परिचय :
नेपालमा विषादीको आयात सर्वप्रथम सन १९५० मा भएको हो । वर्तमान अवस्थामा रसायनिक विषादीको प्रयोग बढ्दो क्रममा छ । व्यवसायिक कृषि क्षेत्रमा विषादीको प्रयोग राष्ट्रिय औसत भन्दा बढी देखिए पनि यसको प्रयोग दक्षिण एसियाका अन्य देशहरु भन्दा कम भएको पाईएको छ । विशेषत विषादीको दुस्प्रभाव हामीले आवश्यकता अनुसार बालीको अबस्था हेरेर, रोगको क्षतिको स्तर हेरेर, उबित समयमा उचित मात्रामा सकेसम्म सुरक्षित विषादीको मात्र प्रयोग गर्नुपर्छ । यसका अलावा वनस्पति तथा जैविक विषादीको प्रयोग, व्यवहारिक व्यवस्थापन प्रविधि पनि अपनाउनुपर्छ ।
यी स-साना क्रियाकलापहरुमा ध्यान दिन सक्यौ भने हामीले जैविक विषादीको प्रयोग प्रविधि, उपयुक्त वातावरण मैत्री प्रविधिहरु विकास गरि बाली विरुवामा रोगबाट हुने नोक्सानलाई न्यूनीकरण गरि उत्पादन र उत्पादकत्वको गुणात्मक र परिणामत्मक वृद्धि गर्न सहयोग साथै रोगको व्यवस्थापन गर्न सकिन्छ । सकेसम्म कम भन्दा कम रसायनिक विषादीको प्रयोग, चाहिएको वेला र चाहिएको मात्रामा विषालुपनाको मात्रा कम भएको विषादी छानेर प्रयोगका सुरक्षित उपायहरु अपनाउनुपर्छ । कृषि क्षेत्रमा बोट बिरुवालाई क्षति गरेर उत्पादन घटाउने प्रमुख कारण रोग भएकोले यसको उचित व्यवस्थापनको लागि विषादीलाई प्रमुख रुपमा प्रयोग गरिएको छ ।
बाली रोगनाशक विषादीको प्रयोग विधिहरु बीउ उपचार, माटो उपचार र बेनी तथा बोटको उपचार गर्नको लागि प्रयोग गरिन्छ । बीउ उपचार बीउ रोप्नु भन्दा अगावै सबैभन्दा सुरुको अवस्थामा नै गरिने सजिलो र सस्तो भएकोले यो उपचार विधि ज्यादै व्यापक छ । त्यसैगरि माटोमा पनि माटो जणित रोग लाग्ने भएकोले र कहिले काहिं बीउ र माटोको उपचार गर्दा गर्दै पनि रोग लागेमा विरुवाकै उपचार एक मात्र विकल्प रहन आउँछ । त्यसैले विषादीको उपयोग सहि तरिकाले गर्नुपर्छ ।
असल बाली रोगनाशक विषादीमा हुनुपर्ने गुणहरु :
असल बाली रोगनाशक विषादी भन्नाले मूख्यतय विषादीहरुले विरुवा आफैमा, मानिस र पशुलाई कम असर गर्ने तर विरुवाको रोगको जीवाणुलाई बढी असर गर्ने खालको हुनुपर्छ । विषादीको भण्डारण गर्दा बिषादीको गुणमा र विषादी प्रयोग गर्ने बेलामा विषादी पतल्याउँदा विषादीको प्रभावकारितामा फरक नआउने सस्तो र सुलभ हुनुपर्छ । बाली रोगनाशक विषादी प्रयोग गर्दा तल चित्रमा जस्तै विषादीको बोत्तल वा बट्टामा लेखिएको निर्देशन तथा बिधि पालना गर्नु आवश्यक छ ।
बाली रोगनाशक विषादीको बर्गिकरण :
