मानव सभ्यताको शुरुवात देखि नै परिचित एवं पुरानो फलफुल हुनुका साथै विश्वमा खेती गरिने विभिन्न फलफूलहरु मध्य धेरै प्रचलनमा आउने एक महत्वपुर्ण फल हो केरा । यो निकै छोटो अवधिमा तयार हुने तथा असाध्यै सुपाच्य, पौष्टिक रुचिककर फलफुल हो । यसको उत्पति एसिया महादेश को उष्ण प्रदेशिय क्षेत्र खासगरी भारत, इन्डोनेसिया, फिलीपिन्स र थाइल्यान्डबाट भएको मानिन्छ । संसारमा सबैभन्दा बढी केरा उत्पादन गर्ने देशहरुमा भारत, चिन, मेक्सिको, ब्राजिल,ग्वाटेमाला, इन्डोनेसिया, फिलीपिन्स, कोस्टारिका, थाइल्यान्ड आदि पर्दछन ।
नेपालमा विशेषगरी तराई क्षेत्रका साथसाथै भित्री मधेस , पहाडका बेसीहरूमा केरा खेती गरिन्छ । घरायसी प्रयोजनका लागि नेपालमा धेरै पहिले देखि नै केरा खेती गर्ने गरियतापनी हाल आएर व्यवसायिक केरा खेती प्रति कृषकहरूको आकर्षण बढ्दै गएको पाइन्छ । हाल नेपालमा चितवन, नवलपरासी, बाँके , बर्दिया, सुर्खे त, कै लाली, कन्चनपुर, झापा, दाङ, रूपन्देही, बारा, सर्लाही, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा व्यवसायिक रूपमा केरा खेती भईरहेको छ । ने पालमा क्षेत्रफलका हिसाबले आँप, सुन्तलाजात फलफूल पछि केरा तेश्रो स्थानमा पर्दछ भने उत्पादनका हिसाबले आपँ पछि दोश्रो स्थानमा पर्दछ ।
वानस्पतिक विवरण :
केरा मुसेसी ( Musaceae) परिवारमा पर्ने फल हो । यसलाई मुसा र इन्सेन्ट गरी दुई समुहमा विभाजन गरीएको छ । हामिले खाने केरा मुसा समुहमा पर्दछ ।
मुसा समुहका केराहरु :
- Musa cavendishi : (होचा जात)
- Musa spenientum : (अग्लो जात)
- Musa paradisiace : (तरकारी खाने जातहरु)
केरा छिटो बढ्ने र छिटो उत्पादन दिने फल हो । यो रुख नभई बहुबर्षीय झारपात (Herb) हो । यसले रोपेको १ वर्षभित्र नै फल दिन्छ ।केराको बोटलाई जरा, गानो, थाम, पात र घरीमा बाड्न सकिन्छ ।
प्रयोग तथा महत्व :
केरा वर्षेभरि उपलब्ध हुने, पौष्टिक तत्वले भरिपुर्ण ज्यादै उपयोगी फल हो । यसबाट काँचै, पाकेपछि र प्रशोधन गरेपछि विभिन्न किसिमका परीकारहरु बनाउन सकिन्छ । काँचो फल र बुङ्गोलाई अचार तथा तकारी बनाउन प्रयोग गरिन्छ । पाकेको फललाई ताजा फलको रुपमा खाईन्छ भने काँचो तथा पाकेका फलहरु प्रशोधन गरी चिप्स, पिठो, जाम, जुसआदि बनाउन सकिन्छ । कतिपय अफ्रिकी मुलुकहरुमा केरालाई भातको साटो नै प्रयोग पनि गर्ने गरिन्छ । पाकेको केराको ७१ भाग खानयोग्य हुन्छ ।

