बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कोदोमा लाग्ने डढुवा रोग - ( Blast)

शुक्रबार, असार ८ २०८१
6 views
कोदोमा लाग्ने डढुवा रोग  - ( Blast)

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
नेपालमा खेती गरिने अन्नवालीहरु धान, मकै र गहुँ पछि कोदो बाली चौथो महत्वपूर्ण बाली हो । आर्थिक वर्ष २०७२र०७३ को कृषि तथ्याङ्ग अनुसार यसको खेती २६३५९६ हेक्टर क्षेत्रफलमा खेती गरेको पाइन्छ भने कुल उत्पादन ३०३७०७ मेट्रिक टन र उत्पादकत्व ११६ टन प्रति हेक्टर भएको पाइन्छ । यो परिमाण नेपालको कुल खाद्यान्न उत्पादनको ३८१ प्रतिशत हुन आउँछ । नेपालको मध्यपहाडमा कोदोको उत्पादन बढी मात्रामा खेती गर्दछन् । यस क्षेत्रमा मकैमा घुसुवाबालीको रुपमा कोदोको खेती गरिन्छ र कतैकतै सुख्खा जमिनमा एकल वालीको रुपमा पनि लगाइएको पाइन्छ । विशेषगरी देशको पूर्वी र मध्य भागको पहाडी क्षेत्रमा घुमुवावालीको रुपमा र पश्चिमी भेगको पहाडी क्षेत्रमा भने एकल बालीको रुपमा कोदोको खेती गरिन्छ तापनि यसको क्षेत्रफल अत्यन्त न्यून रहेको छ। विश्वको सन्दर्भमा हेर्दा कोदोबालीको बार्षिक उत्पादन करिब ४५ लाख मेट्रिक टन भएको पाईन्छ। विश्वका २५ भन्दा बढि अफ्रिकी र एशियाली देशहरुमा कोदोको खेती गरिन्छ भने कोदो उत्पादन गर्ने मुख्य देशहरुमा भारत, युगाण्डा र चीन पर्दछ। नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगत रहेको पहाडी वाली अनुसन्धान कार्यक्रम काबे, दोलखामा गरिएको अनुसन्धान अनुसार मध्यपहाडी क्षेत्रमा असार महिनाको पहिलो हप्तामा लगाउँदा उत्पादन बढेको र त्यस भन्दा छिटो रोपिएको कोदोको दाना उत्पादन भन्दा नल धेरै पाईएको देखिन्छ । तसर्व भौगोलिक अवस्थाको आधारमा उच्च पहाडमा वैशाख देखि जेष्ठ तिरर मध्य पहाडमा आषाढ देखि श्रावण सम्म रोप्न सकिन्छ । कोदो अन्य बालीको तुलनामा कम खेती गरिनु र साथै रोगको कारण उत्पादनमा पनि कमी भएको पाईन्छ । यस वालीमा मुख्यतया निम्न किसिमका रोगहरु लागेको देखिन्छ ।

डढुवा : 
यो कोदोको महत्वपुर्ण रोग पाइरिकुलेरिया सेटेरिई  नामक दुशी बाट हुन्छ। यो रोगको प्रकोप धेरै नै भएमा ८० प्रतिशत सम्म नोक्सानी पुऱ्याउँछ । नेपालमा कोदो खेती बढी मात्रामा पहाडी भेगमा गरिने भएकोले कतै कतै यस रोगको प्रकोप बढी मात्रामा पाईन्छ। हुनत यो रोगको जिवाणु कोदो बाहेक गहूं, जौ, मकै र अन्य घाँसहरुमा पनि आक्रमण गर्दछ। यो रोगका जिवाणुहरु ५ डि से .ग्रे  देखि ३५ डि से. ग्रे  सम्म तापक्रममा बाच्न सके तापनि यसको वृद्धि र प्रसारको लागी २० डिग्री  देखि ३० डिग्री  से. ग्रे को. तापक्रम बढि सुहाउँदो हुन्छ । मनसुनको शुरुमा हुने वर्षाको लगतै पछि सापेक्षिक आर्द्रता बढि भएमा रोगको प्रकोप ज्यादै बढ्छ । यस रोगको जिवाणुहरु कोदो बाली टिपी सकेपछि रहेका बोटका अवेशषमा जिवनयपान गर्दछन कोदोको अर्को मौसम आएपछि बाली लगाउन साथ आक्रमण गर्दछन्। यि बाहेक रोग लागेको बालाका बीउका दानाहरु बाट पनि सर्दछन् । यसरी एक ठाँउमा रोग लागि  सकेपछि रोगी विरुवाको माध्यमद्वारा अरु स्वस्थ विरुवासा मेग फैलन्छ । बढि नाइट्रोजन युक्त मल हालेमा यो गंग झन बढेर जान्छ।

लक्षण :
यस रोगले कोदोलाई व्याडको अवस्था देखि लिएर पाक्ने वेला सम्म पनि आक्रमण गर्न सक्छ । शुरुमा व्याडका बनांमा पहेंलो रङ्गले घेरिएको घेरा भित्र खैरो र हरियो मिसिएको बोप्ला देखा पर्छ  पछि बेना मारि सकेपछि घोप्लाहरु बेनांमा भन्दा ठूलो भएर बढ्छ र अन्तमा पात स्केर झर्न पनि सक्छ । डाँठमा आक्रमण भएको अवस्थामा आंख्ला देखि ५ देखि १० से. मि. माथी सम्म र ऑल्ला समेत कालो भएर आउँछ । फलस्वरुप काण्डको भित्र कोष कालो भएर जान्छ र पछि बाला भाँचिन्छ। बालामा भएको आक्रमणले हुने नोक्सनीको मात्रा अधिकतम हुन्छ । रोग लागेका बालाको फेर्दातर कुहिने र निहुरेर जाने हुन्छ । यस्ता बालाहरुमा दान लाग्दैनन् र नागी हाले पनि बाना चाउरिएको र धारै लाग्दछन् । 

रोकथाम :  
१) दुसीनाशक वेभिष्टिन २ ग्राम प्रति के जी बीउका दरले बीउ उपचार गरी यो रोग कम गर्न सकिन्छ ।
२) ब्याड तथा खेतमा राग देखिने वित्तिकै ब्लाइंटक्स ५० नामका विषादी २ ग्राम प्रति लिटर पानीका दरले बोटमा आवश्यक अनुसार २ पटक सम्म १० दिनको फरकमा छर्केर यो रोग कम गर्न सकिन्छ । 

Source : Krishi 

थप समाचार