बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

स्याउको बिरुवा उत्पादन कसरी गर्ने ?

बुधबार, भदौ १८ २०८२
35 views
स्याउको बिरुवा उत्पादन कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

स्याउ शितोष्ण हावापानी भएको क्षेत्रमा लगाईने प्रमुख फलफूल बाली हो । नेपालमा समुद्र सतहबाट १५०० देखि ३००० मिटरसम्म उचाई भएको स्थानमा स्याउ खेती गर्न सकिन्छ । व्यावसायिक रुपमा स्याउ खेती गरी राम्रो उत्पादन लिनका लागि हिउँदको समयमा लामो समयसम्म चिसोको आवश्यकता पर्दछ । नेपालमा स्थान विशेषको तापक्रमको निर्धारण उचाईले गर्दछ । हरेक २०० मिटरको उचाई बढ्दा १० सेल्सियस तापक्रम घट्दछ ।

स्याउमा कोपिला फक्रिन, फूल फुल्न तथा फल लाग्न साथै गुणस्तरीय फल उत्पादनको लागि निश्चित समयसम्म चिस्यान (Chiflling Hours) को आवश्यकता पर्दछ । स्याउका जातहरुलाई चिस्यानको आवश्यकताको आधारमा तिन प्रकारमा वर्गिकरण गरिएको छ ।

बढी चिसो आवश्यक पर्ने स्याउका जातहरु नेपालको उच्च पहाडी भूभाग समुद्र सतहबाट २००० देखि ३००० मिटर सम्मको उचाईमा लगाईन्छ । यी जातहरुलाई फूल फुल्न र कोपिला फक्रन ७० सेल्सियस भन्दा कम तापक्रम भएको १,००० घण्टा भन्दा बढी अवधिसम्म चिस्यानको आवश्यक पर्दछ । मध्यम चिसो आवश्यक पर्ने स्याउका जातहरु समुद्र सतहबाट १५०० देखि २००० मिटर सम्मको उचाईमा भएको मध्यपहाडी भूभाग लगाईन्छ । यी जातहरुलाई फूल फुल्न र कोपिला फक्रन ७० सेल्सियस भन्दा कम तापक्रम भएको ६०० देखि १,००० घण्टा अवधिसम्म चिस्यानको आवश्यक पर्दछ । 

त्यसै गरी कम चिसो आवश्यक पर्ने स्याउका जातहरु जातहरु समुद्र सतहबाट १,२०० देखि १,५०० मिटरसम्म उचाई भएको नेपालको उपत्यका तथा तल्लो पहाडी क्षेत्रमा लगाइन्छ । यी जातहरुलाई ४०० देखि ६०० घण्टासम्म ७० सेल्सियस भन्दा कम चिस्यान अवधि भए पुग्दछ । स्याउको बोटको राम्रो वृद्घि विकासको लागि औसत तापक्रम २१० देखि २४० सेल्सियस चाहिन्छ । स्याउको फूल फुलेको अवस्थामा कम तापक्रम, तुषारो, वर्षा, हिमपात र बदली भई रहेमा परागसेचन प्रक्रियालाई निकै बाधा पु-याउछ ।

स्याउ फलको वृद्घि विकास हुने समय अर्थात जेष्ठ देखि भाद्र महिनामा प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ । फलमा जात अनुसार रंग आउनको लागि एन्थोसायनिन नामक रसायन बन्नुपर्ने हुन्छ जसको लागि प्रचुर मात्रामा सूर्यको प्रकाशको आवश्यकता पर्दछ । यो समयमा सूर्यको प्रकाश कम भएमा स्याउ फलमा रंगको विकास हुन पाउँदैन र गुणस्तरीय स्याउ उत्पादन हुन सक्दैन । साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागि उत्तर-पूर्वी मोहडा र सो भन्दा माथिको उचाई भएको स्थानमा दक्षिण–पश्चिमी मोहडा स्याउ खेतीको लागि उपयुक्त हुन्छ ।

