बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

जुनोटिक रोग र पशुपन्छी तथा जनस्वास्थ्यमा यसको सम्बन्ध

बुधबार, असार २० २०८१
6 views
जुनोटिक रोग र पशुपन्छी तथा जनस्वास्थ्यमा यसको सम्बन्ध

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
मानिस र पशुपन्छी बीच एक आपसमा सर्न सक्ने वा संक्रमण हुन सक्ने रोगलाई जुनोटिक वा जुनोसिस रोग भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार “मेरुदण्ड भएका पशु र मानवका बीच प्राकृतिक रुपमा सर्न सक्ने रोगहरु र संक्रमणलाई जुनोटिक रोगहरु वा जुनोसिस भनिन्छ ।“ संसारमा करिव १४१५  जीवाणुहरु मानिसको स्वास्थ्यमा असर गर्न सक्रिय छन, भने यी मध्ये ५८ प्रतिशत जीवाणु तथा विषाणुहरु जुनोटिक समूहभित्र पर्दछन् । यसमा पनि १७७ संख्यामा जीवाणु र विषाणुहरु अति सम्वेदनशील, पटकपटक देखापर्ने र घातक समूहभित्र पर्दछन् । मानिसमा लाग्ने रोगहरु मध्ये ६१ प्रतिशत रोगहरु पशुबाट उत्पत्ति भएको मानिन्छ । विश्वभरि मानिसमा पाइने रोगहरु मध्ये करिब ३०० भन्दा बढी रोगहरु पशुबाट मानिसमा सर्दछन् । नेपालमा पनि करिब ५९ रोगहरु जुनोटिक हुनसक्ने अनुमान गरिएको छ ।

जुनोटिक रोगहरुका कारकमा भाइरस, व्याक्टेरिया, परजीवि र ढुसी रहेका छन । मानिसमा लाग्ने ६० प्रतिशत भन्दा बढी रोगहरु पशुपन्छीबाट मानिसमा सरेको तथ्य पाइन्छ । पछिल्लो समय मानिसमा लाग्ने ७२ प्रतिशत नयाँ  रोगहरु  (Emerging and Reemerging) पशुपन्छीबाट मानिसमा सर्ने गरेको रत्यस्ता नयाँ प्रकृतिका रोगहरु अहिले विश्वको सामु ठूलो चुनौतीको रुपमा रहदै आएका छन् । त्यसैले यी माथिका सबै तथ्यहरुको आधारमा त्यस्ता रोगहरुबाट बच्नको लागि तथा रोग फैलिन नदिनको लागि पनि जुनोटिक रोगको न्यूनिकरण र निराकरण गर्नु अति महत्वपूर्ण छ । 

फ्रेन्च जिवशास्त्री लुइस पास्चरले सन् १८८५ जुनाई ६ मा सर्वप्रथम प्राणघातक जुनोटिक रोग “रेविज” विरुद्धको खोप उत्पादनमा सफलता प्राप्त गरेको संझनामा जुनोटिक रोग बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभरी हरेक वर्ष जुलाई ६ को दिनलाई World Zoonoses Day को रुपमा मनाउँदै आएको छ । पछिल्लो समयमा ३१ डिसेम्बर सन् २०१९ मा पहिलो पटक चिनमा देखापरे सँगै विश्वभरी फैलिइरहेको कोरोना भाइरस पनि (COVID-19) klg Emerging and Re Emerging Zoonotic
Disease अन्तरगत पर्ने भएको हुँदा यसले मानव जीवन, जनस्वास्थ्य, आर्थिक एवम् सामाजिक रुपमा पार्ने असरका बारेमा हामी सबै राम्ररी परिचित भएका छौं । यस खालका थुप्रै जुनोटिक रोग रुपी विपदहरु समय समयमा निकै दुःख दिने गरेकोले यिनबाट बच्ने उपायहरुलाई अवलम्बन गर्नु नै सबैभन्दा उत्तम कार्य हो । त्यसैले यहाँ पशुपन्छी तथा मानिसमा महामारीको रुपमा फैलिने नयाँ रोग तथा नियन्त्रणमा आएको धेरै वर्ष पछि पुनराबृत्ति हुने महामारी रोगहरुको बारेमा छोटो चर्चा गर्न सान्दर्भिक देखिन्छ ।

