बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

नेपालमा विविध प्रकारको हावापानी भएकोले यहाँ तराईदेखि उच्च पहाडसम्म सबै प्रकारका फलफूल खेती गर्न सकिन्छ । तराई क्षेत्रमा आँप, लिची, केरा, मेवा खेती गर्न सकिन्छ भने मध्य पहाडमा सुन्तला जात फलफूल र उच्च पहाडमा स्याउ, ओखर जस्ता फलफूल व्यावसायीकरुपमा उत्पादन गर्न सकिन्छ । मध्यपहाडको र वेशी टारहरुमा आँप, लिची, केरा जस्ता फलफूल उत्पादन गर्न सकिन्छ । हाम्रो देशमा माग अनुसारको फलफूल आपूर्ति गर्न विदेशबाट विभिन्न मौसममा फलफूल आयात भैराखेको छ । फलफूल आयात गर्दा विदेशी मुद्रा सटही गरेर किन्नु पर्दछ । हाम्रो देशको नगद विदेशमा पठाउँदा हाम्रो अर्थ व्यवस्थामा असर पर्दछ। त्यसैले हामीले व्यवसायीकरुपमा फलफूल खेती गर्नु जरुरी छ। यहाँ तराई क्षेत्रमा व्यावसायीक फलफूल खेती किन ? भन्ने चर्चा गर्न खोजीएको छ । तराई क्षेत्रमा व्यवसायीकरुपमा खेती गरिने फलफूलमा केरा, आँप, लिची मुख्य हुन् ।

व्यवसायिक केरा खेती किन ?

• केरा छोटो अवधिमा तयार हुने फलफूल हो ।

• केराको फल पौष्टिक हुनुको साथै सस्तो हुने र वर्षभरि नै माग भइरहन्छ ।

• एकै वर्षमा विभिन्न समयमा फल दिन्छ, प्रतिकठ्ठा ५-७ हजार शुद्ध आय गर्न सकिन्छ ।

• केराको सकर्सवाट अतिरिक्त आय हुन्छ ।

• केराबाट चिप्स, जुस बनाउन सकिन्छ। केरामा स्टार्च पाइन्छ । भिटामिन 'ए', 'बी' 'सी' र खनिजतत्व पाइन्छ । केराको बोटको रेशावाट डोरी, झोला बनाइन्छ ।

• नेपालमा विशेष पुजामा केरा आवश्यक पर्दछ ।


व्यवसायिक आँप खेती किन ?

• आँपमा प्रशस्त मात्रामा चिनी र भिटामिन 'ए', 'बी' 'सी' पाइन्छ ।

• पाकेको आँप पौष्टिक फलको रुपमा प्रयोग गरिन्छ ।

• काँचो ऑपबाट अचार र चटनी बनाइन्छ ।

• ऑपवाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

• आँपको रुखको बोक्राबाट रंग र गुदको पनि आपूर्ति गर्न सकिन्छ ।

• आँपको बगैंचाभित्र तरकारी, कोसेबाली, नगदे वाली खेती गरी अतिरिक्त आय गर्न सकिन्छ ।

व्यवसायिक लिची खेती किन ?

• लिची भिटामिन 'सी' को राम्रो श्रोत हो । लिचीमा  चिनी र फस्फोरस, क्याल्सियम र आईरन पाइन्छ ।

• लिचीको फलवाट बासनादार स्क्वास तयार गर्न सकिन्छ । अचार बाइन पनि बनाइन्छ ।

• लिची फललाई सुकाएर लिची नट बनाइन्छ ।

• लिचीको पात, फूल, बीउ, बोक्रा, जराबाट औषधि तयार गरिन्छ ।

• लिची उत्पादन बढाउन सकेमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

• लिचीको बगैंचाभित्र तरकारी, नगदे बाली लगाई अतिरिक्त आय गर्न सकिन्छ ।

व्यवसायिक फलफूल खेती कसरी ?

व्यावसायीकरुपमा केरा, आँप, लिची खेती गर्दा निम्न कुरामा ध्यान दिनु पर्दछ-

• व्यवसायीक फलफूल खेती गर्न पकेट क्षेत्रको छनौट गर्ने ।

• पकेट क्षेत्र छनौट गर्दा यातायात, बजार व्यवस्था समेत विचार गर्ने ।

• पकेट क्षेत्रका कृषकहरुलाई समूहमा आवद्ध गराई प्राविधिक ज्ञान दिने ।

• पकेट क्षेत्रमा आवश्यक विरुवाको आपूर्ति गर्न नर्सरी स्थापना गर्ने र राम्रो स्रोतबाट विरुवा आपूर्ति गर्ने ।

• पकेट क्षेत्रमा सिंचाईको राम्रो व्यवस्था गर्ने ।

• पकेट क्षेत्रका कृपकहर्सलाई विभिन्न ठाउँमा व्यावसायीक बगैंचाको अवलोकन भ्रमण गराउने ।

• बगैचा रेखाइन गरी तोकिएको दूरीमा विरुवा रोप्ने ।

• समय-समयमा बोट विरुवाको गोडमेल र रोग कीराको नियन्त्रण गर्ने ।

सम्बन्धित विषय

थप समाचार