साथै , केराको रेसाबाट कपडा, टिस्यू पेपर, कार्डबोर्ड, झोला, डोरी, कप, प्लेट, कार्पेट तथा बुन्ने बनाइने अन्य सामाग्रीहरू बनाउन सकिन्छ । केराको पानीलाई चिन्ह लगाउने मसि बनाउने कार्यमा पनि प्रयो गरिन्छ । साथै यसबाट वियर, रक्सी लगायतका पेय पदार्थ पनि बनाउन सकिन्छ । यसरी हेर्दा केरा खेति मार्फत हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि क्षेत्र मात्र नभएर औधोगिक क्षेत्रको विकासमा पनि सहयोग पुग्ने देखिन्छ । हाम्रो समाजमा संचालन गरिने जुनसुकै पुजाआजा, विवाह, व्रतवन्ध आदि कार्यमा केरा कहिल्यै नछूट्ने फल हो । साथै केराको पात तथा बो ट पनि विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ ।
हावापानी ( Climate) :
हावापानी भन्नाले वर्षा, तापक्रम, आद्रता, हावाहुरी, असिना र प्रकाशको समष्टिगतस्थितिलाई बुझीन्छ । हावापानीका यिनै विभिन्न तत्वहरुले बोट तथा फलको विकासमा प्रभाव पार्ने गर्दछन् । केरा गर्मी हावापानीमा हुने फल हो । न्यानो तथा प्रशस्त आद्रता भएको, तुषारो नपर्ने, समुन्द्रि सतहबाट ६०–३०० मिटरसम्मको उचाई र राम्रो वर्षा हुने वा सिँचाई सुविधा उपलब्ध भएको क्षेत्रमा व्यवसायिक रुपमा केरा खेती गर्न सकिन्छ ।
- केरा खेतीका लागि २५–३०० तापक्रम र ७५–८५५ आद्रता उपयुक्त हुन्छ तथापि १५–४०० तापक्रम र आद्रता केही कम वा बढी भएका ठाउँहरुमा पनि सफलतापुर्वक यसको खेती गरिएको पाइन्छ । तापक्रमले मुख्यतया नयाँ पातहरु र फलको वृद्धि विकासमा असर गर्दछ । धेरै चिसो तथा तुषारो पर्ने ठाउँमा पातहरु बढ्न नसक्ने तथा केरा ढिलो पसाउने समस्या हुन्छ। सामान्यतया केराको वृद्धिविकास १८० बाट सुरु भएर २७० मा उच्च हुन्छ र ३८० मा पुर्णतया रोकिन्छ । पारिलो तथा घाम लाग्ने क्षेत्रमा वृद्धिविकास छिटो हुने भएतापनि तापक्रम धेरै भएमा पात तथा फल डढ्ने समस्या देखा पर्दछ ।
उन्नत जातको तुलनामा स्थानिय जातहरुले केही बढी मात्रामा तापक्रम तथा तुषारो र रोग किरा सहन गर्न सक्दछन् । घर/ बगैँचा तथा करेसाबारीमा तराईदेखि पहाडको १६०० मिटरसम्म पनि केरा खेति गरेको पाइन्छ । पहाडी क्षेत्रमा केरा खेती गर्दा दक्षिण मोहोडा भएको पारिलो जग्गा छान्नु पर्दछ । वार्षिक वर्षा २००–५०० से.मि. सम्म हुने ठाउँमा आकाशे पानिको भरमा मात्र पनि केरा खेति गर्न सकिन्छ भने सुख्खा ठाउँहरुमा सिँचाईको राम्रो श्रोतको प्रबन्ध गरेर मात्र केरा खेती सुरु गर्नु उपयुक्त हुन्छ । हावाको उच्च वेगले केराका थामहरु ढलाईदिने हुदाँ त्यस्ता ठाउँहरुमा वायुनिरोधक वृक्ष लगाउनुपर्दछ ।