 स्याउ खेती हुने स्थानहरुमा असिना र फूल फुल्ने समयमा तुषारोे पर्नु हुँदैन । साथै धेरै हावा चल्ने क्षेत्र गुणस्तरीय स्याउ उत्पादनको लागि उपयुक्त हुदैन । स्याउको राम्रो तथा गुणस्तरीय फल उत्पादनको लागि वार्षिक २०० देखि २५० मिलिमिटर वर्षा उपयुक्त हुन्छ । तर यो वर्षा फलको वृद्घि विकास हुने समय अर्थात् चैत्र देखि भाद्रसम्म समानुपातिक रुपमा बितरण भएको हुनु पर्दछ ।

स्याउको फलको वृद्घि विकासको समयमा माटो सुख्खा हुनु हँुदैन अन्यथा यो समयमा माटोमा चिस्यान कम भयो भने फलको साईज घट्ने, फलको संख्या घट्ने र जेष्ठ–आषाढ महिनामा साना फल अत्यधिक मात्रामा झर्ने (June Drop) गर्दछ । फल छिप्पिने समयमा धेरै वर्षा हुने, हुस्सु लाग्ने र बदली भई रहेको अवस्थामा फलको गुणस्तर घट्नुको साथै फलमा कालो ध्वाँसो ९क्ययतथ द्ययितअज०, भुवादार लाही कीरा (Wolloy Aphids) लगायतका रोग कीराहरुले आक्रमण गर्दछन् ।

माटो
स्याउ खेती प्रायः सबै किसिमको माटोमा गर्न सकिन्छ । प्रशस्त प्राङ्गारिक पदार्थ भएको मलिलो माटो, चिस्यान रहिरहने तर पानी नजम्ने, पानीको राम्ररी निकास भएको, माटोमा हावाको संचार राम्रो भएको दोमट वा बलौटे दोमट माटो स्याउ खेतीको लागि उपयुक्त 
हुन्छ । माथिल्लो सतहको माटो (Top Soli) कम्तिमा ३० से.मी. गहिरोे र माटोको पि.एच मान ५.५ देखि ६.५ सम्म भएको हुनु पर्दछ । नाईट्रोजन, फोस्फरस, पोटास, क्याल्सियम, म्याग्नेसियम प्रशस्त भएको माटो स्याउ खेतीको लागि उत्तम मानिन्छ ।

स्याउको बिरुवा प्रसारण व्यावसायिक फलफूल खेतीको लागि गुणात्मक तथा संख्यात्मक हिसाबले बिरुवाको आवश्यकता पर्दछ । फलफूलका बिरुवा बीउ रोपेर र कलमी गरेर उत्पादन गरिन्छ । बीउबाट उत्पादन गरेका बिरुवालाई बिजु बिरुवा भनिन्छ । कलमी बिरुवा वानस्पतिक विधिबाट प्रसारण गरिन्छ । कलमी बिरुवामा माउबोटको हुबहु गुण हुने, बोट होचो हुने, चाडै फल्ने लगायतका अन्य राम्रा गुणहरुले गर्दा व्यावसायिक खेतीका लागि कलमी बिरुवा अपरिहार्य मानिन्छ । 

कलमीबाट स्याउको बिरुवाको प्रसारण दुई चरणमा गरिन्छ :- 

(क) मूलवृत्त (Rootstock) उत्पादन
(ख) कलमी बिरुवा उत्पादन 

मूलवृत्त (Rootstock) उत्पादन 

कलमी बिरुवा उत्पादन गर्दा जरा सहितको बिरुवामा अर्को राम्रो जातको स्वस्थ हाँगा जोडिन्छ । यसरी कलमी जोडिएको स्थान भन्दा तल जरा भएको भागलाई मूलवृत्त (Rootstock) भनिन्छ भने माथीको हाँगाको टुक्रालाई सायन (Scion) भनिन्छ । 

स्याउको मूलवृत्त उत्पादन दुई प्रकारवाट गर्न सकिन्छ – (क) बिजु मूलवृत्त उत्पादन (Seedling Rootstock Production) (ख) वानस्पतिक मूलवृत्त उत्पादन (Clonal Rootstocks Production)

(क) बिजु मूलवृत्त उत्पादन (Seedling Rootstock Production), 

नेपालमा स्याउको कलमी बिरुवा उत्पादन गर्न ईडिमयल (Edimayal) र क्र्याब एप्पल (Crab Apple) को मूलवृत्त प्रयोग गर्ने गरिन्छ । 