रोगनाशक विषादी भन्नाले मूख्यतय ढुसीनाशक (Fungicide), शाकणूनाशक (Bactericide) र जुकानाशक (Nematicide) विषादीहरु हुन् । विषादीको कार्यक्षमताको आधारमा विषादीलाई संरक्षक (Protectant) र निको पार्न सकने (Therapeutant) रुप गरी दुई भागमा बर्गिकरण गरिएका छन् । संरक्षक विषादी भन्नाले रोग लाग्न अघि वा रोग लाग्न नदिन, प्रयोग गदर्दा प्रभावकारी रुपमा नियन्त्रण गर्ने विषादी जस्तै विराम, जिनेव, गन्धकयुक्त विषादी तुलनात्मक रुपमा कम विषालुपनलाई बुझाउछ। त्यसै गरि निको पार्न सकने भन्नाले रोग लागि सकेपछि प्रयोग गदा पनि आफ्नो असर देखाउन सक्छन । जस्तै कार्बेन्डाजिम आदि । यसमा रोग रोकथाम गर्ने सामर्थ अरु रोगनाशक विषादी भन्दा बढी नै हुन्छ ।
दैहिक (Systemic) र स्पर्श अदैहिक (Contact/Non-systemic) गरी दुई किसिमका विषादीहरु बोट बिरुवामा हुन जाने पदार्थको प्रक्रियाको आधारमा छुट्याइएको छ । दैहिक विषादी भन्नाले बोटको आन्तरिक प्रणालीमा पसेर पुरै बोटको प्रणाली भित्र पसि विषाक्त बनाउने विषादी जस्तै कार्बेन्डाजिम बेनोमिल, मेटाल्याजिल आदि लाई बुझाउछ । स्पर्श विषादी भन्नाले बोटलाई सतही रुपमा विषाक्त बनाउने जस्तैः तामायुक्त, गन्धकयुक्त विषादीलाई बुझाउछ ।
बाली रोगनाशक विषादीहरुको विभिन्न रुप :
खास गरी वाली रोगनाशक विषादीमा दुई किसिमका पदार्थहरु हुन्छन । ती हुन
• खास विष (Active ingredient)
• विषलाई पतल्याउन मिसाईएको अन्य वस्तु (Diluent)
बाली रोगनाशक विषादीहरुको विभिन्न रुप यस प्रकार छन्ः
पानीमा घुल्ने विषादी (Emulcifiable Concentrate, EC) :
पानीमा घुलनशील विषादीको खास विषलाई तेलमा आधारित घोलक पदार्थमा मिसाउने रुप हो । यो विषादी पानीमा मिसाउँदा दूध जस्तो सेता रंगमा बदलिन्छ । धेरै जसो ५० प्रतिशतको ई सी मा या विषादी बजारमा पाइन्छ । जस्तै. हिनोसान ५० ई. सी. ।
पानीमा घुल्ने धुलो विषादी (Wettable Powder, WP) :
पानीमा घुल्ने धुलो विषादी जुन खास विषलाई अति मसिना चिम्ट्याईलो माटोसग मिसाएर बनाईने रुप हो। खास गरी यो विषादी पानीमा बराबर मिसिएर रहन्छ तर बिलिदैन। पानीमा बिलिन नहुने भएकोले यो विषादी छदी विषादीको भाडोलाई बराबर चलाई रहनुपर्छ। यो विषादी पनि धेरै जसो ५० प्रतिशतको धुलोमा पाईन्छ । जस्तैः बेभिस्टीन ५०१, डब्लु पी ।
धुलो (Dust) :
धुलो विषादीलाई पनि खास विषसंग कुनै अन्य पदार्थ जस्तै खरीको धुलो वा चिम्ट्याईलो माटोसंग मिसाएर बनाईन्छ । तर पानीमा नमिसाई धुलो विषादीलाई त्यसै सुख्खा प्रयोग गर्ने भएकाले बिहानीपख बोट विरुवामा शीत परेको बेला उपयुक्त समय हो । जस्तै तामायुक्त, गन्धकको धुलो ।
दानेदार विष (Granules) :
दानेदार विष तयार गर्दा पनि खास विषलाई अन्य पदार्थ जस्तै चिम्ट्याईलो माटोमा मिसाएर दानादार आकारमा बनाईन्छ । यो विषादी खास गरी माटोमा प्रयोग गरिन्छ । जस्तैः रिडोमील गोल्ड । धूवाँउने
विष (Fumigants) :
धुवाउने विषादी उड्ने खालको हुने हुनाले हावा बन्द ठाउँमा अथवा माटो भित्र छरिन्छ जहाँ यसले विषालु ग्याँस निकाल्दछ । जस्तै फिप्रोनिल ।
विषादीको सम्पर्कले कसलाई खतरा गर्छ त ?
