कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणले गर्दा रासायनिक विषादीको प्रयोग अन्धाधुन्द तरीकाले भईरहेको छ । जसले गर्दा वातावरण प्रदुषण तथा हामीले उपभोग गरिने अन्न,तरकारी,फलफूलहरु पनि विशाक्त बनीरहेका छन् । आई.पि.एम. प्रविधिको विकास तथा विस्तारले गर्दा कृषक तथा उपभोक्ताहरुमा विषादीको प्रयोग प्रति केही सजग भएको पाइन्छ । तर कृषकहरुलाई रासायनिक विषादीको विकल्प दिनुपर्नेनितान्त आवश्यक देखिन्छ । यहि सिलसिलामा
undefined
माथिका वस्तुहरुलाई छुट्टाछुटै मसिनो हुने गरी पिध्ने र पानीमा मिसाउने । अन्त्यमा छर्नेसमयमा मट्टीतेल मिसाइ छनुपर्र्छ । यो वानस्पती विषादीलाई हावा नजाने गरी राख्न सकिएमा ३ दिन सम्म राखी छर्न सकिन्छ नत्र भने २४ घण्टा भित्रमा छरीसक्नुपर्छ । (उक्त विषादी ४ जुन २००४ देखि २५ सेप्टेम्वर २००४ सम्म संचालित अधिकृत स्तरीय आई.पि.एम तालिममा परिक्षण गरिएको ।)
ख) वोटविरुवामा बसी दुख दिने कीराहरुको व्यवस्थापनका लागि : "हमाल झोल—२”–का वनस्पती तथा जडीवुटीहरु र तिनीहरुको मात्रा १) असुरोको पात — १ के.जी २) तीतेपाती — १ के.जी ३) बनमारा — १ के.जी ४) खिर्रो — १ के.जी ५) केतुकी — १ के.जी
स्थानिय बनस्पती तथा घरेलु जडीवुटद्धारा रोगकीरा व्यवस्थापनका लागि यहॉ २ वटा प्रविधिहरु प्रस्तुत गरिएको छ । पहिलो प्रविधिमा माटोमुनी बसी दुख दिने कीराहरु रातो कमिला, खुम्र,े फेद कटुवा, धमिरा जस्ता कीराहरुलाई न्यूनिकरणगर्नमा प्रयोग गरिन्छ भने दोस्रो प्रविधिमा वोट विरुवाका हॉगा,पात,डॉठ,फलफूलमा वसी नोक्सान पुर्याउने कीराहरु जस्तै लाही,खपटे,फट्याङ्ग्रा,फट्के,पतेरा जस्ता कीरहरुलाई व्यवस्थापन गर्नमा सहयोग पुर्याउछन्
माथिका वस्तुहरुलाई राम्रोसंग साना साना टुक्रा हुने गरी काट्ने । एउटा प्लाष्टीकको ड्रममा १५लीटर पानी राख्ने र उक्त वनस्पतीका टुक्राहरुलाई पानी राखिएको ड्रममा डुवाउने र उक्त ड्रममा ५लीटर गाइवस्तुको गहुत‘ राखिदिने र ड्रमलाई हावा नछिर्ने गरी बन्द गर्ने । उक्त ड्रमलाई घामलागेको बेला दिउसोमा घाममा राख्ने र साझ कोठाभित्र राख्ने ।
मौसम र महिना अनुसार उक्त विषादी छर्ने हुनका लागि २० देखि ३५ दिनमा लाग्न सक्छ । ढक्कन खोल्दा विषादीको रंग गाढा खैरो देखिए पछि उक्त विषादी तयार भयो भनी जान्नुपर्छ । त्यसपछि उक्त वानस्पतीक विषादीलाई कपडाले छानेर १ भाग पानीमा १ भाग विषादी मिसाई स्प्रे गर्न सकिन्छ ।
(उक्त वानस्पतिक विषादी म्याग्दी जिल्लामा संचालित माझखर्क आई.पि.एम कृषक पाठशाला, लालीगुरांस आई.पि.एम.कृषक पाठशाला, रत्नेचौर कृषक र विज्ञानकार्यक्रम म्याग्दीमा परिक्षण गरिएको)