ईडिमयल र क्र्याब एप्पलको बीउ रोपेर मूलवृत्त बिरुवा तयार पार्ने गरिन्छ । बीउको बाहिरी आवरण कडा हुने भएकोले बीउ उमार्न बीउलाई चिसोबाट उपचार (Cold Treatment) गर्नु पर्दछ । चिसोबाट उपचार गर्ने पद्घतिलाई ‘स्ट्राटिफिकेशन’ (Stratification) भनिन्छ ।

स्ट्राटिफिकेशन गर्ने विधि

स्ट्राटिफिकेशन गर्नको लागि मंसिर महिनामा काठको बाकस वा पोलिथिनको थैलोमा ५ से.मी. जति बाक्लो चिसो बालुवा राखेर त्यसमाथि १२ घण्टा भिजाएको क्र्याब एप्पल वा ईडिमयलको बीउ बराबर मिलाएर राख्ने । 

बीउ माथी पुनः चिसो बालुवाले छोप्ने र यसै गरी बीउ र बालुवाको तह बाकस नभरिन्जेल राख्ने । 

जंगली झ्याउ वा जुटको बोराले माथिवाट छोपेर छहारीमा २ देखि ३ महिनासम्म चिसो पारी राख्ने । 

बीउलाई बेला बेलामा भिजाई राख्ने । यसरी चिसोबाट उपचार गरेपछि माघको अन्त्यतिर बीउ अंकुरण हुन थाल्दछ । 

फाल्गुण महिनाको शुरुमा अंकुरित बीउलाई नर्सरी ब्याडमा १५ × २५ से.मी. को दुरीमा रोप्ने ।

नर्सरी व्याडमा बिजु मूलवृत्त बिरुवा उत्पादन 

■ आश्विन महिनामा ब्याड राख्ने स्थानको छनौट गरी रेखाङ्कन गर्नु पर्दछ । रेखाङ्कन गर्दा १ फिटको दुरीमा दुईवटा लाइन कोर्ने र दुई लाईनपछि ४५ से.मी.को दुरीमा अर्को दुई लाइन कोर्नु पर्छ । 

■ प्रत्येक लाईनमा १५ से.मी. चौडाई र १५ से.मी. गहिरो कुलेसो (Trench) खनी राम्रोसँग कुहिएको कम्पोष्ट वा गोबर मल ५ के.जी., यूरिया, डि.ए.पि. र पोटास मलको मिश्रण प्रति वर्ग मिटरमा २०० ग्राम मिसाई खाडललाई राम्रोसँग पुरेर पानी जम्ने गरी सिंचाई गर्नु पर्दछ । 
■ नर्सरी व्याडमा सुकेका घांसपातले बाक्लोसँग छापो राखि ९० माईक्रोन ९ःष्अचयल० को कालो प्लाष्टिक सीट (Polythene Sheet) ले ढाकिने गरी ब्याड छोपी दिनु पर्दछ । ■ कार्तिकको अन्तिम हप्ता देखि मंसिरको पहिलो हप्ता भित्रमा ढाकिएको प्लाष्टिक सीट र घाँसपातको छापो हटाउनु पर्दछ । 

■ ईडिमयल र क्र्याब एप्पलको बीउलाई १२ घण्टा भिजाई छायाँदार स्थानमा ओभानो पार्नु पर्दछ । नर्सरी व्याडमा ४ से.मी. जति गहिरो धर्सा कोरी उक्त धर्साहरुमा २ से.मी.को दुरीमा बीउ रोपी बालुवा र माटोको मिश्रणले हल्का छोपी सुकेका घाँसपातले छापो दिई समय समयमा सिंचाई दिनु पर्दछ । फाल्गुणको अन्तिम देखि चैत्र महिना भित्रमा सम्पूर्ण बीउहरु उम्री सक्दछन् । बिरुवा उम्रेपछि छापो हटाउनु पर्दछ । 

■ बिरुवा हुर्कने क्रममा आएका अनावश्यक हाँगाबिँगाहरु (Suckers) सानै अवस्थामा हटाई नियमित रुपमा गोडमेल र मलजल गर्ने काम गर्नुु पर्दछ । 

