दिन्छ । कृषि उत्पादन अभिवृद्धिको लागि आवश्यक सामाग्रीहरु मध्ये गुणस्तरीय बीउ एकमहत्वपूर्ण एवं प्रमुख सामग्री मानिन्छ ।
“बीउ गुनाको फल” भन्ने उक्तिबाटै यो बुझिन्छ, कि बाली उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि ल्याउन बीउको अहम् भूमिका रहन्छ । विभिन्न अनुसन्धान बाट थाहा भए अनुसार स्थानीय खेती व्यवस्थामा पनि असल बीउ प्रयोग गर्दा ५ देखि २० प्रतिशत सम्म यसै वृद्धि ल्याउन सकिन्छ । वैज्ञानिक खेती व्यवस्थाको साथमा असल बीउ प्रयोग गर्दा उन्नत जातको पूरै उत्पादन क्षमता लिन सकिन्छ र उत्पादनमा अझ वृद्धि हुन सक्छ ।
नेपालमा खाद्यान्न बालीको बीउ बदल्ने दर हाल १० प्रतिशत मात्र देखिन्छ भने ९० प्रतिशत बीउ परम्परागत रुपमा हाम्रा कृषकहरुले आफ्नै खेतमा छनौट गरी बचाएर राखेको बीउको प्रयोग
गरी अन्न उत्पादन गर्दै आएका छन् । यस प्रकारको स्थानीय वा उन्नत जातको बीउको बचत गर्ने
बानी हाम्रो ग्रामीण भेगका कृषकहरुमा बढी प्रचलित छ । यो प्रक्रिया प्रचलित भए पनि अव्यवस्थित,
अवैज्ञानिक तरिकाले छनौट गरिएको बीउ भएकोले छिमेकी मुलुकको तुलनामा उत्पादकत्व वृद्धि हुन
सकेको छैन । यसो हुनुको कारण कि त यी जातहरुले कृषकहरुको आवश्यकता र इच्छा पूर्ति गर्दैनन् वा कृषि प्रसार पद्धति प्रभावकारी छैन । हाम्रो अवस्थामा, यी दुवै कारणले गर्दा कृषकस्तरमा नयाँ जातको अवलम्बन दर कम भएको स्वीकार्नै पर्छ । बीउ विकासको विधा नेपालमा उत्साहजनक छैन तापनि विगत केही समयदेखि खासगरी तराई क्षेत्रमा निजी कृषि उत्पादन वृद्धिमा गुणस्तर बीउ
स्तरमा बीउ उत्पादक कम्पनी, सहकारी संस्था, कृषक समूह तथा समुदाय बीउ उत्पादन तथा
वितरणमा लागेको हुँदा सरकारी निकायको तुलनामा निजी स्तरको योगदान बढी रहेको छ । दिगो कृषि विकासको लागि गुणस्तर बीउको उपलब्धता÷प्रयोगमा वृद्धि गरी कृषि उत्पादनको उत्पादकत्व बढाउन जरुरी देखिन्छ ।
१. बीउको श्रोत तथा वर्गहरु
बीउ भन्नाले सुरक्षा आवरणको रुपमा बोक्रा र खाद्यपदार्थको साथमा रहेको जीवित भ्रुण जसलाई
बाली बिरुवा पुनरोत्पादन गर्न प्रयोग गरिन्छ । वानस्पतिक हिसाबले परिभाषा गर्दा बीउलाई एउटा
परिपक्व बीज अण्ड (इखगभि) भनिन्छ । धेरैले बीउलाई बिरुवाको सन्तान उत्पत्तिको साधन भनेर परिभाषा दिएका छन् । त्यस्तै बीउ एक आफ्नो जातिय (वंशानुगत) अस्तित्व कायम राख्ने तथा आफ्नो
जीवन संरक्षण गर्ने साधन हो । बीउ जीवित हो र रोप्दा उम्रने हुनु पर्दछ । सबै बीउ अन्न÷दाना
हुन सक्छ तर सबै अन्न वा दाना बीउ हुन सक्दैन । नेपालमा निम्न अनुसारका बीउ वर्गहरुबाट
बीउ वृद्धि गर्ने गरिएको छ :
क. प्रजनन बीउ
प्रजनकले आफ्नो रेखदेखमा उत्पादन गरेको बीउलाई प्रजनन बीउ भनिन्छ । यो थोरै परिमाणमा
उत्पादन गरिन्छ र आनुवाशिंक तथा भौतिक दृष्टिकोणबाट शत प्रतिशत नै शुद्ध हुन्छ । यो मूल
बीउ उत्पादन गर्नका लागि श्रोत बीउको रुपमा प्रयोग गरिन्छ । यो सर्वसाधारणलाई बिक्री वितरण
हुँदैन । यो बीउको बोरामा गुणस्तर लेखिएको सुनौलो पहेंलो कागजको संकेतपत्र र प्रजनकले
हस्ताक्षर गरेको हुनु पर्दछ ।
ख. मूल बीउ
प्रजनन बीउ वृद्धि गरी उत्पादन भएको बीउलाई मूल बीउ भनिन्छ । यो बीउ सरकारी फार्म÷केन्द्र