उदयमान रोगहरु  (Emerging Diseases) :
कुनै नयाँ रोग नयाँ स्थान वा प्रजातीमा पहिलो पटक महामारीको रुपमा देखापर्नुलाई उदयमान (नयाँ) रोग भनिन्छ । त्यस्तै धेरै समय अगाडी (१० देखि २० वर्ष) देखि नियन्त्रणमा रहेको वा नदेखिएको कुनैपनि पशुपन्छी तथा मानिसको रोग धेरै वर्ष पछि उहि रुप वा अर्को रुपमा, उही प्रजाती वा नयाँ प्रजातीमा देखा पर्दछ र महामारीको रुप लिन्छ भने त्यस्तो रोगलाई पुर्नउदयमान (Re-emerging disease)  रोग भनिन्छ ।

सामान्यतया रोग लगाउने जीव, आश्रयदाता जीव र वातावरणको सन्तुलन बिग्रिदा तथा उत्परिवर्तन g (mutation)   भएर रोग लगाउने त्यस्ता जीव नयाँ नयाँ रुपमा विकास भएको कारण नयाँ नयाँ पशुपन्छीको प्रजाती तथा नयाँ वातावरणमा फैलिन सक्छ । त्यसैले उदयमान र पुर्नउदयमान रोगहरु फैलिनुको मुख्य कारण नै रोगाणु, आश्रयदाता जीव र वातावरणको सन्तुलन बिग्रिनु हो । प्रकृतिमा रहेका धेरै रोगहरु मानिसले अझैपनि पहिचान गर्न सकेको छैन र ती रोगहरु निश्चित जिव र वातावरणमा रहिरहेका हुन सक्छन । सामान्यतया बाढी, पहिरो, डुवान, आगलागी, वनजंगल फडानी, भुकम्प आदि बिभिन्न प्राकृतिक विपत्ति तथा कृत्रिम बिकृतीहरुको कारण मानिस, घरपालुवा पशुपन्छी र अन्य प्राणीहरुसँगको सामिप्यता हुन पुग्दा (Animal-human interface)   नयाँ नयाँ रोगहरु फैलिन पुग्छन । कुनै रोग संक्रमित पशुपन्छी वा मानिसबाट अर्को पशुपन्छी वा मानिसमा सर्नको लागि निम्न कुराहरुले भूमिका निर्वाह गरिरहेका हुन्छन्ः

१. आश्रयदाता (Host): Pathogenic organism  को कुनै न कुनै अवस्थालाई आश्रय दिने प्राणी वा वनस्पतिलाई आश्रयदाता भनिन्छ । यस्ता आश्रयदाताहरु मध्ये कुनै आश्रयदाताहरु ती रोग लाग्ने कारक जीवको संक्रमण पश्चात आफै पनि विरामी हुन वा रोग लाग्न पनि सक्छ भने कुनै कुनै आश्रयदाता जिवहरु रोगाणुलाई आश्रय दिंदा आपूm बिरामी हुँदैनन तर अन्य लक्षित जीवमा रोग सार्ने काम गर्दछन् ।
२. संचयकर्ता (Reservior):   रोग लगाउने हानिकारक जिवहरु रहिरहन सक्ने वातावरण, प्राणी वा
वनस्पतीहरुलाई Reservior भनिन्छ । कुनै संचयकर्ताहरुमा कुनै खास रोगको सहनसक्ने क्षमता
हुने हुनाले रोगको संक्रमण भएपनि रोगका लक्षणहरु देखिदैन तर अन्य पशुपन्छी वा मानिसलाई सार्न सक्छ । जस्तै बर्ड फुयू रोग र हाँसको सम्बन्ध यस प्रकारको हुन सक्छ । त्यस्तै केही संचयकर्ताहरु एकपटक रोगको संक्रमण भई निको भएपछि पनि उनिहरुको शरीरमा उक्त रोगको कारक जिवहरु आजिवन रहिरहन्छन । फलस्वरुप स्वयं संचयकर्ता पशुमा लक्षण नदेखिएपनि  उसले आजिवन अन्य निरोगी पशुपन्छी तथा मानिस लाई रोग सार्न सक्छ । जस्तै वंगुरमा स्वाइन  फिभर यसको उदाहरण हो ।