■ उक्त बीजु बिरुवाहरु मंसिर–पौष महिनामा कलमी गर्नको लागि तयार हुन्छन् ।

(ख) वानस्पतिक मूलवृत्त उत्पादन 

■ नेपालमा स्याउको कलमी बिरुवा उत्पादन गर्न म्यालस प्रुनिफोलिया ९ःबगिक उचगलषयष्बि० को मूलवृत्त पनि प्रयोग गरिन्छ । 

■ वानस्पतिक बिजु बिरुवाको उत्पादन गर्न बोटको हाँगाहरुलाई जमिनमा सुताएर वा बोटको वरीपरी माटो थुपारेर जरा निकाल्ने (Mound Layering) विधिद्वारा गरिन्छ ।

 ■ मलिलो माटोले छोपेको बोटको फेदवाट आएका हरेक हाँगाहरुको फेदमा औठी आकारमा २ से.मी. जतिको बोक्रा निकाली पुनः माटोले छोपी दिनु पर्दछ । काटिएको भागवाट केही समयपछि जरा निस्कन्छ । 

■ तिनै बोटहरुलाई पौष महिना तिर हरेक हाँगाहरुलाई जरा सहित माउबोटवाट छुट्याईन्छ र तयार पारिएको नर्सरी ब्याडमा ६० से.मी.को दुरीमा रोपिन्छ । 

■ वानस्पतिक बीजु बिरुवा (Clonal Rootstocks) को बराबर साईजको बोट हुने र उत्पादन धेरै दिने, सुख्खा अवस्था सहन सक्ने, रोग कीरा सहन सक्ने गुणहरु रहँदा रहँदै पनि यसले व्यावसायिक रुप लिन भने सकेको छैन ।

■ यसको मुख्य कारण वानस्पतिक बिजु बिरुवाको माउबोट उपलब्ध नहुनु, आवश्यक परेको समयमा धेरै बिरुवा उत्पादन गर्न सक्ने प्रविधिको अभावले गर्दा यसको प्रयोगको व्यावसायिकरण हुन नसकेको हो । स्याउको बोटमा बिजु बिरुवाको असर कलमी विधिद्वारा बिरुवा प्रसारण गर्दा बिजु बिरुवाको सबै गुण र अवगुणहरुको बारेमा अध्ययन गरेपछि मात्र बिरुवा उत्पादन गर्न शुरु गर्नु पर्दछ । बिजु बिरुवाको माउबोट होचो खालको छ भने कलमी बिरुवा पनि होचो नै हुन्छ ।

उदाहरणको लागि गोल्डेन डेलिसियसको एउटै बोटको एउटै हाँगावाट दुईवटा सायन निकालेर एउटा सायन एम ९ को बीजुमा कलमी गर्ने र अर्को सायन क्रयाब एप्पलको बीजुमा कलमी गरेको खण्डमा एम ९ मा कलमी गरेको बोट निकै होचो हुन्छ भने क्रयाब एप्पलमा कलमी गरेको बोट निकै अग्लो हुन्छ ।

बेलायतको ईष्ट म्यालिङ रिसर्च स्टेशन (East Malling Research Station) ले रोग कीरा सहन सक्ने लगायतका विशेष गुण भएका स्याउका जातहरुको विकास गरेको छ । मूलवृत बिरुवाको लागि एम ९, एम २७, एम एम १०४, एम एम १०६, एम एम १११, मर्टन ९ःभचतयल० ७९३ जातका मूलवृत्तहरु प्रयोगमा ल्याउन सकिन्छ तर नेपालमा व्यावसायिक रुपमा यी जातहरुको प्रयोग भइसकेको छैन । विकसित देशहरु खासगरी बेलायतमा यी जातहरुको बढी प्रयोग हुने गर्दछ ।


कलमी अथवा वानस्पतिक विधिबाट प्रसारण स्याउमा दुई तरिकाले कलमी गरिन्छ । स्याउको प्रसारण विशेष गरेर जंगली स्याउको मूलवृत्त (Rootstock) वा वानस्पतिक मूलवृत्तमा उन्नत जातको स्याउको स्वस्थ हाँगाको टुक्रा (Scion) लाई बेन्च कलमी (Bench Grafting) वा स्वस्थाने कलमी (In-situ Grafting) विधिद्वारा गरिन्छ ।