माटो :
सामान्यतया राम्रो मलजलको प्रबन्ध गरेमा सबै किसिमको माटोमा केरा खेती गर्न सकिन्छ तर व्यवसायिक रुपमा केरा खेति गर्दा प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको तथा पानिको राम्रो निकास भएको बलौटे दोमट माटोमा गर्नु उपयुक्त हुन्छ । पानी जम्ने खालको माटोमा केरा खेती गर्न उपयुक्त हुदैँन । सामान्यतया केरा खेतीका लागि माटोको पी.एच. ६.५ हुनुपर्दछ । माटोको पी.एच. कम भएमा वा अम्लियपना बढी भएमा पानामा रोग लाग्ने संभावना बढी हुन्छ तसर्थ अम्लियपना बढी भएको माटोमा आवश्यकता अनुसार कृषि चुनको प्रयोग गर्नुपर्दछ ।
६. केराका जातहरु :
१ .जि ९
- तराई, भित्री मधेश र मध्य पहाडमा खेती गर्न सकिने
- होचो क्याभेन्डिस केरा, सामान्यतया उचाई ६ꟷ७.५ फीट सम्म अग्लो हुन सक्ने
- फल ठूलो ( १९०ꟷ३०० गाम्र) ,८ꟷ१० इन्च लामो तथा हलुका घमुेको, काँँचोमा हरियो र पाके पछि पहेँलो हनुे।
२. विलीयम हाईब्रिड
- तराई, भित्री मधेश र मध्य पहाडमा खेती गर्न सकिने
- क्याभेन्डिस र्डाफ बाट विकास गरिएको हाईब्रिड जात, औसत उचाई २.५ꟷ३ मिटर हनुे।
- फलहरु १०ꟷ१२ से.मी. लम्बाई र ५ꟷ६ से.मी. मोटाई भएका हुन्छन् ।
- प्रति घरी १२५ꟷ१५० कोसा र ३०ꟷ३५ के.जी. तौल हुने ।
- उत्पादन क्षमता ५०ꟷ६० टन प्रति हेक्टर ।
- पानामा विल्ट रोग सहन सक्ने क्षमता भएको तर पातमा हुने थोप्ले रोग धेरै लाग्ने।
- गदुी नरम, तिाठदि र बास्नादार हुनुका साथैअन्य होचा जातहरुको तलुनामा
- पाके पछि लामो समयसम्म भणडारण गरेर राख्न सकिने ।
- रोपेको १२ꟷ१८ महिनामा उत्पादन दिने ।
३. हरिछाल :
- होचो जात, उचाई २.६–४ मिटरसम्म हुन्छ ।
- अरु जातको तुलनामा बढी सिचाँई र मलखाँद आवश्यक पर्दछ ।
- फल पाकेपछि पनि कोसाहरु हरिया नै रहन्छन् तसर्थ यसलाई हरिछाल पनि भनिन्छ ।
- प्रति घरी ३००–४०० कोसा र घरिको तौल ४०–५० के.जी हुन्छ । कोसाहरु ६ इन्च लम्बाई ४ इन्च मोटाईका हुन्छन् । घरीको तौल धेरै हुने हुदाँ टेका
पनि धेरै आवश्यक पर्दछ ।
- पानामा विल्ट रोग सहन सक्ने क्षमता भएको तर पातमा हुने थोप्ले रोग धेरै लाग्दछ । साथै हिउँदको समयमा धेरै चिसोका कारण पात पहेँलिने र सुक्ने समस्या देखिन्छ ।
५. मालभोग :
- तराई तथा पहाडि दुवै क्षेत्रमा यसको खेती गरिन्छ
- अग्लो जात, बोट ४–५ मिटर सम्म अग्लो हुन्छ र सुख्खा सहन सक्छ ।