३. संवाहक(Vector):  कुनै रोग लगाउने जिवलाई रोगी पशुपन्छी तथा मानिस वा संचयकर्ता जीवबाट उक्त रोगलाग्ने जिवसम्म पुर्याई  रोग सार्ने जीवहरुलाई संवाहक जिव भनिन्छ भने त्यसरी रोग एक पशुपन्छी तथा मानिसबाट निरोगी पशुपन्छी वा मानिसमा सर्न संवाहकको आवश्यकता पर्ने रोगहरु Vector borne disease लाई भनिन्छ । पशुपन्छी तथा मानिसमा रोग सार्ने संवाहक जिवहरुमा चमेरा, मुसा, किर्ना, झिंगा, लामखुट्टे, उपियाँ, कुकुर, स्याल आदि पर्दछन् । त्यस्तै Vector borne disease हरुमा ववेसियोसिस, एनाप्लाज्मोसिस, थेलेरियोसिस, मलेरिया, डेङ्ग्यु फिभर, लेस्मोनियासिस, West Nile fever, Lyme disease, Nipha fever, Lumpy skin diseaseआदि पर्दछन् । 

जुनोटिक रोगको वर्गीकरण : 
जुनोटिक रोग सर्ने आधारमा रोगको वर्गीकरण
१. एन्थ्रोपो जुनोसिस  (Anthropozoonosis) :  पशुबाट मानिसमा सर्ने प्रकृतिका रोगहरु यस वर्गमा पर्दछन् । जस्तैः रेविज, ब्रुसेलोसिस् आदि ।
२. जुएन्थ्रोपो जुनोसिस  (Zooanthropozoonosis): मानिसबाट पशुमा सर्ने प्रकृतिका रोगहरु यस वर्गमा पर्दछन् । जस्तैः मानव क्षयरोग आदि ।
३. एम्फि जुनोसिस (Amphizoonosis): मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने प्रकृतिका रोगहरु यस वर्गमा पर्दछन् । जस्तैः स्टेफाइलोकोकस, इ कोलाई इन्फेक्सन आदि ।

जुनोटिक रोग गराउने कारक तत्वको आधारमा रोगको वर्गीकरण : 
१. जीवाणुबाट हुने : पटके, ब्रुसेलोसिस, ग्लान्डर्स, बोभाईन एण्ड एभियन ट्युबरकुलोसिस्, टायफाइड फिबर, लेप्टोस्पाइरोसिस्, साल्मोनेलोसिस्, कोलीबेसिलोसिस्, कम्पाईलो ब्याक्टेरियासिस्, लिस्टेरियोसिस्, स्ट्रेप्टोकोकोसिस्, स्टाफाइलोकोकोसिस् आदि।
२. विषाणुबाट हुने:  रेबिज, खोरेत, रानीखेत, जापानीज इन्सेफ् लाईटिस, मंकी पक्स आदि ।
३. परजीवीबाट हुने:  सिस्टसर्कोसिस, हाइडाटिडोसिस्, टोक्सोप्लाज्मोसिस, टाईचिनेलोसीस्, एन्काईलास्टोमियासिस्, नाम्ले, जियार्डियोसिस, लेस्मिनियासिस÷ कालाज्वर आदि ।
४. ढुसीबाट हुने:  हिस्टोप्लाज्मोसिस, ब्लास्टोमाइकोसिस आदि ।
५. रिकेट्सियाबाट हुने:  क्यू फिवर, ओर्निथोसिस आदि ।
६. प्रियोनबाट हुने:  विषाणुसंग नजिक रहेका र प्रोटिनयुक्त

रोग सर्ने माध्यमहरु

१. प्रत्यक्ष सम्पर्कबाट सर्ने :  रोगी पशुको ¥याल, रगत, पिसाब, दिसा, सिंगान, खकार, रोगी पशुलाई छोएर वा पशुले टोकेर ।
२. अप्रत्यक्ष सम्पर्कबाट सर्ने :  दुषित हावापानी तथा वातावरणबाट सर्ने वा वासस्थान वा वरपरको दुषितको कारणले ।
३. खाद्य पदार्थबाट सर्ने :  दूध, मासु, अण्डा र यिनबाट बनेका परिकारहरु । 
४. पानी :  संक्रमित तथा दुषित पानी पिउनाले ।


सूचीकृत जुनोटिक रोगहरु  (Notifiable Diseases) : 