वा बीउ प्रमाणीकरण निकायले उत्पादनका लागि स्वीकृति दिएको व्यक्ति, संघ, संस्था वा निकायबाट
बीउ विशेषज्ञहरुको रेखदेखमा उत्पादन गरिन्छ र बीउ प्रमाणीकरण निकायका विशेषज्ञहरुले प्रमाणित गरिएको हुन्छ । यस्ता बीउको बोरामा गुणस्तर लेखिएको सेतो कागजको संकेतपत्र र बाली
निरीक्षकले हस्ताक्षर गरेको हुनु पर्दछ ।
ग. प्रमाणित प्रथम पुस्ताको बीउ
यस पुस्ताको बीउ मूल बीउको बिज वृद्धि गरी उत्पादन गरिन्छ । यो सरकारी फार्म÷केन्द्र, व्यक्ति,
संघ, संस्था वा निकायबाट बीउ प्रमाण्ीाकरण निकायको बीउ विशेषज्ञहरुको रेखदेखमा उत्पादन
गरिन्छ । यस्ता बीउको बोरामा गुणस्तर लेखिएको निलो अक्षर तथा किनारमा निलो पट्टी भएको
संकेतपत्र राखिएको हुन्छ ।
घ. प्रमाणित द्वितीय पुस्ताको बीउ
यो प्रमाणित प्रथम पुस्ताको बीउ बीज वृद्धिबाट प्रमाणीकरण निकायको विशेषज्ञहरुको रेखदेखमा
उत्पादन गरिन्छ । यस्ता बीउको बोरामा गुणस्तर लेखिएको हरियो अक्षर तथा किनारमा हरियो पट्टी
भएको संकेतपत्र राखिएको हुन्छ ।
ङ. गुणस्तर उन्नत बीउ
यो बालीको सेचन प्रकृती अनुरुप मूल, प्रमाणित प्रथम वा द्वितीय पुस्ताको बीउ बीजवृद्धिमा बीउ
उत्पादन प्रविधि प्रयोगबाट बीउ उत्पादकको आफ्नै रेखदेखमा उत्पादन गरी सर्वसुलभ रुपमा खाद्यान्न
उत्पादनको लागि प्रयोग तथा वितरण गरिन्छ । यो बीउमा बीउ उत्पादक आफैले पहेंलो रङ्गको संकेत
पत्र लगाएको हुन्छ भने संकेतपत्रमा बीउको गुणस्तर (न्यूनतम उमार शक्ति, बीउको भौतिक शुद्धता
प्रतिशत, उत्पादन मिति, बीउको तौल आदि) लेखिएको हुन्छ । माथि उल्लेखित श्रोत बीउहरुको
तुलनामा गुणस्तर उन्नत बीउ प्रयोग गर्दा बढी उत्पादन हुन्छ भने पुन प्रयोग गर्दै जाँदा बीउको
गुणस्तर ह्रास भै उत्पादन कम हुन्छ । अतः सालवसाली गुणस्तर उन्नत बीउ प्रयोग गर्न सकिए मा मात्र आशातित उत्पादन लिन सकिन्छ ।
बीउको गुणस्तर कायम गर्नको लागि बीउ वृद्धि गर्दा नेपालमा परसेचित बाली (मकै) प्रमाणित प्रथम पुस्ताको बीउबाट गुणस्तर उन्नत बीउ उत्पादन गरिन्छ भने अत्यधिक परसेचित बालीहरु (तरकारी) मूल बीउबाट गुणस्तर उन्नत बीउ उत्पादन गरी बीउको गुणस्तर कायम राख्ने प्रचलन रहेको छ । बीउको उपलब्धता बढी भएमा स्वयम सेचित बाली (धान÷गहुँ) को प्रमाणित प्रथम पुस्ताको बीउ बाट गुणस्तर उन्नत बीउ उत्पादन गरिन्छ भने बीउको उपलब्धता कम भएमा प्रमाणित द्वितीय पस्ताको बीउबाट समेत गुणस्तर उन्नत बीउ उत्पादन गरिन्छ ।
२. वर्णशंकर बीउ
सामान्यतया कुनै बालीको दुई जात वा दुई इन्ब्रिड लाईनको बीचमा प्रजनन गराई निकालिएको
पहिलो पुस्ताको बीउलाई बर्णशंकर वा हाईब्रिड बीउ भनिन्छ । यसरी प्रजनन गरिएका पहिलो
पुस्ताको बीउबाट आउने बोटहरु एकनासका देखिन्छन । कहिलेकाहीँ प्रजनकहरुले दुई जात भन्दा
बढी जातहरु बीचमा प्रजनन गराएर पनि हाईब्रिड बीउ निकाल्दछन् । दुई जात बिचको प्रजननबाट
पैदा हुने बीउ लाई सिंगल क्रस हाईब्रिड, तीन जात बीचको प्रजननबाट पैदा हुने बीउ लाई ट्रिपल
क्रस हाईब्रिड र चार जात बीचको प्रजननबाट पैदा हुने बीउ लाई डबल क्रस हाईब्रिड बीउ
भनिन्छ । दुई जात भन्दा बढी जातहरु बीचमा प्रजनन गराई निकालिएको पहिलो पुस्ता हाईब्रिड
बीउको उत्पादन क्षमता कम हुन्छ तापनि बाली बिग्रने जोखिम पनि कम हुन्छ तर दुई जात बीचबाट