- यो जात विशेष गरेर यसको मिठो स्वादको लागी प्रख्यात छ ।
- अन्य जातको तुलनामा कोसा कम लाग्ने हुनाले उत्पादन पनि कम हुन्छ
- तसर्थ व्यवसायिक रुपमा यसको महत्व घट्दै गईरहेको पाइन्छ ।
- प्रति घरी १००–१२० कोसा र घरिको तौल २५–३० के.जी हुन्छ ।
- पात वरिपरीको घेरा प्रष्ट रातो हुन्छ ।
- फल मझौला साइज, मिठो बास्ना आउने, स्वादिष्ठ र गुलियो र बोक्रा पातलो हुन्छ साथै भण्डारण क्षमता पनि बढि हुन्छ ।
६ . चिनी चम्पा पुभान :
- अग्लो जात, बोट ४–८ मिटर सम्म अग्लो हुन्छ ।
- भारतको मद्रास, आसाम र बंगालमा धेरै प्रचलित जात हो ।
- प्रति घरी १८०–२२० कोसा र घरीको तौल १५–२० के.जी हुन्छ ।
- फलहरु साना (७–से. मी.) र पहेँलो बोक्रा हुने, गुदी खदिँलो, गुलियो र हल्का अमिलो स्वाद हुन्छ ।
- पनामा विल्ट र थोप्ले रोग अवरोधक क्षमता भएको साथै केराको घुनबाट पनि धेरै क्षति नहुने ।
७. धुव्रृे
- यो नेपालको स्थानिय जात हो।
- चिसो सहन सक्ने क्षमता धेरै भएकाले उच्च भेगमा पनि खेती गरिएकोे पाईन्छ।
- यो जातमा कााँचो कोसाहरु हल्का सेतो धुलो पाउडर जस्तो पदार्थले ढाकिएको र पाकेपछि बोक्रा हल्का पहेँलो हुन्छ ।
- प्रति घरी ८०ꟷ१०० वटा कोसा र घरीको तौल १०ꟷ१५ के. जी हुन्छ।
८. मुंग्रे
-यो पहाडी तथा उच्च भेगमा खेती गररन्छ ।
-चिसो सहन सक्ने क्षमता बढि हुन्छ ।
-फलको गदुी च्याप च्याप लाग्ने तथा हल्का पहेँलो रुंगको हुन्छ ।
-कोसाहरु चोप्टा र पाटा पाटा परेका हुन्छन। पाकेको फलको बोक्रा हल्का रातो हुन्छ ।
-प्रति घरी ८०ꟷ१०० वटा कोसा र घरीको तौल १०ꟷ१५ के.जी हुन्छ ।
सिँचाई :
केरा धेरै सिँचाई आवश्यक पर्ने बाली हो र व्यवसायिक रुपमा केरा खेती गर्नको लागी सिँचाईको स्थायी स्रोत हुनु अनिवार्य छ। विशेष गरेर विरुवा लगाएपछि, मल प्रयोग गरेपछि र फुल फुल्ने तथा फल बढ्ने अवस्थाहरुमा सिँचाईको आवश्यकता धेरै हुन्छ । केराले पानी जमेको सहन सक्दैन तसर्थ माटोको अवस्था हेरेर धेरै सुख्खा पनि नहुने र पानी पनि नजम्ने तरिकाले बेला बेलामा बगैँचामा सिँचाई गर्नुपर्दछ । दुई लाइनको बिचमा कुलो बनाएर, बोटको वरीपरी बेसिन वा रिङ्ग बनाएर, थोपा सिचाँई प्रविधि जुनसुकै तरीकाले बगैँचामा सिचाँई गर्न सकिन्छ ।
बेसिन कुलो वा रिङ्ग केराको गानामा चोट नपुग्ने गरी बनाउनुपर्दछ । पानीको कम उपलब्धता भएका ठाउँमा थोपा सिँचाई प्रविधि अपनाउन सकेमा