 जुनोटिक रोगहरुको प्राथमिकता बिभिन्न आधारहरु जस्तै भूगोल, स्थान, संक्रमणको अवस्था र समय अनुसार फरकफरक हुने गर्दछ । नेपालको सन्दर्भमा करिव ५९ वटा जुनोटिक रोगहरु फैलिने गरेको अभिलेख छ । त्यस्तै नेपालमा २०७८ साल अघि भेटेरिनरी जुनोटिक रोगहरु मध्ये ६ वटा रोगहरुलाई उच्च प्रथामिकतामा राखिएको थियो । तर हालको परिस्थिति र नयाँ नयाँ रोगहरुको प्रवेशसँगै नयाँ परिस्थितिमा उक्त प्राथमिकताक्रम हेरफेर भएको छ । जुनोटिक रोगको प्रकृति र संक्रमणको अवस्था  अनुसार सरकारबाट केन्द्रीकृत हुनुपर्ने रोगको प्राथमिकता क्रम  परिवर्तन भैरहन्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या द मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको मिति २०७८÷०२÷२७
को निर्णय एवम् इपिडिमिलोजिकल तथा रोग नियन्त्रण महाशाखाको‚“प्रथम जुनोटिक रोगको प्राथमिकीकरण राष्ट्रिय कार्यशाला गोष्ठी” बाट पशुबाट मानिसमा सर्ने निम्नानुसार १० वटा सूचीकृत जुनोटिक रोगहरुलाई प्राथमिकतामा राख्ने निर्णय  गरेको छः
१. इन्फ्लुएन्जा  (Influenza) (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ् लुएन्जा)
२. रेबिज (Rabies)
३. कोरोना भाइरस (Corona virus )(सार्स, मर्स, सार्स कोभ–२)
४. लेप्टोस्पाइरोसिस 
५. ब्रुसेलोसिस (Brucellosis )
६. साल्मोनेलोसिस (Salmonellosis)
७. लेस्मिनियासिस÷(Leishmaniasis) 
८. जुनोटिक क्षयरोग (Zoonosis Tuberculos)
९. सिस्टिकोर्सिस÷हाइडाट्रिडोसिस (Cysticercosis/
Hydatidosis)
१०. टक्सोप्लाज्मोसिस (Toxoplasmosis )

नयाँ नयाँ उदयमान रोगहरु देखिने अवस्थाको न्यूनिकरण गर्नको लागि अपनाउन सकिने होरियारीहरुः
१. नयाँ रोगहरु देखिने अवस्थाः
अहिलेसम्मको अध्ययन नतिजाहरुबाट प्राप्त जानकारी अनुसार / Emerging and Re-emerging disease हरु मुख्यतया वातावरणीय सन्तुलन बिग्रिदा देखिन र फैलिन सक्ने भएकोले वातावरणीय सन्तुलन बिग्रिन नदिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ । तर वातावरणीय सन्तुलन बिग्रिनुमा मुख्यतया मानिसको भूमिका हुने भएपनि अन्य प्राकृतिक कारणहरु पनि छन जसलाई हामीले रोक्न सकिदैन र त्यसबाट हुनसक्ने क्षती न्यूनिकरण गर्न मात्र सकिन्छ । सामान्यतया वातावरणीय सन्तुलन बिग्रिन सक्ने अवस्थाहरु निम्न अनुसार छन्ः
१. भुकम्प
२. बाढी पहिरो
३. डुवान
४. डढेलो
५. वनजंगल फडानी
६. भूक्षय
७. वनजंगलको अतिक्रमण
८. आधुनीक यन्त्रीकरण
९. ठूला उपकरणहरुको प्रयोग
१०. विभिन्न हरितगृह ग्यासहरुको उत्पादनमा बृद्धि
११. बिभिन्न जैविक तत्वहरुको असावधानीपूर्वक प्रयोग
१२. विष्फोटक पदार्थहरुको दुरुपयोग
१३. रासायनीक विषादीहरुको दुरुपयोग
१४. बिभिन्न कारणहरुले प्राणीहरुको प्राकृतिक वासस्थानमा हुने प्रतिकूल प्रभाव
१५. जंगली जनावर तथा पन्छीहरुसँग असावधानीपूर्वक