विषादीको विषालुपना र प्रयोगकताको विषादीसगको सम्पर्कको अवधिको सयुक्त असरलाई नै खतरा भनिन्छ । यसको खतरा न्यूनीकरण गर्नको निम्ति यदि विषादी धेरै नै भए पनि कम सम्पर्कको माध्यम र अवधि घटाएर गर्न सकिन्छ । सबैभन्दा पहिला त विषादी प्रयोग गदां विषादीको प्रकार अनुसार धलो. वाफ, धुंवा, झोल आदिको रुपमा प्रयोग गदा सम्पर्कमा आउने व्यक्तिले विषादी छर्ने, विषादीलाई चलाउने, पानीमा घोल्ने आदि काम गर्दा खेरि त्यो व्यक्तिलाई बढी खतरा हुन्छ । त्यसपछि उपभोक्ताहरु जसले विषादीको प्रयोग गरिसकेपछि यसको असरबाट बच्न विषादीको पर्खने समय (Pre-Harvest Interval, PHI) को मापदण्ड पालना गरेकोलाई हुन्छ । त्यसै गरी विषादीको प्रयोग पछि खेतबारीमा जानको लागि पूनरागमन अबधि (Re-Entry Interval. REI) (निश्चित) समय पर्खनु पर्ने मापदण्ड पालना गरेको छैन भने पनि जोखिम हुनसक्छ । यसको नियम र मापदण्ड पालना गरी कामदारहरुलाई वा अरु कसैलाई उक्त खेतबारीमा जनाबाट रोक लगाउन पर्छ । मान्छे जस्तै जनावर, गाईवस्तुलाई पनि स्वास्थमा प्रतिकुल असर पर्ने र पशुजन्य उत्पादनको गुणस्तरमा कमि आउछ । विषादी विक्रेताहरुले पनि विषादीको लेबल हेरेर सावधानीपूर्वक विषादीहरुको किनबेच गर्नुपर्छ । जस्तैः विषादीको बोतलको विकों राम्ररी बन्द भएको हुनुपर्छ । विषादीको प्लास्टिकर खोल टम्म बन्द भएको लगायत उत्पादन चिति र प्रयोगको अन्तिम म्याद मिति राम्ररी हेर्नु पर्दछ ।
विषादी छर्नु अघि, छदा खेरि र छरी सकेपछि अपनाउनु पर्ने सावधनीहरु :
१. विषादी छर्नु अघि :
किसानहरुले विषादी छर्नु अघि के का लागि छर्ने ? कुन रोगको लागि छर्ने किन छर्ने कति मात्रामा छर्ने छर्ने विषादीले बाली छनोट वा उत्पादनमा हानी पुर्याउने, रोगलाई मात्र नस्ट (रोगको रोकथाम गरोस भन्ने हेक्का राख्नुपर्छ । सकेसम्म एकिकृत शत्रुजीव व्यवस्थापन (Integrated Pest management. IPM) विधिद्वारा जसमा जैविक विधि, भौतिक बिधि अपनाएर अन्त्यमा रासायनिक विधिद्वारा विषादी प्रयोग गरेर उचित व्यवस्थापन गर्नुपर्दछ ।
२. विषादी छर्दा खेरि :
जुनसुकै किसिमको विषादी विष नै हो औषधी होइन भन्ने कुरा थाहा पाउनु पर्छ। यसका लागि, जस्तैः विषादीको भाँडोमा लेखिएको निर्देशनलाई कडाईको साथ पालना गर्नुपर्छ । प्रमुख विषादीको व्यापारिक नाम, विषादीको मात्रा र विषादी छरी सकेपछि बाली टिप्न पर्खनुपर्ने अवधी हामीले विषादी प्याक गरीएको बोतल वा प्याकेटमा छुट्याइएका रंगको आधारमा खतराका सिमाहरु छुट्याउनु सक्नुपर्छ ।
ताकि प्रयोगकर्ताहरुले विषादी सहि खालको, सहि समयमा प्रयोग गर्न सक्छन । यसले समय, लागत र अन्य नकारात्मक असर बाट बचाउंदछ । विषादीको लेवल अनुसार विषादीको बर्गिकरण गरिए पनि त्यस अलावा सुरक्षाकवच (Personal Protection Equipment, PPE) जस्तैः पन्जा, पानी नछिर्ने ज्याकेट वा एप्रोन, ट्राउजर, बुट र जुत्ता, फेसिअल मास्कको प्रयोग गर्नुपर्छ । विषादीको सिधै सम्पर्कमा आउनु हुदैन र छुनुहुदैन । सुरक्षित नचुहिने, सफा नोजल भएको स्प्रेयर तथा विषादीको भाडोमा प्रयोग गर्नपर्छ ।
३. विषादी छरी सकेपछि :
कुनैर्पान खेतबारीमा विषादी प्रयोग गरिसकेपछि खेतबारीमा वा विषादी प्रयोग गरिएको स्थानमा मानिस तथा जनावरको प्रवेशमा रोक लगाउनुपर्छ । अथवा विषादीको असर कम भइसकेपछि मात्र उक्त ठाउँमा आवत जावत गर्नुपर्छ । छदा छर्दै विषादी बढी भएमा सोहि अनुसारको रोग व्यवस्थापनमा उक्त विषादी प्रयोग गर्नुपर्दछ।
यदि यसो गर्न सम्भव छैन भने उक्त बढी भएको विषादीलाई पानी मिसाएर पातलो बनाई अनिवार्य रुपमा सुरक्षित ठाउँमा खाल्डो खनी पुर्नुपर्छ । त्यस्तै स्प्रेयरलाई सफा गर्दा निस्किने विषादीलाई फाल्न सुरक्षित सावधानी अपनाउनुपर्छ । विषादी छदाँ प्रयोग गरिएका सुरक्षित कवचहरुलाई सुरक्षित ठाउँमा धुनाले अर्को पटक विषादी छर्दा यसको प्रयोगले कुनै हानी गर्दैन। यदि निपटान वा फ्याक्ने (Disposable) हो भने सुरक्षित तरिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्छ ।
विषादी प्रयोग पछि रित्तिएका बट्टा राम्रोसँग पखाले पनि केही मात्रामा विषालुपन बाँकी हुन्छ । त्यसैले त्यसता खाली बट्टा वा शिशीलाई कुच्चाएर वा फटाएर खाल्डोमा पुरिदिनुपर्छ । यदि कागजको बट्टा भए जलाई दिनुपर्छ । र अन्त्यमा विषादीको प्रयोग पछि राम्रोसंग डीटोल र साबुन पानीले नुहाउने र कपडा धुने काम गर्नुपर्छ । सावधानी अपनाएर पनि शरीरमा विषको असर देखिएमा तुरुन् स्वास्थ्यचौकी वा डाक्टरसंग सल्लाह लिनुपर्छ ।
- चेतना मानन्धर
Source : बाली रोग विज्ञान महाशाखा , खुमलटार , ललितपुुर