कम पानीले धेरै क्षेत्रफलमा सिँचाई गर्न सकिन्छ । साथै मल तथा विषादिहरु पानिमार्फत राख्न सकिने हुदाँ कम जनशक्तिले थोरै समयमा धेरै क्षेत्रफलमा सिँचाई कार्य गर्न सकिन्छ । साथै नियमित रुपमा पानी र मलको उपलब्धताले विरुवाको वृद्धि विकास पनि राम्रो हुन्छ ।
खाडलको तयारी :
केरा रोप्नुभन्दा १ महिना अगाडि ६० घन से.मि.को खाडल खन्नुपर्दछ । उक्त खाडलहरुलाई १ हप्ताजति खुल्ला छोडिदिने र त्यसपछि सिफारीस गरिएको कम्पोष्टरगोबर मलको मात्रा माटोमा मिलाई खाडल पुरेर राख्नुपर्दछ ।खाडल खन्ने समयमा माथिल्लो आधा भागको माटो एकातर्फ र तल्लो आधा भागको माटो एकातर्फ राख्नुपर्दछ भने खाडल पुर्ने समयमा माथिल्लो आधा भाग पहिले र तल्लो आधा भाग पछी हाल्नुपर्दछ । यसो गर्दा खाडलको सबै माटोमा खाद्यतत्वको सन्तुलन मिलाउन सकिन्छ । साथै खाडल पुर्ने समयमा प्रति खाडल गोबर मल, १ के.जी. पिना र ५ के.जि. खरानी पनि माटोसँगै मिसाएर पुर्नुपर्दछ ।
रोप्ने समय र तरीका :
सिँचाईको उपयुक्त स्रोत र मलखादको उपलब्धता भएमा मंसिर, पौष र माघ
महिनाबाहेक अन्य जुनसुकै समयमा केरा रोप्न सकिन्छ तर केरा लगाउने समय
निर्धारण गर्दा केरा पसाउने समयको ख्याल गर्नुपर्छ । चिसो सुरु भएपछि वा भाद्र
महिनापछि पसाउने घरीहरुमा चिसोको कारणले गर्दा कोसाहरु राम्रोसँग बढ्न वा
पुष्ट हुन सक्दैनन् । गानाहरु रोप्दा माघ÷फागुन महिनामा रोपिन्छ भने टिस्युकल्चर
प्रविधिबाट उत्पादित विरुवाहरुलाई ज्येष्ठ÷असार महिनामा वा बर्षा सुरु भएपछि
रोप्नाले हुर्किन सजिलो हुनुका साथै अर्को वर्ष समयमा नै उत्पादन लिन सकिन्छ ।
टीस्यूकल्चर प्रविधिबाट उत्पादित विरुवाहरु जरा नखल्बलिने गरी पोलि ब्यागबाट
निकाल्नुपर्दछ र पोलि ब्यागमा जति भाग माटोले पुरिएको थियो त्यति भागमात्रै
ज्ञघ केरा खेती प्राविधिक पुस्तिका
जमिनमुनि पर्ने गरी रोप्नुपर्दछ । रोपिसकेपछि बोट वरीपरिको भागलाई हातले
हल्कासँग थिचेर सिँचाई तथा छापो दिनुपर्दछ ।
सकरको गानो वरीपरी पलाएका लामा लामा जराहरु काटेर हटाउनुपर्दछ ।
सकरहरु धेरै ठुला र चौडा पाते छन भने गानोभन्दा ३० से.मी. माथिबाट काटेर
छोट्याउनुपर्दछ । साना तथा साघुँरा पाते सकरहरु छन भने काण्ड नछुटाई
पातको फेदसम्म काटेर रोप्नुपर्दछ । यसरी तयार गरिएका सकरहरुलाई ५–१०
मिनेटसम्म ०.२ प्रतिशतको बेभिष्टिन झोलमा उपचार गरी छायाँमा सुक्न दिनुपर्दछ
र ३० से.मी. को गहिराईमा रोप्नुपर्दछ । रोपिसकेपछी सिँचाई तथा छापो दिनुपर्दछ ।