व्यवहार र सामिप्यता : 
निम्न होसियारीहरु अपनाउन सकिएमा नयाँ नयाँ उदयमान रोगहरु देखिन र फैलिनबाट न्यूनिकरण गर्न सकिन्छः
१. भूकम्प लगायत बिभिन्न प्राकृतिक प्रकोप पश्चात उद्दार तथा सुरक्षित व्यवस्थापनको क्रममा मानिसको सुरक्षित स्थानमा अस्थायी बसोबास गराउँदा सकेसम्म जंगली जनावर तथा पन्छीसँगको सम्पर्क सकेसम्म कम हुनसक्ने स्थान रोज्ने ।
२. भूक्षय हुन नदिनको लागि खाली जमिनहरुमा बृक्षरोपण गर्ने तथा संभावित जोखिमयुक्त क्षेत्रबाट बस्तीलाई अलग गर्नुपर्ने अवस्थामा जंगली प्राणीहरुको क्रियाकलाप र उपस्थिती कम हुने स्थान रोज्नुपर्छ । भूक्षय हुन नै नदिनको लागि अपनाउनुपर्ने बिभिन्न  उपायहरु अपनाउनुपर्छ ।
३. वनजंगल फडानी रोक्नुपर्छ र बनजंगल रहेको क्षेत्रफल बढाउदै लैजानुपर्छ ।
४. सार्वजनिक जग्गाहरुको अतिक्रमण रोक्नुपर्छ ।
५. सकेसम्म हरितगृह ग्याँसहरु उत्पादन हुने प्रकारका गतिविधिहरुलाई न्यूनिकरण गर्नुपर्छ ।
६. जंगली पशुपन्छी तथा भुस्याहा पशुपन्छीहरुसँग सकेसम्म सम्पर्कमा नआउने ।
७. वनजंगलमा आगजनी हुन दिनुहुँदैन ।
८. विकास निर्माणको क्रममा दीगोपनालाई ध्यान दिएर क्रियाकलापहरु सञ्चालन गर्नुपर्छ ।
९. दीगो कृषि विकासका सिद्धान्तहरुलाई आत्मसात गर्नुपर्छ ।
१०. जमिन ढुवान हुने गरी खोला तथा नदीको धार परिवर्तन गर्ने, खोला नदिनालाहरु छेक्ने, अतिक्रमण गर्ने जस्ता कार्यहरु गर्नु हुँदैन ।
११. संरक्षित क्षेत्र तथा राष्ट्रिय निकुञ्जहरुमा मानिसको चहलपहल तथा गतिविधिहरु कम गर्नुपछ ।

जुनोटिक रोगबाट बच्ने तरिकाहरुः
जुनोटिक रोग पशुपन्छीको लागिमात्र वा मानिसको स्वास्थ्यको लागि मात्र नभई पशुपन्छी तथा मानव स्वास्थको लागि महत्वपूर्ण भएकोले कुनै एउटा पाटोमा मात्र नियन्त्रणको अभियानले जुनोटिक रोग पूर्ण रुपमा निस्तेज गर्न सकिदैन । त्यसै ले संयुक्त राष्ट्रसँघले पनि असल अभ्यास तथा एक स्वास्थ्य नीतिलाई उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारले पनि संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार एक स्वास्थ्य रणनीति, २०७६ तयार पारी कार्यान्वयनमा ल्याएको छ । नेपालमा असल कृषि अभ्यास, असल दूध उत्पादन अभ्यास लगायतका बिभिन्न कार्यविधि तथा मापदण्डहरु समेत तयार गरिएको छ । निम्न कार्यक्र गर्न सकियो भने जुनोटिक रोगहरुबाट बच्न सकिन्छः ।