प्रजनन गरिएका सिंगल क्रस बीउको अन्य हाईब्रिडको तुलनामा बढी उत्पादन दिनुको साथै बाली बिग्रिने जोखिम पनि बढी नै हुन्छ ।
३. बीउ प्रतिस्थापन दर
कुल बाली लाग्ने क्षेत्रफलमा आवश्यक पर्ने बीउ परिमाणमध्ये गुणस्तर उन्नत बीउ र वर्णशंकर
बीउ प्रयोग परिमाणको प्रतिशतलाई त्यस वर्षको बीउ प्रतिस्थापन दर भनिन्छ । उदाहरणको लागि नुवाकोट जिल्लामा १०० हेक्टरमा धान लगाईन्छ भने ५० के.जी. बीउ प्रति हेक्टरका दरले आवश्यक हुने बीउ परिमाण ५००० के.जी. हुन्छ । गुणस्तर उन्नत बीउ र वर्णशंकर बीउ गरी २००० के.जी. र कृषक आफैले संचय गरी राखेको बीउ ३००० के.जी. गरी त्यस वर्ष धान लगाएको भएमा २०००÷५००० × १०० =४० प्रतिशत धानको बीउ प्रतिस्थापन दर भएको भन्ने बुझिन्छ ।
यस तथ्यबाट नुवाकोट जिल्लामा कृषकहरु अझै ६० प्रतिशत धान बीउ कृषक आफैले संचय गरी राखेको बीउ प्रयोग गर्दछन भन्ने बुझिन्छ । विकसित देशका कृषकहरु सालवसाली गुणस्तर उन्नत बीउ, वर्णशंकर बीउ प्रयोग गर्ने ती देशमा शत प्रतिशत बीउ प्रस्थिापन दर रहेको हुन्छ भने हाम्रो जस्तो विकासोन्मुख देशमा न्यून बीउ प्रस्थिापन दर रहेको छ । आ.व. २०६७÷६८ मा प्रमुख खाद्यान्न बालीको १० प्रतिशतमात्र बीउ प्रतिस्थापन दर रहेको थियो । खाद्यान्न बालीको तुलनामा तरकारी बालीहरुको बीउ प्रस्थिापन दर धेरै हुन्छ ।
वैज्ञानिकहरुको भनाई अनुसार कम्तीमा मकै बालीमा३३ र तरकारी बालीमा ८० प्रतिशत बीउ प्रतिस्थापन दर भएमा यस दरलाई सन्तोषजनक मानिन्छ । यस तथ्यअनुसार बीउ क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको छ । यसका लागि बीउ वृद्धिको साथै भण्डारण, प्रशोधन, प्याकेजिङ्ग, बजारीकरण जस्ता कार्य गरी कृषकमा बीउ प्रतिको जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सन्चालन भएमा मात्र र गुणस्तर बीउको सर्वसुलभता तथा अधिकतम प्रयोग भएमा मात्र बीउ प्रतिस्थापन दर वृद्धि भएर कृषि उत्पादनमा वृद्धि भई खाद्य सुरक्षामा ठूलो टेवा पुग्ने छ ।
४. प्रमुख खाद्यान्न बालीको बीउ प्रतिस्थापन दर
तथा उत्पादकत्वको अवस्था धान, मकै र गहुँ नेपालको प्रमुख खाद्यान्न बाली भएकोले देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बाली पनि हुन् । नेपालको कुल खेतीयोग्य जमिनमध्ये क्रमश १५, ८.७५, ७.६ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा यी बालीहरुको खेती गरिन्छ । नेपालमा विविध प्रकारको आवहवा भएतापनि मुस्ताङ र मनाङ जिल्लाहरु बाहेक अन्य सबै जिल्लामा धान खेती गरिन्छ भने मकै र गहुँ सबै जिल्लामा खेती गरिन्छ ।
विगत आधा शताब्दी भन्दा धेरै समयदेखि भइरहेको कृषि प्रयासहरुमा यी बालीहरुले अन्य बालीको तुलनामा बढी प्राथमिकता पाएतापनि उत्पादकत्व भने अन्य महादेशको साथै छिमेकी मुलुकको तुलनामा निकै कम रहेको छ । आ. व. २०६७÷६८ मा प्रमुख खाद्यान्न बाली धान, मकै र गहुँ खेती कुल क्षेत्रफलको क्रमश ९२, ९०.२ र ९७ प्रतिशत क्षेत्रमा उन्नत जातले ढाकिएको भएतापनि गुणस्तर बीउको प्रतिस्थापन दर भने सरदर
१० प्रतिशत भएको देखिन्छ तापनि ९० प्रतिशत बीउ कृषक आफैले संचय गरी राखेको बीउबाट
खेती भएको देखिन्छ ।
Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन , ललितपुर