नर्सरीमा रोपेको मूलवृत्त बिरुवालाई उखेलेर सुविधायुक्त स्थानमा बसेर कलमी गर्ने र कलमी बिरुवालाई पुनः नर्सरीमा रोप्ने विधिलाई स्वस्थाने कलमी ९क्ष्ल(कष्तग न्चबातष्लन० भनिन्छ । नर्सरीमा रोपेको मूलवृत्त बिरुवालाई नउखेली आफूलाई चाहिएको जातको सायन ल्याएर त्यही गरिने कलमीलाई स्वस्थाने कलमी (In-situ Grafting) भनिन्छ ।

नर्सरीमा तयार भएको बिजु बिरुवामा टङ्ग ग्राफ्टिङ्ग (Tongue Grafting विधिद्वारा  हिउँद अर्थात् मंसिर–पौष महिनामा बेन्च ग्राफ्टिङ्ग गरी बिरुवा उत्पादन गर्ने गरिन्छ भने गर्मी अर्थात् फाल्गुण–चैत्र महिनामा स्वस्थाने कलमी गरी बिरुवा उत्पादन गर्ने प्रचलन छ ।

(क) बेन्च कलमी तरिका (Bench Grafting Method)

■ यो तरिका हिउँदमा सबै पात झरेको बेला गरिन्छ । 

■ सर्वप्रथम एक वर्षका पेन्सिल आकारको मोटो र सीधा मूलवृत्तलाई नर्सरी ब्याडबाट उखेलेर त्यसको जरालाई छाँट्ने । 

■ यसैगरी उपयुक्त जातहरुबाट मूलवृत्त बराबर कै सायन (Scion) संकलन गरी सायनका हाँगाहरुलाई पनि प्रत्येक टुक्रामा २–३ वटा स्वस्थ आँख्लाहरु रहने गरी काट्ने । 

■ मूलवृत्त र सायन दुबैमा एउटा चक्कुले छड्के गरी सम्म पारेर काट्ने । दुबैमा काठभित्र पुग्ने गरी २ से.मी. लामो जिब्रो (Whip) काटिन्छ । 

■ काटिएको छेउमा जिब्रो घुसाई कसेर जोड्ने जसले गर्दा मूलवृत्त र सायनका क्याम्बियम तह (बोक्रा र काठ बीचको मसिनो तह) एक आपसको सम्पर्कमा आउँछ । 

■ जोडेको ठाउँमा प्लाष्टिकको टेपले स्वस्थ आँख्लालाई नछोपिकन बाँधेर कलमी गरेका बिरुवालाई छाप्रो भित्र बालुवा मुनि करिब दुई महिनासम्म क्याल्सिङ्गको लागि राखिन्छ ।

■ यि बिरुवाहरुलाई नियमित रुपमा सिंचाई दिनु पर्दछ । चैत्र–बैशाख महिनामा सफल कलमी बिरुवाहरुलाई उखेली नर्सरी ब्याडमा सारिन्छ ।

(ख) स्वस्थाने कलमी तरिका (In-situ Grafting Method)

स्वस्थाने कलमी भनेको नर्सरी ब्याडमा रोपि राखेको मूलवृत्तको बोटमा गरिने कलमी हो ।

■ गृष्मको शुरुवातमा बोट भित्र रस प्रचुर मात्रामा बगिरहेको बेलामा यो तरिकाबाट कलमी गर्ने गरिन्छ । कलमी गरिने विधि बेञ्च ग्राफ्टिङ्ग गरे जस्तै हो । 

■ दुबै विधिमा अन्तर यति मात्र हो कि यस विधिमा क्याल्सिङ्ग गरी राख्नु पर्दैन र पटक पटक उखेल्ने तथा रोप्ने गरी राख्नु पर्दैन । 

■ यस तरिकाबाट योग्य र स्वस्थ्य बिरुवाहरु १ वर्ष भित्र तयार पार्न सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार