परिचय :
खेती गर्दा आवश्यक जनशक्तिको अभाव र खेती गर्दा लागेको लगानी समेत नउठ्ने गरी हुने न्यून उत्पादन कृषि क्षेत्रले भोगेका प्रमुख चुनौती हुन् । बर्ष भरी मिहिनेत गरेर आफ्नो परिवारलाई बर्षभरी खान पनि नपुग्ने उब्जनी भए पछि घरको अन्य खर्च टार्न युवाहरु रोजगारी का लागि विदेशिनुको विकल्प छैन । युवाहरु विदेशिए पछि खेत वारीमा श्रम लाग्ने कामका लागि जनशक्तिको अभावले जग्गा बाँझो छोड्ने प्रवृत्ति बढ्दै गइरहेको छ ।
कृषिमा आधारित अर्थतन्त्र भएको देशले अधिकांश कृषि उपज बाहिरबाट भित्राउने पर्ने विडम्वना दिनानु दिन बढ्दै जाँदो छ । यसरी कृषिको आयमा निर्भर रहनु पर्ने देशमा जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दै जाने र कृषि उपजमा समत पर निर्भरता बढ्दै गएमा द्रुत रुपमा बढ्दै गएको जन संख्याले भोकमरी भोग्नु पर्ने निश्चित छ ।
उत्पादन लगानी कम लाग्ने र उत्पादन बढाउने न्यून वा शुन्य लगानी प्रविधिको विकास माथि उल्लेखित समस्याको समाधान हुन सक्छ । उत्पादनमा लाग्ने अन्य लगानी समय सापेक्ष हुने हुनाले नियन्त्रण गर्न कठिन हुन्छ तर किसानहरुका लागि शुन्य मूल्यमा उपलब्धहुने उन्नत उत्पादन प्रविधिको उत्पादन लागत घटाउन महत्वपूर्ण भूमिका रहन्छ । लगानी नलाग्ने, उत्पादन बढाउने कतिपय प्रविधिहरु अन्वेषण, विकास र प्रसार गर्नुृ पर्नेछ भने कतिपय कुनै एक ठाउँमा प्रयोगमा आए पनि त्यसको सत्यता परीक्षण र प्रसार गर्न आवश्यक छ । सामान्य प्रविधिको प्रयोग गर्नाले उत्पादनमा वृद्धि आउनुको अलावा लाग्ने श्रमको उल्लेखनीय कटौती हुने हुदा हुदै पनि अधिकाश गरिएको प्रदर्शनी परीक्षणको परिणामका आधारमा उत्पादन प्रविधि यहाँ उल्लेख गर्न खोजिएको छ ।
विना खनजोत लसुन खेती प्रविधिमा निहित अवधारणा :
धान काट्ने वित्तिकै खेतमा चिस्यान पर्याप्त मात्रमा भएको अवस्थामा धानको ठूटाहरुको बिच्चैमा लसुनको पोटीको आकारको लठ्ठीले माटोको सतह भन्दा २ सेमि जति गहिरो हुने गरी घोचिन्छ । सो प्वालमा लसुनको पोटी रोपिन्छ । लसुन उम्रिन्छ र बढ्दै जान्छ । लसुनको
जराको कारणले धानको ठुट्टा छिट्टै कुहिन्छ र लसुनका लागि पोषण प्रदान गर्छ । धानको ठुट्टा कुहिए पछि सो प्वालमा लसुनको गाना बढ्दै जान्छ । लसुनले आफ्नो आकारमा बृद्धी गरे पछि प्वालको साइज आफै बढाउदै लैजान्छ ।
तुलनात्मक प्रदर्शनी परीक्षण विधि
लीवर्ड र फरवार्डको साझेदारीमा संचालित “धानपछि बाँझो रहने जग्गामा बाली सघनीकरणद्वारा गरिवी न्युनीकरण” परियोजना अन्तर्गत दाङ्गका १३ र वाँके जिल्लाका १८ जना कृषकहरुको जग्गामा प्रदर्शनी प्लट राखिएको थियो भने ३१ मध्ये १९ कृषकको प्रदर्शनी परीक्षणको रुपमा तुलनात्मक उत्पादन अभिलेख लिइएको थियो । परीक्षणको मुख्य उद्देश्य खनजोत र विना खनजोत लसुन खेती गरी उत्पादनमा तुलना गर्नु थियो । यदि विना खनजोत लसुन खेती प्रविधि प्रभावकारी देखिएमा धान पछि बाँझो रहने जग्गामा वाली सघनिकरणका लागि
एउटा उपयुक्त कृयाकलाप (component) को रुपमा प्रसार गर्ने लक्ष्य राखिएको थियो । मुख्यतया विभिन्न स्थानमा दुई अभ्यासको उत्पादन तुलना गर्न प्रदर्शनी परीक्षण गरिएता पनि उत्पादनमा प्रभाव पार्ने विभिन्न पक्षहरुको प्रभाव पनि ध्यान दिइएको थियो ।
परीक्षणका लागि किसानको खेतमा प्रत्येक अभ्यासको लागि २० बर्ग मिटरको प्लटमा लसुन रोपियो । खनजोत प्रविधिमा किसानको अभ्यासमा लसुन रोपिएकोले लगाउने दूरी, मलखाद र अन्य खेती प्रविधि किसानको आफ्नो पूर्ववत अभ्यास अनुरुपनै थियो यद्यपी रासायनिक मल भने प्रयोग गरिएन । विना खनजोत प्रविधिमा भने xलगाउने दूरी त्यो भन्दा पहिलेको वाली धानको दूरी थियो। मल, झार उखेल्ने र छाद्यवरण फरक फरक गरिएको थियो । छाद्यवरण गरिएको प्रदर्शनीमा दुबै प्लटमा बरावर मात्रमा छाद्यवरण गरिएको थियो ।
उत्पादन रेकर्ड लिदा दुबै प्लटमा सम्बन्धित कृषकको अनुभव र अवलोकनमा सवभन्दा राम्रो देखिएको ठाउँबाट एक बर्गमिटर क्षेत्रफलको लिईएको थियो । भण्डारणमा लामो समय टिक्ने क्षमता को पनि तुलना गर्नुपर्ने भएकाले मुठा बनाइ राख्न सजिलो हुनेगरी गाना भन्दा १० से मि माथि सम्म काण्ड राखिएकोले सो भाग सम्मको काण्ड समेत समावेश छ ।
१.जग्गा छनौट
विना खनजोत लसुन खेती प्रविधिका लागि जग्गा छनौट अति नै महत्वपूर्ण हो ।
जग्गा छनौट गर्दा निम्न कुरामा ध्यन दिनु पर्दछ :
माटोः
खुकुलो खालको माटोमा लसुनको गाना फस्टाउन सजिलो हुन्छ । माटो पानी परेर सुक्ने वित्तिकै जमेर कडा डल्लो पर्ने भयो भने धानको गाँजले ओगटेको भाग बाहेक अरु ठाउँ लिन कठिन हुन्छ । तसर्थ दोमट माटो यो प्रविधिका लागि उपयुक्त मानिन्छ । माटोमा जैविक
पदार्थको मात्रा उपलब्ध भएमा राम्रो फसल लिन सकिन्छ ।
चिस्यानः
विना खनजोत लसुन खेती प्रविधिका लागिअर्को महत्वपूर्ण पक्ष चिस्यानको मात्रा हो । लामो समय पानी जम्ने ठाउँ भएमा विरुवाको बृद्धि र विकास रोकिने मात्र होइन बोट नै कुहिएर मर्न सक्छ । पानीको मात्रा कम भएमा पनि विरुवाको बृद्धि बिकाश रोकिन्छ । तसर्थ
विना खनजोत प्रविधिका सीमाहरु :
- धान नरोपेको जग्गामा लगाउन नमिल्ने
- प्राङ्गारिक मल प्रयोग गर्न चाहेर पनि नसकिने
- लगाउने दूरी चाहे जति राख्न नसकिने
- विना खनजोत प्रविधिको विशेष फाईदाहरु
- खनजोतमा लाग्ने श्रम नलाग्ने
- धान काट्ने वित्तिकै बढी चिस्यानका कारणले सिमान्त
- बनेको जग्गामा यो प्रविधिबाट खेती गर्न सकिने
- उत्पादन बढी दिने ।
लसुन रोप्ने बेला खेतमा पानी नजमेको तर खुट्टाको छाप राम्रै संग देख्न सकिने गरी चिस्यान हुन आबश्यक छ । बाली हुर्कने अवधीभरि चिस्यान रहनु पर्छ । चिस्यान जोगाउनलाई छाद्यावरण गर्नु आबश्यक हुन्छ । छिट्टै चिस्यान उड्ने खालको जग्गामा सिचाइको जरुरी हुन्छ ।
२. जगाका तयारीः
३. मलखादः
खनजोत नगरिने हुनाले माटो भित्र पुर्नु पर्ने मलखाद हाल्नु ब्यवहारिक देखिदैन । माटोमा निहित पोषक तत्व नै यो प्रविधिका लागि उपयोगी हुन्छ । पानीमा घुल्ने नाइट्रोजनयुक्त मलको हकमा प्रति रोपनी निम्न हिसावले यरिया फसल लिन सकिन्छ ।
४. लगाउने दूरीः
साधरणतया लाइनदेखि लाइनको दूरी २० से.मी. र बोटदेखि बोटको दूरी १५ से. मि. लगाउदा उपयुक्त अधिकतम प्रतिफल लिन सकिन्छ । लगाउने दुरी लसुनको आवश्यकता भन्दा पनि धान लगाइको दुरीमा निर्भर रहन्छ । लसुन लगाउने दूरी धानको दूरी भन्दा छोटो हुने हुनाले धान अलि बाक्लो रोप्ने ठाउँमा उत्पादन बढी लिन सकिन्छ ।
५. लगाउने समयः
लगाउने समय तराइमा कार्तिक महिना, मध्य पहाडमा र उच्च पहाडमा असोज देखि कार्तिक महिना सम्म लसुन लगाउन सकिने भए
पनि यो प्रविधिमा धान काट्ने समयमा निर्भर गर्छ । साधरणतया असोजको मध्यदेखिअन्त सम्ममा पाक्ने धा पछि लगाउदा राम्रो उत्पादन लिन सकिन्छ ।
६. जातः
चाइनिज लसुन १४०० मिटर भन्दा तलको उचाइमा लगाउँदा पोटी नहाल्ने हुनाले यो प्रविधिमा उपयुक्त हुँदैन भने अन्य उपलब्ध स्थानीय जातहरु सफलता पूर्वक खेती गर्न सकिन्छ ।
७. लगाउने तरीका.
धान काट्ने वित्तिकै लसुन लगाउनका लागि तयारी गर्नु पर्छ । एक लिटर पानीमा ५ग्राम चिनी र ५ ग्राम संजिवनीका दरले मिलाई घोल बनाई लसुनका पोटीहरु आधा घण्टा भिजाई ओझेलमा सुकाएर लगाउदा उत्पादन बढी लिन सकिन्छ । उक्त उपचार यो प्रविधिका
लागि अनिवार्य चाहि होइन, यो रोग कीराबाट बचाउनका लागि गरिएको हो । लसुनको पोटी साइजको मोटाइ भएको लठ्ठी बनाउने । माटोको सतह भन्दा २ से.मि जति गहिरो हुने गरी लठ्ठीले घोच्ने र सो प्वालमा लसुनको पोटी रोप्ने । लठ्ठीको प्रयोग नगरी धानको ठुटाको वीचमा पोटीको तल्लो भागले माटोका सतह छुने गरी लगाउदा पनि उत्पादन लिन त सकिन्छ तर केही पोटीहरु आवश्यक चिस्यान नपाएर
उम्रन नसकी खेर जाने सम्भावना रहन्छ । रोप्दा खेरी ध्यान दिनु पर्ने मुख्य कुरा भनेको पोटीको पहिले जरा पलाएको भाग तल माटो तिर पर्ने गरी ठाडो रोप्नु पर्छ ।
८. छाद्यवरण :
गअिजष्लन० छाद्यवरणको उत्पादनमा सकरात्मक अन्तर सम्वन्ध छ । यसैले विना खनजोत प्रविधिमा छाद्यवरण अनिवार्य कृषि कर्म ठहर गरिएको छ । छाद्यवरणमा प्रयोग भएका असुरो, धानको भुस ( धान बत्ताएर आएको पटेला) र पराल मध्ये धानको पटेला बढी प्रभाबकारी भेटिएको छ । धान बत्ताएर आएको पटेलाले ४ देखि ५ से. मी. बाक्लो गरी लसुनको पोटी रोपिसके पछि छाद्यवरण गरी दिदा झार आउन नदिने र लसुनको गाना बढ्दै गरेको अवस्थामा कुहिएर आवश्यक खाद्यतत्व पनि प्रदान गर्ने हुनाले लसुनको उत्पादनमा उल्लेखनीय बृद्धी
भएका भेटिएको छ । चिस्यान जोगाउने झार नियन्त्रण गर्ने र बालीको पछिल्लो अवस्था पोषण उपलब्ध गराउने हनालु विना खनजात विधिमा छाद्यवरण अनिवाय छ । र्जविक पदार्थ कम भएको र दूवो बढी आउने ठाउँमा छाद्यवरणले अझ प्रभावकारी भूमिक निर्वाह गर्छ ।
९. सिचाईः
चिस्यान कायम राख्न जैविक पदार्थयुक्त माटोमा राम्रोसंग छाद्यवरण गरिएको भए सिचाई आवश्यक नहुन सक्छ । चिस्यान कायम हुन नसक्ने माटोमा कम्तिमा २५ दिनको फरकफर एक पटक सिचाइ दिदा प्रभाबकारी हुन्छ। बाढी सिचाइ गर्दा माटोले लामो समय सम्मका लागि पानी संचय गर्ने अवसर पाउछ ।
१ फसल लिन :
तराईमा चैतको अन्तिमदेखि बैशाख र पहाडमा बैसाखको अन्तिममा फसल लिन सकिन्छ । काण्डमा सानो पोटी हाले पछि वा पातका टुप्पा ओइलिन थाले पछि फसल लिने वेला भएको भनेर बुझ्नु पर्छ । साधरणतया खनजोत भन्दा विना खनजोत प्रविधिबाट खेती गरिएको लसुन १० देखि २० दिन छिटो बाली लिन सकिन्छ ।
१२. रोग कीरा र रोकथाम :
लसुन खेतीमा त्यति धेरै रोग कीरा लाग्दैन । लाग्ने रोग कीराको रोकथाम खनजोत विधिमा जस्तै हो ।
Source : लेखकः जैविक विविधता अनुसन्धान तथा विकास लागि स्थानीय पहल (लि–वर्ड) मा परियोजना