व्यक्तिगत सावधानीहरुः
१)  जंगली जनावर तथा पन्छीहरु नाङ्को हातले नसमाउने तथा सम्पर्कमा नआउने,
२)  पशुपन्छीहरुको सम्पर्कमा आएपछि सावुन पानीले हातखुट्टा धुने तथा सेनिटाइजर लगाउने,
३)  सार्वजनिक क्षेत्रमा जाँदा मुखमा मास्क लगाउने,
४)  हातलाई राम्रोसँग सफा नगरी मुखमा नलैजाने, नाक कोट्याउने तथा अन्य त्यस्तै फोहोरी क्रियाकलाप नगर्ने,
५)  वधशालामा काम गर्ने व्यक्तिहरुले व्यक्तिगत सुरक्षाका उपायहरु (मास्क, पञ्जा, एप्रोन, बुट लगायत) अपनाउने,
६)  पशु वध गर्नुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्ने,
७)  पशु वधशाला तथा मासु जाँच ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने,
८) पशुपन्छी जन्य उत्पादन उपभोग गर्दा राम्रोसँग पकाएर मात्र खाने,
९) खाना पकाउन संलग्न व्यक्तिहरुले व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउने,
१०) पशु स्वास्थ्यकर्मीहरुले उपलब्ध भएसम्म जुनोटिक रोगहरुको बिरुद्ध खोप लगाउने,
११)  पशु स्वास्थ्यकर्मीहरु पशुपन्छीहरुको सम्पर्कमा आउँदा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउने,
१२) पशु सेवाकर्मीहरुले पशुपन्छीको सेवा गर्दा सावधानीपूर्वक गर्ने,
१३) छाला, उन, पश्मिना लगायत बिभिन्न पशुपन्छीजन्य पदार्थहरुको प्रशोधन उद्योगहरुमा काम गर्ने श्रमिकहरुले कार्यस्थलमा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउने,
१४)  जुनोटिक रोगको शंका लागेको तथा जुनोटिक रोग संक्रमण भएको पहिचान भैसकेको पशुपन्छी जन्य उत्पादनहरु सेवन नगर्ने ।

निस्कर्ष : 
जुनोटिक रोगहरु भेटेरिनरी जनस्वास्थ्यसँग सम्बन्धित रोग भएकोले यी रोगहरु अन्य रोगको तुलनामा पहिचान, क्षती, नियन्त्रण र बचावटको हिसावले बढी महत्वपूर्ण छन् । अहिले  विश्वभरीनै तिव्रताकोे रुपमा देखिइरहेका बिभिन्न नयाँ नयाँ रोगहरु पनि प्राय सबै जुनोटिक प्रकृतिकै रहेको र हालसम्म जनस्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने र ठूलो संख्यामा मृत्यू भएका रोगहरु पनि जुनोटिक प्रकृतिकै भएकोले त्यस्ता नयाँ नयाँ रोगहरु सकेसम्म उत्पत्ति हुन नदिने र उत्पत्ति भैहालेमा पनि प्रभावकारी रुपमा नियन्त्रण गर्नको लागि एक स्वास्थ्य नीति सबैभन्दा बढी प्रभावकारी हुनसक्छ । जुनोटिक रोगहरु मानिसमा मात्र नियन्त्रण गरेर वा पशुपन्छीमा मात्र नियन्त्रण गरेर उन्मूलन गर्न सकिदैन । त्यसैले व्यक्ति व्यक्ति सचेत हुने तथा सरकारी स्तरबाट यस्ता रोगहरुको बारेमा सचेतता अपनाउन प्रचारप्रसार गर्ने, प्रभावकारी नियमन गर्ने लगायत व्यक्तिगत तथा सरकारी तवरमा गरिने क्रियाकलापहरुबाट यस्ता रोगहरु न्यूनिकरण गर्न सकिन्छ र व्यक्तिगत रुपमा सुरक्षित रहन सकिन्छ । मानिसले स्वस्थ्य पशुपन्छी जन्य उत्पादनहरु मात्र सेवन गर्ने, पशुपन्छी जन्य उत्पादनहरु राम्रोसँग पकाएर खाने, शंकास्पद बिरामी पशुबाट उत्पादित उत्पादनहरु नखाने तथा रोगी पशुको मासु नखाने, खुल्ला पशुपन्छीहरुसँग सम्पर्क नगर्ने, सम्पर्कमा आउना साथ हात धुने, कार्यस्थलमा पञ्जा, मास्क, एप्रोन आदिको प्रयोग गर्ने लगायत सावधानी अपनाउन सकेमा जुनोटिक रोगहरु तथा नयाँ नयाँ चुनौतीजन्य रोगहरुबाट बच्न सकिन्छ । इतिहासको बिभिन्न कालखण्डमा ठूलो जनधनको क्षेती हुनेगरी फैलिएका ठूलाठूला महामारीजन्य रोगहरुको स्रोत पनि कतै न कतै अन्य पशुपन्छीहरुसँग जोडिएर आएको हुनाले हाल विश्वभरी फै

लिएको सार्स, कोभिड, बर्डफयुू लगायत अति खतरनाक रोगहरु फैलिन नदिनको लगि पनि यी सुरक्षाका उपायहरु उपयोगी हुन्छन् ।

 - बलारामकृष्ण बन्जाडे

थप समाचार